Sunday, November 26, 2017

नोकरी छाड्ने भए अपनाउनुहोस् यस्ता शानदार तरिका

बीबीसी– बिहिवार एउटा अनौठो घटना भयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट अचानक डिलिट भयो र लगभग ११ मिनेपछि फेरि सुचारु भयो । ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट भएलगत्तै सोसल मिडिया निकै हल्लीखल्ली भयो । कसैलाई लाग्यो सायद ट्रम्पको एकाउन्ट ह्याक भयो, कसैका लागि यो मानवीय भूल जस्तो लाग्यो । जे होस्, जव यो रहस्यमय घटनाको पर्दा उत्रियो, थाहा भयो कि यो काम ट्वीटरकै एक कर्मचारीबाटै भएकै हो । विहिवार ट्वीटरमा काम गर्ने ती कर्मचारीको अन्तिम दिन थियो, नोकरी छाड्ने आफ्नो यो तरिकाले उनले आफुलाई संसारभर समझनयोग्य बनाए । नोकरी छाड्नु हाम्रो करियरको एक ठूलो फैसला हुन्छ । कैयौ पटक पुरानो कार्यलयबाट तनाव भएर, तलवबाट असन्तुष्ट भएर वा अन्य स्टाफसँग कुरा नमिलेर नोकरी छाड्ने निर्णय गरिन्छ । नोकरीका कतिपय यस्ता पनि मौका हुन्छन्, खुसीले नै नोकरी छाडिन्छ, ताकि गरिरहेको भन्दा राम्रो अवसर अनेत्र भेटिन्छ । जे सुकै भएपनि नोकरी छाड्ने विषयमा आफ्ना हाकिम वा साहुलाई भन्नु निकै गा्रहो काम हुन्छ ।
सन १०१० मा स्टीवन स्लेटर नामका एक एयर स्टीवर्ड हवाई उडानका बेला आफ्ना यात्रीबाट यति तनाव झेलेको कि, उनले पिर्टसबर्गबाट न्यूयोर्क जाने फ्लाइटमै बिचमा नोकरी छाडे । फ्लाइटका बेला यात्रीलाई सम्झाए कि, धेरै समान बोकेर यात्रा नगर्नुस्, तर कतिपय यात्रुले उनको भनाई नजरअन्दाज गरे । त्यसपछि स्टीवनले फ्लाइटमै इन्टरकमबो माध्यमबाट घोषणा गरे, ‘उनी सवैलाई धेरै धेरै धन्यावाद, जसले मलाई पछिल्लो २० बर्षसम्म साथ दिए ।’ स्टीवनले वियर उठाए र नोकरीलाई गुडवाई भने । तर, पछि यसरी नोकरी छाडेको भनेर उनले आफ्नो कम्पनीलाई १० हजार डलरको जरिवाना तिर्नुपर्यो ।

No comments:

Post a Comment