Thursday, August 4, 2016

बुटवल-पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध

२० साउन, बुटवल । अविरल वर्षापछि पाल्पाको सिद्धबाबा नजिकै दोभानमा खसेको पहिरोका कारण पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ । पहिरोले सडक अबरुद्ध हुँदा सडकमा सयौं सवारी रोकिएका छन् र केहि समय अघि परेको भारी वर्षाका कारण पहिरो खसेको हो । प्रहरीका अनुसार सडक खुलाउने प्रयास सुरु भएपनि केहि समय लाग्ने छ । दोभान प्रहरीले बाटो केहि समयमा खुल्ने भएकाले यातायात धेरैबेर अबरुद्ध नहुने बताएको छ । पाल्पा जिल्लामा पर्ने पल्लो सिद्धबाबा (ठूलो सिद्धबाबा) नजिकै पहिरो खसेको हो ।

No comments:

Post a Comment