Sunday, November 26, 2017

सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्ने विषयमा विवादपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी मोहन पोखरेलले पुष्टि गरे । यसैवीच जिल्लाको बलेफिस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । त्यहाँपनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको छ ।

No comments:

Post a Comment