Sunday, November 26, 2017

सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते

सिराहा । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् । गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ । घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भइसकेका छन । विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका थिए ।

No comments:

Post a Comment