Friday, August 5, 2016

मलेसियामा एक नेपालीको हत्या, हतियारधारीले तीन तला माथिबाट फालिदिए

२२ साउन, काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो । जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए । होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए । चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् । ‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । घटना के कारणले भएको हो थाहा हुन सकेको छैन । तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् । घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ । घटनाको सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको बस्नेतले जानकारी दिए ।

No comments:

Post a Comment