Thursday, March 9, 2017

सप्तरीमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

२६ फागुन, राजविराज । सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ । गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । यसअघि सोमबार पनि राविराजमा नै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।

No comments:

Post a Comment