Sunday, November 19, 2017

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।
प्रकाश दाहालका छोरा (सिर्जनाबाट) प्रसिद्ध माओवादी नेता डिलाराम आचार्यसँग

No comments:

Post a Comment