Wednesday, November 9, 2016

४८ घण्टामा क्यान्सर सफाया गर्ने चामत्कारिक औषधि

एजेन्सी क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोधपछि क्यालिफोर्निया युनिवर्सिटीको मेडिकल फिजिक्स एवं साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्सले भनेका छन्– ‘क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामीलाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्छ

तर, क्यान्सरलाई केही घण्टामै ठिक पार्ने थुप्रै औषधिहरु छन्

अंगुरको विउको धुलो (सत्व)


हालै भएको एक शोधमा यो कुरा प्रमाणित भएको कि अंगुरको विउको धुलो अर्थात सत्व अर्क ल्यूकेमिया अन्य प्रकारका क्यान्सर ठिक पार्न निकै उपयोगी पाइएको छोटो समयमै क्यान्सर ठिक पार्न मद्दतगार
शोधमा यो कुरा पनि प्रामाणित भइसकेको कि अंगुरको विउले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म विकिर्ण अर्थात ठिक गर्नमा समक्ष



अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक क्यान्सर रिसर्चका अनुसार अंगुरको विउमा पाइने जेएनके प्रोटिनले क्यान्सर कोशिकाहरुको विकिर्णहरुलाई नियन्त्रण गर्ने काम गर्छ
अब स्वस्थ शरीरका लागि अंगुर मात्रै होइन् यसको विउ पनि खान अमेरिकी चिकित्सकहरुले सुझाव दिएका छन् उनीहरुले भनेका छन्क्यान्सरको उपचारमा अंगुरको विउ सबैभन्दा प्रभावकारी घरेलु औषधि हो

रुबर्ब (फल)को पौधा (पात र डाठ)



रुबर्ब पौधा जसलाई रेवतचीनी रेवन्दचीनीको नामबाट चिनिन्छ यो पौधालाई आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ यो पौधाको पात विषालु हुन्छ तर, यसको डाठलाई औषधिको रुपमा प्रयोग गरिन्छ
अमेरिकामा भएको एक सोधका अनुसार रुबर्ब पौधाको डाठलाई क्यान्सरको उपचारमा प्रयोग गरिएको थियो जसले चामत्कारिक परिणाम दियो



वैज्ञानिकहरुले यो पौधाको डाठबाट अबको एक वर्षभित्र क्यान्सरको औषधि बनाउने दाबी गरेका छन् यो पौधाको डाठमा एक खास अरेञ्ज पिगमेन्ट पाइन्छ जसले शरीरभित्र रहेका क्यान्सरका सेल्स (कोशिका)हरुलाई ४८ घण्टामा मार्न सक्ने ताकत राख्छ शोधमा यो डाठ प्रयोग गर्दा दुई दिनमै लयूकैमियाका आधाभन्दा बढी सेल्स (कोशिका)लाई नष्ट गरिसकेको थियो
जर्जियाको विनशिप क्यान्सर इन्सिच्युट एमोरी युनिवर्सिटीद्धारा २००० मानिसमा यसको परीक्षण गरिएको थियो जसमा वैज्ञानिकहरुले पारिटिन पाए जो एन्टीक्यान्सर अर्थात क्यान्सरविरुद्धको ड्रग (औषधि)का रुपमा चिनिन्छ



सोधमा मुसाहरुमाथि ११ दिनसम्म पारिटिनको प्रयोग गर्दा यो फोक्सोको क्यान्सरका लागि उपयोगी औषधि हो भन्ने प्रमाणित भएको थियो यसका साथै यसले ब्रेन अर्थात मस्तिष्क गलाको ट्युमरलाई पनि ठिक पार्न सक्छ
सोधकर्ता टिम भन्छयो पौधा (जसलाई एक प्रकारको फल पनि भन्छन्) को आधारमा क्यान्सर ठिक पार्नका लागि नयाँ औषधि बनाउनमा सहयोग मिल्नेछ यसको परिणाम किमोथेरापी जस्तै अर्काे वर्ष आउनेछ



विशेषज्ञ भन्छन्- पारिटिनको प्रयोग किटाणु रोक्नका लागि प्रयोग गरिसकिएको तर, औषधिका रुपमा यसको प्रयोग यसै अध्ययनपछि गरिनेछ
सोधमा खटिएका एक जना प्रोफेसर चेन भन्छन्- क्यान्सरलाई ६पीजीडी स्तरमा एक्टिभ गर्नका लागि रुबर्बका प्रयोग गरिनु क्यान्सरलाई ठिक पार्नका लागि जरुरी यसको प्रयोगबाट क्यान्सर ६पीजीडी स्तरमा तीव्र गतिमा बढ्नेछ जसले क्यान्सर चाँडै निको हुनेछ
(यो शोध जर्नल नेचर सेल बायोलोजीमा प्रकाशित भएको )

वीरगन्जमा अब आन्दोलन र बन्द गर्न नपाइने, युवाहरुले थाले अभियान

वीरगञ्ज, २१ कात्तिक । नाकाबन्दी र मधेस आन्दोलनको प्रत्यक्ष मारमा परेको तराईमा नयाँ अभियान सुरु भएको छ । यसको सुरुआत वीरगञ्जबाट भएको छ । यहाँका सचेत युवाहरुले आन्दोलन र बन्द हड्ताल गर्न नदिन अभियान थालेका हुन् । छठपछि मधेसी मोर्चाले आन्दोलन गर्ने चर्चा चलिरहेको बेला वीरगञ्जका अगुवा युवाहरुले बन्द बिरोधी अभियान सुरु गरेका हुन् । सामाजिक सञ्जालबाट ‘सेभ बीरगन्ज’ भन्दै सुरु भएको यो अभियान छिट्टै सडकदेखि प्रत्येक गाउँ र घरमा देखिने एक अभियानकर्ता अरविन्द सिंहले बताए । उनका अनुसार फेसबुक र ट्वीटरमार्फत चलाइएको यो अभियानमा बिभिन्न राजनितिक दलमा आबद्ध युवा, व्यापारी, समाजसेवी, विद्यार्थी, पत्रकारसहित बिभिन्न क्षेत्रका व्यक्ति जोडिएका छन् । अभियानले नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजी भाषामा छिटै आफ्नो धारणा सार्वजनिक गर्दैछ । पछिल्लो मधेस आन्दोलनमा बीरगन्ज केन्द्रबिन्दु बनेको र त्यसले बीरगन्जको छवि र ब्यापारिक शहरको हैसियतलाई क्षति पुर्याएको भन्दै युवाहरु अब बीरगञ्जलाई बर्बाद हुनबाट बचाउन कुनै हालतमा बन्द हुन नदिने निष्कर्षमा पुगेको र त्यसैको स्वरुप अभियान सुरु भएको अर्का अभियानकर्ता शिवनाथ यादवले बताए । विगतको मधेस आन्दोलनमा नेताहरुले अकुत सम्पति कमाएका तर जनता बेरोजगार बनेकाले अब त्यस्तो आन्दोलन गर्नुको औचित्य नभएको बताउँदै उनले भने– ‘बन्दमा जनताले दुःख पाउने मात्र नभएर जनता मर्ने भएकाले अब जनताले धेरै दुःख नपाउन र सहरलाई क्षति नहोस् भनेर बन्दको विरोधमा लागेको हौं ।’

विश्व समुदायलाई ट्रम्पको सन्देशः हामी साझेदारी चाहन्छौं, शत्रुता होइन

२४ कात्तिक, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचन जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकाको राष्ट्रपति हुन पाएकोमा आफू गौरवान्वित भएको बताए । आफूलाई डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको फोन आएको र उनले बधाई दिएको ट्रम्पले सुनाए । आफूलाई समर्थन नगर्ने मानिसहरु कम संख्यामा भएपनि उनीहरुको मार्गदर्शन र सहयोगमा अमेरिकालाई एकतावद्ध गराउन चाहेको उनले बताए ट्रम्पले भने, कुनै पनि सपना धेरै ठूलो हुँदैन, चुनौती पास गर्न नसकिने हुँदैन । हामीले भविश्यमा जे चाहन्छौं, त्यो पाउन सक्छौं ।’ उनले अघि भने, अमेरिका अब उत्कृष्ट भन्दा तल मान्ने वाला छैन ।’ उनले विश्व समुुदायलाई सम्बोधन गर्दै अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राखेर सबै देशसँग मित्रवत व्यवहार गर्ने बताए । उनले भने, हामी साझेदारी चाहन्छौं, शत्रुता होइन ।’ नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अघि भने, मैले आफ्नो पुरा जीवन व्यापार व्यवसायमा विताएको छु र मैले संसार भरीका मानिस र प्रोजेक्टहरुमा लुकेको क्षमता बुझेको छु । मैले अब गर्नु पर्ने पनि त्यही हो ।’

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

२४ कात्तिक, काठमाडौं । डेमोक्रेटिक हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् । निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि हुन् । पूर्व विदेशमन्त्री समेत रहेकी हिलारीले हार स्वीकार गरेकी छन् । ट्रम्पले भने सबैको राष्ट्रपति बन्ने बाचा गरेका छन् । ५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिन्छ । ट्रम्पले २७६ मत पाएका छन् । र, मत गणना अन्तिम तरणमा रहेको एरिजोना र मिसिगनमा उनकै अग्रता छ । एरिजोनाको ११ र मिसिगनको १६ मत थपियो भने ३०३ मत हुनेछ । यो परिणाम धेरेका लागि अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थिए र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो । तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो । विस्कन्सिनमा ट्रम्पले हात पारेको जित पनि डेमोक्रेटहरुका लागि अर्को झड्का थियो ।
सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थिए र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो । तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो । विस्कन्सिनमा ट्रम्पले हात पारेको जित पनि डेमोक्रेटहरुका लागि अर्को झड्का थियो ।

Tuesday, November 8, 2016

५०० र १००० का भारु साट्न बैंक जाँदै हुनुहुन्छ ? पख्नुहोस् !

२४ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५०० र १००० दरका पुराना भारतीय नोट (भारु) नचल्ने घोषणाले नेपालमा तरङ्ग ल्याएको छ । नेपाल राष्ट्र बैंकको बुधकार बिहान बसेको बैठकले तत्कालका लागि ५०० र १००० दरका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ । ‘हामीले आज तोकिएका दरका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेका छौं,’ राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरसँग भने । पण्डितका अनुसार आज दिउसो राष्ट्र बैंकको उच्च व्यवस्थापनले भारतीय रिजर्भ बैंकका उच्च अधिकारीहरुसँग इमेल वा टेलिफोनमार्फत छलफल गरेपछि मात्रै कहिलेदेखि कहिलेसम्म नेपालमा रहेका चलनचल्तीका भारतीय नोट सटही सुविधा दिने भन्ने निर्णय गर्ने छ । ‘रिजर्भ बैंकले हामीले सहटी गरेको मुद्राको व्यवस्थापन गर्छु भनेर ग्यारेन्टी दियो भने मात्रै हामी भारु सटही सुविधा उपलब्ध गराउँछौं,’ उनले भने, ‘रिजर्भ बैंकले जस्तो जवाफ दिन्छ हामी जवाफ आउने वित्तिकै सोही अनुसारको निर्णय लिन्छौं ।’ ०७१ फागुन महिनासम्म नेपालमा ५०० र १००० दरका भारु सटहीमा प्रतिवन्ध थियो । भारतमा अकूत कालो धन लुकाएको भन्दै त्यसलाई निस्तेज पार्न मोदीले पुराना दरका नोट चलनचल्तीमा नरहेको घोषणा गरेका हुन् । नेपालमा पनि ठूलो परिमाणमा भारुको प्रयोग हुने गरेकाले मोदीको उक्त निर्णयको प्रत्यक्ष प्रभाव परेको हो । हेर्नुस् राष्ट्र बैंकको परिपत्र