Monday, May 3, 2021

सखुवाप्रसौनीमा १० बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा

वीरगञ्ज, २० बैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा १० बेडको आइसोलेसन वार्ड तयार पारिएको छ । आइसोलेसन वार्डमा सेवा दिनका निम्ती डा. कृष्ण साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अवस्थामा रहेको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले जानकारी दिए । गाउँपालिकाभित्र रहेको कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्ने योजना पनि रहेको गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवालले बताए । जिंक, क्याल्सियम, भिटामिन सी लगायतका औषधीहरु होमआइसोलसनमा बसेकाहरुलाई वितरण गर्ने कार्य भइरहेको अध्यक्ष जैसवालको भनाई छ । स्वास्थ्य शाखा संयोजक रौनियारका अनुसार होमआइसोलेसनमा बसेका संक्रमितहरुको सम्बन्धीत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट नियमित स्वास्थ्य अनुगमन भइरहेको छ । संक्रमित भएका परिवारको कन्ट्याक्ट ट्रेसिंग गर्नका लागि ३ जना स्वास्थ्यकर्मीहरुको टोली समेत गठन गरिएको स्वास्थ्य संयोजक रौनियारले बताए ।

No comments:

Post a Comment