२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।
माओवादीबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधि उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।
उपप्रधानमन्त्री द्वय महरा र निधिले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
No comments:
Post a Comment