Sunday, November 19, 2017
प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधन
एकिकृत माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको दुखद निधन भएको छ । हृदयाघातपछि उपचारको क्रममा नर्भिक अस्पतालमा पुर्याइएका दाहालको आइतबार विहान निधन भएको हो ।
उनको बिहान ५ बजेर २५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
अस्पतालले औपचारिक घोषणा नगरेपनि अस्पताल पुगेका एक माओवादी नेताले दाहालको निधन भईसकेको मेरोलगानीलाई बताए ।
दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । प्रचण्ड काठमाडौ आइसकेपछि मृत घोषणा गर्ने तयारी भएको छ ।
चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए । उनी प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment