Tuesday, March 14, 2017

रक्तदान गर्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

एजेन्सी । कुनै मानिस समय–समयमा रक्तदान गरिरहेका हुन्छन् भने कोही चाहेर पनि दिन पाइरहेका हुँदैनन् । यसको एक कारण उनको मनमा परेको गलत सोचाई पनि हुन सक्छ, जुन बास्तवमै निराधार हो । अब थाहा पाउनुहोस्, यससंग जोडिएका केही भ्रम र केही अहम कुराः – रक्तदानलाई लिएर मानिसको मनमा सबैभन्दा बढी भ्रम आफ्नो शरीरमा रगत कम हुने होकी भन्ने हुन्छ । तर, रक्तदान गरेको ४८ घण्टापछि नै दान गरेको रगत शरीमा पूर्ति हुने गर्छ । यति तपाई स्वस्थ र फुर्तिलो हुुनुहुन्छ भने तीन महिनाको एकपटक रक्तदान गर्न सक्नुहुन्छ । – मानिस रक्तदान गरेपछि कमजोरी भइने हो कि भन्ने पनि सोच्छन् । तर, यस्तो केही पनि हुँदैन । बरु रक्तदान गर्दा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना कम हुन्छ । शरीरमा अनावश्यक फलाम जम्मा हुने कार्य पनि रोक्छ । – क्यान्सर रोगीले रक्तदान नगरौं – यदि कोही एड्स पोजिटिभ हुनुहुन्छ भने भुलेर पनि रक्तदान नगर्नुहोस् । – यदि शरीरमा ट्याटु वा कुनै सर्जरी गरेको छ भने त्यस्तो व्यक्तिले रक्तदान गर्नका लागि कम्तिमा चार महिना कुर्नुपर्छ । – रक्तदान गरेपछि आराम गर्न जरुरी हुन्छ भन्ने भ्रम पनि छ । तर, तपाई सामान्य तरिकाले दिन व्यतित गर्न सक्नुहुन्छ । त्यो दिन पानी बढी पिउनुपर्छ भने धुम्रपान तथा मध्यपान भने गर्नुहुन्न । लामो दुरीको यात्रा र धुपमा जान भने हुँदैन । – गर्भवती महिलाले पनि रक्तदान गर्न मिल्दैन । साथै १७ वर्ष मुनिका व्यक्तिले पनि रक्तदान गर्नहुन्न । – उमेर ढल्किन लाग्यो भन्दैमा अब रक्तदान गर्न मिल्दैन भन्न पनि सकिँदैन । डाक्टरको चेकजाँचमा रिपोर्ट सामान्य आएरमा तपाई रक्तदान गर्न सक्नुहुन्छ । – यदि पछिल्लो १२ महिनाको अवधिमा हेपटाइटिस वा जन्डिसबाट ग्रस्त हुनुहुन्छ भने रक्तदान गर्न सक्नुहुन्न ।

दाह्री नआएर समस्यामा हुनुहुन्छ ? यस्तो तरिका अपनाउनुस्

एजेन्सी । अहिले दाह्री ठूला बनाउने टे«न्ड पनि छ । तर, कसैलाई दाह्री नभएर पनि समस्यामा छन् । कतिपयलाई दाह्री भएको भए हुन्थ्यो भन्ने पनि लागेको हुन सक्छ । विभिन्न किसिमका तरिकाहरु अपनाएर दाह्री ठूला बनाउने असफल प्रयास गरिरहेका हुन्छ । यो समस्या समाधान अर्थात दाह्री बढाउनका लागि घरमै पनि केही उपाय अपनाउन सकिन्छ । जस्तैः अमला अमलाको तेल मुहारमा लगाएमा छिटो छिटो दाह्री बढ्ने गर्छ । तेल मुहारमा लगाउनुस र २० मिनेटपछि पानीले धुनुहोस् । तपाई यो तेललाई तोरीको पातसंग मिलाएर पनि लगाउन सक्नुहुन्छ । यसका लागि तोरीको पातलाई पिसेर अमलाको तेलसंग मिलाउनुहोस् । यसरी बनाइएको पेष्ट दाह्री भएको ठाउँमा लगाएर १५ मिनेटपछि धुनुहोस् । हप्तामा चार पटक यस्तो गरेरमा केही फरक देखिन थाल्छ । नरिवलको तेल दाह्रीलाई बढाउनका लागि नारिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । यसका लागि नारिवल र गुलमेहन्दीको तेल मिलाएर मसाज गर्नुहोस् । यसरी मसाज गरेको १५ मिनेटपछि चिसो पानीले धुनुहोस् । व्यायाम व्यायाम गरेरमा रक्तसञ्चारमा सुधार आउँछ । जसले रौं को ग्रोथीका लागि फाइदाजनक मानिन्छ । यसका लागि तपाई दैनिक २० मिनेटसम्म शारिरीक व्यायाम गर्नुहोस् । भिटामिन दैनिक खाने भोजनमा भिटामिन ए, बी, सी र ई को मात्रा मिलाएर खानुहोस् । यसले दाह्री वा रौंलाई बढ्न मद्दत गर्छ । दालचिनी र कागती दुई चम्चा कागतीको रसमा एक चम्चा दालचिनी पाउडर मिलाउनुहोस् । यसरी बनाइएको पेष्टलाई दाह्री भएको ठाउँमा लगाउनुहोस र २० मिनेटपछि धुनुहोस् । हप्तामा दुई पटक यसको प्रयोग गर्न सकिन्छ ।

मृगौलाको पत्थरीबाट कसरी बच्ने ? डाक्टर कार्कीका टिप्स

– डा. कुशल कार्की अपरेशन गरेपछि होस या ओ.पि.डी.बाट फर्केपछि, बिरामीले एउटा प्रश्नअवश्य सोधेका हुन्छन्, डाक्टर साब मैले के खानु हुन्छ, के खानु हुन्न ? यसै प्रश्नसँग जोडिएको छ कुनै पनि रोगबाट बच्न सकिने या फेरि त्यो रोग लाग्नबाट बच्ने उपायहरु्र । मृगौलाको पत्थरीको नराम्रो पक्ष के छ भने, मृगौलाबाट सबै पत्थरी निकाले पनि अर्को १० वर्षमा ५० प्रतिशत मानिसलाई फेरि यो पनि पत्थरी हुन सक्छ । के हामी साँच्चै नै यस बिरामीबाट बच्न गम्भीर छौं त ? सिद्धान्ततया भन्ने हो भनेः रोगको उपचार गर्नु भन्दा, रोग लाग्ननदिनु नै बेस हो । तर बिरामीलाई यो रोग हुन नदिन बिरामी तथा चिकित्सक दुबै जिम्मेवार हुन्छन् । अहिले के छ स्थिति ? चिकित्सकको हकमाः – चिकित्सकको मुख्यध्यान बिरामीको शल्यकृया र कसरी बिरामीलाई सकुशल घर पठाउन सकिन्छ भन्नेमा जान्छ । – कतिपय चिकित्सकले यस पाटोलाई खासै प्राथमिकता नदिएको जस्तो लाग्छ । बिरामीको हकमाः – धेरै बिरामीलाई त पत्थरी निकाली सके पछि पनि फेरी पत्थरी हुन्छ भन्ने ज्ञान हुदैन । – कति बिरामीले सही सल्लाह पाउदैनन् । – सल्लाह पाएपनि धेरैले यसलाई खासै महत्व दिदैनन् । – अरु थपखर्च गर्न त्यतिको उत्साहीत हुन्न् । खास गर्नुपर्ने चै के हो ? – मृगौला या मुत्रनलीबाट कुनै पनिढुङ्गा निकाले पछि त्यसको बैज्ञानिक परिक्षण गर्नुपर्छ । बैज्ञानिक परिक्षणका ३ तरिका छन् जसमध्ये [chemical analysis – wet chemistry] विधिजसको खासै महत्व छैन) जुन नेपालमा हुन्छ । बिरामीको मृगौंलाबाट पत्थर निकालेपछि २४ घण्टाको पिसाब जम्मा पारेर त्यसको परिक्षण गर्नुपर्छ । कम्तीमा २ चोटी । त्यसपछि मात्र के खानु हुन्छ र के खानु हुन्नभन्ने सबालको जवाफ दिन सकिन्छ । साच्चै नै भन्नुपर्दा यी कामहरु झन्झटिलो र खर्चिलो पनि छन् । त्यसैले यी काम गर्न न त बिरामीहरुसँग धैर्य र पैसा नै बाँकी हुन्छ अनि चिकित्सकसंग आवश्यक समय नै । खानेकुरा र पत्थरीको सम्बन्ध माथि भनिएको जाँचहरु पछि ढुङ्गाको जात र ढुङ्गा बन्ने कारण पत्ता लगाएपछि मात्र यस सम्बन्धी जानकारी दिन सकिन्छ । हाम्रो क्षेत्रमा पाईने पत्थरहरुमा – Oxalate stone (ओक्जालेट पत्थरी) – Struvite stone (इस्त्रुभाइत पत्थरी) – Uric acid stone (युरिक एसिड पत्थरी) १) Oxalate stone (ओक्जालेट पत्थरी) धेरै जस्तो बिरामीहरुलाई हुने पत्थर हो यो । ओक्जालेट हुने खानेकुरामा रातो मासु, बदाम, चकलेट, रुबर्ब, चुकदर, गेडागुडी, पालकआदीमा हुन्छ । तर यी खानेकुराहरु खानै नहुने भन्ने हैन । यी खानेकुराहरु कम खानुपर्छ र यी खानेकुरा खादा क्यालसियम भएको खानेकुरा सँग खानुपर्छ जसले गर्दा मृगौलामयी तत्वहरुको मात्रा कम हुन्छ । कुनै कारणले Vitamin C को सेवन गरेको छ भने यसलाई रोकेको बेश हुन्छ । २) Struvite stone (इस्त्रुभाइत पत्थरी) यो ढुंगा विशेषगरी महिलाहरुमा हुने गर्छ । पिसाबको संक्रमणसंग यसको सम्वन्ध हुन्छ । एचयतभगक जातको किरले हुने पिसाबको संक्रमण पटक–पटक हुँदा यस्तो किसिमको ढुंगा हुनसक्छ । यस्तो ढुंगा फेरीफेरी हुन सक्छ । त्यसैले उपचार गर्दा यो ढुंगा पुरै निकाल्नुपर्छ र पिसाबको संक्रमण हुनबाट बच्नुपर्छ । ३) Uric acid stone (युरिक एसिड पत्थरी) यस्तो जातको पत्थर भएमा शरीरमा युरिक एसिड बढाउने खालका खाना कम हुनुपर्छ । यी खानेकुरामा रातोमासु (रागाको, खसीको, बुङगुर, सुङगुर आदी) पर्दछन् । यस्तै गेडागुडी मदिरा, गुलियो र चिल्लोका मात्रापनि कम गर्नुपर्छ । कहिलेकाँही uric acid कम गर्ने औषधि पनि खानुपर्छ, चिकित्सकको सल्लाह अनुसार । पिसाबको Acidity (अम्लीय)को महत्वः कुनै पत्थरहरु Acidic बातावरणमा बन्दछन् जस्तै (Oxalate, Uric Acid system आदी) र कुनै चाहि Akaline क्षारीय वातावरणमा बन्दछन । त्यसैले ढुङ्गाको जात पत्तालगाई खानपिनमा परिवर्तन गर्नु पर्छ । जस्तै Acidic वातावरणमा बन्ने ढुङ्गा भएमा पिसाब alkaline बनाउने खानेकुरा या औषधी खानुपर्छ तर क्षारियमा बन्ने ढुंगाभएमा अम्लीय बनाउनुपर्छ । खासमा बिरामीहरु ले कति पानी खानुपर्छ ? सबै चिकित्सकहरुले पत्थरी भएका बिरामीले धेरै पानी खाने सल्लाह दिन्छन् तर धेरै जस्तो बिरामीलाई पानी कति खानुपर्छ भन्ने ज्ञान हुन्न । त्यसैले कति पानी चाही ‘धेरै पानी’ हो त ? पानी कति खाने भन्ने कुरा बिरामी बस्ने वातावरण, उसको पेशा अनि दैनिक क्रियाकलापमा भर पर्छ । गर्मी ठाउँमा काम गर्ने किसान अनि Air Condition वातानुकूलनेमा बसेर काम गर्ने अधिकारीले खानुपर्ने पानीको मात्रा एउटै हुँदैन । सामान्यतया गर्मी मौसममा ३–४ लीटर अनी जाडोमा २–३ लिटर पानी (झोल पदार्थ) पिउनुपर्छ । यसलाई नाप्ने अर्को उपाय भनेको पिसाब हो । बिरामीले पिसाब पानी जस्तो संग्लो अनि गन्दरहित नआएसम्म पानी खानुपर्छ । अनि धेरै पानी पिउदैमा धेरै राम्रो हुन्छ भन्ने पनि छैन । कसै कसैलाई ८–१० लिटर पानी पिउने गरेको पाइन्छ जुन आवश्यक छैन । अत्याधिक कसरत, व्ययाम अथवा खेलकुदको बेला निस्किने पसिनाले गर्दा पिसाब कम आउने अनि बाक्लो पिसाब बन्छ । यस्तो बेलामा ढुङ्गा हुने सम्भावना बन्छ । त्यसैले व्ययाम गर्ने बेला प्रशस्त पानी खानुपर्छ । खानेकुराहरु कसरी बार्ने र किन ? सामान्यतया चिकित्सकहरुले सबै ढुंगाको बारेमा बिरामीहरुलाई एकैनासे सल्लाह दिने गर्छन तर यो सही तरिका हैन । कस्ता बिरामीले नुन कम खाने ? बिरामीहरुमा देखिने विभिन्न ढुङ्गाहरुमा calcium पनि मिसिएर आएको हुन्छ । यस्ता बिरामीहरु नुन धेरै खाएमा calcium को मात्रा मृगौलामा बढी देखिन्छ । त्यसैले यी ढुङ्गाहरु दोहोरिएर देखा पर्ने या यसको आकार बड्ने हुन्छ । सही मात्रामा calcium जन्य खानेकुरा खानुपर्छ । यसले ढुंगा बढ्नुको साटो यसबाट बच्न मद्दत गर्छ्र त्यसैले ढुंगा भएका बिरामीले दुध खान छाड्नु पर्दैन सही मात्रामा calcium जन्य खानेकुरा खानु पर्छ । त्यसैले ढुंगा बढ्नुको साटो यसबाट बच्न मद्दत गर्छ । त्यसैले ढुंगा भएका बिरामीले दुध खान छाड्नु पर्दैन् । Citrus fruit– कागतीपानीको फाइदा के छ त ? यस्ता फलफुलमा Citrate (सिट्रेट) नामको तत्व हुन्छ जसले मृगौला ढुुङ्गा बन्ने प्रक्रियालाई रोक्छ । त्यसैले एकपल्ट पत्थरी भइसकेको बिरामीले फेरी पत्थर बन्न नसकोस भन्नलाई यी फलहरु खानु अत्यन्त जरुरी हुन्छ । कागती सुन्तला, जुनार, भोगटे आदि फलफूलहरु ढुंगाहुने बिरामीले खानुपर्छ । क्याल्सियम भएको खाना नखाने या कम गर्नु हुन्न् धेरै जातका पत्थरीहरुमा क्यालसियम हुन्छ त्यसकारण चिकित्सक या बिरामीले क्यालसियम भएका खानेकुरा नखाने गर्दछन् । वास्तवमा क्याल्सियम अरु ढुङ्गा बन्ने तत्वसँग मिलेर ढुङ्गा बन्ने प्रकृया रोक्छ । त्यस कारण क्याल्सियम भएका खानेकुरा खानुपर्छ । मधुमेह अत्याधिक मोटोपन, कोलेस्टोरलका बिरामी सतर्क हुनुपर्छः पश्चिमा मुलुकहरुको जीवनशैली र खानपानको अनुशरण गर्नाले हाम्रो समाजमा पनि यस्ता रोगहरु बढिरहेका छन् । यी बिरामीहरुले अरु खराबी त गर्छन नै, यसको साथसाथै मृगौलाको पथ्थरी हुने सम्भावना पनि बढिरहेको हुन्छ । त्यसैले मोटोपनलाई सही ठाउमा राख्ने अनि स्वस्थ खानपिन अपनाउनु अत्यन्त जरुरी छ । खानेकुरा बाहेक अरु के के कुरामा ध्यान दिने ? बिरामीलाई एकपल्ट मृगौलाको पत्थरी भएपछी उसलाई जिन्दगीभरी यो रोग बल्झने सम्भावना हुन्छ । त्यसैले उसले सधै आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । दैनिक ब्यायामको साथै पिसाबको संक्रमणबाट बच्नु जरुरी छ । यो तथ्य महिलाहरुमा झन धेरै लागुहुन्छ । घरेलु उपायहरुमा अन्य तरिकाः हाम्रो समाजमा अझै पनि मृगौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, नीमको पात, अदुवा तथा विभिन्न जरिबुट्टीको सेवन गर्ने चलन छ । यस्तो उपचार पद्धतिले ढुंगा झरेको तथा पगालेको कुनै बैज्ञानिक आधार छैन् तर बिरामीहरु यसमा अल्झिएर चिकित्सक कहाँ ढिला पुगेको चाही प्रशस्त उदाहरणहरु छन् । (डाक्टर कार्की किस्ट मेडिकल कलेज तथा सुमेर अस्पतालमा कार्यरत छन् ।)

यौन सम्पर्कपछि महिलाले सोच्छन् यी १० कुरा

एजेन्सी । मानव जीवनका लागि यौन सम्पर्क एक पाटो हो । यो सबैलाई आवश्यक हुन्छ । तर, पुरुष भएकै कारण कसैले आफ्नो जोडीले के सोचिरहेकी छन् भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । महिलाले यौन सम्पर्कपछि के सोच्छन् ? रक्सी सेवन गर्ने चाहना यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन । भोक लाग्नु यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ । तपाईप्रति सकारात्मक यदि यौन सम्पर्कका क्रममा तपाईले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् । समय अभाव भएको महशुस महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाईप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् । यौन सम्पर्क एक काम कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् । यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु कयौं पटक महिलाहरुलाई आफूले कसैसंग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा । म उनको लागि ठीक थिएँ ? यौन सम्पर्कपछि कतिपय महिलाको मनमा आफू आफ्नो जोडीको लागि ठीक थिएँ त भन्ने कुरा पनि मनमा लाग्ने गर्छ । उनी आफूसंगको सम्पर्कबाट आफ्नो जोडी सन्तुष्ट भयो वा भएन भन्ने बारेमा पनि जान्न चाहन्छिन् । उसले गर्ने मायामा फरक त पर्दैन कैयौं पटक महिलाहरुलाई यौन सम्पर्कपछि आफ्नो जोडीले पहिलेको जस्तै माया गर्छ कि गर्दैन भन्ने कुरामा दुविधा हुन्छ । यस्तो विषयले महिलाहरुलाई बढी सोच्न बाध्य बनाउँछ । मैले यो के गरेँ ! यदि कुनै महिला आफ्नो श्रीमान वा ब्वाइफ्रण्डलाई धोका दिएर अन्य कसैसंग यौन सम्बन्ध राख्छिन् भने उनलाई आफूले यो के गरेको भन्ने मनमा खेल्ने गर्छ । उनलाई पछि आफूले यस्तो गर्न नसक्ने सोच्छिन् । दोस्रो पटक पनि गर्न सक्छौं ? कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यति धेरै सन्तुष्ट हुन्छिन कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।

बजारमा आइपुग्यो शाकाहारी कण्डम, के–के छ फाइदा ?

नयाँदिल्ली । बजारमा विभिन्न खालका कण्डम पाइन्छन् । युवा युवतीले ती कण्डमलाई खपत पनि गरिरहेका छन् । तपाईलाई अनौठो लाग्न सक्छ । बजारमा अब ‘शाकाहारी’ कण्डम पनि पाइनेछ । सस्टेन नेचुरल ब्रान्ड नामबाट ‘शाकाहारी कण्डम आएको हो । कुनै पनि जनावरको उत्पादन प्रयोग गर्न अस्विकार गर्ने शाकाहारीका लागि उक्त कम्पनीले सस्टेन कण्डमको क्यासिन ल्याएको दाबी गरेको छ । क्यासिन एउटा यस्तो मिल्क प्रोटिन हो जसको प्रयोग साधारणतया अन्य ल्याटेक्स कण्डममा हुने गर्दछ । यसका साथै यो कण्डम पर्यावरण अनुकूल पनि छ । यो कण्डमको प्रयोगपछि यसलाई फ्क्दा यसले माटोलाई विषालु बनाउँदैन । सस्टेन न्याचुरलका सह–संस्थापक मिका होलन्डर भन्छन्, ‘सस्टेन कण्डममा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा बनाइने रबरबाट बनाइएको हो ।’ उनका अनुसार साधारणतया मानिसहरू आफ्नो खाना र मेकअपमा प्रयोग हुने सामग्रीको विषयमा सचेत हुने गर्दछन् । तर, कण्डमजस्तो उत्पादनको विषयमा उनीहरू सचेत हुँदैनन् जसको प्रयोग हाम्रो शरीरको सबैभन्दा अन्तरंग अंगमा हुने गर्दछ । नाइट्रोसमिन क्यान्सर जन्माउने एक सामग्री हो जसको प्रयोग अन्य साधारण कण्डमको ब्रान्ड र मेकअप सामग्रीमा हुने गर्दछ । सस्टेन कण्डम नाइट्रोसमिन मुक्त छ । – एजेन्सी

‘बाहुबली– २’ को यस्तो देखियो दोस्रो पोष्टर

मुम्बई । कटप्पाले बाहुबलीलाई किन मारे ? यसै प्रश्नको जवाबका लागि दर्शकलाई कौतुहलता रहेको छ । र, सोही कौतुहलता मेटाउन ‘बाहुबली– २’ को प्रतिक्षा गरेका छन् । ठूलो ब्यानरको दक्षिण भारतीय फिल्म ‘बाहुबली– २’ सँग जोडिएका हरेक सानाठूला जानकारी लिन दर्शकहरू इच्छुक छन् । फिल्म मेकर्सले हालै ‘बाहुबली– २’ को दोस्रो पोस्टर जारी गरेका छन् । जसमा कटप्पा र बाहुबलीका बीच भावनात्मक सम्बन्ध देखाउन खोजिएको छ । फिल्ममा भल्लाल देवको अभिनय गरेका राणा डग्गूबातीको पनि अर्को पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका सबै मुख्य कलाकारहरूको झलक देखाइएको छ । पोस्टरमा बाहुबली बनेका प्रभास चोट लागेको अवस्थामा देखिएका छन् । पोष्टरमा भल्लाल देव बनेका राणा आफ्नो कस्सिलो शरीरमा डराउन दिने अवस्थामा छन् । कटप्पा योद्धा बनेको अवस्था तथा आफू दबाबमा रहेको देखाउन खोजिएको रुपमा छन् । देवसेना र अवंतिका बनेकी अनुष्का शेट्टी तथा तमन्ना भाटिया पनि पोस्टर पर छन् । ‘बाहुबली– २’ के पहिलो पोस्टरमा बाहुबली र देवसेनालाई मात्रै देखाइएको थियो । ‘बाहुबली– २’ लाई एसएस राजामौलीले निर्देशन गरेका हुन् । यो फिल्म २८ अप्रिलमा रिलीज हुँदैछ । १६ मार्चमा ‘बाहुबली– २’ ट्रेलर रिलीजको डेट तय गरिएको छ । – एजेन्सी

Thursday, March 9, 2017

जाजरकोटमा बस दुर्घटना, ११ को मृत्यु, ३९ घाइते

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको छ । दुर्घटनास्थलबाट ११ जनाको शव निकालिएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले अनलाइनखबरलाई जानकारी दिए । शाहका अनुसार बस दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ । दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ । घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन भइरहेको छ । जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको छ । बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको शर्माले बताए । घटनामा धेरैजना हताहती भएको र उनीहरुको सनाखत नभएको शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

ईन्धन आयातमा फेरि नेपाललाई भारतको दास बनाउने षडयन्त्र, चीनबाट एक तिहाई ईन्धन ल्याउने बिषय नै गायव

नेपालमा आबश्यक पेट्रोलियम पदार्थको आयातमा एकाधिकार कायम गरेर दासलाई जस्तो ब्यवहार गरिरहेको भारतले नेपाल आयल निगम र आपुर्ति मन्त्रालयका अधिकारीहरुलाई प्रभावमा पारी फेरि अर्को षडयन्त्र गरेको छ । भारतबाटै शतप्रतिशत ईन्धन ल्याउने सम्झौतालाई अन्तिम रुप दिएर भारत र नेपाल आयल निगमका अधिकारीहरुले हस्ताक्षर गरेपछि षडयन्त्रको पोल खुलेको हो । काठमाडौंमा भएको वार्तामा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच आगामी ५ वर्षका लागि हुने इन्धन आपूर्ति सम्झौताको मस्यौदा तयार पारिएको छ र त्यसमा कयौं राष्ट्रघाती बुंदाहरु समेटिएको बताईन्छ । नेपालमा राजनीतिक हस्तक्षेप गर्ने माध्यम बनेको पेट्रोलियम आपुर्तिको सम्झौतालाई नेपाली अधिकारीहरुलाई प्रभावमा पारेर अझै भारतीय स्वार्थ रक्षा गर्ने किसिमको बनाईएको छ । बिगतमा केपी ओली सरकारले भारतका साथै चीनबाट एक तिहाई पेट्रोलियम पदार्थ ल्याउने सम्झौता गरेकोमा भारतसँग भएको नयाँ सम्झौतामा त्यसलाई समेत प्रभावहिन पारिएको छ । नेपालले तेस्रो मुलुकबार्ट ईन्धन ल्याएको खण्डमा भारतले ‘अबरोध नगर्ने र प्रशोधन गरिदिने जालझेलपूर्ण बुंदा राखेर पाँच बर्षे नयाँ सम्झौताको बन्दोबस्ती भएको बुझिएको छ । नेपाल आयल निगमले भने भारतीय आयल निगमलाई समयमै पैसा बुझाउन नसक्दा ब्याज नलाग्ने प्राबधान अहिलेको सम्झौतामा भएकाले यो प्रगतिशील रहेको दावी गरेको छ । केपी ओली सरकारले बिगतमा चीनबाट एकतिहाई ईन्धन ल्याउने भन्ने सम्झौता गरेकोमा त्यसलाई अगाडि बढाउन बर्तमान प्रचण्ड नेतृत्वको माओबादी केन्द्र र कांग्रेस गठबन्धन सरकारले अनिच्छा देखाउँदै आएको थियो । बिगतमा नेपालमा नाकाबन्दी हुँदा चीनले सित्तैमा ईन्धन दिएर सहयोग गरेकोमा त्यसलाई समेत लत्याएर भारतसँग मुलुकको हितविपरित प्रावधान रहेको सम्झौता गरिएको छ । चीनसँग एक तिहाई ईन्धन ल्याउने बिषय चाँही अब समाप्त भएकै हो त भन्ने प्रश्नमा नेपाल आयल निगमका प्रबक्ता सिताराम पोखरेलले त्यो सरकारको कुरा भएकाले नेपाल आयल निगमको कुनै चासो नरहेको जवाफ दिए । भारतीय आयल कर्पोरेशनका डिपोहरुमा ईन्धनको गुणस्तर जाँच गर्न बहुराष्ट्रिय कम्पनीबाट झिकाईने स्वतन्त्र सर्भेयर राख्ने प्रबन्ध पनि मिलाईएको बताएर प्रबक्ता पोख्रेलले पहिलेको भन्दा बढी नेपालको हितमा नयाँ सम्झौता भएको तर्क गरे । उनले भारतले तेल दिन नसकेमा नेपालले तेस्रो देशबाट पनि तेल ल्याउन पाउने र भारतले अबरोध नगर्ने कुरा सम्झौतामा उल्लेख भएको दावी गरे । बिगतमा भारतले नाकाबन्दी गर्दा नेपाल आयल नियम र भारतीय आयल कर्पोरेशनबीच भएको सम्झौता उल्लंघन भएको भन्दै नेपाल आयल निगमले राखेको क्षतिपुर्तिको माग पनि रहस्यमय ढंगले छाडिएको छ । प्रबक्ता पोखरेलले आफुहरुले क्षतिपुर्तिको कुरा राखे पनि भारतीय पक्षले नमानेपछि त्यसै छाडिएको स्वीकार गरे । नयाँ सम्झौतालाई नेपाल सरकारले अनुमोदन गरेमा आगामी कम्तिमा पाँच बर्षसम्म पेट्रोलियम पदार्थको आयातमा नेपाल भारतको गुलाम हुनुपर्ने जानकारहरु बताउँछन् ।

सप्तरीमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

२६ फागुन, राजविराज । सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ । गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । यसअघि सोमबार पनि राविराजमा नै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।

नेपालीका घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्

२६ फागुन, कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए । गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्द बजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसँगै छिरेका भारतीयहरुले तोडफोड गरेका हुन् । एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयहरु श्याम गुरुङको घरमा प्रवेश गरेका हुन् एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बनेको र नेपालीमाथि ज्यादती हुँदा मूकदर्शक बनेको गुनासो स्थानीयको छ । घटनामा भारतीयहरुले हानेको ढुंगाले लागेर बेलौरिया सीमा पोस्टका सशस्त्र प्रही इन्स्पेक्टर राम खत्रीसमेत घाइते बनेका छन् । उनको मुखमा चोट लागेको छ । त्यस्तै, एक जना प्रहरी नायव निरीक्षकलाई समेत चोट लागेको छ । एसएसबीको गोली लागेर घाइते भएका गोविन्द गौतमको धनगढी अस्पतालमा मृत्यु भएपछि आनन्द बजारमा थप तनाव बढेको छ । सुरुमा जनपथ प्रहरीमात्रै खटिएकोमा दिउँसो २ बजेपछि कैलाली र कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी र एसपी पनि घटनास्थलतर्फ लागेका छन् । घटनास्थलमै भारतीय एसएसबीका अधिकारीहरुसँग वार्ता भइरहेको छ । नेपालीहरु आक्रोशित बनेर नाराबाजी गरिरहेका छन् ।

राजविराज घटनाको विरोधमा राजधानीमा प्रदर्शन

२६ फागुन, काठमाडौं । राजविराज घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गठवन्धनका नेताहरु सहभागी छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् । मेची-महाकाली अभियान अन्तर्गत नेकपा एमालेले गत सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको सभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाउादा चार जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा मोर्चाले आन्दोलनका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सीमा क्षेत्रमा झडप, एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

२६ फागुन, कञ्चनपुर । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले गोली चलाएको छ । गोली लागेर एक नेपालीको मृत्यु भएको छ । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् । आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो । यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् । लगत्तै एसएसबीका जवानहरु नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।

Wednesday, March 8, 2017

कृषि विकास बैंकमा खुल्यो जागिर

२५ फागुन, काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो । बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।

दोस्रो किस्ता नपाउँदा कार्भेका भुकम्प पीडितलाई सास्ती

काभ्रेपलाञ्चोकमा पुनःनिर्माणको काम गरिरहेका भूकम्पपीडितले दोस्रो किस्ता बापतको रकम नपाउँदा सास्ती खेप्नुपरेको छ । “पुनःनिर्माणका लागि काम गरिरहेको तर सरकारले दिने भनेको किस्ता समयमै नपाउँदा सास्ती खेपेका छौँ,” बल्थली–६ का सुकराम तामाङले भन्नुभयो । उहाँले पुनःनिर्माणका लागि अविलम्ब दोस्रो किस्ता बापतको रकम वितरण गर्न आग्रह गर्दै भन्नुभयो – “जिल्लाका अधिकांश गाविसमा पुनः निर्माणको काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा घर पूर्ण रुपले निर्माण भएको छैन ।” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले पुनःनिर्माणका लागि दोस्रो किस्ता वितरणमा ढिलाइ भएको स्वीकार गर्दै आगामी साताबाट दोस्रो किस्ताको रकम वितरण हुने बताउनुहुन्छ । उहाँले दोस्रो किस्ताको रकम वितरणका लागि आवेदन फाराम गाउँगाउँ गएको उल्लेख गर्दै फाराम गाउँ पुगेपछि गाविस सचिवले प्रमाणीकरण गरिदिने र त्यसपछि वितरण प्रक्रिया अघि बढाउने बताउनुभयो । सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका प्रमुख अष्टलाल सुवालले दोस्रो किस्ता बापतको रकम वितरण गर्न जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि, कोसीपारि र तिमाल क्षेत्रका गाविसका लागि प्राविधिक टोली गठन भएर परिचालन भएको बताउनुभयो । उहाँले जिल्लाभरको सबै लाभग्राहीको फाराम सङ्कलन गरेपछि दोस्रो किस्ता बापतको रकम वितरण हुने जानकारी दिँदै प्रविधिज्ञलाई गाउँमा जान सवारीसाधनको समस्या भएको बताउनुभयो । भूकम्पबाट क्षति भएका घरमध्ये अहिलेसम्म दुई हजार चार सय ७९ घरको पुनःनिर्माणको काम सुरु भइसकेको छ । जिविस काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्न रु ९९ करोड ५८ लाख ५० हजार विनियोजन भएको छ । सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले ६ हजार ६ सय ३९ जनाले मात्र रकम पाउँछन् । जिल्लामा लाभग्राहीको सूचीमा रहेकाको सङ्ख्या ६७ हजार सात सय ११ रहेको छ । रासस

बीरगंजमा मधेशी मोर्चाका कार्यकर्ता र ब्यापारीबीच झडप

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् । व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ । मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन् । वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । रासस

नेपाल लाइफ र फरवार्डको रकम फिर्ता हुने, कुन-कुन बैंकमा खाता रहेका लगानीकर्ताले खातामै पैसा पाउँछन् ?

नेपाल लाइफ (NLIC)र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स(FCMBSL)ले थप नयाँ साधारण सेयर (एफपीओ) र  साधारण सेयर (आईपीओ) नपरेको पैसा फागुन २६ गते बिहीबारदेखि फिर्ता गर्ने भएका छन् ।



दुबै कम्पनीको सेयरमा आबेदन परेको झण्डै ५५ अर्ब रुपैयाँ लगानीकर्ताको हातमा पुग्ने भएपछि यसले बित्त बजारमा चहल पहल बढाउने देखिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले पाँच बाणिज्य बैंक, सात विकास बैंक र दुई फाईनाईन्स कम्पनी गरी १४ बैंक तथा वित्तिय संस्थामामा खाता रहेका लगानीकर्तालाई एफपीओ नपरेको पैसा उनिहरुकै खातामा रकम फिर्ता गरिने जानकारी दिए । 

खातामै रकम जाने बाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनआईसी एशिया बैंक रहेका छन् । विकास बैंकतर्फ एस डेभलपमेन्ट, ज्योति विकास, सिद्धार्थ डेभलपमेन्ट, यति डेभलपमेन्ट, पुर्णिमा विकास, अरनिको डेभलपमेन्ट, र तिनाउ डेभलपमेन्ट बैंक रहेका छन् । उता, फाईनाईन्स कम्पनीमा गुडविल फाईनाइन्स र श्री ईन्भेष्टमेन्ट एण्ड फाईनाइन्स कम्पनीमा खाता भएका एफपीओ आवेदकले आफ्नै खातामा रकम फिर्ता पाउने भएका हुन् । 

उता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्टले तीनवटा बैंकहरु नबिल बैंक, माछापुछ्रे बैंक र एनएमबि बैंकमा खाता रहेका लागानीकर्तालाई खातामा नै रकम फिर्ता गर्ने बताएको छ । अन्य बैंकमा खाता भएकाले रकम बुझाएको स्थानबाट फिर्ता गरिने बताएको छ । 
फरवार्डको आईपीओमा एक हजार ३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडिएको थियो भने एक हजार ४० कित्तादेखि माथि आवेदन गर्नेले अधिकतम २६ कित्ता सम्म सेयर प्राप्त गरेका थिए । 

कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म निष्काशन गरेको एक सय रुपैँयाको छ लाख कित्ता आईपीओ ३८ हजार ८ जना आवेदकलाई बाँडफाँट गरेको थियो ।

नेपाल लाईफको एफपीओमा १० कित्तादेखि १६० कित्तासम्म गोला प्रथाबाट १० कित्ता सेयर बाँडिएको थियो । १७० कित्ता देखि १८० कित्ता सम्म्म आवेदन दिने सबै लगानीकर्ताले १० कित्ता सेयर पाएका थिए । यसमा अधिकतम ३० हजार ९६० कित्ता आवेदन दिनेले १७ सय ४१ कित्ता सेयर पाएका छन् । 
कम्पनीले पुस २७ गतेदेखि माघ २ गतेसम्म निष्काशन गरेको १४२५ रुपैँयाको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ एक लाख ६५ हजार ५ सय ६४ जना आवेदकलाई बाँडफाँट गरेको थियो । दुवै कम्पनीको सेयर फागुन २० गते शुक्रबार बाँडफाँट गरिएको थियो ।

ग्लोबल आईएमई बैंकले झण्डै १६ प्रतिशत बोनस दिने

ग्लोबल आईएमई बैंक(GBIME)ले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५।७६ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिले लाभांश बितरण र अन्य प्रस्ताव पारित गर्न दशौं बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा चैत २१ गते बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको छ । बैंकको दशौं बार्षिक साधारणसभामा १५।७६ प्रतिशत बोनसका स्वीकृत गर्नुका साथै सञ्चालक समितिको निर्वाचन गर्ने र आवश्यक भएको खण्डमा उपयुक्त बैंक तथा वित्तिय संस्था एक्वायर गर्न अख्तियारि प्रदान गर्ने एजेण्डा प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले आगामी चैत ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । चैत ६ गतेसम्म कायम भएका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनसका प्राप्त गर्नुका साथै साधारणसभामा प्रतिनिधित्व गर्न पाउनेछन् । बैंकले हालैमात्र प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरिसकेको छ भने रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भई प्रकृयामा रहेको छ । सात अर्ब १५ करोड चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा ९१ करोड ७७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

कैलालीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

२५ फागुन, कैलाली । कैलालीको भजनी त्रिशक्ती नगरपालिका वडा नम्बर ४ ठेकिपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी चौकी जनकपुर तर्फ जाँदै गरेको से ४ प ७१६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाजुराको वाई गाविस-३ घर भै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान अशोक शाही र बाजुराको वाई गाविस-१ घर भै हाल टीकापुर बस्ने हिराबहादुर सिंहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले दिएको जानकारी अनुसार सिंहको घटनास्थलमै र शाहीको प्राथमिक स्वास्थ्य चौकी भजनीमा गएराति करिब सवा १२ बजेतिर मृत्यु भएको हो । उनीहरु दुबैजना इलाका प्रहरी कार्यालय भजनीको काम सकेर प्रहरी चौकी जनकपुरतर्फ गैरहेको बेला मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो । शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । आफन्तहरु आउनेवित्तिकै पोष्टमार्टम गरी सतगतका लागि जिम्मा लगाउने प्रहरी नायव उपरिक्षक बुढामगरले बताए ।

धौलागिरि अञ्चलमा कुखुरा प्रतिबन्ध

२५ फागुन, पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा. सुधीर थापाले बताए । ‘सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ ।’ धौलागिरि, पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्ट्री फार्म तथा मासु व्यवसायीले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना ल्याउने गरेका छन् । प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीले बुटवल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्र्याएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा समेत कर्मचारी परिचालन गरिएको डा. थापाले जानकारी दिए । धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ । धौलागिरिका तीनवटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि केही व्यवसायीले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका हुन् । बर्डफ्लुको चर्चासँगै जिल्लामा कुखुरा भित्रिन छाडेपछि कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । एक साताअघि प्रतिकिलो रु ३६० मा पाइने मासु अहिले रु ४४० मा बिक्री हुँदै आएको छ ।

वीरगञ्जमा मधेसी मोर्चाको प्रतिकार, जिल्ला अध्यक्ष कुटिए

२५ फागुन, पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् । व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ । मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको आज दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन् । वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् ।

Tuesday, March 7, 2017

सप्तरी घटनाबारे प्रधानमन्त्रीले भने- मेरो आदेश नमान्नेलाई कारबाही गर्छु

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटना दुःखद भएको बताएका छन् । साथै उनले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए । सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै प्रदेश नम्बर २ का कांग्रेस सांसदहरु मंगलबार बालुवाटार पुगेका थिए । भेटमा उनीहरुलेसप्तरी घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले एमालेको उत्तेजक अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका जनतामाथि प्रहरीले गोली चलाएकोमा आफूहरु स्तब्ध भएको प्रतिक्रिया पनि दिएका छन् । कांग्रेस सांसदहरुले एमालेको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित हुन पुगेको बताए । जवाफमा प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको बताए । त्यसविपरित घटना भएको भन्दै उनले भने, ‘मेरो आदेश नमान्ने को हो ? म निलम्बन गरेर कारबाही गर्छु ।’ उनले मंगलबारकै मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका छन् ।

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको प्रश्नः गोली किन टाउकोमा मात्र लाग्यो ?

२४ फागुन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीन वटै सुरक्षा प्रमुखलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे जानकारी लिएका छन् । निधिले नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीसँग छलफल गरेका हुन् । करिब डेढ घण्टा लामो छलफलमा उपप्रधान एवं गृहमन्त्री आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले भनेका थिए, ‘तपाईँहरु सबै तालिम गरेको भन्नुहुन्छ, आन्दोलनकारीको टाउको र छातीमा मात्रै कसरी गोली लाग्यो ?’ जवाफमा सशस्त्रका आईजीपी र नेपाल प्रहरीका निमित्त प्रमुखले स्थानीय प्रशासनको ऐनमा बसेर नै सोमबार गोली चलाउनु परेको जवाफ दिएका थिए । गृहमन्त्री निधिले सोधे, ‘परिस्थिति त्यस्तै परेको भए कम्मर मुनी गोली हान्न सकिँदैनथ्यो ?’ कहिलेकाँही परिस्थितिले तत्काल गोली चलाउनु पर्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले त्यति बेला गोली जतासुकै लाग्न सक्ने जवाफ दिएका छन् । स्थानीय प्रशासन ऐनले आन्दोलन र भीड नियन्त्रण बाहिर गएमा अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई गोली चलाउन आदेश दिन सक्ने अधिकार दिएको छ । र, गोली हान्नैपरेमा कम्मरभन्दा मुनिमात्रै गोली चलाउन पाइन्छ । ‘हिजो परिस्थिति पनि नियन्त्रण बाहिर गएपछि घटना भयो,’ सुरक्षा प्रमुखहरुले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो । गृह मन्त्रालयका प्रवक्ता गोविन्द पन्थीले पनि सुरक्षा निकायबाट परिस्थिति अनुसार गोली चलाउनु पर्ने अवस्था आएको जवाफ दिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘तत्कालिन स्थितिमा परिस्थितिले नै गोली चलाउनु पर्ने अवस्था आएको सुरक्षा निकायले जवाफ छ । बेलुकासम्म रिपोर्ट आउँछ, त्यसपछि मात्रै सबै कुरा भन्न सकिन्छ ।’

मधेसी मोर्चा सप्तरीद्वारा आन्दोलनको घोषणा, एमाले समर्थकलाई सामाजिक बहिष्कार !

२४ फागुन, सप्तरी । मधेसी मोर्चा सप्तरीले ६ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । साथै, एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ । मंगलबार सदरमुकाम राजविराजमा बसेको मोर्चाको बैठकले सोमबार प्रहरीको गोलीबाट मारिएका तीन जनालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन र घाइतेहरुको उपचार व्यवस्था गर्न माग गरेको छ । सोमबारको घटनाको विरोधमा मोर्चाले सप्तरीमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरीका एसपीलाई निलम्बन गर्न समेत माग गरेको छ । सप्तरी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने सरकारसँग मोर्चाको माग छ । मोर्चाले एमालेका समर्थकहरुलाई जिल्लामा सामाजिक बहिष्कार गर्ने समेत निर्णय गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगप्रति आक्रोशित मधेसी मोर्चा सप्तरीले राष्ट्रिय मानवअधिकार आयोगप्रति पनि आक्रोश व्यक्त गरेको छ । नेकपा एमालेका कार्यकर्तालाई मोसो दलिएको घटनाको तत्कालै विज्ञप्ति निकालेको आयोगले तीन जनाको मृत्यु तथा ५० जनाभन्दा बढी गम्भीर घाइते भएको घटनाबारे केही प्रतिक्रिया नदिएको मोर्चाको आरोप छ । मोर्चाका कार्यकर्ताले मंगलबार नै आयोगको गाडीमा तोडफोड समेत गरेका थिए ।

राष्ट्रपतिविरुद्ध कपिलवस्तुमा प्रदर्शन

२४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरुको विरानेधको सामना गर्नुपरेको छ । राजविराज काण्डपछि मधेस आन्दोलित भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार कपिलवस्तु गएकी हुन् । राष्ट्रपतिको आगमन हुने थाहा पाएपछि जिल्लामा मोर्चाका कार्यकर्ता उत्तेजित बनेका छन् । उनीहरुले तौलिहवामा दुईवटा ट्याक्टर जलाउनुका साथै केपी ओलीविरुद्ध नाराबाजी गरेको स्थानीय सञ्चारकर्मी इमरान खानले जानकारी दिए । मधेसमा यस्तो स्थिति थाहा पाउँदा पाउँदै राष्ट्र प्रमुखलाई किन कपिलवस्तु लगिएको भन्ने अनलाइनखबरको प्रश्नमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने- ‘तौलिहवामा महिला र वालवालिका सम्बन्धी नेपाल सरकारले कार्यक्रम आयोजना गरेको हो, महिला मन्त्रीले राष्ट्रपतिलाई लानुभएको हो, त्यहाँ विरोध र तनाव हुने स्थितिबारे प्रधानमन्त्री र गृहमन्त्रीले जान्ने कुरा हो, उहाँहरुले राष्ट्रपति कार्यालयलाई यसबारे केही भन्नुभएन ।’ राष्ट्रपति भण्डारी नेपाल सरकारले ३० जिल्लामा सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को उदघाटन गर्न तौलिहवा पुगेकी हुन् ।’ चौधरी ग्रुपको निम्तोमा दुम्कौली राष्ट्रपति भण्डारी मंगलबार बिहानै हेलिकोप्टरबाट नवलपरासीको दुम्कौली पुगिन् । त्यहाँ चौधरी ग्रुपले आयोजना गरेको कार्यक्रममा भाग लिएर उनी कपिलवस्तुको तौलिहवा जाने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । नवलपरासीको दुम्कौलीमा चौधरी ग्रुपले बनाएको शाश्वत धाम उद्घाटन गर्न तथा धर्मसभामा भाग लिन राष्ट्रपति भण्डारी दुम्कौली गएकी हुन् । राष्ट्रपति उपस्थित कार्यक्रममा भारतीय आर्ट अफ लिभिङका संस्थापक रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वतीलगायतको उपस्थिति थियो । सीजी इन्डस्टि्रयलले दुम्कौलीमा ८० बिगाहा क्षेत्रफलमध्ये सात बिगाहामा शाश्वत धाम निर्माण गरेको छ । शाश्वत धामसँगै गुरुकुल धार्मिक संग्रहालय, गौशाला, ध्यानकेन्द्रसमेत निर्माण गरिएको छ । धामको निर्माण १५ वर्षअघि सुरु गरिएको थियो ।

सप्तरीका सीडीओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

२४ फागुन, काठमाडौं । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाउने निर्णय भएको हो । यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे जानकारी लिएका छन् । त्यसक्रममा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति थियो ।

मधेस बन्दले पूर्वराजालाई छोएन, चितवनबाट दम्कौलीसम्म ड्राइभिङ

२४ फागुन, चितवन । पूर्वराजा ज्ञानेन्द्र मंगलबार बिहान चितवनबाट निजी सवारी साधनमा नवलपरासीको दम्कौली पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी पुगेको केही घण्टापछि पूर्वराजा त्यहाँ पुगेका हुन् । चौधरी गु्रपले दम्कौलीमा निर्माण गरेको सीजी धामको उदघाटनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र त्यहाँ निम्त्याइएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बिहानै पुगेकी थिइन् भने ज्ञानेन्द्र दिउँसो पुगेका छन् । पूर्वराजा दम्कौली जानका लागि सोमबार नै काठमाडौंबाट चितवन पुगेका थिए । मंगलबार दिउँसो उनी गाडी चढेर चितवनबाट दम्कौलीतर्फ लाग्दा बाटामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए । दम्कौलीबाट तौलीहवा जाने क्रममा राष्ट्रपतिको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि पूर्वराजाले भने कतै पनि विरोधको सामना गर्नुपरेको छैन । चितवनमा एकैसाथ पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका अध्यक्ष थापा राजविराजमा सोमबार तनाव भइरहेका बेला पूर्वराजा चितवन झरेका थिए । पूर्वराजा चढेकै विमानका राप्रपा अध्यक्ष कमल थापा पनि थिए । उनीहरु बुद्ध एयरबाट ओर्लिएका थिए । भरतपुर विमानस्थलमा राजावादीहरुले वाजागाजासहित उनीहरुको भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा उपस्थित जनमानसले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए । पूर्वराजा सोमबार राति नारायणगढस्थित होटल सेन्ट्रल पाममा बसेका थिए । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष थापाले आन्दोलनरत मधेसी मोर्चालाई विश्वासमा लिएर जायज माग सम्बोधन गरी निर्वाचनमा सहभागी हुने वातावरण सरकारले बनाउनुपर्ने बताएका थिए । राप्रपा अध्यक्ष थापा सोमबार राति चितवनको मेघौलीमा बसेका थिए । उनी पनि पूर्वराजासँगै दम्कौलीको सीजी धाममा सहभागी भए । दम्कौलीमा भारतीय आध्यात्मिक गुरु रविशंकर पनि पूर्वराजा र कमल थापाका साथमा थिए । रविशंकर उनै व्यक्ति हुन्, जसले ओली सरकारका पालामा तत्कालीन परारष्ट्र मन्त्री रहेका कमल थापालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार गराइदिएका थिए । यसैसता काठमाडौं आएर नवलपरासी पुगेका रविशंकर आध्यात्मिक गुरु भएता पनि भारतमा बीजेपी र नरेन्द्र मोदीसँग राम्रो राजनीतिक पहुँच र प्रभाव राख्ने व्यक्तित्व हुन् । त्यस्तै दम्कौलीमा ज्ञानेन्द्र र प्रचण्डसँग भेट गरेका शंकराचार्य जयन्द्र सरस्वती पनि नेपालमा हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने व्यक्ति हुन् । राप्रपा अध्यक्ष थापा मंगलबार नै काठमाडौं फर्कने राप्रपाले जानकारी दिएको छ ।

Monday, March 6, 2017

मोर्चा कार्यकर्ताद्वारा जिप्रका सप्तरी घेराउ

२४ फागुन, सप्तरी । सोमबार प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् । आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । आन्दोलनकारीले मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेका छन् । आफूहरुमाथि प्रहरीले दमन गरिरहँदा आयोगको टोली ओलीको भाषण सुन्न व्यस्त रहेको भन्दै उनीहरुले आयोगको जीप तोडफोड गरेका हुन् । गाडीमा नवलकिशोर सिंह, रेवा रेग्मी, पवन भण्डारी र चिरञ्जीवी कोइराला सवार थिए भने श्रीराम कार्की चालक थिए । बन्दकर्ताले गाडीमा तोडफोड गर्न थालेपछि उनीहरु गाडी छाडेर जिल्ला अदालतभित्र पुगेका थिए । एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच हिजो साँझ भएको झडपमा चार मोर्चा कार्यकर्ताको मृत्यु भएको बिरोधमा आज र भोलि मधेस बन्दको आहृवान गरिएको छ ।

मधेसी मोर्चाले मृत घोषणा गरेका दिगम्बरको धरानमा उपचार हुँदै राजविराज झडपमा ३ जनाको मृत्यु भएको पुष्टि

२४ फागुन, काठमाडौं । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएको भनिएका दिगम्बर यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । उनको इमर्जेन्सीमा उपचार भइरहेको छ ।

सप्तरी झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको छ यसको अस्पतालले पनि पुष्टि गरेको छ ।
अस्पतालका अनुसार सप्तरी घटनामा घाइते भएका १५ जनालाई अस्पताल भर्ना गरिएको थियो ।

धनुषा र सप्तरीमा बिहानैदेखि प्रदर्शन, मोर्चाको बन्दले जनजीवन प्रभावित

२४ फागुन, काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेसका विभिन्न जिल्लाहरुमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सोमबार प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारीको मृत्यु भएको विरोधमा सप्तरी, धनुषालगायतका जिल्लाहरुमा प्रदर्शन भएको हो । सप्तरी घटनाप्रति आपत्ति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दका कारण तराई/मधेस क्षेत्रका नागरिकको दैनिकी प्रभावित भएको छ । मोर्चाले मंगलबार र बुधबारका लागि आहृवान गरेको बन्दका कारण मधेसका अधिकांश जिल्लामा सवारीसाधान चलेका छैनन् । बजार पसल समेत बन्द छ । मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । स्थितिलई भड्कन नदिन ठूला संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।

नेपालमा दस हजार अवैध विदेशी, पर्यटक भिषामा आउँदै ओभरस्टे

२४ फागुन, काठमाडौं । जर्मन नागरिक केलेन अलजेन्ड्रो सन् २०१३मा नेपाल आए । नेपाली महिलासँग बिहे गरेर उनी चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे । पर्यटक भिसा लिएर आएका उनी यतिका समय कहाँ गए ? विभागसँग तथ्यांक छैन । विभागले सोमबार देशनिकाला गरेका अष्ट्रेलियन नागरिक पासाङ टेम्बा शेर्पा नेपाल प्रवेश गरेको करिब तीन वर्षभन्दा बढी भयो । केलेनको फेसबुक पेज हेर्दा उनी नेपालका पहाडी बाटोमा जोखिमपूर्ण यात्रा गराउने कम्पनीसँग आवद्ध देखिन्छन् । नेपालमा बिनाअनुमति केही नेपाली युवा र विदेशीले सञ्चालन गरेको नपाल इनडोरु टुर्सअन्तर्गत अज्तर्राराष्ट्रिय थडर राइडर्समा आवद्ध केलेनका विषयमा थप अनुसन्धान भन्दा विभागले देशनिकालाको फाइल मन्त्रिपरिषद्मा पठायो । सरकारले उनलाई आफ्नै देश पठाउने निर्णय गर्‍यो । आजको नागरिक दैनिकमा समाचार छ । उनी जस्ता थुप्रै अवैध विदेशी नागरिक नेपाल वसिरहेको पाइएको छ । एक तथ्यांकअनुसार करिब १० हजार विदेशी नागरिक नेपालमा अवैध रुपमा वसिरहेका छन् । उनीहरू पर्यटक भिसा लिएर नेपाल आउने र लामो समय भिषा थप नगरी यतै बस्ने गरेको पाइएको छ ।

प्रधानमन्त्रीले सप्तरीका सीडीओ र एसपीलाई काठमाडौं झिकाए

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रासद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन भनेका छन् । उनीहरुलाई फिर्ता बोलाइएको नभई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

२३ फागुन, राजविराज । विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम चलिरहँदा बाहिर भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेर २० वषर्ीय संजन मेहताको मृत्यु भएको छ । थप केहीलाई पनि गोली लागेको छ र, उनीहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउन खोज्दा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच एकअर्कालाई लखेटा लखेट समेत भएको थियो ।

प्रहरी भन्छ-प्रदर्शनकारीले पेट्रोल बम हानेपछि गोली चलाउनु पर्‍यो

२३ फागुन, राजविराज । सप्तरीको राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । एमालेको कार्यक्रम स्थलमा जाने प्रयास गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच पटकपटक झडप भएको थियो । तर, कार्यक्रमको अन्तिमतिर मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी रमेश भट्टराईले अनलाइाखबरलाई बताए । डीआईजी भट्टराईले भने, ‘मोर्चाका कार्यकर्तालाई थुप्रै पटक सम्झायौं तर, कार्यक्रम स्थलको करिब ३ सय मिटर नजिक पुगेपछि उनीहरुले प्रहरीमाथि र एमालेको कार्यक्रम स्थलमा गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि गोली चलाउनु पर्ने अवस्था आएको हो ।’ सुरक्षा निकायले निकै संयमता अपनाउँदा समेत समेत मोर्चाका कार्यकर्ता नियन्त्रण बाहिर जान थालेपछि नहुनु पर्ने घटना भएको डीआईजी भट्टराईले बताए । मोर्चाका कार्यकर्ताको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको एक थान सञ्चार सेट समेत खोसेर लगेका छन् । सवारी साधन जलाउने, प्रहरीमाथि पेट्रोल बम आक्रमण गर्ने गरेपछि सुरक्षाकर्मीले सयौं राउण्ड अश्रु ग्याँस र हवाई फायर गरेको थियो । प्रहरीका अनुसार एमालेको कार्यक्रमको विरोधमा करिब दुई हजारको संख्यामा मोर्चाका कार्यकर्ता उत्रिएका थिए । त्यस्तै सभामा भने ६ देखि ७ हजारको संख्यामा एमाले कार्यर्ता सहभागी भएको सुरक्षा निकायको आंकलन छ ।

औद्योगिक क्षेत्रमा सभा, गहुँबारीमा फाइरिङ

२३ फागुन, काठमाडौं । नेकपा एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको जनसभा सुरुमा शान्तिपूर्ण रहे पनि कार्यक्रम सकिइसकेपछि प्रहरी र मोर्चा कार्यकर्तावीच झडप हुँदा अपि्रय अवस्था सिर्जना भयो ।
फागुन २१ गते झापाबाट एमालेको मेची महाकाली अभियान सुरु भएको हो । झापा र मोरङसम्म कार्यक्रम शान्तिपूर्ण थियो । सोमबार बिहान सुनसरी सदरमुकाम इनरुवासम्म पुग्दा मोर्चा र एमाले आमने-सामने भए पनि खासै झडप भएन । बाटोबाट गाडीमा ढुंगा हान्ने व्यक्तिलाई सुनसरीमा प्रहरीले पक्रियो । केही व्यक्ति लाठी चार्जबाट घाइते भएको मोर्चाले जनायो ।
सप्तकोशी पुल पार गरेर एमालेको टोली राजबिराजतर्फ अगाडि बढ्ने क्रममा ठाउँ-ठाउँमा छिटफुट रुपमा मोर्चाका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरे पनि प्रहरी र मोर्चा कार्यकर्ता सँगसँगै देखिन्थे, कुनै अप्रिय स्थिति देखिएको थिएन । तर, साँझमा परिस्थति अन्तै मोडियो ।
गजेन्द्रनारायणसिंह औद्योगिक क्षेत्रमा एमालेको सभास्थल थियो । त्यहाँभन्दा करिब एक किलोमिटर टाढा मोर्चाका कार्यकर्ताहरु जम्मा भएका थिए । एमालेले सभा गरुञ्जेल प्रहरीले उनीहरुलाई खेत खेतमा रोकेर राख्यो । प्रहरीसँग झडपका क्रममा लाठीचार्ज गर्नुका साथै अश्रुग्यास र हवाइ फायरसमेत भयो ।
एमाले नेताहरू सभा सकेर एमाले नेताहरु फर्कँदा नफर्कँदै स्थिति तनावग्रस्त भयो । त्यहाँ प्रहरीले गोली चलाउँदा हताहती हुन पुग्यो ।
अनलाइनखबरले एमालेको टोलीलाई सुनसरीको इनरुवादेखि राजविराजसम्म पछ्याउने क्रममा देखिएका केही दृश्यहरु यस्ता छन्ः