Tuesday, March 14, 2017

दाह्री नआएर समस्यामा हुनुहुन्छ ? यस्तो तरिका अपनाउनुस्

एजेन्सी । अहिले दाह्री ठूला बनाउने टे«न्ड पनि छ । तर, कसैलाई दाह्री नभएर पनि समस्यामा छन् । कतिपयलाई दाह्री भएको भए हुन्थ्यो भन्ने पनि लागेको हुन सक्छ । विभिन्न किसिमका तरिकाहरु अपनाएर दाह्री ठूला बनाउने असफल प्रयास गरिरहेका हुन्छ । यो समस्या समाधान अर्थात दाह्री बढाउनका लागि घरमै पनि केही उपाय अपनाउन सकिन्छ । जस्तैः अमला अमलाको तेल मुहारमा लगाएमा छिटो छिटो दाह्री बढ्ने गर्छ । तेल मुहारमा लगाउनुस र २० मिनेटपछि पानीले धुनुहोस् । तपाई यो तेललाई तोरीको पातसंग मिलाएर पनि लगाउन सक्नुहुन्छ । यसका लागि तोरीको पातलाई पिसेर अमलाको तेलसंग मिलाउनुहोस् । यसरी बनाइएको पेष्ट दाह्री भएको ठाउँमा लगाएर १५ मिनेटपछि धुनुहोस् । हप्तामा चार पटक यस्तो गरेरमा केही फरक देखिन थाल्छ । नरिवलको तेल दाह्रीलाई बढाउनका लागि नारिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । यसका लागि नारिवल र गुलमेहन्दीको तेल मिलाएर मसाज गर्नुहोस् । यसरी मसाज गरेको १५ मिनेटपछि चिसो पानीले धुनुहोस् । व्यायाम व्यायाम गरेरमा रक्तसञ्चारमा सुधार आउँछ । जसले रौं को ग्रोथीका लागि फाइदाजनक मानिन्छ । यसका लागि तपाई दैनिक २० मिनेटसम्म शारिरीक व्यायाम गर्नुहोस् । भिटामिन दैनिक खाने भोजनमा भिटामिन ए, बी, सी र ई को मात्रा मिलाएर खानुहोस् । यसले दाह्री वा रौंलाई बढ्न मद्दत गर्छ । दालचिनी र कागती दुई चम्चा कागतीको रसमा एक चम्चा दालचिनी पाउडर मिलाउनुहोस् । यसरी बनाइएको पेष्टलाई दाह्री भएको ठाउँमा लगाउनुहोस र २० मिनेटपछि धुनुहोस् । हप्तामा दुई पटक यसको प्रयोग गर्न सकिन्छ ।

No comments:

Post a Comment