Monday, March 6, 2017

नेपालमा दस हजार अवैध विदेशी, पर्यटक भिषामा आउँदै ओभरस्टे

२४ फागुन, काठमाडौं । जर्मन नागरिक केलेन अलजेन्ड्रो सन् २०१३मा नेपाल आए । नेपाली महिलासँग बिहे गरेर उनी चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे । पर्यटक भिसा लिएर आएका उनी यतिका समय कहाँ गए ? विभागसँग तथ्यांक छैन । विभागले सोमबार देशनिकाला गरेका अष्ट्रेलियन नागरिक पासाङ टेम्बा शेर्पा नेपाल प्रवेश गरेको करिब तीन वर्षभन्दा बढी भयो । केलेनको फेसबुक पेज हेर्दा उनी नेपालका पहाडी बाटोमा जोखिमपूर्ण यात्रा गराउने कम्पनीसँग आवद्ध देखिन्छन् । नेपालमा बिनाअनुमति केही नेपाली युवा र विदेशीले सञ्चालन गरेको नपाल इनडोरु टुर्सअन्तर्गत अज्तर्राराष्ट्रिय थडर राइडर्समा आवद्ध केलेनका विषयमा थप अनुसन्धान भन्दा विभागले देशनिकालाको फाइल मन्त्रिपरिषद्मा पठायो । सरकारले उनलाई आफ्नै देश पठाउने निर्णय गर्‍यो । आजको नागरिक दैनिकमा समाचार छ । उनी जस्ता थुप्रै अवैध विदेशी नागरिक नेपाल वसिरहेको पाइएको छ । एक तथ्यांकअनुसार करिब १० हजार विदेशी नागरिक नेपालमा अवैध रुपमा वसिरहेका छन् । उनीहरू पर्यटक भिसा लिएर नेपाल आउने र लामो समय भिषा थप नगरी यतै बस्ने गरेको पाइएको छ ।

No comments:

Post a Comment