Monday, May 3, 2021

ओलीले मास्क लगाएरै गरे देशवासीको नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । सोमबार सरकारी टेलिभिजनमार्फत भएको देशवासीको सम्बोधनमा उनले मास्क लगाएरै सम्बोधन गरे । जनतालाई मास्क लगाउनुपर्छ भन्ने सचेतना जगाउन उनले मास्क लगाएरै सम्बोधन गरेको बुझिएको छ । यसअघि सार्वजनिक भाषण र अन्तरवार्ताहरुमा ओलीले मास्क लगाएको देखिँदैनथ्यो ।

No comments:

Post a Comment