Wednesday, August 10, 2016

लोडसेडिङ घट्यो (तालिकासहित)

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ । प्राधिकरणले ढल्केबरलगायत पूर्व तथा कोहलपुरलगायतका पश्चिम क्षेत्रका हकमा स्थानीयरुपमा लोडसेडिङ सूचना पछि प्रकाशित गरी लागू गरिने जनाएको छ । त्यस्तै औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि राती ११ बजेसम्मलोडसेडिङ हुने प्राधिकरणले उल्लेख गरेको छ ।

No comments:

Post a Comment