Friday, April 29, 2016

जापानले बनाउँदैछ आँखाले नदेखिने रेल

प्रविधिको क्षेत्रमा विश्वमा सबैभन्दा अगाडि रहेको देश जापानले अब रेल यातायातमा अविश्वसनीय प्रविधिको विकाश गर्दैछ । अब जापानले बनाएका त्यस्ता रेलहरु निकट भविष्यमा लिकमा दौडिनेछन् जसलाई हामीले आँखाले देख्न सक्नेछैनौँ । टेलिग्राफ पत्रिकाका अनुसार सन् २०१८ बाटै यस्ता अदृश्य रेल संचालनमा ल्याउने जापानको योजना छ । यो अदृश्य रेलको डिजाइन विश्वचर्चित जापानी डिजाइनर काजुयो सेजिमाले गरेकी हुन् । जापानको सेइबु ग्रुप कम्पनीले यो रेलको निर्माण गर्नेछ । अद्भुत पारदर्शी हुने यो रेल शिशाबाट बनेको हुनेछ । शिशाबाट बनेको पारदर्शी रेल भएकै कारण जब यो दौडिनेछ तब मानिसको आँखाले यसलाई देख्न कठीन हुनेछ । जापानको उच्चगतिको रेल मार्गमा कुँदाउने योजना बनाइएको यो रेल १ सय ७८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँद्नेछ । यसको नाम रेड एरो राखिएको छ । यसले राजधानी टोकियोलाई विभिन्न सहरसँग जोड्नेछ ।

शाकाहारीलार्इ क्यान्सरको जोखिम कम

जैविक रुपमा मान्छे उभयभक्षी जिव हो । अर्थात् यो मांशाहारी र शाकाहारी दुबै हो । यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ । मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् । वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मात्र नभै मनोवैज्ञानिक हिसाबमा पनि फाइदाजन हुन्छ । निरोगी पेट: शाकाहारी बन्नुको पहिलोे फाइदा भनेको यसले तपाइँको पेट स्वस्थ बनाउँछ । शाकाहारी मान्छेले मासुको साटो प्रसस्तै हरियो सागसब्जी खाने भएकाले हरीयो सागपातमा पाइने फाइबर तत्वले आन्द्रा तथा समग्र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । सागपातले पेटको क्यान्सरको खतरा पनि कम गर्ने बताइन्छ । बोसोबाट मुक्ति, स्वस्थ मुटु: शाकाहारी आहारमा कम चिल्लो तथा सोडियम पाइन्छ । मांशाहारी भोजनमा हानिकारक बोसो पाइने भएपनि शाकाहारी आहारमा पाइने चिल्लो पदार्थ मानव सरीरका लागि हानिकारक हुँदैन । यसले रक्तचापको नियन्त्रणका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । विषको जोखिम कम: शाकाहारी भोजनमा कुनैपनि प्रकारको विषजन्य तत्व हुँदैन । तर मांशाहारी भोजन कहिलेकाहीँ विषाक्त समेत बन्न सक्छ । पशुको सरीरमा पनि स्टेरोइड लगायतका विभिन्न तनाव हर्मोन पैदा हुने र ती हर्मोनहरु उक्त पशुको मासुमा समेत रहने भएकाले त्यस्तो हर्मोनयुक्त मासु खाँदा त्यो हर्मोन मानिसको रगतमा मिल्न गै त्यसले रगतलाई विषाक्त बनाउने खतरा हुन्छ । साथै मासुका लागि व्यवसायिक रुपमा पालिएका कुखुरा, हाँस वा अन्य चराचुरुंगी र पशुहरुमा दिइने वृद्धि हर्मोनयुक्त सुइका कारण त्यस्ता सुइ लगाइएका पशुपंक्षीका मासु खाँदा पनि मानवस्वास्थ्यमा नराम्रो असर पुग्छ । क्यान्सरको जोखिम कम: शाकाहारी आहारमा एन्टिअक्सीडेन्ट तत्व, लवण, भिटामिन तथा अन्य प्रसस्तै पोषक तत्व पाइन्छ । यी पोषक तत्व हाम्रो सरीरको रोग प्रतिरोधी क्षमताको विकाशका लागि अनिवार्य हुन्छन् । रोग प्रतिरोधी क्षमता उच्च हुनु भनेको क्यान्सर जस्ता असाध्य रोगको जोखिम समेत कम हुनु हो । वजन नियन्त्रण: शाकाहारी भोजनका लाभहरु मध्येको एक हो सरीरको वजन वा मोटोपन नियन्त्रण हुनु । शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छ । जसका कारण खाने दरमा कमी आई स्वतः मोटोपन नियन्त्रण हुन्छ । एजेन्सीहरुको सहयोमा

तुलसीको पात खाँदा गर्भवतीलाई फाइदै फाइदा

तुलसी त्यस्तो जडीबुटी हो, जुन सजिलै जतातातै पाइन्छ । तुलसीमा एक-दुई मात्रै होइन कयौं औषधिका गुणहरु छन् । यसको सेवन सबै उमेरका मानिसका लागि फाइदाजनक हुन्छ । भिटामिन, र खनिज तत्वले भरिपूर्ण तुलसीको प्रयोग गर्भावस्थामा पनि त्यत्तिकै लाभदायक छ । तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन । यसमा एन्टी फंगल गुणहरु पनि हुन्छ । खतरनाक खालका रोगहरुसँग लड्न पनि यसले सहयोग गर्छ । महिलाहरुको गर्भावस्थाको समयमा यो एक ‘सुपरफुड’ नै सावित भएको छ । गर्भावस्थामा तुलसीको प्रयोग किन ? रक्तअल्पता रोक्न: गर्भमा बच्चा भएका बेला एमिनिया अर्थात रक्तअल्पता हुने खतरा बढेर जान्छ । गर्भावस्थामा जुन महिलामा रगतको कमी हुने समस्या हुन्छ, तिनलाई अअन्य अनेक प्रकारका संक्रमणको पनि डर हुन्छ । यस्तो बेलामा गर्भवती महिलाले केही तुलसीको पत्ता दैनिक खानु लाभदायक हुन्छ । यसले शरीरमा रातो रक्त केशिकाको वृद्धि गर्छ । यसले शरीरमा रगतलाई सन्तुलित बनाउन सहयोग पुर्‍याउँछ । थकान हटाउन: गर्भमा शिशु हुर्किरहँदा शरीरमा थकान महसुस हुनु समान्य हो । गर्भवती महिलालाई यस्तो थकान हटाउनका लागि तुलसी उपयोगी हुन्छ । यसले गर्भवती को शरीरमा उर्जा भर्ने काम गर्छ, जसले विहानको समयमा लाग्ने रिंगाटाबाट पनि टाढा राख्छ । पोषण सुधार्न: गर्भावास्थामा पर्याप्त पोषकतत्व आवश्यक पर्छ । तुलसीमा पाइने भिटामिनले यसको पूर्तिमा सहयोग गर्छ । खनिज तत्वले पनि शरीरमा पोषकीय स्याहार गर्छ । गर्भको विकास गराउन: गर्भमा हुर्किरहेको बच्चालाई पनि तुलसीको प्रयोगले फाइदा हुन्छ । गर्भमा शिसुको शारीरिक विकासमा तुलसीमा हुने सयौं पोषकीण गुणले लाभ पुर्‍याउँछ । बच्चालाई स्वस्थ राख्न गर्भवती महिलाले उचत मात्रामा तुलसी सेवन गर्नु उत्तम हुन्छ । रोगबाट बच्न: गर्भावस्थामा तुलसीको प्रयोगले सयौं प्रकारका बिरामी र संक्रमणलाई टाढा राख्न मद्धत गर्छ । तुलसीमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणहरु पनि हुन्छन । यसले गर्भवती महिला र गर्भको शिशुलाई रोगको शिकार हुनबाट जोगाउँछ । धेरै गुणहरु भएको तलसीको प्रयोग गर्भवती महिलाले अत्याधिक मात्रामा भने गर्नुहुँदैन । यसको अनियन्त्रित अन्य स्वास्थ्य समस्याहरु उब्जन सक्छन ।

सावधान ! फास्टफूडको सेवनले नपुंशक बनाउन सक्छ

बर्गर, पिज्जाका साथै अन्य विभिन्न खाले प्याकेट बन्द तथा खुल्ला फास्टफूडहरु कत्तिको खानुहुन्छ ? धेरै खानुहुन्छ भने सावधान । यस्ता फास्टफूडहरुको अधिक सेवनले निकै नकारात्मक असर पार्ने देखिएको छ । यस्ता फास्टफूडमा हानिकारक रसायन हुन्छ जसलाई थ्यालेट्स भनिन्छ । यस्तो रसायनको प्रयोग यी तयारी खानाहरुलाई प्याकिंग गर्ने काममा प्रयोग गरिएको हुन्छ । एक नयाँ शोध अनुसार फास्टफूडमा प्रयोग गरिने दुग्ध तथा खाद्य पदार्थको उत्पादनका साथै प्याकिंगमा थ्यालेट्स नामक रसायन प्रयोग गरिएको हुन्छ । त्यसैले बढि फास्टफूड खाने मानिसहरुको पिसाबमा थ्यालेट रसायनको मात्रा निकै उच्च अर्थात ४० प्रतिशत सम्ब बढि रहेको पाइएको छ । अमेरिकाको जर्ज वासिंटन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा प्रमुख शोधकर्ता अमी जोटाका अनुसार थ्यालेट्सका कारण बच्चा तथा युवाहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गरेका छन् । इन्भारोमेन्टल हेल्थ पर्सपेक्टिभ जर्नलमा छापिएको शोध अनुसार यो रसायनले मानिसको प्रजनन प्रणालीमा नोक्सान पूराउनुका साथै मानिसलाई नपुंशक बनाउने जोखिम पनि हुन्छ ।

नेपालमा घुँडा र नितम्ब प्रत्यारोपण गर्नेहरु बढे

१७ वैशाख, काठमाडौं । घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ । यस्तै नितम्बको प्रत्यारोपण गराउनेको संख्या पनि उत्तिकै बढेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा. दीर्घराज आरसीले बताए । मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि प्रत्यारोपण सञ्चालन भइरहेको छ । उनले भने, ‘हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौँ । यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन् ।’ खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । त्यसपछि दोहोर्याएर पनि कठिन र जटिल प्रक्रियाबाट संशोधन शल्यक्रिया गर्न मिल्ने डा. आरसीको भनाइ छ । प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनःसंशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट काम लाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औजार तथा सुविधालगायतका प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गराउनुपर्ने डा. आरसीले बताए । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनःस्थापना गर्ने प्रक्रियालाई ‘अर्थोप्लास्टी’ भनिन्छ । डा. आरसीका अनुसार अर्थोप्लास्टिकका लागि उमेरको हदबन्दी हुँदैन । सिभिल अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका भएको उनको भनाइ छ । उनले भने, ‘अस्पतालमा आउँदा हिँड्नै नसक्ने अवस्थामा रहेका बिरामी प्रत्यारोपणपछि हिँड्नसक्ने भएर घर फर्कने गरेका छन् ।’ प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्न हुँदैन । पलेंटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रुख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । अस्पतालका अनुसार जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यका बाहिरका छन् । तीमध्ये पनि धेरैजसो महिला छन् । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ । रासस

चार सय वर्षपछि पानीविहीन हुँदै रानीपोखरी, माछा जोगाउन मुस्किल

१७ वैशाख, काठमाडौं । काठमाडौंको मुटुमा रहेको रानीपोखरी पानीविहीन भएको कहिल्यै देख्नुभएको छ ? पक्का पनि तपाईंलाई आफ्ना बाबुबाजेले समेत यस्तो विषयमा कुनै इतिहास सुनाएका छैनन् होला । अब तपाईंले केहीदिनमै रानीपोखरी पानीविहीन भएको आफ्नै आँखाले देख्न पाउनुहुनेछ । भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको पानी सुकाउने काम सुरु भएको छ । यो पानी तान्ने क्रम सकिनासाथ रानीपोखरी पानीविहीन हुनेछ । रानीपोखरीको पानी मोटरमार्फत तानेर ढलमा मिसाउन सुरु गरिएको छ । तर, पोखरी खाली गर्ने क्रमसँगै रानी पोखरीका माछा के गर्ने भन्ने अन्योल देखिएको छ । रानीपोखरीलाई पूरै खाली गराएर सफा गरेको अहिलेका कुनै पुस्तालाई जानकारी छैन । विं.सं १६७० मा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी ४ सय वर्षअघिदेखि नै सफा गरिएको जानकारी पुरातत्वविदहरुसँग पनि छैन । पानी तानिसकेपछि रानीपोखरीमा हिलो निकाल्ने काम सुरु हुनेछ । अहिलेसम्म रानीपोखरीको गहिराइबारे विभिन्न मतभिन्नताहरु छन् । स्थानीयहरु रानीपोखरी एक बाँस बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोेखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ पानी भरिनेछ । त्यही क्रममा पोखरीको वास्तविक गहिराइ कति छ भन्ने अन्योल पनि हट्ने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अनलाइनखबरसँग बताए । रानीपोखरी पुनर्निर्माणका लागि ६ करो २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीले लिएका छन् । महानगरपालिकाका अनुसार आगामी असोजसम्म रानीपोखरीको पुनर्निर्माण सकिएर यसले पुनर्जीवन पाउनेछ ।

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !

के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ । हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ । वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन । यस्तो अधिकार तथा सुविधा र क्षमता केवल फेसबुकमा मात्रै छ । फेसबुक कम्पनीले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ । फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई यस्तो अधिकार तथा सुविधा दिएको हो फेसबुकले । फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलार्य दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन । किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।

भारतीय उद्योगपति विजय माल्याको नेपाल कनेक्सन खोजी

१८ वैशाख, काठमाडौं । भारतीय अनुसन्धानकर्ताहरुले विवादको घेरामा रहेका उद्योगपति विजय माल्याको नेपाल कनेक्सन खोजी सुरु गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआई र प्रवर्तन निर्देशनालय इर्डीले माल्याको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेका कम्पनीहरुबारे अनुसन्धान थालेको हो । यस्ता कम्पनीको संख्या ४० आसपास रहेको अनुमान गरिएको छ । नेपालसहित नेदरल्याण्ड, बेलायत, दक्षिण अफि्रका र चीनमा यस्ता कम्पनी रहेको दाबी छ । साथै विभिन्न देशमा माल्याको अचल सम्पत्ति रहेको आशंका समेत भारतीय अधिकारीहरुले गरेका छन् । माल्याले किङ्गफिसर एयरलाइन्सको नाममा आईडीबीआई बैंकबाट ९०० करोड ऋण लिएका छन् । उनले यो रकम नतिरेका छैनन् । र, इयरलाइन्सका नाममा लिएको यो रकम विभिन्न देशमा लगानी गरेको आशंका गरिएको छ । माल्या हाल लण्डनमा छन् । भारतीय विदेश मन्त्रालयले उनको पासपोर्ट रद्द गरिदिएको छ । र, उनलाई भारतसमक्ष बुझाउन आग्रह गर्ने तयारी भइरहेको छ । माल्याले भने आफूले केही रकम तिर्न खोजेको तर, बैंकले नलिएको दाबी गरेका छन् ।

Saturday, April 23, 2016

परस्त्रीगमन गर्ने पुरुषलाई हृदयाघातको खतरा उच्च

भनिन्छ प्रेम भन्ने कुरा मुटुबाटै प्रस्फुटित हुन्छ र गहिरो साग मुटुमै प्रेमको बास हुन्छ । सायद त्यहीा भएर होला प्रेम वा आत्मीय सम्बन्धमा धोका दिादा मुटुमै असर पर्दछ । यो कुरा कुनै काल्पनिक वा साहित्यिक पाठ्यांशको हरफ होइन । वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको विषय हो । विवाहेत्तर सम्बन्धले कुनैपनि मानिसको वैवाहिक जिवनमा नकारात्मक असर पार्नु स्वभाविकै हो । यस्तो अनैतिक तथा अवैध सम्बन्धको असर उसको परिवारका हरेक सदस्यमा पर्दछ । यसले विश्वास, प्रेम तथा खुसीहरुलाई एक झट्कामा झ्वाम पारिदिन्छ । यी सबै त मनोवैज्ञानिक तथा सामाजिक असरका कुरा भए । तर यस्तो धोकेबाजीले यस्तो भावनात्मक मात्र होइन प्रत्यक्ष शारीरिक असर पनि पार्ने देखिएको छ । अध्ययन अनुसार पत्नीलाई धोका दिएर परस्त्रीसाग सल्किने पुरुषहरुमा हृदयाघातको जोखिम बढि रहने देखिएको छ । इटालीको फ्लोरेन्स विश्विद्यालयका शोधकर्ताहरुका अनुसार आफ्नो श्रीमतीसाग बसेको बेला भन्दा बाह्य महिलासाग बसेको बेला पुरुषहरुमा हृदयाघात हुने र अकाल मृत्यु हुने घटनाहरु बढि हुने गरेका छन् । शोधकर्ताहरुका अनुसार श्रीमतीलाई छलेर लुकिछिपी अर्को महिलासाग रोमान्स गर्ने पुरुषलाई हृदयाघातको सम्भावना बढि हुन्छ । यसको ठोस कारण त पत्ता लागेको छैन तर शोधकर्ताहरु भने यस्तो अवस्थामा व्यक्तिले बढि भावनात्मक तनाव महसुस गर्ने भएकाले त्यसले सबैभनदा बढि असर मुटुमै गर्ने र सोही कारण हृदयाघातको खतरा बढि हुने बताउाछन् । एजेन्सी

नाइट सिफ्टको कामः पुरुषलाई भन्दा महिला बढी समस्या

नाइट शिफ्टमा काम गर्नुहुन्छ ? निन्द्रा माया मारेर काम गर्न पक्कै पनि कसैलाई सजिलो हुँदैन । निन्द्रा हाम्रो बायोलोजिकल साइकलको एउटा महत्वपूर्ण हिस्सा हो । यो अनियमित हुँदा अनेकन किसिमका स्वास्थ्य समस्याहरु आउँछन् । अनियमित र अधुरो निन्द्राका विभिन्न कारणहरु हुन सक्छन् । नाइट सिफ्टको काम तिनै मध्येको एक हो । अहिलेको समयमा नाइट सिफ्टमा काम गर्नु समान्य जस्तै भएको छ, तर, तपाईंलाई यो जाने अचम्म लाग्नसक्छ कि नाइट सिफ्टका कारण हाम्रो स्वास्थ्यमा विभिन्न समस्या पर्नसक्छ । पुरुषको तुलनामा महिलालाई यसले बढी समस्यामा पार्ने गर्छ । नाइट सिफ्टमा काम गर्ने महिलालाई पुरुषको भन्दा बढी स्वास्थ्य समस्या देखिने गरेको छ । एक नयाँ अध्ययनकाअनुसार पुरुषको तुलनामा महिलाको मष्तिस्कको प्रदर्शनमा ‘सर्काडियन’ प्रभाव (२४ घण्टाको जैवकि चक्र) यति धेरै हुन्छ कि रातभर काम गर्दा महलिाहरु आफुलाई कमजोर पाउँछन् । उनीहरु मानसिक तथा शारीरिक रुपमा पुरुष भन्दा पनि बढी थाक्छन् । शोधकर्ताहरुका अनुसार ‘सर्काडिन क्लक’लाई चुनौति दिएपछि महिला र पुरुषमा फरक-फरक किसिमका असरहरु पर्छन । निन्द्रा नपुग्दा कुनै कुरा र काममा ध्यान लगाउन गाह्रो पर्छ भने गाडी चलाउन पनि समस्या पर्छ । सँगै मानसिक रुपमा थकान र कमजोरी महसुस हुन्छ । शोधकर्ताहरुले १६ पुरुष र १८ महिलामा आधारित भएर यो अध्ययन पुरा गरेका थिए । त्यसैले महिलाहरुले नाइट शिफ्ट काम नगरेको राम्रो हुन्छ । गर्नैपर्ने अवस्थामा ति महिलाका परिवार र स्वयम्ले स्वास्थ्यको विशेष स्याहार गर्नुपर्ने विज्ञको सल्लाह छ । योबारेको अध्ययन प्रतिवेदन प्रोसिडिंग्स अफ दी नेशनल एकेडेमी अफ साइन्स जर्नमा प्रकाशित भएको छ ।

नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको भूकम्प

१२, वैशाख, काठमाडौं । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ । राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाउँदै ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यससँगै बारपाक केन्द्रबिन्दु बनाई भूकम्प गएको एक वर्षमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्पन गएको छ । निरन्तर पराकम्पहरु नरोकिदा मानिसहरुमा भूकम्पको त्रास कायम रहेको छ ।

विनाशकारी भूकम्प गएको एक वर्ष पुग्यो

१२ वैशाख, काठमाडौं । करिब नौ हजारको ज्यान जाने गरी नेपालमा गएको भूकम्पको आज एक वर्ष भएको छ । गत सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रन्बिन्दु भएर गएको ७.८ रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भूकम्प गएको एक वर्षको सन्दर्भमा राजधानीको क्षतिग्रस्त धरहरा नजिक आइतबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम पछि प्रधानमन्त्री ओली आजै दिउँसो पुननिर्माण अभियानमा सरिक हुन प्रधानमन्त्री ओली दिउँसो सिन्धुपाल्चोक जाने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति विद्याभण्डारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाक जाने छिन् । राष्ट्रपति भण्डारीले ११ः ५६ बजे बारपाकमा भूकम्पस्मृति पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । स्थानीयको आयोजनामा काठमाडौंबाट शुक्रबार हिँडेको साइकल र्‍याली आइतबार बारपाक पुग्ने छ । भूकम्पले गोरखामा ४७२ जनाको निधन भएको थियो भने एघार सयभन्दा बढी घाइते भएका थिए । करिब ७० हजार घर भूकम्पले पूर्ण रपमा ध्वस्त बनाए पनि पुननिर्माणको सुरुवात भने भएको छैन ।

बिहान कतिबजे उठ्छन् दुनियाका सबैभन्दा सफल ६ व्यवसायी ?

यो कुरा साँचो हो की दुनियामा सबैभन्दा सफल मानिएका मानिसहरुको हरेक दिनको सुरुवात आमा मानिसको भन्दा छिटो हुन्छ । यसको अर्थ उनीहरु बिहान सबेरै उठ्छन् । एप्पल सिइओ टिम कुक देखि फेसबुकका संस्थापक मार्क जुकरबर्ग अनि पेप्सीको का अध्यक्ष इनद्रा नुई लगायतका दुनियाका सफलतम व्यक्तित्वहरुको दिन तब सुरु भैसकेको हुन्छ जबसम्म बाँकी दुनियामा ओछ्यानमा सुतिरहेको हुन्छ । यो अतिरिक्त समयको प्रयोग सफल मानिसहरुले सृजनात्मक मनन तथा सरीरलाई तन्दुरुस्त राख्नका लागि व्यायाम गर्नुका साथै परिवारका साथ बिताउनमा खर्चिन्छन् । दुनियाका सबैभन्दा सफल व्यक्ति बिहान कतिबजे उठ्छन् त ? जानिराखौँ: टिम कुक: एप्पलका सिइओ टिम कुकले दिनको सुरुवात निकै सबेरैबाट गर्दछन् । गकर डट कमका अनुसार टिम कुक बिहानै साढे ४ बजे उठिसक्छन् । उनी बिहान ५ बजे जिमखाना जाने गरेका छन् । इनद्रा नुई: पेप्सीको कम्पनीकी सिइओको दिन पनि निकै सबेरै सुरु हुन्छ । फच्र्युन म्यागेजिनका अनुसार उनी बिहान ४ बजे नै उठि्छन् । निद्रा भगवानले दिएको एक उपहार भएपनि आफुलाई त्यो उपहार कहिल्यै प्राप्त नभएको उनले बताउने गरेकी छिन् । उनी हरेक दिन बिहान ७ बजे नै कार्यालय पुग्ने गरेकी छिन् । माकै जुकरबर्ग: फेसबुकका संस्थापक तथा सिइओ जुकरबर्ग बिहान सबेरै उठ्दछन् । स्लिपी पिपुल डट कमका अनुसार उनले ६ बजेदेखि नै आफ्ना प्रोग्रामर्सहरुसँग च्याट गरेर कामको सुरुवात गर्दछन् । रिचर्ड ब्रेनसन: भर्जिन ग्रुपका संस्थापक तथा अध्यक्ष रिचर्ड ब्रेनसनले बिजनेस इनसाइडरलाई दिएको अन्तरवार्तामा आफु बिहान पौने ६ बजे नै उठिसक्ने बताएका छन् । आफ्नो निजि टापुमा बसेको बेला पनि सोही बेला उठिसक्ने उनी बताउँछन् । बिहान छिटो उठ्न सकियोस् भनेर उनी कोठाको पर्दा खोलेरै सुत्ने गर्दछन्, ता की कोठाभित्र प्रकाश छिरोस् र निद्रा भंग होस् । उनी उठेपछि केही समय व्यायाम गर्दछन् र बिहानै ब्रेकफास्ट गरेर आफ्नो काम सुरु गर्दछन् । बब आइगर: डिज्नी कम्पनीका सिइओ आइगर बिहान साढे ४ बजे नै उठ्ने गरेका न्युयोर्क टाइम्सले जनाएको छ । बिहानको समय निकै शान्त हुने भएकाले आफुले बिहान पत्रिका पढ्ने, व्यायाम गर्ने, गीत सुन्ने, इमेल हेर्ने तथा टिभी हेर्ने लगायतका काम गर्ने उनले बताएका छन् । उर्सुला बर्नस् : जेरक्स कम्पनीकी सिइओ उर्सुला पनि बिहान सबेरै उठि्छन् । याहु फाइनान्सका अनुसार उर्सुला बिहान सबा ५ बजे उठिसक्छिन् । बिहान केही समय उनी आफ्नो इमेल चेक गर्छिन् । साताको दुइ दिन चाहीँ उनी बिहान एक घण्टा भने उनी निजि व्यायाम गुरुसँग व्यायाम सिक्दछिन् । एजेन्सीको सहयोगमा

अण्डा कत्तिको खानुहुन्छ ? यी हुन् थाहा पाउनै पर्ने कुरा

जाडो महिनामा अण्डा खान निकै मन लाग्छ र मनग्गे खाइन्छ पनि । तर जब गर्मीयाम सुरु हुन्छ अण्डा कम खाइन्छ । अण्डा आफैमा गर्मी चिज भएकाले गर्मी याममा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक नहुने मान्यता रहने गरेको छ । भलै अण्डा गर्मी गराउने खानेकुरा हो । तर यसमा हुने विभिन्न खाले पौष्टिक तत्वहरुका कारण यो गर्मी तथा ठण्डी सबै मौसममा उत्तिकै आवश्यक तथा लाभदायी खानेकुराको रुपमा रहेको हुन्छ । प्रोटिनले भरिपूर्ण अण्डा स्वास्थयका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए तथा भिटामिन डी दुबै हुन्छ । यसका साथै अण्डामा क्याल्सियम, फलाम तथा फस्फोरस जस्ता लवण पनिपाइन्छ । गर्मीमा अण्डा खाएमा पाचन प्रक्रियामा गडबडी आउने तथा अपच हुने समस्या उत्पनन हुने गलत मान्यता रहिआएको छ । तर वास्तविकता के हो भने यसले सरीरलाई बाहिरी वातावरणको अधिक गर्मीबाट शितलता प्रदान गर्दछ । यसमा हुने विभिन्न लवण तथा अन्य तत्वहरुले सरीरमा फ्लुडको मात्रा सन्तुलनमा राख्न सहयोग गर्दछ भने सरीरलाई चाहिने उर्जा समेत प्रवाह गर्दछ । त्यसोभए एक दिनमा कति अण्डा खाने त ? आवश्यकता भन्दा बढि खाएमा त्यसले अवश्य पनि पाचनक्रियामा बाधा उत्पन्न गर्न सक्छ । गर्मी याममा दिनमा १।२ ओटासम्म अण्डा खानु पर्याप्त हुन्छ । त्यसभन्दा बढि खानु लाभदायक हुँदैन । तर जो मानिस शारीरिक सुगठनमा लागेका छन्, वा जिमखाना धाइरहेका छन् उनीहरुले दिनमा ३ वटासम्म र जाडो याममा ६ वटासम्म अण्डा खान सक्दछन् ।

फाइदामात्रै हैन, खतरनाक पनि हुन सक्छ ‘ग्रीन टी’

पछिल्ला केही वर्ष यता ग्रीन टी पिउने प्रचलन निकै बढेको छ । शरीरको वजन घटाउन सहयोगी मानिने ग्रीन टी विस्तारै लोकपि्रय बन्दैछ । यसका हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको तौल घटाउने काम गर्छ । ग्रीन टीलाई एउटा फाइदाजनक आयुर्वेदिक पदार्थका रुपमा पनि लिइन्छ र सेवन गरिन्छ । यी सबै विशेषता भएपनि यसको उचित किसिमको प्रयोग नभए लाभको सट्टामा उल्टै हानी पुर्‍याउँछ भन्ने धेरैलाई थाहा छैन । केही व्यक्तिहरु वजन घटाउने चक्करमा यसको अनियमित र अनियन्त्रित प्रयोग गरिरहेका छन् । यसरी धेरै ग्रीन टी पिउनु पनि खतरनाक हुनसक्छ । एक दिनमा दुई कपभन्दा बढी ग्रीन टी पिउँदा शरीरलाई हानी गर्न सक्छ । अन्य पेय पदाथमा जस्तै यसमा पनि क्याफिन पाइन्छ । जसले शरीरलाई नोक्सान पनि पुर्‍याउन सक्छ । धेरै ग्रीन टी पिउँदा टाउको र पेट दुख्ने तथा एसिडिटी र डायरियाको सम्भावना पनि हुन्छ । गर्भवति महिलालाई डाक्टरले ग्री टी नखान सल्लाह दिन्छन् । किनभने यसले गर्भपतन हुने खतरा बढी हुन्छ । धेरै ग्रीन टी पिउँदा अन्य यस्ता खतराहरु हुन्छन् १. ग्रीन टीमा टेन्सिनाको एक तत्व पाइन्छ, जसले पेट दुख्नेसहित एसिडिटी र कब्जियतको समस्या निम्त्याउन सक्छ । खाली पेटमा ग्रीन टी पिउनु खतरनाक हुन सक्ने विज्ञ बताउँछन् । २. बढी मात्रा ग्रीन टी पिउँदा रक्तअल्पता अर्थात एमिनिया हुने खतरा बढ्छ । ३. तपाईं दिनमा २ कपभन्दा बढी ग्रीन टी सेवन गर्नुहुन्छ भने स्वभाविक रुपमा तपाईं लाई टाउको दुखाइको समस्या आउनेछ । ४. ग्रीन टीलाई दुरुपयोग गर्दा अनिन्द्राको समस्या आउन सक्छ । यसैका कारण अन्य स्वास्थ्य समस्याहरु पनि निम्तिन सक्छ । ५ ग्रीन टीले मुटुमा पनि असर पुर्‍याउन सक्छ । ६. यसको अत्याधिक सेवनले झाडापखाला पनि हुने डाक्टरहरु बताउँछन् ।

Saturday, April 16, 2016

इक्वेडरमा शक्तिशाली भूकम्प, २८ जनाको मृत्यु

५ वैशाख, काठमाडौं । ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् । राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का महसुस गरिएको थियो । भूकम्पले बढी मात्रमा प्रभाव परेका ६ वटा क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

Friday, April 15, 2016

विहे गर्न लागेकी विपाशाले आफ्ना ४ जना पूर्व प्रेमीबारे गरिन कठोर निर्णय

मुम्बई । आगामी अप्रिल ३० मा विहे गर्न लागेकी बलिउड अभिनेत्री विपाशा बसुले आफ्ना चार जना पूर्व प्रेमीबारे कठोर निर्णय लिएकी छिन् । बलिउड अभिनेता एवं दुई श्रीमतीसँग डिभोर्स गरिसकेका करण सिंह ग्रोवरसँग विहे गर्न लागेकी विपाशाले चारै जना पूर्व प्रेमीलाई विहेमा नबोलाउने निर्णय गरेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार विहेको तयारी जोडतोडका साथ भइरहेको छ । आफन्त, नातेदार, बलिउडका चिने जतिका स्टारलाई निमन्त्रण दिने काम पनि भइरहेको छ । तर, विहे समारोहका पाहुनाको लिष्टमा मिलिन्द सोमण, हरमन बावेजा, जोन अब्राहम र डीनो मोरियाको नाम छैन् । यी चारै जना बिपाशाका पूर्व ब्वाईफ्रेण्ड हुन् । जोसँग विपाशाले एकसमय खुलेरै मस्ती गरेकी थिइन् । स्रोतका अनुसार जोन अब्राहम विहेको दिन एकदमै टाढा हुनेछन् । र अन्य प्रेमीसँग पनि विपाशाको बोलचाल नै छैन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले मुख खोले- देशभक्तहरु अघि बढ्ने बेला आयो

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भाषा, इतिहास र धर्म संस्कृति बचाउन देशभक्तहरु अगाडि बढ्ने बेला आइसकेको बताएका छन् । नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा मंगलबार नेपाली जनताका नाममा जारी गरिएको शुभकामना सन्देशमा ज्ञानेन्द्रले स्वदेशको माटोमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको बताएका हुन् । यसैगरी पूर्वराजा ज्ञानेन्द्रले हिन्दू राष्ट्र खारेजीदेखि अन्तर्राष्ट्रिय हस्तक्षेपको घुमाउरो भाषामा विरोध गरेका छन् । ‘राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ’ उनले भनेका छन्– ‘आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना ।’ यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशः पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना । नेपाली दिदीबहीनी तथा दाजूभाइहरु, द्दण्ठद्द लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपूगेका छौ । नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु । विक्रम सम्वत्ले मिती, तिथी र नेपाली संस्कृतिलाई जाडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छौं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ । आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना । श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल ।

अक्सिजनबिना नै समाधि बसेर ९ दिनपछि जिउँदै निस्के सिद्धबाबा

पोखरा, ३ वैशाख । पोखराको रामघाटस्थित नरनारायण स्थानमा अक्सिजनबिना नै समाधि बसेका सिद्धबाबा कृष्णदास ९ दिनपछि जिवितै ब्युँझेका छन् । अक्सिजन नछिर्ने गरी प्लास्टिकले बाहिरबाट बन्द गरी माटोले पुरिएको काठको बाकसभित्र गत चैत २६ गते समाधि बसेका बाबालाई ९ दिनपछि शुक्रबार बाकसबाट सकुशल निकालिएको हो । अक्सिजनविना ९ दिनसम्म समाधि बसेर जिवितै निस्किएपछि त्यहाँ उपस्थित चिकित्सकहरु आश्चर्य चकित परेका छन् । उनीहरुकै अगाडि बाबा बन्द बाकसभित्र समाधि बसेका थिए । ९ दिनपछि जिउँदै निस्कएका बाबालाई हेर्न पोखरामा हजारौको घुइँचो लागेको छ । योग र साधनाका माध्यमबाट अक्सिजनबिना नै बस्न सम्भव हुने बताएका बाबाले समाधिमा रहँदा रक्तसञ्चार, मुटुको धड्कन पनि रोकिने हुँदा शरीरलाई हावापानी र अन्न नचाहिने उल्लेख गरेका थिए । जून प्रमाणित गरेर देखाएका छन् । त्यहाँ उपस्थित चिकित्सकहरूले ९ दिनपछि बाबा जीवितै बाहिर आउनुलाई चमत्कार भनेका छन् ।

आलियालाई आफ्ना बाबु जस्तो सेक्सी पति मन पर्दैन

मुम्बई । आलिया भट्टले आफ्नो भविष्यको श्रीमान् पिता महेश भट्ट जस्तो नचाहेको बताएकी छिन् । अक्सर युवतीहरूले आफ्नो पिता जस्तो असल श्रीमान् खोज्ने ट्रेण्डको ठीक विपरीत उनले यो अभिव्यक्ति दिएकी हुन् । २३ वर्षीया आलियाका अनुसार उनका पिताको जीवन अत्यधिक विवादास्पद रह्यो । आलियाका पिता महेश धेरै अफेयर्समा रमाउँदै आएका छन् । त्यसैले आलिया भन्छिन्, ‘मलाई यस्तो श्रीमान् चाहिएको छ, जो सधैं मेरो साथीका रूपमा रहोस् र उसले जीवनभर मलाई खुसी दिन सकोस । मेरा पिताजस्तो श्रीमान चाहिँदैन ।’ डेब्यु चलचित्र स्टुडेन्ट अफ दि इयरमा अभिनय गर्नुअघि तीन हप्तामा १६ किलो तौल घटाएकी आलिया करियरका लागि जति गम्भीर छिन् । कसैसँगको सम्बन्ध विस्तारमा पनि उत्तिकै सचेत रहन्छिन् । चलचित्रमा आउनुपूर्व उनको तौल ६८ किलोग्राम थियो । विद्यालय जीवनमा औसत विद्यार्थी रहे पनि गायन र नृत्यलगायत अन्य क्रियाकलापमा उनी अब्बल मानिन्थिन् । साथीहरूका साथमा पार्टी गर्न रुचाउने आलिया बलिउडमा भविष्य खोज्ने क्रममा मात्र पिता महेश भट्टको नजिक पुगेकी थिइन् । यद्यपि बलिउडमा करियर सुरु गर्न उनलाई भट्ट क्याम्पको ब्यानर आवश्यक भएन । एजेन्सी

अमेरिकाको न्युयोर्कबाट आयो नेपालविरुद्ध अर्काे संयुक्त वक्तव्य, ओली निशानामा

काठमाडौं, ३ वैशाख । नेपालविरुद्ध शुक्रबार अमेरिकाको न्युयोर्कबाट अर्काे संयुक्त विज्ञप्ति जारी भएको छ । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारत र इयुले संयुक्त विज्ञप्ति निकालेको महिनादिन नबित्दै न्युयोर्कबाट मानव अधिकारवादी संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । यो विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशानामा पारिएको छ । ओलीले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर चेतावनी दिएको र धम्क्याएको आरोप लगाउँदै त्यसो नगर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । यो विज्ञप्ति निकाल्नेहरु मानधअधिकारवादी संस्थाहरु एमनेष्टी इन्टरनेशनल, हृयुमन राइट्स वाच र इन्टनशेनल कमिसन अफ जस्टिस (आईसीजे) रहेका छन् । उनीहरुले मानवअधिकार आयोगका पदाधिकारीहरुलाई धम्क्याउने काम तत्काल बन्द गरि मानवअधिकारको विश्वव्यापी मान्यता बमोजिम आयोगको स्वतन्त्रताको सम्मान गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । केही समयअघि जेनेभामा भएको संयुक्त राष्ट्र संघको आवधिक बैठकमा नेपालबाट राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता एवं आयुक्त मोहना अन्सारी सहभागिता जनाएकी थिइन् । त्यसक्रममा उनले आफ्नो प्रतिवेदनमा मधेस आन्दोलनमा राज्यबाट अत्यधिक बल प्रयोग गरिएको, नयाँ संविधानले नागरिकतामा विभेद गरेको, राहत नपाउँदा भूकम्प पीडितको अवस्था दयनीय भएको र स्वतन्त्र मधेस अभियन्ता सीके राउतमाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको उल्लेख गरेकी थिइन् । उनले नेपालकै ‘लाज’ हुनेगरी विश्वव्यापी सम्मेलनमा पेस गरिएको प्रतिवेदनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष अनुपराज शर्मासहित सबै पदाधिकारीलाई बालुवाटार बोलाएर नेपालविरुद्ध नबोल्न चेतावनी दिएका थिए । न्युयोर्कबाट जारी विज्ञप्तिमा आईसीजेका साउथ एसिया वरिष्ठ सिनियर कानुनी सल्लाहकार निखिल नारायणले प्रधानमन्त्री ओलीले आयोगका सदस्यहरुलाई धम्क्याउनु राष्ट्रिय मानवअधिकार आयोगलाई स्वतन्त्र र हस्तक्षेपमुक्त रुपमा काम गर्न नदिनु सरकारको कर्तव्यको उल्लंघन भएको बताउँदै यो कदम मानवअधिकारमाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् । यसैगरी एम्नेष्ठी इन्टरनेशलकी दक्षिण एशिया क्षेत्रीय कार्यालय निर्देशक चम्पा पटेलले प्रमबाट आयोगकी सदस्य मोहना अन्सारीलाई पूर्वाग्राही भएर धम्कीपूर्ण भाषामा प्रश्न गरेको तथा आयोगका अन्य सदस्यहरुलाई त्रसित पार्ने प्रयासबाट आयोगमाथि हस्तक्षेप भएको बताउँदै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने बताएकी छन् । ह्युमन राईट्स वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गांगुलीले मानवअधिकार आयोगमाथिको सरकारी हस्तक्षेपले आयोगको स्वतन्त्रता र संवैधानिक अधिकार हनन भएको बताउँदै आयोगलाई स्वतन्त्र रुपमा काम गर्नदिन नेपाल सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

रुसलाई महँगो पर्दैछ लेनिनको शव, यसरी हुँदैछ वादप्रतिवाद

चर्चित कम्युनिष्ट नेता भ्लादमिर लेनिनको शव संरक्षण गर्नका लागि रुसले यो वर्ष दुइ लाख अमेरिकी डलर खर्च गर्दैछ । रुसको स्टेट प्रोक्योरमेन्ट एजेन्सीको वेबसाइटमा बताइएअनुसार यति खर्च गरेसँगै लेनिनको शवलाई जिवित जस्तै अवस्थामा राख्न मद्धत मिल्नेछ । बायोमेडिकल पद्धतिद्धारा लेनिनको लासको संरक्षणका लागि सरकारले कुनै एजेन्सीको खोजी खोजी पनि गरिरहेको छ । रुसी बायोमेडिकल टेक्नोलोजी रिसर्च एण्ड ट्रेनिंग सेन्टरले सन् १९२४ देखि नै लेनिनको शवको हेरचाह गरिरहेको छ । जनताको दर्शनका लागि लेनिनको शवलाई पहिलोपटक मस्कोको रेड स्क्वाएरमा राखिएदेखि नै सेन्टरले लेनिनको शवको संरक्षण गर्दै आएको छ । तर सोभियत संघ विघठन भएसँगै लेनिनको शवको अन्त्येष्टि गरिनुपर्ने माग उठ्न थाल्यो र अहिलेपनि यस्तो माग भैरहेको छ । हालैको एक अनलाइन मन सर्भेक्षण अनुसार ६२ प्रतिशत मानिसले लेनिनको शवलाई सम्मानसाथ अन्त्येष्टि गरिनुपर्ने बताएका छन् । तर रुसी सरकारले भने लेनिनको शवको अन्त्येष्टि गर्ने कुरालाई पहिले देखि नै अस्विकार गर्दै आएको छ । लेनिनको शवको संरक्षणमा भइरहेको खर्चलाई लिएर सोसल मिडियामा मानिसहरुले निकै चर्चा तथा आलोचना गर्ने गरेका छन् । एक लासको संरक्षण, मर्मत तथा हेरचाहमा यति धेरै खर्च गर्नु अति नै भएको कतिपयको राय छ । कतिपयले भने यसरी लेनिनको शवलाई संरक्षण गरेर राखिरहनु स्वयं लेनिनको नीतिको विरुद्धमा रहेको बताउने गरेका छन् । लेनिन आफैले कसैको मूर्ति वा शालिक बनाएर राख्ने कुराको विरोध गर्थे । एक सोसल साइट प्रयोगकर्ताले खिसीट्युरी गर्दै भनेका छन् : कम्युनिष्टहरुलाई यो विश्वास छ की एकदिन बोल्सेभिक नेता आफ्नो क्लोन तयार गरी सत्तामा फिर्ता आउन सक्दछन् । तर लेनिनको शवको अन्त्येष्टि गर्न नहुने मत राख्नेहरु पनि छन् । एकजना सोसल साइट प्रयोगकर्ता लेनिनको शवको अन्त्येष्टि गर्ने कुराको विरोध जनाउँदै भन्छन् : यदि लेनिनको अन्त्येष्टि गर्ने कुरा हुन्छ भने त्यसभन्दा पहिले बोरिस येतल्सिनको चिहान खन्नुपर्छ ।

लास जलाएर मलामी घर फर्केपछि मृतकले गरे फोन !

भर्खरै लास जलाएर मलामी घर फर्किएका थिए । जवान छोराको मृत्यु भएपछि बुवा आमा तथा परिवारजन मर्माहत तथा शोकाकूल अवस्थामा थिए । अब मरेको मानिस फर्किने भन्ने कुरा थिएन र केवल शोक गरेर आँशु चुहाउनुको विकल्प थिएन । तर एक्कासी घटनाले अविश्वसनीय मोड लियो जब मरेर लास समेत जलाइसकिएको छोराले फोन गरे र आफु सकुशल रहेको बताए । भारतको केरालास्थित पुतिंगल मन्दिरमा भएको हालैको आगलागीपछिको घटना हो यो । प्रमोद नामका ती युवकको आगलागीमा परी मृत्यु भएको र उनको शव अस्पताालमा राखिएको खबर आएपछि प्रमोदका परिवारजन तथा आफन्तहरु अस्पताल पुगे । सनाखत गरी उक्त शव बुझेर ल्याए र घाटमा लगेर अन्तिम संस्कार पनि गरे । परिवारमा ठूलो शोक छाइरहेको थियो । तर जब लासको सतगत गरेर परिवाजन तथा मलामीहरु घर फर्किए तब मरे भनेर लास जलाइसकिएका ती युवक फोन आयो । प्रमोदले एक्कासी फोन गरेर आफु सकुशल रहेको बताएपछि केहीछिन अघि सम्म शोकाकुल रहेको त्यहाँको वातावरण एक्कासी उल्लासमय बन्यो । यसपछि बल्ला खुलासा भयो की प्रमोद ज्यूँदै थिए र जसलाई प्रमोदको लास भनेर सतगत गरियो त्यो अरु कुनै युवकको थियो । आगलागीको घटनामा घाइते भएर प्रमोद बेहोस बनेका रहेछन् । जब उनको होस आयो, उनले घरमा फोन ठोकिहाले । त्यति बेलासम्म परिवारले प्रमोदको मृत्यु भएको खबर पाएर, एउटा लास समेत बुझेर अन्तिम संस्करा समेत गरिसकेका थिए । १ सय ११ जनाको ज्यान जानेगरी मन्दिरमा भएको आगलागीमा प्रमोदको सरीरमा पनि विभिन्न ठाउँमा पोलेर घाउ बनेका छन् ।

Thursday, April 14, 2016

ज्योतिषीका आँखामा कस्तो छ नयाँ वर्ष

नव वर्ष २०७३ सालको वार्षिक राशिफल
नव वर्ष २०७३ सालमा नेपाली पञ्चांगअनुसार सौम्य नाम संवत्सर परेको वर्षको राजा शुक्र मन्त्री पदमा बुध रहेका छन् दुवै ग्रह शुभ एकअर्काप्रति मित्रभाव राख्नाले यसलाई समग्र रूपमा राम्रो मान्न सकिन्छ वर्ष सञ्चालनमा विभिन्न विभाग सम्हालेका ग्रहलाई विचार गर्दा पापग्रहको वर्चश्व रहे पनि राज्यको मुख्य पदमा बुध, शुक्र भएकाले ग्रहको गठन शुभ पक्षमा उन्मुख रहने देखिन्छ  


मौसम परिवर्तनको अवस्था यथास्थितिमा रहे पनि खण्डवृष्टिको योग यथावत् रहनेछ अतिवृष्टि एवं अनावृष्टि, कतै बाढीपहिरो, कतै सुक्खा खडेरी रहे पनि तुलनात्मक रूपले वर्षा राम्रो हुने भएकाले कृषि उत्पादन सकारात्मक रहनेछ राजा शुक्र अतिविज्ञ, बुध बालक दक्षताको दूरी धेरै हुनेछ  

स्त्रीकारक विज्ञानकारक शुक्र राजा वाणिज्य तथा नपुंसक ग्रह बुध मन्त्री पदमा रहेकोले स्त्रीशक्तिले आफ्नो वर्चस्व जमाउन खोज्ने, अरूको नियन्त्रणमा बल गर्ने अवस्था सिर्जना हुनेछ राज्यका बुज्रुकहरूले समयमा बुद्धि पुर्याएनन् भने उद्देश्य सही कार्यान्वयन गलत हुन गई समाज अराजक अनियन्त्रित हुन सक्छ  

युरोपेली मुलुकमा आतंक फैलिँदै जाँदा अर्थिक मन्दी चरम हुनेछ जर्मन जापानलाई पनि अशुभ शक्तिसम्पन्न राष्ट्रहरूको मतभेदले विश्व जनमानसलाई नै चिन्तित बनाउनेछ सामुद्रिक निकट देशहरूमा ज्वालामुखी विस्फोटनको सम्भावना पनि उत्तिकै देखिन्छ

ग्रहमण्डली सूर्यकै आधारमा रहने एवं वर्ष प्रवेश जगलग्न निर्धारण गरिने भएकाले वर्षभरिको फलका अधिपति वर्ष लग्नमै विशेष ध्यान दिँदा बढी मेल खाने विषयलाई विगतका अनुभव शास्त्रीय आधारबाट प्रस्ट हुन्छ सोहीअनुरूप यस वर्षको जग लग्नबारे विचार गर्दा वृश्चिक लग्न परेको लग्नाधिपति मंंगल लग्नमै स्वगृही भई २०७३ वैशाख गतेदेखि नै वक्र हुने साथमा शनिसमेत रहेकाले यो वर्षको सुरुमै अशुभ संकेत देखिनेछन्

वायुतत्त्व ग्रह अग्नितत्त्व ग्रहको द्वन्द्व हुनुका साथै मंगलको सम्बन्ध पृथ्वीसँग विशेष रहन्छ नेपालको राशिमा पनि परेकाले वर्षारम्भमै राजनीतिमा उतारचढाव आउनेछ आपसी मतभेद बढ्ने हुनाले सत्ता परिवर्तनको खेल सुरु हुनेछ हवाईजहाज दुर्घटनामा ठूला व्यक्तिको मृत्यु एवं अचानक महत्त्वपूर्ण व्यक्तिको निधन हुने सम्भावना पनि वर्षको सुरुमै देखिन्छ  

समुद्री आँधीहुरी, भूक्षय, आगजनी भूकम्पजस्ता प्राकृतिक प्रकोपले विश्व जनमानसलाई त्रसित बनाउनेछ यसको प्रभाव भने प्राचीन हिन्द महाद्वीपमा रहेका सबै भूभाग अझ नेपाल, भारत, पाकिस्तान, बंगलादेश भुटानमा बराबरी रहनेछ सैन्याधिपति मंगल, सेवाधिपति शनिको द्वन्द्वका साथै चतुर्थभावमा रहेको केतु, दशाभावमा रहेको राहु साथमा गुरु चण्डाल योग बनाएर बसेको  

बृहस्पतिको प्रतिकूल प्रभावका कारण धार्मिक द्वन्द्व बढ्ने, सच्चा धार्मिकहरू ओझेलमा पर्दै जानेछन् धर्मका नाममा लाभ उठाउनेहरूबीचकै विवादले देशमा विषम अवस्था सिर्जना भई अन्ततः २०७१ साउन २६ मै धर्मयुग आरम्भ भइसकेकाले धर्म रक्षाका लागि सेना परिचालनसम्म हुन सक्छ  

दशमेश ग्रह सूर्य, षष्ठभावमा भाग्येश तथा धर्मेश चन्द्रमा मृत्युस्थानमा, एकादशेश बुध षष्ठभावमा रहेकाले देशमा आन्तरिक कलह बढ्दै जाने अर्थतन्त्रलाई धराशायी बनाउँछ राजनीति तरल हुँदै गएको अवस्थामा अधिक मानिस विचलित हँदै जाँदा राष्ट्र दुःखद स्थितिमा पुग्नेछ  

यस्तो अवस्थामा छिमेकी विदेशी मुलुकको हस्तक्षेप, कूटनीतिक मर्यादाले नेटो काट्न सक्ने हुनाले नेपाली जनमानसमा नकारात्मक प्रभाव पर्न सक्छ ओझेलमा परेका राजनीतिक समूहलाई पनि समेट्दै नेपाललाई माया गर्ने मित्रशक्तिहरूको सहयोग लिँदै, बौद्घिक व्यक्तिहरू, सच्चा धार्मिक समूहको प्रयासमा राष्ट्र, धर्म प्रजातन्त्रको रक्षार्थ एकजुट हुनेछन्  

वर्ष लग्नअनुसार सर्वशक्तिवान् ग्रह मंगल शुक्र नै देखिएकाले महिला शक्ति सैन्य शक्तिलाई उपयोग गरी विस्थापितहरूको पुनस्र्थापना हुन सक्नेछ ग्रहको यो विषम परिस्थिति जेठ २२ गतेसम्म रहनेछ मंगलको वक्र अवस्था असार १० गतेसम्म रहनेछ, पुनः असार ३१ गतेदेखि भदौ ३० सम्म शनि मंगल वृश्चिक राशिमा रहनेछन्  

असोज गतेदेखि आपसी मतभेद अन्त्य गर्दै राष्ट्रद्रोहीलाई पाखा लगाउँदै राष्ट्र निर्माताहरू एकजुट भएर अघि बढ्नेछन् असोज ३० सम्म अनिष्ट नहोस् भनेर राष्ट्रका जिम्मेवार व्यक्तिहरूले वर्षआरम्भकै दिनमा ग्रहशान्ति गर्दा अनिष्ट कम हुन सक्छ

२०७३ फागुन सम्म तुला राशिलाई अन्त्य साढे सात, वृश्चिक राशिलाई मध्ये साढे सात धनुलाई आद्य साढे साती रहनेछ मेष, सिंहलाई अढैया शनि रहनेछ २०७३ फागुन गतेबाट तुलाको शनिमा साढे सात सकिने मकर राशिलाई साढे सात आरम्भ हुनेछ त्यसैगरी मेष, सिंहलाई अढैया शनिले छोड्नेछ भने वृष कन्यालाई अढैया सुरु हुनेछ  

साढे साती दशाको फल जन्मकुण्डलीमा शनि शुभ भएमा शुभ फल अशुभ भएमा अशुभ फल दिनेछ अढैया भने कसैलाई पनि शुभ नहुने भन्ने शास्त्रीय मान्यता शनि अढैया वा साढे साती वा शनि प्रभावित मानिसहरूले शनिबार बिहान भैरवको पूजा गरीमेरो शनि दोष नाश होस्' भनी दायाँ हातमा मिटर कालो कपडा राखी दस कदमपछि हटेर फरक्क फर्केर हिँड्नू  

यो सम्भव नभएमा नदीमा पूजा गरीशनि दोष जाओस्' भनेर दुई मिटर कालो कपडा उँभोतिर फर्केर बगाएपछि त्यता नहेर्ने । यसले पनि शनि दशाको दोष कम हुन्छ ।
मेष
वर्षका ग्रहगोचर मध्यम रहनेछन् । अढैया शनिको प्रभाव आगामी फागुन ५ गतेसम्म रहनेछ । शनि दशमेश र एकादशेश भएकाले यसबाट हुने नकारात्मक प्रभावबाट दुर्घटनामा घाउचोट, हाडजोर्नीको दुखाइ, मिर्गौलामा समस्या आउने सम्भावना अधिक रहन्छ । 

खर्चको गति अनियन्त्रित हुने हुँदा आर्थिक कठिनाइले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा आफूले गरेको उचित कामलाई गलत व्याख्या गर्दै मुद्दा–मामलामा फसाउन शत्रु सक्रिय हुनेछन् । पितालाई संकट आउने योग भए पनि साउन २२ गतेसम्म पञ्चम र माघ १ गतेदेखि फागुन २१ गतेसम्म सप्तममा वृहस्पतिले पूर्ण साथ दिने भएकाले समग्रमा त्यतिञ्जेलको समय शुभ रहनेछ । आम्दानीका अवसर पर्याप्त मिल्नेछन् । 

नवीन सन्तान हुने योगका साथै भएका सन्तानको उन्नति र प्रगतिले मन प्रफुल्ल रहनेछ । भाग्य बलियो हुनेछ, धर्ममा रुचि बढ्नेछ । धार्मिक यात्राका साथै विदेश यात्राका अवसर मिल्नेछन् । बौद्घिक कार्यमा सफलता मिल्नुका साथै राजनीतिक नियुक्तिको अवसर मिल्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नुका साथै नोकरी र राजनीतिमा आएका समस्या पार लगाउन सकिनेछ । बिर्सिएर भुलेका मित्रहरूले याद गर्नेछन् । 

नयाँ मित्रको सहयोगमा धेरै काम हात पार्न सकिनेछ । विपरीत लिंगमा रहेको मित्रभाव प्रेममा परिणत हुनेछ । भइरहेको प्रेम अब वैवाहिक मार्गमा उन्मुख हुनेछ । असार, असोज, माघ, फागुन शुभ महिना, मार्ग, चैत अशुभ महिना रहनेछन्, अरू मध्यम रहनेछन् । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला । 
वृष

समग्रमा यो वर्ष मध्य रहनेछ । वर्षको सुरुदेखि नै केन्द्रादि दोषका साथै गुरु चण्डाल योग बनाएर चतुर्थ भावमा बसेको राहु र वृहस्पतिको प्रभावले माता–पितालाई कष्ट हुनेछ । घरेलु समस्या निकै बढ्ने एवं संयम नअपनाएमा घरै छोड्नुपर्ने स्थिति आउन सक्नेछ । सवारी साधनले दुःख दिनेछ, मित्रहरूसँग विवाद बढ्नेछ, विश्वासघातका कारण प्रतिष्ठित व्यक्तिको प्रतिष्ठामा आँच आउनेछ । बसाइँसराइको योग पनि प्रबल देखिन्छ । 

दुःखद यात्राहरू पनि गर्नुपर्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ, संयम नभएमा बिछोडको स्थिति आउन सक्छ । पेटसम्बन्धी रोगले सताउनेछ । मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । फागुन ५ गतेदेखि सुरु हुने अढैया शनिले स्वास्थ्यमा वाधा, लेनदेनमा विवाद बढाउने योग भए पनि साउन २२ देखि पुस २९ सम्म, फागुन २१ देखि सालभर पञ्चम गुरुको अनुकूलताले समय तपाइँको पक्षमा रहनेछ । 

आँटेका काम सजिलै बन्नेछन्, विद्यार्थी पढाइमा प्रगति गर्दै छात्रवृत्ति प्राप्त गरी स्वदेश वा विदेशमा पढ्ने अवसर मिल्नेछ । लेखक र साहित्यकार बौद्घिक वर्गका लागि पनि यो समय अति नै बलवान् रहनेछ । राजनीतिकर्मीहरू आफूले गुमाएको पद प्रतिष्ठा पुनस्र्थापित गर्नेछन् । किसान वर्गको कृषि उत्पादन राम्रो हुनेछ । व्यापारीहरूले व्यापारमा प्रशस्त लाभ उठाउनेछन्, सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्नेछन् । 

नयाँ प्रेम हुने र पुराना प्रेमहरू वैवाहिक बन्धनमा बाँधिने योग छ । महत्त्वपूर्ण कामहरू यसै समयमा गर्नु होला । साउन, कात्तिक, चैत महिना बलवान् रहने र वैशाख, पुस कमजोर हुने अन्य महिनाहरू मध्यम रहनेछ । ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः' मन्त्रको जप वर्षभरि नै गर्नु राम्रो हुनेछ ।
मिथुन

समष्टिमा यो वर्ष राम्रो छ । तृतीय राहु र गुरुले पराक्रम वृद्घि गर्नेछ भने छैटौं शनिले शत्रु निवारण गर्नेछ । आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ कामका अवसर पनि धेरै आउनेछन् । नोकरीमा पदोन्नति हुनुका साथै लाभप्रद स्थानमा स्थानान्तरण हुनेछ । राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ । सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्नुका साथै राष्ट्रिय सम्मानसमेत प्राप्त हुने सम्भावना छ । 

विशेषगरी स्वास्थ्यसम्बन्धी अध्येतालाई अनुकूल समय जुरेको छ । उनीहरूले विशेष छात्रवृत्ति प्राप्त गरी स्वदेश विदेशमा अध्ययनका अवसर मिल्ने देखिन्छ । अन्य विषयका विद्यार्थीलाई सुअवसर मिल्ने र विदेश बसोवास गर्ने प्रयासमा भए सजिलै सफलता प्राप्त हुनेछ । बौद्घिक कार्यको उच्च मूल्यांकन राज्यबाट हुने योग छ । 

स्वदेशी व्यापार र वैदेशिक व्यापारमा लाभ मिल्नुका साथै कृषि, पशुपालन विशेष दूध तथा फलफूल उत्पादकका लागि यो वर्ष बलियो देखिन्छ । कलाकारहरूमा नाट्यकार, सिनेकर्मी र निर्माताहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । घरघडेरी तथा सवारी साधन जोड्नका लागि समय राम्रो छ । मित्र तथा परिवारबाट सोचेजस्तै सहयोग पाउने योग छ । साउन २३ देखि पुस २९ सम्म र फागुन २२ देखिको समय प्रतिकूल हुनेछ । 

घरेलु समस्या अलि बढ्नेछ । मित्रहरूले साथ नदिने सम्भावना उत्तिकै देखिन्छ । पतिपत्नीबीचको सम्बन्धमा ह्रास आउनेछ । मनमा द्विविधा बढ्न थाल्नेछन् । यो समय अलि सचेत रहनुहोला । वैशाख, भदौ, मंसिर महिना शुभ रहनेछ । जेठ, माघ अशुभ रहनेछन् र अन्य महिना मध्यम देखिन्छन् । 
कर्कट

ग्रह गोचरले वर्षभरि नै साथ दिनेछ । द्वितीय गुरुले पराक्रमको गति बढाउँछ । बोलीको प्रभाव बढाउने हुँदा ठूला व्यक्तिहरूसँग संवाद गर्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा लाग्नेहरूका लागि समय अनुकूल रहनेछ । 

कानुन व्यवसायीहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । पत्रकार, ज्योतिषी, चिकित्सक, सैन्य पेसाकर्मीहरूका लागि वर्ष निकै फलदायी रहनेछ । धार्मिक व्यक्तिहरूले धार्मिक र सामाजिक कार्यमा ऐतिहासिक सफलता हासिल गर्नेछन् । तीर्थयात्राको अवसर पनि मिल्नेछ, वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ ।

व्यापारमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउनसम्म सफल हुनुहोला । आम्दानीको नयाँ स्रोत हात पार्न सकिनेछ । घरघरेडी तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाइमा सफलता पाउन अलि परि श्रम गर्नुपर्ला, सन्तानहरूसँग विमति बढ्न सक्छ । शत्रुसितको प्रतिस्पर्धामा ऐतिहासिक विजय हासिल गर्दै निरन्तर अगाडि बढ्न सकिनेछ । 

विछोड भएको प्रेमबन्धन पुनः बाँधिने योग छ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुका साथै विछोड भएको छ भने पुनर्मिलन हुनेछ । जेठ, असोज, पुस शुभ महिना हुन् भने असार, फागुन अशुभ र अन्य महिना मध्यम रहनेछन् । महत्त्वपूर्ण कामहरू शुभ महिनामा गरे बढी लाभ लिन सकिन्छ ।
सिंह

यो वर्षको ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा अढैया शनि र राशिको गुरु तथा राहु, चतुर्थ मंगल र अष्टम शुक्रको प्रतिकूल प्रभाव रहेकाले समय प्रतिकूल रहनेछ । कुरा काट्नेहरू, झूटा आरोप लगाउनेहरू निकै सक्रिय रहनेछन् । 

आफूले गरेको सही कार्यलाई समेत गलत सावित गराउन शत्रुहरू लागिपर्नेछन् । मनमा चिन्ताले दरिलो डेरा जमाउनेछ । दाँतमुखमा पीडा हुनुका साथै अनावश्यक विवादको सामना पनि गर्नुपर्नेछ । घर झगडा तीव्र भई घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । 

परिवारहरू पनि विना कारण टाढिनेछन् । मित्रहरूलाई आफूले सहयोग धेरै गर्नुपर्ने बाध्यता तथा आफूले सहयोग नपाउने लक्षण पनि उत्तिकै देखिन्छ । साउन २३ गतेपछि समयमा धेरै सुधार आउनेछ । द्वितीय गुरुले बोलीको प्रभाव बढाउनुका साथै अरूलाई विश्वासमा लिएर अघि बढ्न सकिनेछ । 

पढाइमा सुधार आउनेछ । बौद्घिक कार्यमा अघि बढ्ने अवसर मिल्नेछ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्घि हुनुका साथै मित्रहरूसँग सम्बन्ध सुधार्ने अवसर पनि मिल्नेछ । ठूला व्यक्तिहरूको सान्निध्यता प्राप्त भई आफूनिकट समस्या किनारा लगाउन सकिनेछ । 

सन्तानहरूको उन्नति एवं उहीहरूसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । फागुन ५ गतेदेखि अढैया शनिको प्रभाव सकिने भएकाले समय अझ बलियो हुनेछ । असार, कात्तिक र माघ महिना शुभ महिनामा पर्दछ भने साउन र चैत महिना अशुभमा पर्दछन् । ॐ हँ हनुमते रुद्रात्मकाय हँ फट यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
कन्या

समष्टिमा यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा बह्रौको राहु तथा गुरुको प्रतिकूलताले उच्च रक्त श्राव बढ्ने भएकाले मन विचलित हुनेछ । मुटु, मस्तिष्कमा पीडा हुनेछ । दुःस्वप्नहरू देखिने, राम्रोसँग निद्रा नपर्ने र स्वास्थ्य गडबड हुने योग छ । 

मित्र तथा परिवारहरूको समस्यामा श्रम, समय र पैसा सबै लगाउनुपर्ने तर जस भने नमिल्ने भएकाले मनको अशान्ति अरू बढ्नेछ । धेरै समय अरूको काम गरेर बित्नेछ । आफूलाई उपयोग गर्नेहरू धेरै हुनेछन् । पतिपत्नीबीच बुझाइको कमीले मतभेद बढ्नेछ । 

फागुन ६ गतेदेखि अढैया शनिले प्रवेश गर्नेछ । घरेलु समस्याले सताउनुका साथै मित्रहरूसँग विवाद हुने, शत्रुले आक्रमण गर्ने, झूटा आरोप–प्रत्यारोप लाग्ने भएकाले सकेसम्म थोरै बोल्नु उचित हुनेछ । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु नै बुद्धिमानी होला । 

साउन २३ देखि फागुन ४ गतेसम्म समय बलियो छ । पराक्रमको गति तीव्र हुनुका साथै आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ काम पाउने, अधुरा काम पूरा हुने तथा परिवारिक समस्या क्रमशः घटेर जाने योग छ । पढाइमा रुचि बढ्ने, सफलताले खुसी मिल्ने, बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ । 

व्यापारमा प्रगति हुनुका साथै स्वदेश तथा विदेशका व्यावसायिक र राजनीतिक यात्राको बलियो सम्भावना छ । पतिपत्नीबीच धमिलिएको सम्बन्ध पूर्णरूपमा संग्लिनेछ । बोलीको प्रभावले राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिलाई प्रभाव पार्दै आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । पहिलो भेटमै प्रेमको बन्धन बाँधिने योग छ । साउन, मंसिर र फागुन महिना शुभ फल दिने खालका छन् भने वैशाख, भदौ अशुभ फल दिने महिना हुन्, अरू महिना मध्यम रहनेछन् । ॐ गौरा माता भूव स्यातै स्वहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
तुला

वर्षको ग्रहगोचर त्यति नराम्रो छैन । सुरुमा गुरुको र राहुको गोचर एकादश स्थानमा भएकाले आर्थिक उन्नति प्रशस्तै हुनेछ । छात्रवृद्घि प्राप्त गरी स्वदेश वा विदेशमा गएर अध्ययन गरी सफलता हासिल गर्नुका साथै बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ । 

पराक्रम तीव्र हुनुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योगछ । शत्रुसँगको प्रतिस्पर्धामा आफ्नो जित सुनिश्चित हुनेछ । नोकारीमा गोपनीयताका साथ अघि बढ्दा सोचेजस्तै सफलता हासिल गर्न सकिनेछ । राजनीतिमा आफ्नो वर्चश्व कायम राख्न पनि गोपनीयता नै अपनाउनु पर्ला । 

व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेशयात्राको अवसर मिल्नेछ । वैदेशिक व्यापारमा प्रवेश गर्ने अवसर मिल्नेछ । फागुन ६ देखि शनि शाढे सात हट्ने भएकाले मित्रहरू र परिवारको सहयोगमा सुधार आउनेछ । उच्च मनोबलका साथ अघि बढ्दा महत्त्वपूर्ण सफलता हासिल गर्न सकिनेछ । 

साउन २३ गतेदेखि फागुन ५ सम्म बाह्रौं गुरु र द्वितीय शनिको प्रतिकूलताले खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने, झूटा मुद्दामा फसाउने प्रयास गर्नेछन् । नोकरीमा आर्थिक हिनामिनाको आरोप लाग्ने सम्भावना छ । दाँत–मुखमा पीडा हुनुका साथै अरूबाट हुने तीव्र आलोचनाले मनोबल घट्नेछ । 

बोल्दा होस पुर्‌याउनुहोला । धनमाल चोरी हुनसक्ने भएकाले आफूलाई चनाखो राख्नुहोला । भदौ, पुस, चैत महिना राम्रो रहने र जेठ, असोज नराम्रो महिनामा पर्दछ अरू महिनाहरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
वृश्चिक

यो वर्षको ग्रहगोचर यस प्रकार रहनेछ । मध्य साढे सातीको प्रभाव वर्षभरि नै कायम रहनेछ । जसले गर्दा हाडजोर्नी दुःख्ने, सेवकहरूबाट असहयोग हुने, निद्रा कम लाग्ने र जिउ पोल्ने समस्याले प्रशस्त मात्रामा सताउनेछ । 

केन्द्रादि दोषसहित गुरु चण्डाल योग बनाएर दशम स्थानमा बसेकाले पितालाई हानि पुर्‌याउनुका साथै आफ्नो मानप्रतिष्ठामा आँच आउनेछ । आफूले बोलेर आफैँ अप्ठ्यारोमा परिनेछ । धनमाल चोरी हुनसक्ने भएको आफूलाई सधैँ चनाखो राख्नुपर्ला । नोकारीमा बुद्घि नपुर्‌याएमा पदमुक्त हुने सम्भावनाका साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । 

सामाजिक कार्यमा समय, श्रम र द्रव्य लगाएर पनि आलोचित हुनुपर्नेछ । घरेलु समस्या बढ्दै जाँदा संयमित नभएमा घरै छोड्ने स्थिति आउन सक्नेछ । मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन् । विश्वास धेरै गरियो भने धोका हुन सक्छ । 

आर्थिक कारोबार ध्यान नदिए ठूलै धनराशि फस्न सक्छ । साउन २३ गतेदेखि पुस २९ सम्म, फागुन २२ देखि यो वर्षभर गुरुको अनुकूलताले बोलीको प्रभाव सकारात्मक हुनुका साथै मनोबल पनि बढ्नेछ । अरूलाई विश्वास दिलाउन पनि सकिनेछ । पढाइमा तीव्रता आउनुका साथै बौद्घिक कार्यमा सफलता सोचेजस्तै मिल्नेछ । आम्दानीको स्रोत पर्याप्त फेला पर्नेछन् । 

सन्तानहरूको प्रगति र उनीहरूसँगको सम्बन्धमा अपेक्षित सुधार आउनेछ । वैशाख, असोज, माघ महिना शुभ रहनेछ । असार, कात्तिक अशुभ अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गण पतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
धनु

यो राशिलाई भाग्य भावमा रहेको गुरु, चतुर्थ भावमा रहेको उच्च शुक्र तथा पञ्चमा परेको बुधादित्य योग बलियो भएकोले मित्र तथा परिवारको सहयोग मिल्ने छ । बौद्घिक कार्यले मनोबल बढ्नुको साथै घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । 

भुलेका मित्रहरूले पुनः याद गर्नेछन् । नयाँ मित्रको आगमनले कामकारबाहीमा अघि बढ्न सजिलो हुनेछ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेश यात्राको योग पनि बलियो छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक चर्चा पनि अघि बढ्नेछ । 

भाग्य बलियो भएकोले नोकरीमा पदोन्नति र इच्छाअनुसार स्थानान्तरण पनि हुनेछ । सामाजिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालन फलफूल आदि उत्पादकका लागि समय अनुकूल रहे पनि साउन २३ देखि पुस २९ सम्म, माघ १ देखि फागुन २१ सम्म भने वर्षभरि रहने शनि साढे सातीको प्रभाव गुरुको प्रतिकूलताका कारण सबै काम खर्चिला र विवादयुक्त हुनेछन् । 

कुरा काट्नेहरू सक्रिय हुनेछन् । धनमाल हराउने बढी सम्भावना छ । कामको बीचमा प्रशस्त विघ्नबाधाको सामना गर्नुपर्नेछ । सेवकहरूबाट धोका हुने, दाजु–भाइहरूबीच द्वन्द्व हुने, हड्डी कमजोर हुनुका साथै शरीरमा शिथिलताले दरिलो डेरा जमाउनेछ । पढाइमा अवरोध आउनुका साथै उचित समयमा बुद्घिले काम नगर्दा आफूले गरेको निर्णय आफ्नै लागि हानिकारक बन्नेछन् । 

जेठ, कात्तिक, फागुन महिना राम्रो रहनेछ भने साउन र मार्ग महिना खराब रहनेछ, अरू महिना मध्यम रहनेछ । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
मकर

यो राशिको लागि वर्षारम्भ भने खासै अनुकूल देखिन्न । वर्षारम्भमा एकादश शनि, मंगल र तृतीय उच्च शुक्रको अनुकूल प्रभाव रहे पनि आठौँमा गुरु चण्डाल योग बनाएर बसेका गुरु तथा राहुको प्रतिकूलताले स्वास्थ्य निकै कमजोर बनाउनेछ । विशेष मिर्गौलामा ध्यान दिनुहोला । 

आर्थिक कारोबार पटक्कै नगर्नु होला । अनावश्यक विवाद र फजुल खर्चले तनाव निकै बढ्नेछ । कामका बीचमा प्रशस्तै अवरोध आउनेछन् । दाजुभाइसँगको सम्बन्ध पनि बिग्रनेछ । सेवकहरू छन् भने उनीहरूले पनि धोका दिनेछन् । परम मित्रहरूले पनि शत्रुसँग तपाईंविरुद्घ हातेमालो गर्नेछन् । 

सवारीले पनि बेलाबेलामा धोका दिनेछ । नशाहरू कमजोर भई शरीरमा शिथिलता धेरै बढ्नेछ । आगामी फागुन ६ गतेदेखि साढे साती शनिको आरम्भ हुनेछ । पेटको रोग, मुटु–मस्तिष्कमा केही असजिलो महसुस हुने योग भए पनि साउन २३ देखि गुरुको अनुकूलताले भाग्य बलियो बनाउनुका साथै धार्मिक कार्य र सामाजिक कार्यमा ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ । पराक्रमको गति तीव्र हुनेछ । 

सानै प्रयासले महत्त्वपूर्ण र ऐतिहासिक काम गर्न सफल भइनेछ । व्यापारमा लाभ मिल्नुको साथै यात्रा गर्ने अवसर पनि मिल्नेछ । नोकरीमा प्रगति हुनुका साथै नयाँ कामको अवसर पनि मिल्नेछ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल हुनुहोला । 

कूटनीतिक क्षेत्रमा राष्ट्रको जिम्मेवारी पूरा गर्न सफल भई अन्तर्राष्ट्रिय सम्मान पाउने बलियो सम्भावना छ । पढाइमा सोचेजस्तै सफलता मिल्नेछ, लेखन मार्गमा ऐतिहासिक सफलता प्राप्त होला । असार, मार्ग र चैत महिना राम्रो रहनेछन् भने भदौ र पुस महिना नराम्रो हुनेछ, अरू महिना मध्यम छन् । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
कुम्भ

वर्षको ग्रह गोचर समष्टिमा राम्रै रहनेछ । वर्षारम्भमा सप्तम गुरु, द्वितीयमा उच्च शुक्र, तृतीय उच्च सूर्य र बुधको अनुकूताले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । सानै प्रयासले पनि ठूला काममा सफलता हासिल गर्न सकिनेछ । 

तपाईंको लगनशीलता र इमानदारीको समाज र राज्य दुवै पक्षबाट उचित मूल्यांकन हुनेछ । सेवकहरूबाट राम्रो सेवा पाउने र दाजुभाइहरूले समेत सहयोग गर्ने भएकाले महत्त्वपूर्ण काम अघि बढाउन सकिनेछ । बोलीको प्रभावमा धेरै काम बनाउन सकिनेछ । 

शब्दकै आधारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तिलाई आफ्नो पक्षमा पार्न सफल हुँदा मनोबल बढ्नेछ । कानुन व्यवसायी, ज्योतिष, वकिल, पत्रकार, शिक्षक, राजनेता, राजनीतिकर्मी र स्वास्थ्यकर्मीहरूले ऐतिहासिक सफलता प्राप्त गर्नेछन् । आयात–निर्यातको व्यापारमा राम्रो सफलता हासिल गर्न सकिनेछ । देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर मिल्नेछ । 

प्रेममा सफलता मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने सम्भावना पनि बलियो छ । घरघरेडी जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त होला । सवारी साधनको बन्दोबस्त पनि हुनेछ । नोकरीमा सबै समस्यालाई पार गर्दै आफ्नो लक्ष्यमा पुग्ने प्रयास पनि सफल हुने देखिन्छ । साउन २३ देखि पुस २९ सम्म गुरुको प्रतिकूलताले स्वास्थ्यमा बाधा, मनमा चिन्ता, काममा अवरोध आउनेछ । 

लेनदेनमा विवाद बढ्ने, अरूले कुरा काट्ने भएकाले गोपनीयतामा जोड् दिनुहोला । सकेसम्म आर्थिक कारोबारमा अघि नबढ्नु राम्रो हुनेछ । वैशाख, साउन, पुस महिना शुभ रहनेछन् भने असोज र माघ अशुभ रहनेछन्, बाँकी महिना मध्यम रहनेछन् ।
मीन

वर्षका ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा बसेको दशमेश राशि स्वामी गुरु तथा द्वितीया सूर्य, नवम भावमा रहेको शनि तथा मंगलले विवाद बढाउने, शत्रु बढाउने र रोग बढाउने काम गर्नेछ । 

नोकरीमा संकट आउनुका साथै राजनीतिमा पाएको सुविधा गुमाउनुपर्नेछ । विश्वास गरेकाहरूबाट धोका हुनेछ, घरेलु समस्याले सताउनेछ । मित्र तथा परिवारजनहरूका समस्यामा समय, श्रम, द्रव्यसमेत खर्च गरेर पनि अपजशको भागीदार हुनुपर्ला । 

सोच्ने शक्तिमा कमी आउनाले, समयमा निर्णय नहुने, समयमा निर्णय नहुँदा महत्त्वपूर्ण काम बिग्रनेछ । विश्वासमा धोका हँदा प्रतिष्ठामा आँच आउने, राजनीतिमा ठूलो समस्या आउनेछ । नोकारीमा एकपछि अर्को गर्दै धेरै समस्याको सामना गर्नुपर्नेछ । आफ्ना लगानीमा अरूले फाइदा उठाउने योग भए पनि २३ साउनदेखि बोलिको प्रभाव बढ्ने, मनोबल बढ्नेछ । 

ठूला व्यक्तिसँग अन्तरक्रिया हुने, राज्यले सम्मान गर्ने, रोकिएका कामहरू अगाडि बढ्नेछ । व्यापारमा सफलता मिल्ने, स्वदेश र विदेशको यात्रा हुने योग छ । नोकरीमा सबै समस्या पार गर्दै सफलताको मार्गमा उभिन सफल हुने, राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । पढ्नका लागि छात्रवृत्ति र स्थानान्तरणको लागि विदेश यात्राको योग छ । आम्दानीका स्रोत पर्याप्त हात पर्ने योग छ । 


सामाजिक र राजनीतिमा आफूप्रति रहेको अविश्वास हटाउँदै अरूप्रति विश्वासी भई प्रस्तुत हुन सफल हुनेछ । प्रेम गर्ने अवसर मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने प्रबल सम्भावना छ । जेठ, भदौ, माघ शुभ महिना हुन् भने कात्तिक, फागुन अशुभ महिना र अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।