Thursday, August 4, 2016

काठमाडौंबाट दिल्ली जाँदैगरेको बसमा साँढे तीन किलो कोकिन भेटियो, भारतीय महिला पक्राउ

२० साउन, भैरहवा । नेपाल ट्रान्जिट बनाएर भारत पुर्‍याइएको करीव ३० करोड रुपैयाँ बराबरको अवैध लागूऔषध कोकिन भारतबाट बरामद गरिएको छ । पर्यटक बसमा नेपालबाट भारत पुर्‍याइएको कोकिनसँगै एक भारतीय महिलालाई पक्राउ गरिएको भारतीय सुनौली भन्सार कार्यालयले जनाएको छ । काठमाडौंबाट दिल्ली गइरहेको बा ३ ख २९१४ नम्बरको पर्यटक बसको यात्रुको साथबाट ३ किलो ६ सय ग्राम कोकिन बरामद भएको सुनौली भन्सार कार्यालयका इन्सपेक्टर आरके सिंहले बताए । उनका अनुसार बरामद कोकिनको बजार मुल्य ३० करोड ४० हजार रुपैयाँ छ । उनका अनुसार पक्राउ परेकी महिलाले झोला भित्र कपडा र कपडाको तल कोकिन लुकाएर लगिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । काठमाडौंबाट दिल्ली गइरहेको बसमा कोकिन रहेको विशेषको सुचनाको आधारमा भारतीय भन्सार विभाग अन्र्तगत रहेको डाइरेक्टोरेड आफ रिभिन्यु इन्टेलिजेन्स (डिआरआई) को टोलीले लागूऔषधसहित भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी महिला भारतको दिल्लीकी ३० वर्षीया मनिता रहेकी बताइएको छ । उनले नाइजिरियन नागरिकसँग विवाह गरेको बुझिएको छ । र उनले यस अघि पनि पटक पटक काठमाण्डौंदेखि दिल्ली कोकिन लगेको दावी प्रहरीको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा भारतीय प्रशासनका अधिकारीहरु खुलेर बोलिरहेका छैनन् । नेपालबाट भारतमा जाने यात्रुसवारी साधन, संदिग्ध व्यक्तिहरुलाई नेपाली सिमामा चेकजाँच नगर्दा सजिलै रुपमा सुन, चरेस, कोकिन लगायतका अवै वस्तु नेपालबाट भारतमा गइरहेको देखिएको छ ।

No comments:

Post a Comment