Wednesday, March 8, 2017
ग्लोबल आईएमई बैंकले झण्डै १६ प्रतिशत बोनस दिने
ग्लोबल आईएमई बैंक(GBIME)ले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५।७६ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिले लाभांश बितरण र अन्य प्रस्ताव पारित गर्न दशौं बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा चैत २१ गते बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको छ ।
बैंकको दशौं बार्षिक साधारणसभामा १५।७६ प्रतिशत बोनसका स्वीकृत गर्नुका साथै सञ्चालक समितिको निर्वाचन गर्ने र आवश्यक भएको खण्डमा उपयुक्त बैंक तथा वित्तिय संस्था एक्वायर गर्न अख्तियारि प्रदान गर्ने एजेण्डा प्रस्ताव गरेको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले आगामी चैत ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । चैत ६ गतेसम्म कायम भएका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनसका प्राप्त गर्नुका साथै साधारणसभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।
बैंकले हालैमात्र प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरिसकेको छ भने रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भई प्रकृयामा रहेको छ । सात अर्ब १५ करोड चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा ९१ करोड ७७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment