Friday, August 5, 2016

लञ्च हुनुपूर्व १६ हजार रुपैयाँमा बिक्रि हुँदैछ ‘आइफोन सेभेन’

एप्पलको आइफोन सेभेन लञ्च हुन कम्तीमा पनि दुई महिना बाँकी छ । रिपोर्टलाई मान्ने हो भने यो वर्ष कम्पनीले ह्यान्डसेटको डिजाइनमा खासै परिवर्तन नगरि आइफोन सिक्स एस प्लसको अपग्रेटेड भर्सनलाई आइफोन सेभेनको नाम दिएर लञ्च गर्ने भएको छ । आइफोन सेभेनको विशेषता र फोटो लिक भएपछि यो कुरामा केही हदसम्म सत्यता रहेको अनुभव गर्न सकिन्छ । तर, तपाईं लाई थाहा छैन होला आइफोन सेभेनको क्लोन फोन चीनियाँ बजारमा छ्यास्छ्यास्ती पाइन थालेको छ । लञ्चपूर्व नै कसरी बन्यो नक्कली फोन ? निरन्तर रुपमा आइफोनको नयाँ फोनका तस्बिर र यसमा रहेका विशेषता लिक हुदाँ एप्पलको आइफोन सेभेनको नक्कली फोन चिनियाँ बजारमा पाइन थालेको हो । यसलाई Goophone नामक कम्पनीले बनाएको हो । यसलाई आइफोन सेभेनको कन्सेप्टमा बनाइएको छ । GooApplei7 नाम दिइएको यो फोनको पछाडि पट्टी लेखिएको छ ‘Designed by TAIWAN made in CHINA’ । यसको मूल्य १४९ डलर देखि १९९ डलरसम्म (१६ देखि २२ हजार रुपैयाँ) रहेको छ ।

No comments:

Post a Comment