Thursday, September 29, 2016

भारतीय सेेना पाकिस्तानी भूमिमा घुस्यो, आतंकवादी मारेको दाबी

१३ असोज, काठमाडौं । भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ । पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ । यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ । भारतीय सेेनाका अनुसार नियन्त्रण रेखा नजिकै चरमपन्थीमाथि सर्जिकल स्ट्राइक्स गरिएको हो । विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा लेफि्टनेन जनरल रणवीर सिंहले भने, यो बुधबार राति भएको हो । जब आतंकवादी नियन्त्रण रेखामा जम्मा भएका थिए ।’ उनका अनुसार आतंकवादीको लञ्च प्याडमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो । यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको र अपरेशन सकिएको बताएको छ । आफ्नो रक्षाका लागि तयार छौंः पाकिस्तान डन न्यूजका अनुसार यो घटनामा चरमपन्थी होइन, दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाफ शरीफले यसलाई ‘भारतको खुला अत्याचार’ भनेको पीटीबीले जनाएको छ । उनले आफ्नो रक्षाका लागि पाकिस्तान तयार रहेको बताए ।

Sunday, September 11, 2016

मंगलबार बकर इदको सार्बजनिक विदा दिने सरकारको निर्णय

२६ भदौ, काठमाडौं । सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।

वायु प्रदुषणबाट हरेक १० मिनेटमा एक जनाको मृत्यु

विश्वमा वायु प्रदुषणका कारण हरेक दश मिनेटमा एक जनाको ज्यान जाने गरेको छ । विश्व बैंकको प्रतिवेदन अनुसार वायु प्रदुषणबाट हुने मृत्युको संख्या विश्वमा धुम्रपानबाट हुने मृत्युको संख्याको बराबर जस्तै छ । रिपोर्ट अनुसार वायु प्रदुषणबाट एक वर्षमा विश्वमा ५ टि्रलियन डलरको क्षति भैरहेको छ र यस्तो क्षति विकाशोन्मुख देशहरुमा विकाशको बाधक समेत बनिरहेको छ । यस्तो क्षतिमा श्रमिकको पारिश्रमिक तथा वायु प्रदुषणका कारण हुने असामयिक मृत्यु जस्ता घटनामा हुने खर्चको हिस्सा अधिक छ । सन् २०१३ मा गरिएको उक्त अध्ययनका अनुसार चीनले वायु प्रदुषणका कारण सबैभन्दा धेरै नोक्साी बेहोर्नुपरेको छ । वायु प्रदुषणका कारण हुने क्षति चीनमा कुल गाहर््रस्थ उत्पादनको १० प्रतिशत छ भने भारत तथा कम्बोडिया जस्ता देशमा यो कुल गार्ह्रस्थ उत्पादनको ८ प्रतिशत छ ।

यसरी बन्छ डिप्रेशन आत्महत्याको प्रमुख कारक

काठमाडौ । केही हप्ताअघि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको मनोचिकित्सा वार्डमा एक बिरामी भर्ना भइन् । भोजपुर घर भई हाल काठमाडौ टोखा बस्ने ४२ वर्ष उमेरकी महिलालाई कडा डिप्रेशन भएको थियो । आफ्नो २४ वर्षीय छोराले आत्महत्या गरेपछि उनी डिप्रेशनको शिकार भएको पाइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनले आफ्नो छोराको मृत्युको कारक आफूलाई मान्दा आफैं पनि मृत्युको नजिक पुगेकी थिइन् । विरामी महिलाले बताए अनुसार करिब तीन वर्ष पहिले उनका छोरा एक युवतीको प्रेममा परेका थिए । उनी विवाह गर्न चाहन्थे । तर उनले मन पराएको युवती विवाहको विपक्षमा थिइनन् । त्यसैले उनले छोरालाई पहिले पैसा कमाउन दबाव दिइन र विदेश पठाइन् । छोरा पनि आमाको सल्लाहअनुसार विदेशमा गए र झण्डै डेढ वर्षपछि नेपाल फर्किए । उनले विदेश बसुञ्जेल त्यहाँ कमाएको पैसा समेत बचत गरे । उनी विवाहको मनस्थितिमा नेपाल फर्किएका थिए । तर, विडम्बना उनी नेपाल र्फकँदा मन पराएको केटीले अर्कैसँग विवाह गरिसकेकी थिइन् । त्यही कुराले उनी डिप्रेशनको शिकार भए । उनी एक्लै बस्न र झोक्राउन थाले । उनको तौल घट्न थाल्यो । उनले खान छोड्नुका साथै उनी राति एकदमै कम समय मात्रै सुत्न थाले । छोराको बदलिएको ब्यवहार र आनी बानीलाई परिवारले समयमा बुझ्न सकेन । तनावकै बीच ६ महिना बित्यो । र, करिब दुई वर्ष पहिले युवकल घर छेउको खोला नजिकैको रुखमा झण्डिएर आत्महत्या गरे । यसले परिवारमा ठूलो पीडाको सिर्जना गर्‍यो । उनकी आमाले छोराको आत्महत्याको दोषी आफूलाई ठानिन् । घटनाको एक महिनासम्म उनी अचेत जस्तै भइन् । केही समयका लागि उनका श्रीमान समेत डिपे्रशनमा पुगेका थिए । तर, विस्तारै उनले आफुलाई सम्हाल्दै गए । युवककी आमाले भने सम्हाल्न सकिनन् । उनी ग्लानीमै बाँच्न थालिन् । जसले गर्दा उनी कडा प्रकारको डिप्रशनको शिकार भइन् । डिप्रेशन भएको थाहा पाएर उनलाई परिवारका सदस्यले शिक्षण अस्पतालका लगेर उपचार गरे । भर्खरै अस्पतालबाट डिस्चार्ज भएर घर गएकी छिन् । अहिले उनी तंगि्रएकी छिन् । हाँस्न र बोल्न थालेकी छिन् । घरका काममा समेत मन लगाउन थालेकी छिन् । ति महिलालाई चिकित्सकहरुले साइकोथेरापी अन्तर्गत उपचार गरेपछि उनमा परिवर्तन देखिन सुरु भएको हो । पहिले यसबारे बोल्न नचाहने परिवारका सदस्य अब उनीसित यसबारेमा खुलेर कुरा गर्न थालेका छन् । ००० त्रिवि शिक्षण अस्पतालका प्रो. डा सरोजराज वझा धेरै मानिसको आत्महत्याको मुख्य कारण डिप्रेशन भएको बताउँछन् । उनका अनुसार ति महिलाले छोराका डिप्रशनबारे समयमै पहिचान गर्न पाएको भए वा उसको कुरा परिवारले बुझेको उनको ज्यान बच्ने डा. वझाको भनाइ छ । डाक्टरहरुका अनुसार डिप्रेशनका बिरामीलाई ‘कनेक्ट, कम्युनिकेशन तथा कियर’ भन्ने कुनै मद्धत चाहिन्छ । यो भएन भने बिरामीले आत्महत्या रोज्न सक्छ । समयमै डिप्रेशनको पहिचान गरेर उपचार गराइयो भने सम्भावित दुर्घटनाबाट बचाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी आठ लाख मानिसले आत्महत्या गर्छन् । तर, आत्महत्यालाई रोक्न सकिन्छ । यो सोच आउनु आफैंमा भयानक हो । यसलाई समस्याका रुपमा लिनुपर्छ । पहिले त आत्महत्या भन्ने कुरा त्यसै आउँदैन । यदि आयो भनेपनि किन आयो भनेर सोच्नुपर्ने हुन्छ । कसैलाई यस्तो सोच आइहाले पनि गइहाल्छ । तर, कतिलाई यस्तो सोच आइराखेमा यसलाई स्वास्थ्य समस्याको रुपमा लिनुपर्छ । जनमानसमा यसबारे जनचेतना फैलाउन नसकेको खण्डमा समस्या थप बढ्न सक्ने डा. वझा बताउँछन् । अहिले आत्महत्या गर्नेमा युवाहरु पनि छन्, त्यसैले रोकथामका लागि आवश्यक कदम चलाउनु जरुरी छ । विश्व स्वास्थ्य संगठनले पनि सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाउँदै आइरहेको छ । यसवर्ष यो दिवस ‘कनेक्ट, कम्युनिकेशन, कियर’ भन्ने नाराका साथ मनाउन लागिएको छ । कनेक्ट, कम्युनिकेशन, कियर भन्नाले पहँुच, सञ्चार र हेरचाह भन्ने बुझिन्छ । यही उदाहरणलाई मध्यनजर गर्दा पनि यदि कुनै घरमा पहिले नै आत्महत्या भएको छ भने त्यस्ता समस्या फेरि पनि हुनसक्ने उदाहरण प्रशस्तै हुने गर्छन् । त्यसका लागि डिप्रेशनमा परेकाहरुको पहिचान गरी व्यक्तिगत, सामूहिक वा सामुदायिक रुपमा उसलाई हेरचाह गरी साथ दिनु जरुरी हुन्छ । त्यस्तै सञ्चार अन्तर्गत मानिसहरु नबोली बसमा, एक्लै झोक्राएर बसेमा पनि उनीहरुमा आत्महत्याको सोच आउन सक्छ । त्यसैले यस्ता मानिसलाई धेरै भन्दा धेरै बोल्ने अवसर प्रदान गरेका खण्डमा पनि यसको रोकथाम गर्न सकिन्छ । त्यस्ता व्यक्तिलाई हेरचाह गरेमा मात्र पनि उनीहरुलाई यो सोचबाट बाहिर निकाल्न सकिन्छ । समाजमा मानिसहरुलाई यसबारे तालिम दिएर त्यस्ता मानिसहरुलाई बोल्न तथा आफ्ना मनका कुरा राख्न, तथा संवाद गर्न मद्दत पुग्छ । उनीहरुको कुरा सुनेर काउन्सिलिङ गर्न सकेमात्र पनि यो समस्याको रोकथाम गरी दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । त्यस्तै सञ्चारमाध्यमले यसबारे जनचेतना फैलाउन सकेमात्र पनि यो समस्याको रोकथाम गर्न सकिन्छ । हेरचाहको सवालमा उनीहरुको समस्या बुझेर यसबारे पहल गर्न सकेमा पनि यो समस्याबाट बच्न तथा बचाउन सकिन्छ । केही तथ्य हरेक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्नुका साथै २५ गुणा बढीले आत्महत्याको प्रयास गरिरहेका हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या विश्वको दोस्रो ठूलो कारक मध्यमा पर्छ । विश्वमा करिब एक लाख युवा वर्षेनी आत्महत्याका कारण मर्ने गर्छन् । १५ देखि १९ वर्षको उमेरका मानिसको सबैभन्दा धेरै मृत्यु आत्महत्याका कारण हुने गर्छ । आत्महत्या गर्नेमध्ये पुरुषको संख्या तीन गुणा बढी हुने गर्छ । जबकी महिलामा आत्महत्याको प्रयास गर्ने कोसिश तीन गुणा बढी हुन्छ । विदेशमा पुरुषहरु बन्दुक हानेर अथवा झुण्डेर मर्ने संख्या धेरै छ । जबकी महिलाहरुले औषधी सेवन गरी तथा नशा काटेर आत्महत्याको प्रयास गर्छन् । त्यसैगरी धुम्रपान, मद्यपान गर्ने पुरुषहरु बढी आत्महत्या गर्छन् । (यो लेख महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, प्रो. डा. सरोजराज वझासितको कुराकानीमा आधारित छन् । उनी हाल त्रिविवि टिचिङ्ग अस्पतालस्थित मनोचिकित्सा विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत छन् । )

‘खुर्सानी र अदुवा खानेलाई क्यान्सरको जोखिम कम’

२४ भदौ, काठमाडौं । धेरै व्यक्तिहरुले ठान्दछन् कि खानेकुरालाई स्वादिलो बनाउनका लागि खुर्सानीको प्रयोग गरिन्छ । तर, यसको सेवनले हुने फाइदाबारे थाहा भयो भने कहिल्यै खुर्सानी नखाने तपाईंले सायद आजैदेखि खुर्सानी खान सुरु गर्नुहुन्छ । खुर्सानीको प्रयोगले खानालाई स्वादिलोमात्र बनाउँदैन क्यान्सर रोगको जोखिम समेत कम गर्ने एक अध्ययनबाट पत्ता लागेको छ । हालै फेला परेको नयाँ प्रमाणले खुर्सानी र अदुवाको सेवनले क्यान्सर रोगको जोखिम कम मात्र गर्दैन, यसले क्यान्सर रोगको रोकथाम समेत गर्छ भन्ने देखाएको छ । हालै नर्थअमेरिकन केमिकल सोसाइटीका अनुसन्धानकर्ताहरुले मुसाहरुमा गरेको अनुसन्धानबाट अदुवा र खुर्सानीको सेवनले क्यान्सरको रोगको जोखिम कम गर्ने तथ्य पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार अदुवामा ‘६-जिन्जोरेल’ नामक बासनादार तत्व समावेश हुन्छ, जसले क्यापसाइकइनमा हुने सम्भावित हानिकारक प्रभावसित लड्ने काम गर्छ । क्यापसाइकइनसितको संयोजनमा ६ जिन्जेरोलले क्यान्सरको जोखिम कम गर्ने अनुसन्धानकर्ताको भनाइ छ । एसियाली मुलकमा अदुवा तथा खुर्सानीलाई विशेष मसलाका रुपमा लिइन्छ, र विभिन्न परिकारमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा पार्ने प्रभावबारे बेला-बेलामा अध्ययन तथा अनुसन्धान समेत हुने गरेको छ । हुन त केही अनुसन्धानहरुले खुर्सानीको सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्, भने बाँकी अन्य अध्ययनहरुले दिएको सुझाव अनुसार क्यापसाइकइनयुक्त आहारले पेटको क्यान्सर हुन सक्दछ । तथापी अदुवाले भने स्वास्थ्यवर्द्धक मसलाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । अस्वाभाविक रुपमा क्यापसाइकइन र ६ जिन्जोरल, जो ट्युमर वृद्धि गर्नसित सम्बन्धित छन्, दुवै कोषिकामा बाँधको रुपमा काम गर्न थाल्छन् । यसका लागि अनुसन्धानकर्ताहरुले फोक्सोको क्यान्सर भएका मुसाहरुलाई केही हप्तासम्म क्यापसाइकइन वा ६ जिन्जोरेल वा दुवै खुवाएका थिए । अध्ययनका क्रममा सबै मुसाहरु जसलाई क्यापसाइकइन खुवाइएको थियो, उनीहरुमा फोक्सोको कार्सिनोमस विकसित भएको पाइएको थियो । जबकी ६ जिन्जोरेलको सेवन गर्ने आधा मुसाहरुमा यसले काम गरेको थियो । आश्चर्यजनक रुपमा जम्मा २० प्रतिशत मुसा जसलाई दुबै खुवाइएको थियो, उनीहरुमा क्यान्सर विकास भएको पाइयो । -यो अध्ययन जर्नल अफ एगि्रकल्चर एण्ड फुड केमेस्ट्रीमा प्रकाशित छ ।)

Saturday, September 10, 2016

जन्मियो विश्वकै सबैभन्दा सानो जिवित बच्चा, तौल एक पाउ भन्दा पनि कम

जब उनले यो दुनियामा पदार्पण गरिन् तब उनले किर्तिमान सँगै लिएर आइन् । उनले दुनियाकै सबैभन्दा हलुका तथा सबैभन्दा सानो जिवित जन्मिएको बच्चाको किर्तिमान आफ्नो नाउँमा पार्न सफल भएकी हुन् । जर्मनीको विटन सहरस्थित एक अस्पतालमा जन्मिएकी इमिलिया ग्राबार्कजिक जन्मिँदा उनको सरीरको लम्बाइ ८ इन्च थियो भने तौल जम्मा २ सय २९ ग्राम । गर्भ रहेको २५ हप्तामै जन्मिएकी यी शिशुले जिव विज्ञान तथा चिकित्सा विज्ञानलाई नै माथ खुवाउँदै मृत्युलाई पनि जितेकी छिन् । यसअघि विश्वको सबैभन्दा सानो जिवित जन्मिएको बच्चाको तौल ८ दशमलब ६ औँश थियो । अमेरिकाको सिकागोकी रुमैसा रहमान नामकी ती शिशु २६ हप्तामा जन्मिएकी थिइन् । जबकी इमिलियाको तौल जम्मा ८ औँश मात्र छ । जिउको लम्बाइ जम्मा ८.६ इन्च भएकी इमिलियाका खुट्टा जम्मा एक इन्च लामा थिए, औँला जत्तिकै मात्र । यस्तो अद्धितीय शिशु सामान्य रुपमा जन्मिनु र ज्यूँदो रहनुलाई चिकित्सकहरुलाई चमत्कारकै रुपमा लिएका छन् । बच्चा जन्मिँदा १४ औँश सम्मको तौललाई पनि निकै कम मानिन्छ र त्यस्तो बच्चालाई समेत बचाउन गाह्रो हुन्छ । त्यसैले इमिलियालाई डाक्टरहरुले फुच्ची लडाकुको संज्ञा दिएका छन् । किर्तिमानी छोरी जन्माउन पाएको र बाँच्ने आशा नै नगरेकी छोरी बाँचेकोमा आमा स्याबिन ग्राबाक्जी र बाबु लुकास खुसी छन् । अहिले इमिलिया ९ महिनाकी भैसकेकी छिन् र उनको तौल १०६ औँश छ । उनी दिनानुदिन बलियो बन्दैछिन् ।

Friday, September 9, 2016

खाना पकाउने ग्यासको मूल्य अझै घटाउन माग

काठमाडौँ – अनेरास्ववियु (क्रान्तिकारी)ले आज अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका अवसरमा विशेष सहुलियत दिइनुपर्ने, आपूर्ति व्यवस्थालाई सहज र सरल बनाइनुपर्ने, खाना पकाउने ग्यासको मूल्य अझै घटाइनुपर्ने लगायत माग गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । केही दिनअघि निगमले खाना पकाउने ग्यासमा रु ५० घटाएकामा क्रान्तिकारीले थप रु ५० घटाउन माग गरेको छ । ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक खड्काले अन्य विषय सरकारले गर्ने भए पनि खाना पकाउने ग्यासको भने मूल्य घटाउने प्रयास भइरहेको जानकारी गराएका थिए । रासस

हुवावेको दशैं योजनाः हरेक १५ दिनमा भेस्पा र रोयल इन्फिल्ड जित्ने अवसर

काठमाडौं । हुवावे उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । उपहारले भरिपूर्ण एक महिना लामो यस अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ । अरु अफर झैं बम्पर उपहारमा मात्र केन्द्रीत नभई यस वर्ष हुवावे ले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने निर्णय गरेको छ । चाडपर्वको रौनकलाई ध्यानमा राखी हुवावेले यसपालीको सबै उपहारहरु उत्तिकै महत्वपूर्ण अर्थात् एक–सा–एक ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले हुवावेको कुनै पनि स्मार्टफोनको खरिद गरी विभिन्न उपहारहरु जित्न सक्नेछन् । ‘प्राइज एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ अन्तर्गत हुवावेले हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ । लक्की ड्र मार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्नेछन् । विजेताको घोषणा हुवावेको अफिसियल फेसबुक पेज (/Huaweidevicenepal) मा गरिनेछ । यस अफरको प्रमुख हाइलाइट भन्नु नै हरेक १५ दिनमा हुने लक्की ड्र हो, जस मार्फत् दुई भाग्यशाली विजेताहरुले भेस्पा र रोयल इन्फिल्ड जित्न सक्नेछन् । विजेताहरको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्रमार्फत गरिनेछ । हुवावेको फेस, सृष्टि श्रेष्ठले हरेक हप्ता र हरेक १५ दिनका विजेताहरुलाई उपहार हस्तान्तरण गर्ने छिन् । यस योजनामा सहभागी हुनका लागि योजना अवधिभर हुवावेको कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकहरले हुवावे (स्पेस) १५ अङ्क भएको फोनको IMEI नं टाईप गरी ३२२०० मा एसएमएस गर्नुपर्नेछ । यस अफर अवधिभर करिब ५०० ग्राहकहरुलाई उपहार दिइनेछ ।

अंगुरबाट बनेको नेपाली वाइन बजारमा

काठमाडौं-नेपाली उत्पानमा सतप्रतिशत अंगुरको जुसबाट बनेको शुद्ध वाइन बजारमा आएको छ । यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड÷व्हाइट ४ लिटर (पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड÷व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो । खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिद्धारा विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादीत वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको छ । दुई करोड रुपैयाँको लगानीमा काभ्रेपलाञ्चोकमा उद्योग स्थापना गरी अत्याधुनिक तथा पूर्णतया स्वचालीत मेसिनबाट वाइन उत्पादन हुने यूनिभर्सलका संचालन रविन जोशीले जानकारी दिए । नेपाली उत्पादनलाई गुणस्तरिय र सर्भशुलभ बनाउनका लागि आपफूहरुले वाइनलई थप अपग्रेट गर्दै लाने समेत उनले बताए । हाल काठमाण्डौ उपत्यकामा भिगोर इन्टरनेसनल प्रा.लि. ले यसको बिक्रि वितरण गर्दै आएको छ ।

Thursday, September 8, 2016

एनसेल टावरमा तोडफोड

सोलुखुम्बु– एनसेलको टावरले काम नगरी नेटवर्क नदिएको भन्दै केरुङ–२ पतालेका स्थानियबासीले बिहिबार टावरमा तोडफोड गरेका छन् । तोडफोडबाट लुम्बिनी ईन्टरनेटको डिभाईस (छाता) २ थान, एआइसी केवल नेटको डिभाईस १ थान, केवल तार र अर्थिङ तारसमेत क्षति भएको प्रहरीले बताएको छ । तोडफोड गर्ने ब्यक्तिहरुको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्बन्धित समाचार

लुम्बिनीमा दाइजोको निहुँमा महिलाको हत्या

भैरहवा – रुपन्देहीमा दाईजोको निहुँमा एक महिलाको हत्या भएको छ । घरमा रहेकी बुहारीलाई कुटपिट गरि हत्या गरेपछि लुकिछिपी दाह संस्कारको प्रयास गरे पनि मृतकको माईती पक्षको सक्रियताको कारण घटना बाहिर आएको हो । यो घटनाले मधेस क्षेत्रमा दाईजोको कारण बुहारीहरु मारिनुपर्ने घटनाको पुनरावृत्ति गरेको छ । मधेस क्षेत्रमा अहिले पनि दाईजो प्रथाले जरो गाडेको यो घटनाले प्रष्ट पारेको छ । घटना पनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर४ पडरिया बस्ने २९ वर्षीय एहसानुल्लाह मुसलमान र उनका परिवारले दाईजो नपाएकोले २८ वर्षीय बहिनी नाजमा खातुनको हत्या गरेको मृतकका भाईले आरोप लगाएका छन् । मृतकका दाजु बदरे आलमले बुधबार एका बिहानै बहिनी मरेको खबर बहिनीको छिमेकीबाट थाहा पाएको बताए । यसअघि पनि बहिनीलाई पटक–पटक कुटपिट गरेको हुँदा उनलाई मारेको हुनसक्ने शंका लागि ईलाका प्रहरी कार्यालय धकधईमार्फत लुम्बिनी प्रहरीलाई खबर गरि दाह संस्कार रोकाएको आलमले बताए । ‘यसअघि पनि पटक–पटक कुटपिट गर्दै आएको नाजमाको परिवारले यसपटक कहिल्यै सन्चो नहुने गरि कुटे’ मृतक नाजमाका भाई बदरे आलमले भने । घटनास्थल पुग्दा मृतक नाजमाको जिउभरि निलडाम तथा चोटपटक लागेको देखेपछि उनले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले हेर्दा पनि शरीर भरि चोटपटक लागेको निलडाम देखेपछि शव परिक्षणको लागि भैरहवास्थित भीम अस्पतालमा पठाएका थिए । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिलिपराज झाले मृतकको घर पुग्दा घरमा पुरुष कोही नभएको जानकारी दिए । मृतकका जेठाजु तबारक मुसलमान र पति एहसानुल्लाह मुसलमान फरार भए पनि उनका ससुरा जलालुद्दिन मुसलमानलाई भने प्रहरीले पक्राउ गरि म्याद थप गरेको झाले बताए । ससुरा पनि भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । मृतक नाजमाका दाजु बदरे आलमले बहिनीको परिवारले पहिलेदेखि नै चारपाङ्ग्रे सवारी माग गरेको र सो दिन नसकेको कारण नै बहिनीको हत्या भएको दावी गरे । मृतका खातुन केही दिनअघि मात्रै माईत बसेर घर गएकी थिइन । कुटपिटबाट आजित भएकी उनी ६ महिनादेखि माईतमै बस्दै आएकी थिईन । केही दिनअघि मात्रै आफन्तको आग्रह अनुसार उनलाई घर पठाएको दाजु आलमले बताए । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले शवको प्रकृति हेर्दा कर्तव्य गरि ज्यान मारेको जस्तो देखिएकोले कारवाही प्रक्रिया अगाडी बढाईएको जानकारी दिए । ‘मृतकाको टाउको, शरिर, हातखुट्टालगायतमा चोटपटक लागेको छ । प्रारम्भिक जानकारी अनुसार मृतकलाई झुलको भाटाले हिर्काएको देखिएको छ’ गुरुङले भने । मृतकालाई बिहान ४ बजे कुटपिट गरि घाइते बनाएको र घाईते अवस्थामा पनि उपचार नगरेको कारण बिहान करिब साढे ८ बजे मृत्यु भएको छिमेकीले जानकारी दिएको गुरुङको भनाई छ । मृतक नाजमाका २ जना छोराहरु रहेका छन् । मृतकका फरार पति र जेठाजुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यसरी सुन्दरी बनाउँछ, यौन सम्पर्कले

यौन सम्बन्धले महिलामा ‘यस्त्रोजेन’ नामक तन्तु को बिकाश गर्छ जसले चम्किलो अनुहार सिल्की कपाल र स्वस्थ छाला बनाउछ । अनि कोलाजेन नामक तन्तु पनि विकास गर्छ । यो तन्तु पनि सुन्दर छालाको लागि मुख्य तत्व हो । हप्तामा कम्तिमा ४ पटकसम्म यौन सम्बन्ध राख्नुहोस खासगरी यसले महिलामा छाला चाहुरिने समस्या धेरै कम गर्छ । महिलाले यौनको चरम आनन्दमा सेरोटोनिन र डीया नामक तन्तु स्खलन गर्छ, यो तन्तु स्खलन बाट महिला लाई स्वस्थ दिमाग, हसिलो, अनि आशाबादी बनाउने गर्छ र ‘डीया’ नामक तन्तु ले महिलामा मानसिक तनाब कम गर्छ । नियमित यौन सम्पर्कले महिलालाई रोग निरोधक पनि बनाउछ । स्वस्थ यौन सम्बन्धले महिलामा केमिकलयुक्त शृंगार सामाग्रीको तुलनामा सकारात्कम रिजल्ट दिन्छ । स्वस्थ यौन सम्बन्धले महिलामा प्राकृतिक रुपमा बक्षस्थल ठुलो हुने गर्छ र संभोगकोबेलामा बक्षस्थल साबिक को भन्दा करिब २५ प्रतिशत बृद्धि हुने गर्छ । त्यसैले बक्षस्थल ठुलो बनाउन अन्य बिधि भन्दा स्वस्थ्य यौन सम्पर्क नै उचित उपाय हो । स्वस्थ यौन सम्बन्धले चरम आनन्दकोवेला महिलामा ‘ओक्शीटोसिन’ नामक तन्तु निर्माण्ँ गर्छ । जसले मानसिक तनाब दिने तन्तु ‘कोरतिसोल’ नामक तन्तु लाई समप्त गर्ने गर्छ । जसले ‘डिप्रेसन’ हुनवाट समेत वचाउछ । साथै धेरैको चिन्ताको बिषय महिलाहरुमा भूडी लाग्ने समस्या छ । जसले सुन्दरतालाई प्रत्यक्ष असर गर्छ । खासमा हाम्रो शरीरमा ‘कोरतिसोल’ तात्नु ले नै यो काम गर्ने गर्छ । त्यसैले यो कोरतिसोल लाई समाप्त पार्न धेरै ‘ओक्शीटोसिन’ नामक तन्तु निर्माणगर्नु उचित हुन्छ । अर्थात् स्वस्थ यौन सम्बन्ध । ‘ओक्शीटोसिन’ नामक तन्तुको अर्को राम्रो पक्ष भनेको यसले महिलामा नम्मर स्वभाव, कम चन्चलेपन, सहनशीलता र आशाबादी हुनमा मद्त गर्छ । स्वस्थ यौन सम्बन्धले मुटुको चाल र रगत को बहाव लाई समेत फाइदा पु¥याउँछ । जुन शारीरिक ब्यायाम जतिकै लाभदायक हुन्छ ।

‘४ सय ५० केजीकी हुन चाहन्छु’


अहिलेको वजन ३ सय १७ केजी छ, थप्नुपर्ने १ सय ३३ केजी ।

मानिसको जीवन जिउने आ–आफ्नो कला हुन्छ । अमेरिका टेक्सास बस्दै आएकी २७ बर्षे मोनिकाको दैनिकी सुन्ने जो कोहीलाई भने अचम्म लाग्न सक्छ । ३ सय १७ केजीकी उनलाई अझै मोटाउनु परेको छ । 

मोटाउनकोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालोरीयुक्त खाना खाइरहेकी छन् । भन्छिन् – ‘४ सय ५० केजीकी हुन चाहान्छु ।’ त्यसकालागी उनले चिकित्सकको सल्लाह अनुसार खानाको मात्रा बढाउँदै लगेकी छन् । १ सय ३३ केजी वजन थप्न सकेको खण्डमा मात्र उनले चाहेको वजन प्राप्त हुन्छ । 

मोटाउनकोलागी मोनिकालाई उनको २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गरिरहेका छन् । पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने काम ब्वाइफ्रेन्डको हो । पकाएर खुवाइरहने काम पनि तिनै लक्का जवानको हो । मोनिकाको ९१ इन्चको पेट नफुलुन्जेलसम्म उनले खुवाइनै रहन्छन् । 

मोनिका खासमा मोडल हुन् । अहिलेपनि उनी अनलाइन मोडलिङ गरिरहेकी छन् । त्यसोभए किन मोटाएर ४ सय ५० केजी हुन चाहिरहेकी छन् त ? यसको जवाफ हो, उनी संसारकै सवैभन्दा मोटी भएर ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’मा दर्ता हुन चाहान्छिन् । मोटाईले मोडलिङमा मद्धत मिल्ने उनीहरुको विश्वास रहेको छ ।

सँग–सँगै यो जोडी बच्चा जन्माउने योजनामा रहेको पनि सुनाउन चुक्दैनन् । 

स्रोत – डेलिमेल ।

यी हुन् कामुक बनाउने ९ खानेकुरा (कारण सहित)



यौनजीवनलाई सदावहार वनाउने खानाहरुको संगालो ।

१. कुरिलो – बेलायती बनस्पतिविद्ध निकोलस कुलपेपरले सत्रौं शताब्दीमा कुरिलो खाँदा यौनेच्छा कसरी बढ्छ भनेर लेख लेखेका थिए । विस्तारै १९ औं शताब्दीमा फ्रान्स्मा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा, भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ  । यिनै तत्वहरुले शरिरमा यौनान्दको लागि विशेष भुमिका खेल्दछन् ।

२. हाडे बदाम – यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको प्रतिक हो । हाडे बदामको गन्धले विशेषत: महिलामा यौनेच्छा जागृत गर्दछ । यस बदाममा भिटामिन इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ ।

३. एभोकाडो – धेरैले यसलाई अण्डकोष फल भन्दछन् । स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा परिभाषित गरेर बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष  रोग प्रतिरोधकको रुपमा पर्दछ ।

४. केरा – केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र बिउरोमिलाईक एन्जायम हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ ।

५. बाबरीको पात – यसको गन्धले खानालाई स्वादिष्ट बनाउने गर्दछ । यसमा पाईने विशेष  खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर गर्ने गर्दछ । इटालियनहरुले विशेषत: बाबरीको पात अत्याधिक खाने हुनाले संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनिन्छ ।

६.चकलेट – चकलेटमा विशेषत फिनाईल, इथाइल र अनन्दमाइड रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा उत्तेजना, आकर्षण र आनन्द बढाउँछ । कोकाओ मिश्रित चकलेटले न्युरोसिषटमलाई यौन उत्तेजनाको लागि चलायमान गराउँदछ ।

७.अन्जीरको फल – संसारमा यस फललाई कामुक फलको रुपमा लिईन्छ । यो फल संसारकै सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम कालमा यसलाई प्रेम र सन्तान उत्पादकत्वको प्रतिकको रुपमा लिईन्थ्यो ।

८. लसुन – लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ ।

९. मह – महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र शरिरमा कामोत्तेजनाकालागी विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ ।

स्रोत र तस्बिर – इन्टरनेटको सहयोगमा ।



उत्तर कोरियामा भूकम्प : अहिलेसम्मको ठूलो परमाणु परिक्षणको आशंका

सिओल – दक्षिण कोरियाली सैन्य अधिकारीहरुले शुक्रबार उत्तर कोरियाले पाँचौ र अहिलेसम्मकै सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको दाबी गरेका छन् । उत्तर कोरियाको परमाणु परिक्षण स्थल नजिकै ५.३ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि दक्षिणले उक्त आशंका व्यक्त गरेको हो । यस विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । तर, यसअघि त्यस क्षेत्रमा मापन गरिएको भूकम्प सबै परमाणु परिक्षण भएको पुष्टि भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हिले उत्तरको पछिल्लो कदमलाई किम जोङ उनको ‘आत्मघाती’ र ‘लापरवाह’ कदम भएको बताइन् । विदेश भ्रमण छोट्एर स्वदेश फर्कन लागेकी पार्कले किमको यो हर्कतले उत्तरमाथि थप प्रतिबन्ध लाग्ने बताइन् । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले उत्तर कोरियाको सेना प्रमुखलाई उद्धृत गर्दै उत्तर कोरियाको पछिल्लो परिक्षण अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताएको छ ।
गत जनवरीमा गरिएको परिक्षणभन्दा दुई गुणा ठूलो बताइएको उक्त परिक्षणको शक्ति १० किलोटन भएको बताइएको छ । त्यतिबेला उत्तरले सफलतापूर्वक हाइड्रोजन बम परिक्षण गरेको दाबी गरे पनि त्यसको पुष्टि भने भएको छैन । भूकम्प मापन गर्ने अमेरिकी जियोलोजिकल सर्भेले पनि उक्त क्षेत्रमा मापन भएको भूकम्पको तरङ विस्फोटबाट भएको बताएको छ । तर, कस्तो विस्फोट भने खुलाएको छ । यसअघि, परमाणु परिक्षण क्षेत्रमा भूउपग्रहबाट खिचिएको तस्विरमा पाँचौ परिक्षणको तयारी भइरहेको देखिएको थियो । शुक्रबार उत्तरको राष्ट्रिय दिवस पनि हो । उत्तरले जहिले पनि यस्तो अवसरमा सैन्य शक्ति देखाउने गर्छ ।

क्रिकेटमा फसे प्रधानमन्त्री

गृहकार्य कम हुँदा सरोकारवालाहरुले निर्णय मानेनन् । नेपाल क्रिकेट संघ (क्यान) लाई बोर्डमा रूपान्तरित गर्न सल्लाहकार समिति बनाउने निर्णय विवादीत भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बसेर गरेको निर्णय विवादीत भएको हो । आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभ रिचर्डसन, कार्यकारी सदस्य इमरान ख्वाजा र एकाउन्ट शाखा प्रमुख अमर शेखले एकैपटक प्रधानमन्त्री, विभागीय मन्त्री र राखेप सदस्य–सचिवलाई सँगै राखेर बोर्ड बनाउन सल्लाहकार समिति बनाउने कुरामा सहमत गराएका थिए । विनागृहकार्य सदस्य–सचिवले मन्त्रीलाई ‘ब्रिफिङ’ गरेको र मन्त्रीले पनि सोही काँचो ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गरेको हुनाले यस्तो अवस्था आएको सरोकारवालाहरुको विश्लेषण छ । सरोकारवालाहरुसँग छलफल नै नगरि आइसीसीका प्रतिनिधिहरुसँग बैठक बसाएर निर्णय गरिएपछि विवाद चुलिएको हो । क्यानको निर्वाचित कमिटी र पुरानो क्यान समितिका पदाधिकारीहरुले सल्लाहकार समितिमा नबस्ने निर्णय सार्वजनिक गरिसकेका छन् । गत बैशाखदेखि क्यान आइसीसीवाट निलम्बनमा परेको छ ।

दुई छिमेकीबाट चाडै नै उच्चस्तरीय भ्रमण हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री प्रचण्डले चाडै नै नेपालमा दुई छिमेकीबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित भ्रमण रोकिएको भन्ने समाचार प्रकाशमा आएकै बेला प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमणवारे आफ्नो धारणा राखेका हुन् ।
आज बसेको पार्टीको संसदीय दलको वैठकमा सम्बोधन गर्दै प्रचण्डले आफ्नो भारत भ्रमणको प्रसंगसँगै यस विषयमा कुरा राखेका थिए । ‘हुन त हल्ला अनेक खालका गरेका छन् । तर, दुवै देशबाट उच्चस्तरीय भ्रमण हुँदैछन् ।’ प्रचण्डको भनाई उदृद्ध गर्दै माओवादी केन्द्रका एक सांसदले रातोपाटीसँग भने । ती सांसदका अनुसार प्रचण्डले यस विषयमा थप ब्याख्या भने गरेका थिएनन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको तयारी हुने भएको छ । प्रचण्डले आफु चाडै नै भारत भ्रमणमा जान थालेको र भ्रमणले दुई देशविच चिसिएको सम्बन्धलाई न्यानोपन दिने बताए । ‘म भारत भ्रमणमा जाँदैछु । सम्बन्ध समुधर बनाउने गरी भ्रमण हुनेछ । चिसो सम्बन्ध न्यानो बनाउने प्रयास हुनेछ । भ्रमणमा अरु नयाँ कुरा हुँदैन ।’ प्रचण्डको भनाई उद्धृत गर्दै ती सांसदले भने । त्यसैवीच माओवादीले प्रमुख सचेतकमा टेकबहादुर बस्नेतलाई जिम्मा दिएको छ । त्यसबाहेक संसदीय बोर्डको सचिव रामनारायण विडारी आएका छन् । संसदीय विशेष सुनुवाइको जिम्मा अग्नी सापकोटाले पाएका छन् । त्यसबाहेक संसदका विभिन्न समिति सदस्यका लागि पनि माअ‍ोवादीले नाम टुंगाएको छ । लेखा समितिमा हरिवोल गजुरेल, अर्थ समितिमा शक्ति बस्नेत, राज्य व्वावस्थामा रेखा शर्मा, विकास समितिमा टोपबहादुर रायमाझी र महिला तथा बालबालिकमा गिरिराजमणि पोखरेल सदस्य बनाउने भएको छ । वैठकमा प्रचण्डले प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

आशलाग्दा ५ मन्त्रीहरु

२२ भदौ २०७३ काठमाण्डौं । रातारात हिरो दाउमा धेरैजसो । हालका कुनैपनि मन्त्रीसँग निश्चित कार्ययोजना छैन । तर उनीहरुमा देखिएको जोस–जाँगर र महत्वकांक्षाले भने केही आशा गर्न सकिने ठाऊँ छ । केही मन्त्रीहरु कार्ययोजना वनाउने तयारीमा रहेका छन् । केही मन्त्री परिपक्व भएकाले उनीहरुले दीर्घकालीन महत्वका काम गर्लान् भन्ने आशा गर्न सकिन्छ । यिनै मध्येका ५ जनाको छनौट गर्ने कोशिस गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी भएपनि सफल भइ छाड्ने उद्घोषका साथ अघि बढेका छन् । तर उनका काम हेर्न बाँकी छ । किनभने उनी अत्यन्तै अफ्टेरो परिस्थितिमा छन् । त्यसकारण उनको सफलतामा चौतर्फी संका पनि छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अघिल्लो सरकारले ल्याएको बजेट पास गराउने अभियानमा छन् । तर विगतमा मन्त्री हुँदा उनले प्रदर्शन गरेको परिपक्वताका कारण जनतालाई निराश वनाउँदैनन् भन्ने पनि एकथरीको विश्वास रहेकोछ । सुरेन्द्र (राम) कार्कीले सञ्चार मन्त्रालय सम्हालेका छन् । निश्चित योजना नभएपनि उनी बौद्धिक र परिपक्व नेता भएका कारण केही नयाँ काम गर्ने आम आशा हुनु अस्वभाविक होइन । मन्त्री हुनेवित्तकै उनले टेलिकम नेतृत्वलाई सुधारकालागी दिएको अल्टिमेटम सहितको निर्देशन तारिफ योग्य नै थियो । दुई वर्षमा डेढ दर्जन जाहाज खरिदको उद्घोष गरेका पर्यटन मन्त्री जीवनबहादुर शाही नयाँ मन्त्री हुन् । भर्खरै उनले एउटा ‘बोल्ड डिसिजन’ गरेका छन् । सरोकारवालाहरुले पशुपतिनाथ मन्दिरको पुनसंरचना भारतलाई गर्न दिने सिफारिसलाई उनले धोती लगाइदिएका छन् । उनी पनि नयाँ कार्ययोजना बनाउने तयारीमा रहेका छन् । जोश जाँगर भएका अन्य मन्त्री पनि छन् कांग्रेस–माओवादीमा । जस्तो माओवादी केन्द्र जनार्दश शर्मा (उर्जा) केही ‘रिजल्ट’ दिनु पर्छ भनेर लागेका छन् । तर उनका परिपक्वताको खाँचो देखिन्छ । आजै हटाइहाल्ने, आजै लाइन काटेर रातारात हिरो भइहाल्ने जस्तो चरम महत्वकांक्षामा छन् मन्त्री शर्मा । छोटकरीमा भन्नुपर्दा आम मन्त्रीहरु रातारात हिरो हुने उपाय खोजिरहेका छन् । विगतमा केही मन्त्रीहरु यसैगरी हिरो भएका पनि छन् । आफ्नालागी रातारात हिरो हुनेगरी काम गर्ने कि देशकालागी दीर्घकालीन काम गर्ने ? भन्ने सम्बन्धमा मन्त्रीहरु रनभुल्लमा देखिन्छन् । किनभने उनीहरुसँग निश्चयनै लामो समय छैन । १. गगन थापा (स्वास्थ्य) आफ्नै कार्यकालमा विकट जिल्ला र गाऊँका जनतामा स्वास्थ्यको पहूँच स्थापित गरिछाड्ने घोषणा गरेका छन् स्वास्थ्य मन्त्री गगन थापाले । उनी कांग्रेसका मात्र होइन युवाहरुका पनि आशाका केन्द्र हुन् । नयाँ कार्यक्रम ल्याउने गृहकार्यमा रहेका गगन स्वास्थ्यविद्धहरुको वीचमा बसेर काम गरिरहेका छन् । २. कृष्णबहादुर महरा (अर्र्थ) उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अघिल्लो सरकारले ल्याएको बजेट पास गराउने अभियानमा छन् । यस बजेटवाट उनलाई केही हात लाग्नेवाला छैन । तर विगतमा मन्त्री हुँदा उनले प्रदर्शन गरेको परिपक्वताका कारण उनले जनतालाई निराश वनाउँदैनन् भन्ने आम विश्लेषण छ । मन्त्री हुने वित्तिकै उनी पूर्वअर्थमन्त्री र धेरै अर्थविद्धकहाँ पनि पुगे । ३. अर्जुननसिंह केसी (सहरी विकास) सहरी विकास मन्त्री अर्जुननसिंह केसीले सपथ लिने बित्तिकै ‘मापदण्ड नपुगेका घर भत्काईने’ घोषणा गरे । मन्त्रालय स्रोतका अनुसार उनी कार्ययोजना बनाउन सक्रिय छन् । जसरी भएपनि ‘क्लिक’ हुने सोचका साथ मन्त्री भएका उनी सहरमा नयाँ काम गरेर देखाउने सोचमा छन् । ४. सुरेन्द्र (राम) कार्की (सञ्चार) सुरेन्द्र (राम) कार्कीले सञ्चार मन्त्रालय सम्हालेका छन् । निश्चित योजना नभएपनि उनी बौद्धिक र परिपक्व नेता भएका कारण केही नयाँ काम गर्ने आम आशा हुनु अस्वभाविक होइन । मन्त्री हुनेवित्तकै उनले टेलिकम नेतृत्वलाई सुधारकालागी दिएको अल्टिमेटम सहितको निर्देशन तारिफ योग्य नै थियो । ५. जीवनबहादुर शाही (पर्यटन) दुई वर्षमा डेढ दर्जन जाहाज खरिदको उद्घोष गरेका पर्यटन मन्त्री शाही नयाँ मन्त्री हुन् । गर्नखोज्दा यस मन्त्रालयले धेरै महत्वपूर्ण काम गर्न सक्छ । भर्खरै उनले एउटा ‘बोल्ड डिसिजन’ गरेका छन् । सरोकारवालाहरुले पशुपतिनाथ मन्दिरको पुनसंरचना भारतलाई गर्न दिने सिफारिसलाई उनले धोती लगाइदिएका छन् । उनी पनि नयाँ कार्ययोजना बनाउने तयारीमा रहेका छन् । यी पनि कांग्रेसवाट आशलाग्दा अर्जुननसिंह केसी (सहरी विकास) गगन थापा (स्वास्थ्य) जीवनबहादुर शाही (पर्यटन) शंकर भण्डारी (वन तथा भूसंरक्षण) केशवकुमार बुढाथोकी (सामान्य प्रशासन) माओवादीवाट आशलाग्दा कृष्णबहादुर महरा (अर्थ) हितराज पाण्डे (स्थानीय विकास ) जनार्दन शर्मा ‘प्रभाकर’ (उर्जा) सुरेन्द्र (राम) कुमार कार्की (सञ्चार) धनिराम पौडेल (शिक्षा) हालका २७ मन्त्रीहरु १. पुष्पकमल दाहाल ‘प्रचण्ड’– प्रधानमन्त्री । खानेपानी तथा सरसफाईस पशुपंक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण, विज्ञान तथा प्रविधि । २. विमलेन्द्र निधि – उपप्रधानमन्त्री, गृह । ३. कृष्णबहादुर महरा– उपप्रधानमन्त्री, अर्थ । ४. अर्जुननरसिंह के.सी. – सहरी विकास । ५. रमेश लेखक– भौतिक पूर्वाधार तथा यातायात । ६. जनार्दन शर्मा – ऊर्जा । ७. डा. प्रकाशशरण महत – परराष्ट्र । ८. बालकृष्ण खाँण– रक्षा । ९. दीपक बोहरा– आपूर्ति । १०. सूर्यमान गुरुङ – श्रम तथा रोजगार । ११. गौरीशंकर चौधरी– कृषि विकास । १२. दलजीत श्रीपाइली – युवा तथा खेलकुद । १३. विक्रम पाण्डे– भूमिसुधार तथा व्यवस्था । १४. जयदेव जोशी – जनसंख्या तथा वातावरण । १५. हितराज पाण्डे – सङ्गीय मामिला तथा स्थानीय विकास १६.सुरेन्द्रकुमार कार्की – सूचना तथा सञ्चार १७. धनिराम पौडेल– शिक्षा १८. अजयशंकर नायक – कानुन, न्याय, तथा संसदीय मामिला १९. केशवकुमार वुढाथोकी – सामान्य प्रशासन २०. रोमी गौचन थकाली– वाणिज्य २१. सीतादेवी यादव– शान्ति तथा पुननिर्माण २२. जीवनबहादुर शाही – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन २३. दिपक गिरी– सिँचाइ २४. नवीन्द्रराज जोशी– उद्योग २५. शंकर भण्डारी – वन तथा भूसंरक्षण २६. गगनकुमार थापा– स्वास्थ्य २७. हृदयराम थानी– सहकारी तथा गरिबी निवारण राज्य मन्त्री २८ श्रीप्रसाद जवेगु – संघीय मामिला तथा स्थानीय विकास २९ सत्यनारायण भगत– ऊर्जा ३० राधिका तामाङ्ग– कृषि विकास ३१ धनमाया वि.क.– शिक्षा

प्रधानमन्त्रीविरुद्व खनिए ओली : स्कुल कलेजबाट जम्मा गरेर ल्याइएका भाईबहिनीलाई ५ लाख र भगौडालाई २ लाख किन ?

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् । प्रचण्डले आज संसदमा गरेको संबोधनको आलोचना गर्दै ओलीले जनताको हितमा केहि नबोलेको तर आफ्ना कार्यकर्तालाई भने पोस्ने खालको कुरा गरेको दाबी गरे । प्रधानमन्त्रीले युद्धका क्रममा भएका घाइते तथा अपाङ्गलाई पाँच लाख दिने संसदबाट घोषणा गरेको प्रति व्यङ्ग्य गर्दै बासुदेब, विद्यादेवी गुठीद्वारा ललितपुरमा आयोजित कार्यक्रमा उनले भने, ‘ आफूले स्कुल कलेजबाट जम्मा गरेर ल्याएको भाईबहिनीहरुलाई पहिला पाँच लाख दिनु भएको थियो, अहिले फेरि पाँच लाख नै दिन्छु भन्नु भएको छ ।’ उनले अयोग्य लडाकूहरुलाई प्रचण्डले दुई लाख दिन्छु भन्नु पनि गलत भएको बताए । उनले भने, ‘ क्यान्टेनमेन्टमा बस्दा खेरी ल्याएका नक्कली लडाकू तथा भगौडाहरुलाई दुई लाख दिन्छु भनिएको छ, यो गलत छ ।’ यस्तै भूकम्प पीडितलाई दिनै नसकिने राहतको घोषणा गरेर प्रचण्डले सस्तो लोकप्रियता कमाउन खोजेको तर वादीपहिरो पीडित र गरीव जनताको पक्षमा भने केहि नबोलेको आरोप लगाए । उनले आफू प्रधानमन्त्री हुँदा एउटा सिस्टमको निर्माण गर्न खोजेको तर त्यो बन्न नपाउँदै हटाइएको पनि गुनासो गरे । उनले विदेशमा स्वाभिमानको आन्दोलन चलाइने तर आफू र आफ्नो पार्टीले स्वाभिमानको कुरा गर्दा प्रधानमन्त्रीबाटै हटाइएको भन्दै गुनासो समेत गर्न भ्याए । सो अवसरमा ओलीले कलाकार सन्तोष पन्तलाई बासुदेब– विद्यादेवी स्मृति पुरस्कारबाट सम्मानित गरेका थिए ।

सरकारको ‘बिल सार्वजनिक नीति’ पालना भएन

काठमाडौँ– नेपाल सरकारका कुनै पनि केन्द्रीय निकायले खर्च पारदर्शिताका लागि ल्याइएको बिल सार्वजनिक नीतिलाई पालना गरेको पाइएको छैन । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले २०७० माघ २९ गते पदबहाली गरेलगत्तै सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणलाई केन्द्रमा राखेर काम गर्ने अठोटसहित कुनै पनि सार्वजनिक कार्यालयले रु पाँच हजारमाथिको बिल भुक्तानी गर्नुअगाडि त्यस्ता बिल सम्बन्धित कार्यालयको वेबसाइटमा ७२ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने नीतिगत निर्णय गरेका थिए । सरकारी निकायमा हुने भ्रष्टाचार उजागर गर्न बिल सार्वजनिक गर्ने नीतिले सहयोग पुग्ने आशा तत्कालीन प्रधानमन्त्री कोइरालाको थियो । तर, अहिले आएर सो निर्णय बेवारिस बन्न पुगेको छ । प्रधानमन्त्री कार्यालयसमेतले भुक्तानीका लागि आएका बिल वेबसाइटमार्फत सार्वजनिक गर्न छाडेको छ । त्यस्ता बिल ७२ घण्टासम्म सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि अहिले प्रधानमन्त्री तथा मन्त्रिष्रिषद्को कार्यालयको वेबसाइटमा बिल सार्वजनिक गर्नुपर्ने झण्डै ४६ वटा मन्त्रालय, विभाग र विभिन्न आयोगले भुक्तानी गरेका बिल ‘अपलोड’ गरिएको छैन । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा आफ्नो कार्यालयको मात्र होइन, त्यसबाट सरकारका ४६ वटा केन्द्रीय निकायसमेतको बिल सार्वजनिक भएको हेर्न सकिने प्रबन्ध गरिएको छ । तर, त्यो खोलेर हेर्दा कुनै पनि निकायका फोल्डरभित्र उल्लिखित विवरणहरु वेबसाइटमा ‘अपलोड गरिएको समयले ७२ घण्टासम्म मात्र रहनेछ’ भन्ने मात्र उल्लेख छ, त्यहाँभित्र कुनै पनि निकायको भुक्तानी बिल भेटिँदैन । भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिक गर्न उक्त वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल कृषि अनुसन्धान परिषद्, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, रक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महालेखापरीक्षकको कार्यालय, निवार्चन आयोग, कृषि विकास मन्त्रालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल कानून आयोग, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, श्रम तथा रोजगार मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, सूचना तथा सञ्चार मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयको नाम भएपनि कसैले पनि बिल सार्वजनिक गरेका छैनन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, अर्थ मन्त्रालय, कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय सूचना आयोग, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, उद्योग मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेत, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, लोक सेवा आयोग, सहरी विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, सिँचाई मन्त्रालय, ऊर्जा मन्त्रालय, व्यवस्थापिका–संसद सचिवालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, परराष्ट्र मन्त्रालय, सत्य निरुपण तथा मेलमिलाप आयोग, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचन प्रमुख निर्वाचन अधिकृतको कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय र आपूर्ति मन्त्रालयको सूची उक्त वेबसाइटमा देखिन्छ तर कुनैले पनि तत्कालीन कोइराला सरकारको निर्णय पालना गरेका छ्रैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी एवम् उपसचिव चिरञ्जीवी पौडेलले बिल सार्वजनिक नीति सबै निकायले परिपालना गरेको दाबी गरे। तर, ४६ मध्ये कुनै पनि कार्यालयको फोल्डरभित्र कुनै बिल नभएको बारे भने उनले अनभिज्ञता प्रकट गरे । उनले भने, “अहिलेको समय भनेको बिल धेरै भुक्तानी हुने बेला होइन । भर्खर बजेट कार्यान्वयनको चरणमा छ । धेरै कार्यालयले उधारोमा कारोबार गरेका छन् । त्यसैले पनि बिल सार्वजनिक नभएको हो ।” प्रधानमन्त्रीपिच्छे सुशासन र आर्थिक मितव्ययितासम्बन्धी कडा प्रतिवद्धता सार्वजनिक भइआए पनि त्यस सम्बन्धी नीतिको पालना नहुँदा मन्त्रालय तथा मातहतका संस्थाको आर्थिक कारोबारमा आशङ्का गर्नुपर्ने ठाउँ रहन्छ जुन सुशासनको नारा दिने अधिकारीलाई सुहाउने कुरा होइन । रासस सम्बन्धित समाचार

४८ महिनामा फाष्ट ट्रयाकमा गाडी गुडाउन नसके पेन्सन नखाने सचिव कार्कीको घोषणा

काठमाडौ – राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य अगाडी नबढेको भनेर आलोचना भईरहेका बेला सरकारका सचिवले नै बनाउन नचाहेका कारण काम अगाडी नबढेको बताएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीले सरकार सम्हाल्न आएका राजनीतिक नेतृत्वले नचाहेकै कारण फाष्टट्रयाकमा ढिलाई भएको बताए । ‘बनाउने प्रकृया के हो सबैलाई थाहा छ, बनाउन जरुरी छ भन्ने पनि थाहा छ’ संसदको विकास समितिमा बोल्दै कार्कीले भने ‘तर अहिलेसम्म नबनेको भनेको बनाउन नचाहेर हो ।’ उनले कुनै ऐनले विकासलाई रोकेको भए ऐन निलम्बन गरेर पनि विकासका काम अगाडी बढाउन सकिने भन्दै चाहना नभएकोले ऐनको बाहना पारीएको बताए । ‘जुन ऐनले विकासलाई अवरोध गरेको छ, निलम्बन गरीदिनुस ऐनले रोक्दैन’ उनले भने ‘त्यो पनि गर्न नचाहेकोले बाहना मात्र हो ।’ ४८ महिनामा गाडी नगुडाए सचिवको पेन्सन पनि खान्न उनले फाष्ट ट्रयाक तुरुन्त बनाईसक्ने आफूसंग योजना भएकोले सरकारले जिम्मेवारी दिएमा ४८ महिनाभित्र गाडी गुडाइदिने दाबी गरे । १० महिनामा टेण्डर आह्वान गर्ने र अर्को चार बर्षमा बनाउन सकिने आफूसंग योजना भएको उनको भनार्य छ । ‘म लेखेर सम्झौतागर्न तयार छु कि मैले भनेको मोडलमा यदि गर्न जिम्मा दिने हो भने सचिव छोडेर खटाउनुस्’ उनले भने ‘४८ महिनामा गाडी कुदाएर निजगढ पु¥याईन भने मैले मेरो सचिवको पेन्सन पनि खान्न । मन्त्रीले बोकालाई दाइँ लगाए उनले आफूले आफ्नो योजना मन्त्रीहरुले भन्ने गरेको भएपनि उनीहरुले वास्ता नगरेको बताए । कर्मचारीलाई सरुवा गरेर हैरान पारेको भन्दै उनले आफूहरु मन्त्रीहरुबाट हैरानी भएको बताए । उनले निर्वाचित जनप्रतिनिधी जनताप्रति उत्तरदायी हुन नसकेको बताए । कर्मचारीलेले जागिर खाएको जनतालाई सोधेर नभई राज्यको नियम कानुन मानेर आएको तर जनप्रतिनिधी जनता संग देशलाई यस्तो बनाउँछु भनेर प्रतिवद्धता जनाएर आएको भन्दै आफूहरुलाई काम दिन नसकेको बताए । ‘हामीलाई काम गराउनुस्, जति दाउनुहुन्छ त्यति दायिन्छौँ’ उनले भने ‘तर दाइँ गराउनुहुन्छ, जोताउनुहुन्छ बोकालाई ।’ डा गोविन्द पोखरेलको हावादारी प्रतिवेदन उनले फाष्ट ट्रयाक र नीजगढ विमानस्थल नेपालकै लगानीमा बन्नुपर्ने धारणा राखे । उनले क्याविनेट र अर्थ समितिले दिएको प्रतिवदेन हावादारी भएको आरोप लगाए । समितिले यी यी काम गर्नुपर्छ भनेर निर्देशन नदिएर हुन नसक्ने कुरा लेखेर प्रतिवदेनमा अल्झाएको उनको भनाई छ । ‘डा गोविन्द पोखरेलेको प्रतिवेदनले यो प्रकृयालाई बैधानिकता दिन कानुन संशोधन गर्नुपर्छ भनेको छ’ उनले आक्रोशित हुँदै भने ‘यस्तो हावादारी प्रतिवेदन दिएर हुन्छ ? दुनियामा कानुन संशोधन गरेर पुरानो प्रकृयालाई मान्यता दिने भन्ने कहीँ छ ?’ सर्वोच्चको फैसला नेपालीले नै बनाउनुपर्ने उनले आफूले अघिल्लो सरकारका पालामा सर्वोच्चमा अल्झिएको मुद्धा खारेज गराउन नयाँ जुक्ति लगाएकोले अब नेपालीले काम गर्न सहज भएको दावी गरे । ‘सर्वोच्चमा मुधा अल्झिएको भए १० औँ वर्ष सम्म प्रकृया शुरु नहुने भएपछि उनले त्यो प्रकृयालाई नै हटाउने गरी फरक प्रकृया अपनाएको दावी गरे । ‘मुधा खारेज गर्नका लागि मैले अघिल्लो सरकारलाई भनेर यो नेपालीले नै बनाउने भनेर नीति तथा कार्यक्रममा समावेश गरीयो’ उनले भने ‘त्यसपछि सर्वोच्वले पनि सरकारले नयाँ प्रकृया शुरु गरीसकेको र राज्यलाई नोक्सानी, कानुननको उल्लंघन हुने भन्दै नेपालीले नै बनाउनुपर्ने भनेर मुद्दा फैसला ग¥यो ।’ नेपालीबाटै निर्माण गर्न समितिको निर्देशन विकास समितिले आफ्नै श्रम, सीप, श्रोत, साधन, कुशलता एवं सामर्थताको उपयोग गरेर फाष्ट ट्रयाक निर्माण गर्न सरकारलाई निर्देशन दिएका छ । आवश्यक परे वैदेशिक ऋण÷सहायता समेत लिने तर निर्माण कार्य आफै गर्न समितिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । नेपालको विकासलाई आधारभूतरुपमै योगदान दिन सक्ने एक कदम अगाडि लैजान सक्ने अधिकांश आयोजनाहरुको निर्माणमा अग्रसर कम्पनीहरुले पुँजी संकलन वा अन्य बाहानामा एचयवभअत ज्यमि गरेर राख्ने कार्यले गर्दा देशको क्षेत्रगत विकासमा प्रतिकूल प्रभाव परेकोले द्रुत मार्ग र निजगढ विमानस्थल आफै बनाउन निर्देशन दिएको समतिका सभापति रविन्द्र अधिकारीले बताए । समितिले यी दुई आयोजना कार्यान्वयनका लागि विद्यमान प्लालिनङ, सिद्धान्त, नीति, मोडालिटी, नक्सा, रुख÷जंगल व्यवस्थापन, वस्ती व्यवस्थापन लगायतका विषयमा स्पष्ट खाका, सोच सहित कार्य तालिका एक महिनाभित्र बनाई प्रतिबद्ध भई कार्यान्वयनमा लैजान र हाल सम्म भए गरेका कामहरुको श्वेतपत्र एक महिनाभित्र जारी गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग, नागरिक उड्डयन प्राधिकरणलाई निर्देश गरेको छ ।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

२३ भदौ २०७३ काठमाण्डौं । सम्माननीय सभामुख महोदय आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रुपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु । साथै, ती सबै आन्दोलनका सामाजिक न्याय र राष्ट्रनिर्माणका साझा संकल्प र सपना पूरा गर्न प्रतिवद्ध रहने प्रण गर्दछु । १. शान्ति प्रक्रियाका बााकी काम पूरा गर्ने, भूकम्पपछिको पुननिर्माण र नवनिर्माणलाई तीव्रता दिने, संविधानको स्वीकार्यता अझ फराकिलो पारेर प्रभावकारी कार्यान्वयन गर्ने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैको पहुाच बढाउने, रोजगारी सिर्जना र आयस्तर वृद्धि गरी गरिबी निवारण गर्दै समृद्धि हासिल गर्ने विषय यो सरकारको प्राथमिकतामा छन् । त्यसमा पनि संविधान कार्यान्वयनलाई मैले मुख्य प्राथमिकतामा राखेको छु । २. मैले प्रधानमन्त्री पदको सपथ लिँदा संविधान कार्यान्वयन नभएर मुलुकमा संवैधानिक शून्यता आउने आशंका बढिरहेको थियो । मधेशी, थारुलगायतका आन्दोलनरत पक्षसँग सरकारको सम्बन्ध अत्यन्त तिक्त थियो । संवाद र सहकार्य होइन ध्रुवीकरण बढिरहेको थियो । जनताको विभिन्न तप्कामा संविधानप्रतिका कतिपय असहमतिसँग म जानकार छु । म आफैं पनि मधेशबाटै चुनिएको जनप्रतिनिधि हुँ । आन्तरिक राष्ट्रिय एकतालाई मजबुत नबनाई राष्ट्रियता बलियो हुँदैन भन्ने मेरो प्रस्ट मान्यता छ । देश हामी सबैको साझा हो । बृहत् राष्ट्रिय हितको परिधिभित्र हामी आफैं बसेर समस्याको समाधान खोज्ने हो । ३. म प्रधानमन्त्री भएलगत्तै सरकारले मधेश थारुलगायत आन्दोलनरत पक्षसँग सार्थक वार्ताको वातावरण बनाएको छ । म आज भन्न सक्छु, प्रधानमन्त्रीका रुपमा मैले सरकार र असन्तुष्ट पक्षबीच तिक्तता र दूरी घटाएको छु । सामाजिक ध्रुवीकरण घटेको छ । असन्तुष्ट पक्षहरूलाई मेरो खुला सन्देश छ, म संसदभित्र र बाहिर रहेका सबै राजनीतिक दलसँग बाँकी मुद्दाहरूमा संवाद र सहकार्यबाट सहमति जुटाई अघि बढ्न कृतसंकल्पित छु । र, सकेसम्म छिटो संविधान संशोधनको प्रक्रिया अघि बढाएर ठोस समाधान खोज्ने मेरो प्रतिवद्धता छ । अब वार्तामै लामो समय खेर फाल्ने सहुलियत हामी कसैलाई छैन । सबै पक्ष उदार भएर बृहत्तर राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति खोज्न अब ढिला गर्न हुँदैन । संविधान कार्यान्वयन गर्न निर्वाचन र अन्य कामका लागि आवश्यक कानूनहरू निर्माण भइरहेका छन् । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्ने कामलाई सहमतिकै माध्यमबाट सम्बोधन गरी असोज मसान्तभित्र स्थानीय तहको संख्या र सीमांकनको विषय टुंगो लगाउन मेरो पूरै प्रयत्न हुनेछ । स्थानीय तहको निर्वाचनका लागि म आफैं पनि निर्वाचन आयोगका पदाधिकारीसँग निरन्तर संवादमा छु । ७ माघ २०७४ भित्र सबै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्नु छ । त्यसैले, निर्वाचनजस्तो संवेदनशील विषयमा राजनीतिक लाभहानि नहेरी उपयुक्त वातावरण बनाउन म सबै दलहरूलाई विशेष आव्हान गर्छु । संघीयता नेपालको सन्दर्भमा नितान्त नयाँ प्रयोग र अनुपम अवसर पनि हो । यस्ता अवसर इतिहासमा विरलै आउँछन् तर यसलाई राम्रोसँग व्यवस्थापन गर्न नसके थुप्रै चुनौती पनि छन् । यो संवेदनशीलतालाई हामी सबैले आत्मसात् गर्नु छ । सभामुख महोदय, ४. म प्रधानमन्त्री हुनुअघि एउटा छिमेकसँगको सम्बन्ध राजदूत फिर्ता गर्ने र राष्ट्रपतिको भ्रमणसमेत स्थगित गर्ने तहसम्मको अविश्वासपूर्ण थियो । प्रधानमन्त्री भएलगत्तै मैले दुवै छिमेकी मुलुकमा विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीहरूलाई पठाएर सम्बन्ध सुदृढ र हार्दिक बनाउन पहलकदमी लिएँ । सरकारको उक्त प्रयास विदेशनीतिलाई आवेगमुखी र व्यक्तिगत अहम्मुखी होइन बरु राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितमुखी बनाउन लक्षित थियो । त्यसको सकारात्मक परिणाम पनि आएको छ । सरकार दुवै छिमेकी मुलुकहरूसँग असल सम्बन्ध बनाएर त्रिदेशीय साझेदारीको ढोका खोल्न र दुवै मुलुकसँंग पारस्परिक लाभका क्षेत्रमा सहकार्य गरी यस क्षेत्रकै समृद्धि, शान्ति र स्थायित्व कायम गर्न प्रतिवद्ध छ । दुवै छिमेकीसँग भएका सम्झौता र समझदारीलाई कार्यान्वयनमा ल्याएर द्विपक्षीय तथा बहुपक्षीय आर्थिक सम्बन्ध विस्तारमा जोड दिइनेछ । ५. मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितिर लैजान एक दशकअघि सम्पन्न शान्ति सम्झौतामा एक प्रमुख पक्षको रुपमा मैले हस्ताक्षर गरेको सर्व्विदितै छ । म यतिखेर त्यसका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालालाई स्मरण र सम्मान गर्न चाहन्छु र त्यो शान्ति सम्झौतामा सहभागी सबै दल र नेताहरूप्रति आभार प्रकट गर्दछु । युद्धको रथलाई शान्ति र समुन्नतितिर मोड्ने निर्णयमा मलाई देशभित्र र बाहिरबाट भएको सकारात्मक सहयोग एवं समर्थनका लागि म प्रमुख दलहरू, प्रबुद्ध नागरिक समाज, नेपाली जनता र अन्तर्रा्ष्ट्रिय समुदायप्रति आभारी छु । शान्ति सम्झौताको मूल मर्मलाई आत्मसात् गर्दै शान्ति सम्झौताका बाँकी विषय मेलमिलापकै आधारमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छ । आवश्यक कानून संशोधन तथा स्रोत र साधन उपलव्ध गराई सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका कामलाई जनताले महसुस गर्ने गरी तीव्रता दिइने छ । संक्रमणकालीन न्याय निरुपणका सिद्धान्तलाई अंगिकार गर्दै सरकार अघि बढ्ने छ । यसमा सधैं झै प्रमुख दलहरू, आमनागरिक र अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग रहनेछ भन्ने मेरो विश्वास छ । ६. २०७२ बैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्पबाट देशका १४ जिल्ला अतिप्रभावित भए भने थुप्रै जिल्ला प्रभावित भए । सीमित स्रोत साधनका बावजुद भूकम्पपछि उद्धार तथा राहत वितरण कार्यमा निजामती, नेपाली सेना, प्रहरी लगायतका राष्ट्रसेवक, राजनीतिक दलहरू, गैरआवासीय नेपाली, गैरसरकारी संस्थाहरू तथा नागरिक समाजले खेलेको भूमिका अतुलनीय छ । मित्र राष्ट्र तथा अन्तर्रा्ष्ट्रिय समुदायले त्यस विपतपूर्ण घडीमा र्पुयाएको सहयोगका लागि नेपाल सरकार आभारी छ । भूकम्पपछि पुनर्निर्माणका लागि अन्तर्रा्ष्ट्रिय सहयोगको प्रतिबद्धताको नेपाल सरकारले उच्च मूल्यांकन गरेको छ । पुननिर्माणका लागि मित्र राष्ट्रहरू र अन्तर्रा्ष्ट्रिय दातृ निकायहरूबाट भएको प्रतिबद्धता बमोजिमको सहयोग समयमै उपलव्ध हुनेछ भन्ने सरकारको विश्वास छ । ७. भूकम्पपछि पुनर्निर्माण र नवनिर्माणमा भएको ढिलाइमा मेरो सबैभन्दा धेरै चिन्ता र आपत्ति रहेको सबैको जानकारीमा छ । यो सरकार गठन हुँदा भूकम्प गएको १५ महिना बितिसकेको थियो तर भूकम्पबाट प्रभावित करिब ८ लाख परिवारमध्ये घर निर्माणका लागि राहत अनुदानको पहिलो किस्ता पाउनेहरूको संख्या केवल ४० हजारको हाराहारीमा मात्र थियो । त्यसैले मैले पदभार ग्रहण गरेकै दिन ४५ दिनभित्र निजीघर निर्माणका लागि राहत अनुदानको पहिलो किस्ता उपलव्ध गराइसक्न निर्देशन दिएको थिएँ । यस कार्यलाई दिइएको उच्च प्राथमिकताकै कारण अनुदान पाउनेको संख्या करीब ४० हजारको हाराहारीबाट बढेर तीन लाख उन्नाइस हजार पुगेको छ । म अझै यो गतिसँग सन्तुष्ट छैन । निर्धा्रित समयमै निजीघर निर्माण अनुदान वितरण पूरा गर्न सम्बद्ध सबैलाई जिम्मेवार बनाइने छ । उच्च प्राथमिकताको यो कामप्रति कसैको लापरवाही वा ढिलासुस्ती सरकारलाई मान्य हुने छैन । ८. भूकम्प प्रतिरोधी आवास निर्माण गर्न रु. २ लाखले नपुग्ने देखिएकोले पहिले घोषणा गरिएको रकममा रु. १ लाख थपी रु. ३ लाख पाउने व्यवस्था गरिनेछ । साथै, थप रु. ३ लाख सामूहिक जमानीमा निब्र्याजी ऋण उपलव्ध गराइने छ । भूकम्पबाट आवाससँगै पेशा र रोजगारी पनि गुमाएका परिवारहरूको जीविकोपार्जनका लागि स्वरोजगारमूलक व्यवसाय संचालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण ब्याजदरमा रु. २ लाखसम्म ऋण उपलव्ध गराइने छ । यसरी प्रभावित परिवारले आठ लाखसम्मको सहयोग र सुविधा प्राप्त गर्नेछन् । भूकम्प प्रभावित जिल्लामा चरणवद्ध रुपमा कम्तिमा ५ लाख व्यक्तिलाई अल्पकालीन र मध्यकालीन अवधिका निस्शूल्क व्यावसायिक सीप विकास तालिम प्रदान गरिनेछ । ९. सिंहदरबार र भूकम्पबाट चर्के–भत्केका अन्य ऐतिहासिक भवन तथा विश्वसम्पदा सूचीका पुरातात्विक सांस्कृतिक र धार्मिक स्थलको पुनर्निर्माणलाई तीव्रता दिइने छ । त्यसले समस्याको तत्काल समाधानका लागि सहजीकरण गर्ने, ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने र समय अगावै काम सम्पन्न गर्नेलाई पुरस्कार सिफारिश गर्ने छ । विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सरकारी भवन र पुरातात्विक धरोहरहरूको पुनर्निमाणमा भएको ढिलासुस्ती तुरुन्तै हटाइने छ । ४० ठाउँमा भूकम्प पूर्व चेतावनी प्रणाली स्थापनाको कामलाई तीव्रता दिइनेछ । १०. म प्रधानमन्त्री भएलगत्तै दैनिक उपभोग्य वस्तुमा मिसावट, मूल्यवृद्धि, कालोबजारी, अभाव र ठगीविरुद्ध बजार र गुणस्तर अनुगमनलाई एउटा अभियानकै रुपमा सुरु गरी कालोबजारी गर्ने, नाफाखोरी गर्ने, कम गुणस्तर भएका र म्याद नाघेको सामान बेच्नेहरूलाई दण्डित गर्न शुरु गरिएको छ । यसलाई प्रचारात्मक र आवधिक ठान्ने भूल कसैले नगरे हुन्छ । उपभोक्ताको हितमाथि भइरहेका खेलबाडलाई कडाइका साथ दण्डित र नियन्त्रण गरिनेछ । यसमा संलग्न व्यक्तिमात्र होइन, त्यसलाई रोक्न नसक्ने सम्बन्धित सरोकारवालाहरू पनि कारवाहीको दायरामा पर्नेछन् । कालोबजारी नियन्त्रण गर्न आवश्यक कानूनी, संस्थागत र प्रकृयागत सुधार गरिनेछ । उपभोक्ताको हित विपरितका क्रियाकलापहरूविरुद्ध सहज र तत्काल उजुरी सुन्न व्यवस्था गर्न सातै प्रदेशमा उपभोक्ता अदालतहरू गठनको प्रक्रिया तत्काल सुरु गरिनेछ । ११. प्रत्येक गाविस र नगरपालिकाका वडामा स्थानीय व्यवसायी र उद्योग वाणिज्य महासंघसमेतको सहकार्यमा आगामी चाडवाड लक्षित सहुलियत मूल्यका पसलहरू सञ्चालन गरिनेछ । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन आवश्यक भौतिक संरचनाहरूको निर्माण कार्य तत्काल प्रारम्भ गरिने छ । रक्सौल–अमलेखगंज पाइप लाइन निर्माण द्रुत रुपमा अघि बढाइनेछ । देशभित्र पेट्रोलियम पदार्थ, युरेनियम र अन्य खानीको अन्वेषण तथा उत्खनन, उत्पादन र विकासको सम्भावनाको अध्ययनलाई निष्कर्षमा पुरयाई सकेसम्म छिटो व्यावसायिक उत्पादन शुरु गरिनेछ । १२. आपूर्तिसँग सम्वन्धित निकायहरूलाई एकीकृत गरी राष्ट्रिय आपूर्ति कम्पनी गठन गरिनेछ । देशका दुर्गम स्थानहरूमा समेत खाद्यान्न, नून, तेल, चिनी, दाल लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज तुल्याउन सरकारी र निजी क्षेत्रको संलग्नतामा अत्यावश्यक वस्तुको मौज्दात राखी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था गरिने छ । पारदर्शी र जवाफदेही बजार प्रणालीलाई प्रोत्साहित गरिनेछ । १३. बढ्दै गएको सवारी दुर्घटनाप्रति म अत्यन्त चिन्तित छु । गत साउन ३१ गते काभ्रेपलाञ्चोकको देउरालीमा भएको त्रासदीपूर्ण बस दुर्घटनामा २७ जना नागरिकले अकाल मृत्यृवरण गरेको घटना सेलाउन नपाउदै त्रिशुली नदीमा बस खस्यो र लगत्तै अर्घाखाँचीमा जीप र वैतडीमा बस दुर्घटनाबाट ठूलो संख्यामा यात्रुको ज्यान गयो । यी लगायतका दुर्घटनाले मलाई ज्यादै गम्भीर र दुखी तुल्याएको छ । त्यस्तो त्रासदीपूर्ण स्थिति दोहोरिन नदिन मैले सम्बन्धित मन्त्रालयका माननीय मन्त्री र उच्च पदाधिकारीलाई लिखित रुपमा र कार्यालयमै बोलाएर सुधारका कार्यक्रम तत्काल थाल्न निर्देशन दिएको छु । यो सरकार यातायात क्षेत्रमा सिण्डिकेट तोड्न प्रतिवद्ध छ । एकाधिकार तोडिएपछिको यातायात नियमन गर्न र यातायात क्षेत्रमा कार्यरत लाखौ मजदुरहरूको पेशागत सुरक्षा तथा उचित पारिश्रमिकको व्यवस्था मिलाउन पनि प्रतिवद्ध छ । अब सडक निर्माण र मर्मतमा संलग्न निकाय, सवारी धनी, इजाजत दिने निकाय लगायतका सम्वद्ध सबै पक्षलाई सडक सुरक्षा सम्वन्धमा जिम्मेवार तुल्याउने गरी सडक सुरक्षा सम्वन्धी एकीकृत कानून तर्जुमा गरिनेछ । यस कार्यमा सघाउन म उद्योगी, व्यवसायी र सम्बन्धित क्षेत्रमा कार्यरत मजदुर वर्गलाई विनम्रतापूर्वक आग्रह गर्दछु । १४. छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत् सञ्चालन गरिनेछ । आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने छ । काठमाण्डौ उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन ९स्बकक त्चबलकष्त त्चबलकउयचत० प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गरिने छ । उपत्यकाको कम्तिमा एउटा रुटमा सार्वजनिक आयतयातका लागि छुट्टै लेनको व्यवस्था गरिनेछ । मधेश र मधेशी जनताका लागि महत्वपूर्ण हुलाकी मार्ग निर्माणमा ढिला सुस्ति अब मान्य हुनेछैन । हुलाकी सडकको प्रथम चरणमा कुल ५२० कि.मी. सडक वैदेशिक सहयोगबाट नपुग रकम नेपाल सरकारको आफ्नै स्रोतबाट व्यहोर्ने गरी निर्माण गर्ने निर्णय भइसकेको छ । उक्त निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर र दोधारा चाँदनी जोड्ने ४ लेनको महाकाली नदीको पुलको ठेक्का पट्टा बन्दोबस्त गरी यसी आर्थिक वर्षदेखि निर्माण आरम्भ गरिनेछ । मुग्लिन–नारायणगढ सडक खन्डमा आगामी चाडपर्व लक्षित गरी निर्वाध यातायातको व्यवस्था गरिनेछ । सभामुख महोदय, १५. जनसंख्याको दुई तिहाइ हिस्सा निर्भर रहेको कृषिको आधुनिकीकरण विगतमा राज्यको खास प्राथमिकतामा परेन । त्यसैले, मैले कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिने निर्णय लिएको छु । कृषिलगायत असंगठित क्षेत्रमा काम गर्ने लाखौं जनताको सामाजिक सुरक्षा सुनिश्चित गर्न जनता पेन्सन कार्यक्रम कार्यान्वयन गर्न यसै वर्ष पेन्सन कोष खडा गरिनेछ । हाल उपलब्ध गराइएको कृषि बीमा प्रिमियमको ७५ प्रतिशत अनुदानलाई पशुपंछी, माछा र मौरीपालनमा पनि विस्तार गरिनेछ । सहकारी खेती मार्फत चक्लावन्दीमा खेती गर्नेलाई कृषि सामग्री, मल, बीउ, प्राविधिक सेवा, तालिम र यान्त्रिकीकरणमा यसै वर्ष अनुदान दिइनेछ । कृषि सूचना सेवा दिनेगरी मोवाइल एप सञ्चालनमा ल्याइनेछ । १६. कृषि उत्पादनको संकलन, भण्डारण, ढुवानी तथा बजार व्यवस्थाका लागि सहकारी तथा निजी क्षेत्रको सहभागितामा सामूहिक बजार संचालन गर्न प्रोत्साहन गरिने छ । देशका प्रमुख शहरहरूमा सामूहिक सुपथ किसान बजार संचालन गरिने छ । त्यस्ता बजारमा सोझैं उत्पादक वा उत्पादकले मात्रै फाइदा पाउने गरी गठन भएका उत्पादकका सहकारीले मात्र सामान बिक्री गर्न पाउने व्यवस्था गरी किसान र उपभोक्तालाई बिचौलियाको मारबाट मुक्त गराउने अभियानको थालनी गरिनेछ । १७. धान, मकै, गहुँ, दाल, चिया, कफी, उखु जस्ता प्रमुख कृषि उपजहरूको समयमै न्यूनतम समर्थन मूल्य तोकिने छ । सो मूल्यमा नेपाल खाद्य संस्थान, नेशनल ट्ेरडिङ लिमिटेड तथा साल्ट ट्ेरडिङ लिमिटेडले खरिद गरी भण्डारण गर्ने व्यवस्था मिलाइने छ । मनसुनी वर्षामा अधिक निर्भरता घटाउन, सिचाईको व्यवस्था गरी उत्पादन र कृषकको आय–आर्जन बढाउन राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारिएका सिक्टा, रानी जमरा कुलरिया र बबई सिचाई आयोजनाहरूलाई आवश्यकताअनुसार थप साधन उपलव्ध गराई निर्माण कार्यलाई तीव्रता दिइनेछ । १८. सातै प्रदेशमा कम्तिमा एकएकवटा प्रादेशिक विश्वविद्यालय यसै वर्ष स्थापना गरिनेछ । चितवनको शक्तिखोरमा यसै वर्ष शहीद स्मृति पोलिटेक्निक विश्वविद्यालय स्थापना गरिनेछ । विगतको प्रत्येक निर्वाचन क्षेत्रमा बाह्र कक्षासम्मको माध्यमिक विद्यालयमा विज्ञान संकाय र प्राविधिक विषय अध्यापन गर्ने गरी गरिएका कार्यक्रम प्रभावकारी भएनन्, अब प्रभावकारी बनाइने छ । सामुदायिक विद्यालयबाट ०७२ सालमा एस्एल्सीमा ए प्लस अंक ल्याई हाल सामुदायिक माविमै अध्ययनरत छात्राहरूलाई सम्बन्धित गाविसमार्फत् एकमुष्ठ रु. पाँच हजार प्रोत्साहन छात्रावृत्ति दिइने छ । अनुमति प्राप्त गरी निजी स्रोतमा सञ्चालित सामुदायिक विद्यालयलाई नक्साङ्कनका आधारमा यसै वर्षदेखि क्रमशस् स्थायी दरवन्दी दिई स्वीकृति प्रदान गर्दै लगिने छ । सबै जिल्ला शिक्षा अधिकारी र प्रधान अध्यापकबीच कार्यसम्पादन करार गरिने छ । १९. सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गरिने छ । जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा निरन्तर रुपमा चिकित्सकहरूको उपस्थिति सुनिश्चित गर्न हरेक जिल्लामा आवश्यकताअनुसार चिकित्सकहरूको जगेडा (पुल) दरबन्दी कायम गरिने छ । यसका, लागि नियमित दरबन्दी र छात्रवृत्तिबाट अध्ययन सुविधा पाई अनिवार्य करारमा कार्यरत् चिकित्सकहरूका अतिरिक्त कूल एकसय चिकित्सकहरू देशभर जगेडा (पुल) दरबन्दीमा राखिने छ । स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरूबाट बिहान १० बजेदेखि २ बजेसम्म मात्र बहिरंग सेवा प्रदान गरिरहेकोमा अबबाट विहान दस बजेदेखि पाँच बजेसम्म बहिरंग सेवा उपलब्ध गराइने छ । सवै दुर्गम वा स्वास्थ्य संस्थामा तीन महिनाभित्र दरबन्दी बमोजिमको डाक्टर र्पुयाइने छ । थारुहरूमा रहेको आनुवंशिक रोग सिकलसेल एनिमियालाई पहिचान गर्न छ महिनाभित्र कम्तिमा २० हजार व्यक्तिको डी.एन्.ए. परीक्षण गरी कार्डको व्यवस्थासँगै जेनेटिक काउन्सिलिङको व्यवस्था गरिने छ । दुई वर्ष्भित्र सबैको परीक्षण गरिसकिने छ । २०. सबै जिल्ला अस्पतालमा मेडिकल कलेजबाट दक्ष चिकित्सकको सेवा उपलव्ध गराउने व्यवस्था मिलाइने छ । प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याइने छ । औषधि आपूर्ति र गुणस्तर नियमन गर्न कानूनी एवं संस्थागत सुधारका कार्यक्रमलाई जनताले अनुभूत गर्नेगरी संचालन गरिनेछ । आयुर्वेद र अन्य वैकल्पिक चिकित्साको विकासलाई पनि संगसंगै लगिनेछ । बिसिजी, डिपिटीलगायत ११ प्रकारका रोगविरुद्ध निस्शुल्क खोप र विपन्नलाई मुटु र मृगौलालगायत आठ प्रकारका रोगमा निस्शुल्क उपचार गरिनेछ । २१. सबै सामुदायिक विद्यालयमा यस वर्ष अभियानकै रुपमा म्भभउ क्तष्अप त्भकत मार्फत मृगौला जांच गर्ने व्यवस्था गरिने छ । यसका साथै चरणवद्ध रुपमा सबै विद्यालयमा निस्शुल्क आँखा जाँचको व्यवस्था गरिने छ । निजी स्वास्थ्य संस्थाले विपन्नलाई छुट्याइएका निस्शुल्क १० प्रतिशत सेवा निश्चित मापदण्डका आधारमा विपन्नले मात्र पाउने गरी तत्कालै एक जिल्लास्तरीय संयन्त्र बनाई त्यसको सिफारिशमा उपचार गर्ने व्यवस्था मिलाइने छ । २२. आज म यो सम्मानित संसदमार्फत् विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग पनि भावना साट्न चाहन्छु । हामी यो देश रेमिट्यान्सले चलेको भन्छौं । वास्तवमा त्यो रेमिट्यान्स घरपरिवार छाडेर बिरानो भूमिमा उहाँहरूले बगाएको पसिना र रगतको फल हो । दुर्भाग्य नै भन्नुपर्छ, उहाँहरूको यो देशमा उचित कदर हुने वातावरण बन्न सकेन । ठगिँदा न्याय पाउनुभएन । अलपत्र पर्दा राज्य उहाँहरूसँग उभिएन । अब त्यसो हुने छैन । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूको अभिलेख संकलन गरिरहेको छ र उद्धार अभियान सुरु भइसकेको छ । विदेशी जेलमा रहेकाहरूलाई कानुनी उपचारका लागि दूतावासहरूले सहयोग गर्ने वातावरण बनाइने छ । विदेशका अस्पतालहरूमा अलपत्र परेकाहरूलाई परिवारको सहमतिमा स्वदेश फर्काउन तत्काल अभियान सुरु गरिनेछ । ‘ब्लड मनी’ तिर्नुपर्नेहरूका हकमा सरकारले हरेक व्यक्तिलाई पाँच लाख बीज रकम (सिड मनी) राखिदिने र बाँकी पैसाका लागि देश–विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आव्हान गर्ने नीति लिइनेछ । खाडी र मलेसियाका नेपालीहरूले पासपोर्ट लिँदा तिर्नुपर्ने शूल्क ८० डलरबाट घटाएर ५० डलर गरिएको छ । आगामी तीन महिनाभित्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा एड्भान्स् प्यासेन्जर इन्फर्मेशन सिस्टम लागू गरी वैदेशिक रोजगारीमा जानेहरूले अध्यागमनमा फर्म भर्न नजान्दा खेप्नु परेको हैरानीको अन्त्य गरिने छ । २३. वैदेशिक रोजगारमा संलग्न कामदारहरूलाई उनीहरू कार्यरत मुलुकमै श्रम स्वीकृति र पुनर्विमा नवीकरण गर्ने व्यवस्था मिलाइने छ । वैदेशिक रोजगारीमा ठूलो संख्यामा कार्यरत नेपालीहरू भएका मुलुक र श्रम तथा रोजगार मन्त्रालयबीच इन्टरलिङ्क प्रणालीबाट सोझै सूचना आदानप्रदान गर्ने व्यवस्था गरिनेछ । कम्तिमा थप पाँच मुलुकसँग श्रम सम्झौताका लागि तत्काल पहल गरिनेछ । साथै, वैदेशिक रोजगारीमा गएकाहरूको समस्या, गुनासो र उजुरी सुन्न चौबीसै घन्टा खुला हुने कार्यालयको व्यवस्था मिलाइने छ । त्यो कार्यालयमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्था गरिने छ । वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने छ । विमानस्थल र विमानस्थल बाहिर व्यहोर्न पर्ने सास्ती घटाउन विमानस्थलदेखि नयां वसपार्कसम्म लगेज राख्न मिल्ने गरी निश्चित समयमा गुड्ने ठूला बस सेवा सञ्चालनमा ल्याइनेछ । बाहिरबाट मृतकलाई नेपाल ल्याउन र क्षतिपूर्ति रकम पाउन अहिले देखिएको झन्झट हटाउन विशेष व्यवस्था गरिने छ । मृतकका परिवारलाई अहिले दिइँदै आएको क्षतिपूर्ति रकम रु. पाँच लाखमा रु. दुई लाख थपेर रु. सात लाख पुरयाइने छ । २४. यही आर्थिक वर्ष्भित्र निर्माणाधीन आयोजना, वैकल्पिक उर्जा र आयात व्यवस्थापन गरी लोडसेडिङ्गलाई न्यूनीकरण गरिने छ । हरेक प्रदेशमा एउटा पर्ने गरी कम्तिमा ७ वटा सोलार प्लान्टबाट आगामी ६ महिनाभित्र १५० मेघावाट विद्युत प्रणालीमा थप्ने गरी काम अघि बढाइनेछ । नलसिङगाड, माथिल्लो अरुण र दूधकोशीको डिपिआरका लागि पर्याप्त बजेट व्यवस्था गरिनेछ । बुढी गण्डकीमा जग्गा अधिकरण र वातावरणीय अध्ययनका लागि थप बजेट दिइनेछ । प्रसारण हाइवेको काम तत्काल सुरु हुने छ । विद्युत आयोजनाको अनुमतिपत्र दिने व्यवस्थालाई सरल बनाइनेछ । ‘जनताको लगानीमा जनतालाई विद्युत अभियान’ अन्तरगत करिब १२०० मेगावाट का ३ वटा आयोजनाहरू विकास गरिनेछ । त्यस्ता आयोजनाहरूमा सबै नेपालीले लगानी गर्न सक्ने व्यवस्था गरिने छ साथै सीमान्तकृत, सहिद तथा वेपत्ता परिवार, घाइते र अपाङ्गता भएका तथा अतिविपन्न र कर्णालीका जनताका लागि सहुलियत दरमा निश्चित प्रतिशत शेयर दिइनेछ । आयोजना निर्माणमा गरीव तथा विपन्न परिवारलाई श्रम सहभागितामार्फत पनि शेयर खरीद गर्न सक्ने व्यवस्था मिलाइने छ । सभामुख महोदय, २५. गरिब जनताका पीडाले उद्वेलित भएरै म राजनीतिमा आएको हुँ । गरिबीको रेखामुनिका जनताका लागि केही गर्न नसकेकै दिन मेरो राजनीतिक जीवनको औचित्य समाप्त हुन्छ । यो सरकारको मुख्य लडाइ गरिबीविरुद्ध हुनेछ, गरिबका हितमा हुनेछ । सीमान्तकृत जनताले राज्यको आड र भरोसा पाएनन् भने विद्रोह त्यहीबाट सुरु हुन्छ । त्यसैले ती जनताप्रति जिम्मेवारीबोध गरेरै मैले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘गरीबका लागि सरकार’ कार्यक्रम घोषणा गरेको हुँ । यसअन्तर्गत गरिब घरपरिवारलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्ने गरी स्थानीय स्तरमा सडक, सिंचाइ, अस्पताल, विद्यालय भवन, खानेपानी, ऊर्जा, शौचालयलगायतका निर्माणकार्य सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशबाट विपन्न वर्गलाई चिकित्साशास्त्रमा १०, इञ्जिनियरिङ २०, कृषिमा २०, विज्ञानप्रविधिमा ४० छात्रवृत्ति दिइनेछ । त्यसरी छात्रवृत्तिमा पढेकाहरूले कम्तिमा २ वर्ष सरकारले तोकेको दुर्गम क्षेत्रमा सेवा दिनुपर्नेछ । यसैगरी व्यवस्थापनमा ४०, वनविज्ञानमा ५, कानूनमा १०, मानविकी र शिक्षामा एक–एक सय जनालाई स्नातक तहमा छात्रवृत्ति प्रदान गरिनेछ । २५ जिल्लामा गरिब घरपरिवार पहिचान परिचयपत्र वितरण कार्य तत्काल शुरु गरिनेछ । युवा स्वरोजगार कोषमार्फत् सञ्चालन हुँदै आएको युवा स्वरोजगार कार्यक्रमअन्तरगत दिइने सहुलियत ऋण सुविधाको रकम वृद्धि गरी कार्यक्रमलाई ७५ जिल्लामै विस्तार गरिनेछ । गरीबलक्षित जडिबुटी खेती तथा आयआर्जन कार्यक्रम विस्तार गरिनेछ । घरबारविहीनका लागि सातै प्रदेशमा ‘प्रधानमन्त्री आवास योजना’सुरु गरिनेछ । २६. अभिभावक नभएका वेसहारा वालवालिकाको संरक्षण, आश्रय, शिक्षा तथा पुनस्र्थापनाको व्यवस्था गर्न प्रत्येक प्रदेशमा कम्तिमा एक–एक वालवालिका संरक्षण केन्द्र स्थापना गर्न तुरुन्त काम सुरु गरिनेछ । त्यसै गरी प्रत्येक प्रदेशमा कम्तिमा एउटा जेष्ठ नागरिक आश्रम स्थल वनाउन यसै आर्थिक वर्षदेखि काम सुरु गरिने छ । यसैगरी सातै प्रदेशमा कम्तिमा एक–एक वटा अपाङ्ग पुनस्र्थापना केन्द्र स्थापनाको काम तुरुन्त शुरु गरिने छ । २७. विपन्न दलित छात्रछात्रालाई विद्यालय जान प्रोत्साहित गर्न मासिक छात्रवृत्तिको व्यवस्था गरिनेछ । कर्णाली अञ्चल र दलितका ५ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराउँदै आएको मासिक रु. २०० अनुदानलाई शतप्रतिशत वृद्धि गरी रु. ४०० र्पुयाइने छ । अतिगरिबीको रेखामुनि रहेका परिवारलाई सरकारले सामूहिक जमानीमा निब्र्याजी एक लाख ऋणको व्यवस्था गर्नेछ । तिनको कृषिउपज, पशु तथा उद्यमको बिमा शूल्क सरकारले व्यहोर्ने छ । कर्णाली क्षेत्रमा जन्म र मरणमा प्रतिपरिवार २० किलो चामल खाद्य संस्थानमार्फत निस्शुल्क उपलब्ध गराइने छ । अतिगरिबीको रेखामुनि रहेका जनताको निस्शुल्क स्वास्थ्य बिमा र निस्शूल्क कानुनी सहायताको व्यवस्था गरिनेछ । सामुदायिक र सरकारी विद्यालयमा बेग्लै छात्रा शौचालय निर्माण अभियान सुरु गरिने छ । २८. हिंसापीडित महिलाका लागि हाल सञ्चालनमा रहेका अल्पकालीन आश्रयस्थललाई स्तरोन्नति गरी सातै प्रदेशमा सुविधा सम्पन्न थप २५ पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याइने छ । त्यस्ता केन्द्रले महिलाहरूको कानुनी लडाइदेखि, आय आर्जन र सामाजिक जागरणमा समेत काम गर्ने छन् । त्यसैगरी चेपाङ, राउटे, मधेशका दलित र कर्णाली तथा सीमान्तीकृत समुदायका बालबालिका लक्षित एक एकवटा आवासीय विद्यालय निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरु गरिने छ । जनता आवास कार्यक्रमलाई विपन्न चेपाङ, राउटे, मुस्लिम, मुसहर, दनुवार, खत्वे, पोडे, चमार, गन्धर्व, बनकरिया, सुरेल, थामी र वादी समुदायमा विस्तार गर्नुका साथै प्रभावकारी बनाइनेछ । २९. सञ्चार र विज्ञान प्रविधि अनुसन्धान प्रयोजनका लागि नेपालको आफ्नै भूउपग्रह स्थापना गरिनेछ । प्रत्येक गाविस र नगरपालिकाका वडामा ग्रामीण दूरसञ्चार कोषबाट ब्रोडव्याण्ड सेवा यसै आर्थिक वर्ष्भित्र र्पुयाइने छ । भूकम्प प्रभावित क्षेत्र प्राथमिकतामा पर्नेछन् । सञ्चार माध्यमको अनुगमन, वर्गीकरण तथा प्रेस पास वितरण र न्यूनतम पारिश्रमिक निर्धारण जस्ता काम स्वायत्त र स्वतन्त्र निकायबाट हुने व्यवस्था मिलाइने छ । यसका लागि आम संचार प्राधिकरण, विज्ञापन परिषद, पत्रकारिता प्रशिक्षण प्रतिष्ठान जस्ता निकाय स्थापनाका लागि आवश्यक कानूनी व्यवस्था मिलाइ कार्यान्वयन गरिनेछ । मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिई मिडियाको विकास, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र अति दुर्गम क्षेत्रवाट संचालित मिडियालाई सहुलियत दिन आवश्यक व्यवस्था गरिनेछ । सरकारका सूचनामूलक र लोककल्याणकारी विज्ञापन सबै प्रकारका संचार माध्यमलाई समानुपातिक ढंगले वितरण गर्ने गरी समानुपातिक विज्ञापन नीति लागू गरिनेछ । ३०. यो देशको अधोगतिको एउटा मुख्य कारण भ्रष्टाचार हो । यो सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ । कानूनमा भएका स्वविवेकीय अधिकार अब घटाइनेछ । प्रविधिको प्रयोगबाट व्यक्तिगत सम्पर्क कम हुने व्यवस्था मिलाइनेछ । बढी भिड हुने कार्यालयको काम विकेन्द्रित गरिनेछ । यसको शुरुवात स्वरूप उपत्यकामा तीनवटा यातायात व्यवस्था कार्यालय थप्ने काम अघि बढिसकेको छ । गलत काम गर्ने र काम नगर्ने कर्मचारीलाई छोटो कार्य्विधिबाट अवकाशसम्म दिन सक्ने कानून ल्याइने छ । राष्ट्रिय सतर्कता केन्द्रलाई सुदृढ बनाइ अनुचित कार्य हेर्ने एउटा स्वायत्त निकायका रुपमा अगाडि बढाइने छ । भ्रष्टाचार सम्वन्धी गुनासो फोन, चिठी, मोवाइल एप्स्, ट्विटर वा फेसबुकबाटै हेलो सरकारमा दिन सक्ने, त्यसको प्रगति जांँच गर्न सक्ने र सुनुुवाइ नभए माथिल्लो निकायमा उजुरी गर्नसक्ने व्यवस्था गरिने छ । समग्र निजामती प्रशासनलाई ई–गभर्नेसमा लगिनेछ । ३१. यसै वर्ष कम्तिमा १ लाख ५० हजार नागरिकलाई विद्युतीय राष्ट्रिय परिचय पत्र दिइने छ । प्रत्येक जिल्लामा सवै सेवा प्रदायक कार्यालयले सदरमुकामबाट टाढाका गाउँ विकास समितिमा जनता लक्षित कम्तिमा दुईवटा घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । सडक, खानेपानी, सिंचाई जस्ता पूर्वाधार सम्वन्धी कार्यालयले घुम्ती शिविरमा उनीहरूका योजना, रकम, आयोजनाको गुणस्तर, सम्पन्न हुने अवधि, स्थानीय जनताको अधिकार, गुनासो सुन्ने प्रक्रियाजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम र जनताका आवश्यकीय सेवा प्रवाह गर्ने कार्यालयले क्षतिपूर्तिसहितका नागरिक वडापत्रबारे जानकारीमूलक सन्देश प्रवाह गर्नुपर्ने छ । त्यस्ता शिविरमा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीलाई सहभागी गराई कृषि उद्यम, बजार, उत्पादन र उत्पादकत्व वृद्धि सम्वन्धी कार्यक्रम सञ्चालन गरिने छ । ३२. लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकूद प्रतियोगिताको सातौं संस्करण यस वर्ष विराटनगरमा आयोजना गरिने छ । ‘१० युवा एक उद्यम’ अभियानलाई देशव्यापी रुपमा सञ्चालन गरिने छ । ३३. राष्ट्रिय सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक छिटै संसद्मा प्रस्तुत गरिने छ । विकास निर्माणमा सेना पनि सहभागी हुने थप योजनाहरू तय गरिने छ । सेनालाई थप साधनस्रोत सम्पन्न बनाइने छ । ३४.सातै प्रदेश सदरमुकाममा बहुतले एकीकृत सरकारी सेवा भवन निर्माणको काम तत्काल सुरु गरिने छ । सार्वजनिक विदाको पुनरावलोकन गरिने छ । क्षतिपूर्तिसहितको नागरिक वडापत्र राष्ट्रव्यापी बनाइने छ । उजुरी र क्षतिपूर्ति दिने प्रक्रियालाई सरलीकृत गरी क्षतिपूर्ती दावी गर्न प्रोत्साहन गरिने छ । निजामती तथा सरकारी सेवामा हुने राजनीतीकरण बन्द गर्न आवश्यक कानूनी व्यवस्था गरिने छ । नापी, मालपोत, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, वैदेशिक रोजगार विभागलगायत ठूलो संख्यामा सेवाग्राही जम्मा हुने कार्यालयमा टोकन प्रणाली लागू गरिनेछ । यी कार्यालयले आगामी ३ महिना भित्र कम्तिमा एउटा सेवा अनलाइन बनाउनु पर्ने छ र त्यस्तो सेवा क्रमशस् विस्तार गर्दै लैजाने नीति लिइने छ । सभामुख महोदय, ३५. आज मलाई हाम्रा सामाजिक बेथितिमाथि पनि केही भन्न मन लागेको छ । राष्ट्रनिर्माणको महाअभियान जनताको साथ र समर्थनबिना कहिल्यै सफल हुँदैन । हामी नेपाली वीर छौं, साहसी छौं । हामीले राजा महाराजालाई सिंहासनबाट उर्तायौं । हामी कहिल्यै कसैको दास र उपनिवेश भएनौं । राष्ट्रमाथि जब जब चुनौती आयो, हामीले सामूहिक प्रतिरोध र्गयौं । तर, विकास निर्माणमा हामीले त्यो संकल्प देखाउन सकेनौं । मलाई सोध्न मन छ, आफ्नै ठूला महल अगाडिको फोहोरसमेत नहटाउने तर सरकारलाई गाली गर्ने हाम्रो प्रवृत्तिले हामीलाई कहाँ र्पुयाउँछ ? हामी यतिखेर लोकतान्त्रिक गणतन्त्रमा छौं । अब हामीसँग गाली गर्न, दोष दिन र आक्षेप लगाउन राजामहाराजा छैनन् । यो देश हामी आफैं राम्रो बनाउँछौं, बनाउन सक्छौं भनेर हामीले लोकतन्त्रको लामो लडाईं लड्यौं । अब हामीले आफ्नो योग्यताको, आफ्नो क्षमताको, आफ्नो संकल्पको, आफ्नो सामथ्र्यको परीक्षा दिनु छ । हामी यो परीक्षाबाट भाग्न सक्दैनौं । म आव्हान गर्छु, हरेक गाविसमा एउटा र नगरपालिकाका हरेक वडामा एउटा केही नयाँ निर्माण स्वयंसेवाबाट गरौं । राजनीतिक दलहरू स्वयंसेवामा प्रतिस्पर्धा गरौं । विद्यार्थी संगठनले शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा सबैको पहुँच बढाउन प्रतिस्पर्धा गरौं । महिला संगठनले महिलामाथिको हिंसा रोक्न र राज्यका निकायमा महिलाको पहुँच बढाउन प्रतिस्पर्धा गरौं । युवा संगठनले युवाहरूको सीप विकास र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गरौं । ३६. स्वयंसेवा अभियानलाई अघि बढाउन सरकारले केही तयारी पनि गरेको छ । युवालाई राष्ट्र निर्माणमा सरीक गराउन र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न कक्षा १० देखि १२ सम्मका हरेक विद्यार्थीले अनिवार्य रुपमा वर्षमा १५ दिन सामूहिक स्वयमसेवा गर्नुपर्ने व्यवस्था गरिनेछ र त्यसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने छ । यसबाट शिक्षालाई समाजसँंग जोड्न, विद्यार्थीको कक्षा कोठामा सिकेको ज्ञानलाई जीवनोपयोगी बनाउन, सीपयुक्त जनशक्ति निर्माण गर्न, समाजसँग सम्बन्ध कायम गर्न र समुदायबीच सामाजिक एवम् मनोवैज्ञानिक दूरी कम गराउन सहयोग पुग्नेछ । त्यसैगरी, उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय स्वयम सेवकका रुपमा काम गर्नेगरी परिचालन गरिने छ । विद्यार्थी बाहेकका स्वयंसेवा गर्न चाहने नागरिकलाई समेत संलग्न गराई प्रधानमन्त्रीकै संयोजकत्वमा राष्ट्रिय स्वयंसेवा अभियान मार्फत १० लाख जनशक्ति परिचालन गरिने छ । स्वयमसेवकलाई सरसफाई, स्वास्थ्य, साक्षरता, दाइजो तथा बोक्सी प्रथा विरुद्धका सामाजिक सचेतना, साना व्यवसाय, कृषि तथा पशु सेवाको आधुनिकीकरण, कृषि र वनजन्य वस्तु प्रशोधन, सीप हस्तान्तारण, स–साना पुल–पुलेसा, सडक निर्माण, विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनलगायतको निर्माण र मर्मतमा लगाइनेछ । सभामुख महोदय, ३७. यो देशको तीन पुस्ताले राजनीतिक परिवर्तनका लागि जीवन अर्पण र्गयो । त्यो अध्याय अब मोटामोटी सकिएको छ । अब हाम्रो एउटै लक्ष्य देशको संमृद्धि र त्यो संमृद्धिको न्यायपूर्ण वितरण हो । त्यसका लागि हामीले अब आर्थिक क्रान्ति गर्नुुछ । हामीले सन् २०२२ सम्ममा प्रति व्यक्ति आय १६५० अमेरिकी डलर पुरÞ्याउने लक्ष्य हासिल गर्नै पर्ने छ । त्यसका लागि ऊर्जा, पर्यटन र कृषिमा क्रान्ति नल्याई हुँदैन । सँगसँगै वैदेशिक लगानी पनि आकर्षित गर्नु छ । तर, अहिले सरकारले थालेका आयोजनाहरू एक त समयमा सकिन्नन् र सकिए पनि तिनको गुणस्तर हुँदैन । हाम्रो विकास प्रशासन जोखिम लिन हच्किने, निर्माण क्षेत्र प्रतिस्पर्धा र प्रविधि ल्याएर अघि बढ्ने भन्दा संरक्षणको छाता ओढेर निष्क्रियता छोप्ने प्रवृत्तिबाट ग्रसित छ । अब त्यसो हुन दिइने छैन । गत आर्थिक वर्षमा ५६ प्रतिशतमात्र भएको पूँजीगत खर्चलाई यस आर्थिक वर्षमा कम्तिमा ८० प्रतिशत र्पुयाइने छ । राष्ट्रिय गौरवका आयोजना र रु. ४० करोड भन्दा बढी रकम विनियोजन भएका आयोजनालाई प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाई नियमित रुपमा अनुगमन गरिने छ । त्यस्ता आयोजनामा स्रोत अभाव, अन्तरनिकाय समन्वयको अभाव र अन्य कुनै कारणबाट ढिलाई हुन दिइनेछैन । आयोजना प्रमुखको कारणबाट आयोजना कार्यान्वयन ढिलाइ भएमा आयोजना प्रमुखलाई कारबाही गरिनेछ । आयोजना बैंक तयार गरी विस्तृत सर्वेक्षण भएका आयोजनालाई मात्र बजेट व्यवस्था गरिने छ । उचित र पर्याप्त कारणविना म्याद थपिएका आयोजनामा तेस्रो पक्षको संलग्नतामा वस्तुपरक मूल्यांकन गरी दोषी देखिएका आयोजनाका कर्मचारी र निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याइनेछ । उच्चस्तरको कार्य सम्पादन गर्ने आयोजना प्रमुख र कार्यालय प्रमुखहरूलाई पुरस्कृत र समयमा कार्यसम्पादन गर्न नसक्नेलाई दण्डित गरिनेछ । न्यून गुणस्तरको काम गर्ने निर्माण व्यवसायी र कर्मचारी दुवैलाई जिम्मेवार बनाउने नीतिगत र कानूनी व्यवस्थालाई परिमार्जन गरिने छ । ३८. राजस्व चुहावट नियन्त्रणका लागि आयात र बिक्रीको तथ्यांक भिडाउने प्रणालीको विकास गरिनेछ । भन्सार मूल्यांकन र वस्तु वर्गीकरणको नियमित अनुगमन गरिनेछ । र, पटकपटक फरक मुल्यांकन र गलत वर्गिकरण गर्ने कर्मचारीलाई कारबाही गरिनेछ । न्यून बिजकीकरण गरी आयात गरिएको वस्तु भन्सार विन्दुमै खरिद गर्ने प्रक्रियालाई थप सुदृढ बनाइनेछ । करको दायरामा नआएका वस्तु वा सेवालाई करको दायरामा ल्याउने अभियान सञ्चालन गरिने छ । ३९. नेपाल वायुसेवा निगमको आन्तरिक र बाह्य उडानका लागि थप जहाज खरिद प्रक्रिया तुरुन्त सुरु गरिने छ । पर्यटन प्रवद्र्धनका लागि देशभित्र र बाहिर पनि आक्रामक प्रचारप्रसार अभियान सुरु गरिने छ । त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनमा ल्याइने छ । पोखरा क्षेत्रीय विमानस्थल निर्माण कार्य तुरुन्त प्रारम्भ गरिने छ । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाइने छ । साथै, गौतम बुद्ध (लुम्बिनी) क्षेत्रीय विमानस्थल निर्माण कार्य समयमै सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने छ । रोल्पामा जनयुद्ध संग्रहालय यसै वर्ष स्थापना गरिनेछ । गुरिल्ला ट्रेलको लागि बजेट बढाई पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ । ४०. द्विपक्षीय र बहुपक्षीय सहयोगका केही क्षेत्रमा सहयोगको रकम सदुपयोग हुन नसकेको, प्राथमिकताका क्षेत्रमा वैदेशिक सहयोग परिचालन हुन नसकेको, कतिपय अवस्थामा सहयोगको पारदर्शिता र उपयोगितामा पनि प्रश्न उठ्ने गरेको छ । हामी मित्र राष्ट्र तथा अन्तर्रा्ष्ट्रिय संस्थाबाट प्राप्त सहयोगको सदुपयोगको सुनिश्चितता चाहन्छौं । यसका लागि सहयोगको नियमन गर्ने प्रणालीको विकास गरिनेछ । पूर्वाधार विकासमा निजी क्षेत्रको संलग्नता अभिबृद्धि गर्ने सार्वजनिक–निजी क्षेत्र साझेदारी पद्धति अवलम्वन गरिनेछ । यसमा आवश्यकताका आधारमा समुदायको सहभागिता सुनिश्चित गरिनेछ । ४१. सम्पत्तिको शेषपछिको स्वामित्व धनीको इच्छा अनुसार हस्तान्तरण हुने कानूनी व्यवस्था गरिने छ । सामाजिक ट्रष्टमा सम्पत्ति हस्तान्तरण गर्न चाहेमा निस्शुल्क र व्यक्तिलाई हक हस्तान्तरण गर्नु पर्ने भए मूल्यको निश्चित प्रतिशत राजस्व बुझाउनु पर्ने कानूनी व्यवस्था गरिने छ । ४२. विकास निर्माणका लागि वा नयाँ वस्ती विकासका लागि जग्गा प्राप्त गर्दा मालपोतका अभिलेखमा भएकै मोलमा प्राप्त गर्ने व्यवस्था मिलाइने छ । निश्चित परिमाणभन्दा बढी जग्गा हुनेले पनि उक्त भाउमा तोकिएको परिमाणको जग्गा एकीकृत विकासका लागि अनिवार्य हस्तान्तरण गर्ने व्यवस्था गरी त्यस्ता जग्गामा विपन्न र गरीबलाई सहुलियतमा वितरण गर्ने व्यवस्था गरिने छ । ४३. सार्वजनिक–निजी साझेदारीमा सातै प्रदेशमा कम्तिमा एकएक वटा उद्योग स्थापना गरिने छ । सातै प्रदेशमा घरेलु उद्यमका लागि साझा सुविधा केन्द्र स्थापनाको काम तत्काल सुरु गरिनेछ । निजी क्षेत्रलाई उपयुक्त औद्योगिक र व्यावसायिक वातावरण निर्माण सरकारको प्राथमिकतामा हुने छ । सिमरामा तयारी पोशाक प्रशोधन केन्द्रको काम तत्काल सुरु गरिनेछ । ४४. मैले पहिलो पटक नेतृत्व गरेको सरकारले सहिद तथा वेपत्ताका परिवारलाई राहत स्वरुप रु. १० लाख दिने घोषणा गरेकोमा रु. ५ लाखमात्र उपलव्ध गराइएकोले बाँकी रु. ५ लाख प्रदान गर्ने व्यवस्थाका लागि आवश्यक कार्य अघि बढिसकेको छ । बहिर्गमनमा परेका लडाकुहरूलाई रु. २ लाख प्रदान गर्ने घोषणा अदालतमा विचाराधीन छ । फैसला लगत्तै कार्यान्वयन गरिनेछ । जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको उपचारमा सहयोग गर्न रु. १ लाखका दरले सहयोग उपलव्ध गराइने छ । राहत पाउन बाँकी मृतक र बेपत्ता पारिएका व्यक्तिका हकदारलाई जिल्ला प्रशासन कार्यालयमार्फत् तुरुन्त राहत उपलब्ध गराइने छ । ४५. हामीले ठूला सपना देख्नु छ, ठूलो आकांक्षा राख्नु छ र तीव्र आर्थिक प्रगति हासिल गर्नु छ । तर, जनतालाई दिइने सेवा प्रभावकारी र सुलभ छैन, विकास निर्माणका काम समयमा हुँदैनन्, भएकाको पनि गुणस्तर छैन । यो अब स्वीकार्य हुनेछैन । घुसखोरी सह्य हुनेछैन, ढिलासुस्ती र लापरवाही सह्य हुनेछैन । सरकारका सबै निकायले यस वर्षका कार्यक्रमका प्राथमिकताहरू निर्धारण गरी कार्यान्वयन गर्न कार्ययोजना तयार गरिसकेका छन् । अब मन्त्रालयका सचिव, विभागीय र आयोजना प्रमुखहरू अनि कार्यालय प्रमुखलाई आफ्नो कामप्रति जिम्मेवार बनाउने र सरुवा बढुवा लगायतका काममा यही कार्य सम्पादनलाई आधार बनाउने कामको थालनी गरिनेछ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक तथा रणनीतिक क्षेत्रका विविध पक्षमा अध्ययन–अनुसन्धान गरी सरकारलाई नीतिनिर्माणमा सहयोग र्पुयाउन एउटा राष्ट्रिय नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरिने छ । सरकारी निकायहरूबाट गराइने विभिन्न अध्ययन–अनुसन्धानका कार्यहरू नीति अनुसन्धान प्रतिष्ठानमा अभ्यासकर्ता र प्राज्ञिक व्यक्तिहरूको समूहबाट सम्पादन हुने व्यवस्था मिलाइने छ । सरकारी निकायबाट हुनै सबै अनुसन्धानलाई स्तरीकरण गर्ने र केन्द्रीय अभिलेख राख्ने काम समेत त्यसै प्रतिष्ठान मार्फत् गरिनेछ । ४६. काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि ‘प्रधानमन्त्री उपत्यका सुधार कार्ययोजना’ लागू गरिने छ । यस अन्तर्गत फ्लाइ ओभर निर्माण, फोहर व्यवस्थापन, सडक बत्ती, ढल व्यवस्थापन, सडक सुधार, ट्राफिक व्यवस्थापन र यातायात सुधार, हरियाली प्रवद्र्धन, दू्रत सुरक्षा प्रबन्ध, प्रदूषण नियन्त्रण, खानेपानी आपूर्ति, पूरातात्विक महत्वका स्थलको संरक्षण, एकीकृत बस्ती विकास र वस्ती व्यवस्थापन, सुलभ आवास, एक द्वार रोजगार सूचना केन्द्र र हस्तकला ग्रामलगायतका विषय समावेश गरिने छ । सीतापाइला–नौबीसे सुरुङ मार्गको निर्माण यसै वर्ष सुरु गरिने छ । ल्यान्ड पुलिङ सिस्टमअन्तर्गत बाहिरी चक्रपथ निर्माणका लागि आवश्यक तयारीहरू पुरा गरी यसै वर्षदेखि निर्माण शुरु गरिनेछ । पहिलो चरणमा काठमाण्डौ उपत्यकाका सबै कालोपत्रे सडकलाई खाल्डाखुल्डीमुक्त ९एयतजयभि ाचभभ० बनाइने छ । मेलम्ची खानेपानी आयोजनालाई समयमै सम्पन्न गरिने छ । तत्कालका लागि काठमाडौं उपत्यकामा ट्राफिक संख्या बढाइने छ । एक महिनाभित्र आधारभूत ट्राफिक चिन्हहरू राख्ने कार्य शुरु गरिने छ र दस महिनाभित्र मुख्य चोकहरूमा आधुनिक ट्राफिक लाइट जडान गरिसकिनेछ । आगामी तीन वर्ष्भित्र वागमती नदी प्रणालीलाई ढल मुक्त बनाइने छ । बबरमहलमा बहुतले प्रशासनिक भवनको निर्माण सुरु गरिनेछ । काठमाडौं उपत्यकाभित्र चक्रपथ आसपासमा २० वटासम्म सामूहिक सुपथ किसान बजार संचालन गर्न उपलव्ध भएसम्म सरकारी जमिन भाडामा उपलव्ध गराउने, बजारको पूर्वाधार निर्माणमा अनुदान दिने र प्राविधिक सेवा उपलव्ध गराउने व्यवस्था गरिने छ । उपत्यकाभित्र एउटा स्याटेलाइट सिटी निर्माणको काम सुरु गरिने छ । ४७. रुपन्देही–पाल्पाको सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्य यसै वर्ष अगाडि बढाइने छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन यसै वर्ष पूरा गरिनेछ । रसुवागढी काठमाण्डौ राजमार्ग तथा रसुवा–गल्छी–पोखरा–लुम्विनी रेलमार्ग सम्भाव्यताको काम तत्काल सुरु गरिनेछ र आवधिक रुपमा त्यसको प्रगति विवरण जनतालाई दिने व्यवस्था मिलाइनेछ । पहिले घोषणा गरिएका राष्ट्रिय गौरवका आयोजनामध्येका काठमाडौं–तराई दु्रतमार्ग, हुलाकी मार्ग, पूर्वपश्चिम रेलमार्ग, कोशी, गण्डकी र कर्णाली उत्तर–दक्षिण लोकमार्गको कार्य सन्तोषप्रद रुपमा अघि बढ्न नसकेको देखिएकोले यी योजनाहरूको कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाइने छ । त्यसैगरी, निर्माणाधीन मध्यपहाडी लोकमार्गको निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ । बृहत् लुम्विनी विकास गुरुयोजना कार्यान्वयन गरिने छ । देशभित्र नमूनाका रुपमा सयवटा स्मार्ट भिलेज स्थापना गरिनेछ । देशभरि दसवटा स्मार्ट सिटी निर्माणका स्थान छनोट, अवधारणा र नक्सा यसै आर्थिक वर्षमा तयार गरिनेछ । मध्य पहाडी लोकमार्गमा १० वटा शहर विकास कार्यलाई तीव्रता दिइनेछ । त्यसै गरी हुलाकी मार्गमा १० वटा व्यवस्थित शहर विकास गरिने छ । सभामुख महोदय, ४८. यो पछाडि फर्कने बेला होइन । अरु विकसित देशलाई हेरेर कुण्ठा, हीनता र लघुताभासमा जेलिने बेला पनि होइन । मैले पहिल्यै भनेँ, अब गुनासो र आरोपित गर्न राजा महाराजा छैनन् । यो देश हामीले नै बनाउने हो, बनाउन सक्छौं, बनाउछौं । पौने तीन करोड नेपालीले साझा संकल्प गरौं, यो देश जुरुक्कै उठ्ने छ । म पनि ठूलो आँधीबेहरीबाट गुज्रेर आएको व्यक्ति हुँ । कमजोरी भए होलान् तर हिजो बन्दुक उठाउँदा पनि र बन्दुक बिसाउँदा पनि मेरो मस्तिष्कमा देशको समृद्धिबाहेक केही थिएन । म मेरो पार्टी पंक्तिलाई पनि आग्रह गर्छु, हिजो हामी देशका लागि रगतसमेत बगाउन तयार थियौं भने आज त पसिना बगाए पुग्छ । एक्काइसौं शताब्दीको नेपाल अब पनि पिछडिएकै अवस्थामा बस्न सक्दैन । समुन्नत नेपाल हाम्रै जीवनमा सम्भव छ । तर त्यसका लागि हामीले आजैदेखि र अहिल्यैदेखि समर्पित हुनुुपर्छ । हिजो झन्डै पूरै एसिया उपनिवेश हुँदा पनि महाशक्तिहरूसँग आमनेसामने जुधेर स्वाधीनता जोगाउने यो महान् देशसँग फेरि एकपटक महान् बन्ने सबै क्षमता छ । आउनुहोस्, हामी सबै मिलेर त्यो क्षमताको प्रदर्शन गरौं । धन्यवाद ।

५ लाख घुस मागेपछि रिसाए कपिल, मोदीलाई प्रश्न-‘यही हो अच्छे दिन ?’

भारतका चर्चित कमेडियन कपिल शर्मा विश्वलाई हसाँएर चर्चित बनेका छन् । तर, उनै कपिल एकाएक भारतीय प्रधानमन्नी नरेन्द्र मोदीलाई ‘तपाइको ‘अच्छे दिन यही हो ? भन्दै भड्किएका छन् । कपिल प्रधानमन्त्रीलाई यो प्रश्न किन गरिरहेका छन् भन्ने तपाइलाई लाग्न सक्छ । कपिल मुम्बइमा अफिस बनाउन चाहन्छन् । तर, यसका लागि उनीसँग बीएमसीका अधिकारीहरुले ५ लाख घुस मागेका छन् । कागजपत्र तयार गर्नका लागि ५ लाख घुस दिनु परेपछि कपिल यसरी रिसाएका हुन् । कपिलले ट्विटरमा आफ्नो आक्रोश व्यक्त गर्दै लेखेका छन्-‘पछिल्लो ५ बर्षमा मैले १५ करोड ट्याक्स तिरेको छु । तर, अहिले मलाई एउटा अफिस बनाउन ५ लाख घुस दिन परिरहेको छ ।’ कपिलको यो ट्विटपछि वीएमसीका अधिकारीहरुले कुन कर्मचारीले घुस मागेका हुन् भनेर भन्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले कपिलको ट्विटको कुनै जवाफ त दिएका छैनन् । तर, अहिले यसले भारतमा बहसको बिषय सिर्जना गरिदिएको छ ।

फेरि बिहे गर्ने मनिषाको चाहना

नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित चलचित्र ‘मौली’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा उनी मुस्लिम महिलाको भूमिकामा छिन् । मनिषाले सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर, बिहे गरेको केही महिनामै यी दुई अलग भएका थिए । तर, पनि मनिषा बिहेका लागि सकारात्मक देखिएकी छिन् । बिहेको बिषयमा उनले भनिन्-‘कुन मानिस बिहे गर्नका लागि चाहना नराख्ला र ? सुरुवातमा यो राम्रो हो, तर पछि यसलाई तपाई संझन नै सक्नुहुन्न । यदि, मलाई कोही राम्रो मानिस मिलेको खण्डमा म यो बिषयमा जरुर विचार गर्नेछु ।’ मनिषाले आफूले एक बच्चा पाल्ने इच्छा पनि व्यक्त गरेकी छिन् । उनले भनिन्-‘जब म बच्चा नै थिएँ, त्यतिबेलादेखि नै मलाई बच्चा पाल्ने रहर थियो ।’

यी हुन् माउसुलीको सुप खाने मान्छे

विदेशी टेलिभिजनमा देखिने विभिन्न एडभेन्चर शोहरुमा मानिसहरुले सर्प, किराफट्यांग्रा तथा छेपारो लगायतका जिवहरु खाएको देख्नुभएकैै होला । यस्ता टेलिभिजन कार्यक्रममा देखाइएजस्तै साँच्चै उनीहरुले ती चिज खान्छन् की खान्नन् त्यो दर्शकलाई थाहा हुने कुरा भएन । तर भारतमा भने एकजना यस्ता व्यक्ति छन् जो माउसुलीकोे सुप नखाइकन बस्नै सक्दैनन् । भारतको मध्यप्रदेशस्थित मैना गाउँमा बस्ने कैलाश नामका व्यक्ति माउसुली खाने कुराको शौखिन व्यक्ति हुन् । जसका कारण उनलाई मानिसहरुले विषपुरुषको नामले चिन्दछन् । पछिल्लो २० वर्षदेखि उनले माउसुली पकाएर सुप खाने गरेका छन् । यति मात्र कहाँ हो र उनले माउसुली उमालेको पानी नै दिनहुँ पिउँछन् । सुत्नुअघि यिनले तिनवटा माउसुलीको सुप पिउँछन् । माउसुलीको सुप नपिएसम्म आफुलाई निद्रा नै नलाग्ने उनी बताउँछन् । अहिलेसम्म आफुले विभिन्न ६० प्रकारका जिवजन्तुको स्वाद चाखिसकेको उनको भनाई छ । अचम्मको कुरा उनलाई सर्पको विषले पनि असर गर्दैन । गाउँमा कसैलाई सर्पले टोक्यो भने उनले उक्त मानिसको सरीरबाट सर्पको विष चुसेर मानिसको ज्यान बचाइदिन्छन् ।

महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा

कहिलेकाहीँ यो दुनियामा के के सम्म मात्र देख्नु र सुन्नुपर्छ हँ ? हुँदा हुँदा अब गर्भवती महिलाहरुको पेटबाटै शिशुहरु गायब हुन थालेका छन् । घटना भारतको राजस्थानको हो । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो । गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । त्यहाँ डाक्टरहरुले मन्जुलाई मृत घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्टमार्टम गर्यो तब सबैलाई झसँगै पार्ने कुराको खुलासा भयो । पोष्टमार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी गर्भवती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो । तर पोष्टमार्टम गर्ने डाक्टरहरुले भने मन्जु गर्भवती नै नरहेको र उनको पाठेघरमा ट्युमर पलाएका कारण पेट बढेको हुँदा उनी गर्भवती भएको भन्ने भ्रम परेको दाबी गरे । यद्यपि गर्भवती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् ।

यस्तो छ काउकुतीको इतिहास

कसैलाई हँसाउनु छ वा मजाक गर्नुछ भने भुँडी वा पाइतालामा काउकुती लगाइदिने चलन हामीले सानैदेखि सिकेको चलन हो र सायद यो मानव सभ्यताको सुरुवात देखिकै प्राचिनतम चलन हो । तर यसरी काउकुती लगाउनुलाई दुनियाका सबै ठाउँमा हँसिमजाकको रुपमा मात्र लिइँदो रहेनछ । कतिपय ठाउँमा यसलाई शारीरिक प्रताडनाका रुपमा लिइँदो रहेछ र यसका लागि सजायँ पनि दिइँदो रहेछ । काउकुती लगाउनुलाई टिकलिंग टर्चर भनिन्छ । कसैलाई काउकुती लगाइदिनुको मनसाय कसैमाथि दुव्र्यवहार गर्नु, कसैलाई हेँप्नुे प्रयास, अपमान गर्ने इच्छा वा दुव्र्यवहार गर्ने मनसायले हुनसक्ने व्याख्या गरिन्छ कतैकतै । काउकुती केवल हसिँमजाक तथा दुव्र्यवहार वा हिंसाको माध्यमको रुपमा मात्र सिमित छैन । यो अपराधीलाई दिइने सजायँको रुपमा पनि थियो इतिहासमै । कुनै कुनै अपराधमा मानिसलाई मज्जाले काउकुती लगाएर सजायँ दिइन्थ्यो । प्राचीन चीनमा टिकलिंग टर्चर नामक सजायँ प्रचलनमा थियो । खासगरी राजाको दरबारमा यस्तो प्रचलन थियो । समाजमा खास ओहोदा राख्ने व्यक्तिहरुलाई दरबारमा ल्याएर यस्तो सजायँ दिइन्थ्यो । किनकी विशेष मानिसहरुलाई निकै कम समयसम्म मात्र कष्ट पुग्थ्यो । त्यस्तै प्राचीन रोममा पनि काउकुती सजायँ प्रचलनमा थियो । जसमा कुनै सजाय गरेको मानिसको खुट्टा नुनपानीमा चोपलेर बाख्रालाई चाट्न लगाइन्थ्यो । सुरु सुरुमा त हल्का आनन्द र मज्जा आउँथ्यो । तर बारम्बार यसरी नुनमा डुबाउँदै, बाख्राको खस्रो जिब्रोले चाट्न लगाउँदा पाइतालाको छाला नै उप्किन्थ्यो र निकै पीडा महसुस हुने गर्दथ्यो ।