Thursday, March 9, 2017
राजविराज घटनाको विरोधमा राजधानीमा प्रदर्शन
२६ फागुन, काठमाडौं । राजविराज घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजधानीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा गठवन्धनका नेताहरु सहभागी छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् ।
मेची-महाकाली अभियान अन्तर्गत नेकपा एमालेले गत सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको सभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाउादा चार जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा मोर्चाले आन्दोलनका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment