Monday, October 22, 2018
हार्मोन असन्तुलनको कारण पुरुषलाई हुन सक्छन् यस्ता समस्या
मानव शरीरको उचित वृद्धि र विकासमा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । हार्मोनले महिला र पुरुष दुवैको शरीरको वृद्धि विकासलाई मात्रै प्रभावित गर्दैन, यसले शरीरको सबै प्रणालीहरुको गतिविधिहरुलाई पनि नियन्त्रित गर्छ ।
तर, जब यी हार्मोनहरु असन्तुलित हुन्छन् शरीरको कार्यप्रणालीमा गडबडी आउँछ । समस्या त्यहीबाट सुरु हुन्छ । पुरुषहरुमा हार्मोन असन्तुलत के हो र यसको कसरी रोक्न सकिन्छ ?
के हो हार्मोन ?
वास्तवमा हार्मोन भनेको कुनै कोष वा ग्रन्थीद्वारा उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सिधा प्रभाव हुन्छ ।
हाम्रो शरीरमा कुल २३० किसिमका हार्मोन हुन्छन् जसले शरीरका फरक फरक क्रियाहरुलाई नियन्त्रित गर्छन् । कुनै पनि हार्मोनमा हुने थोरै परिवर्तन पनि मेटाबोलिज्मलाई प्रभावित गर्न काफी हुन्छ । यसले एक केमिकल मेसेन्जरले जस्तै एक कोषबाट अर्को कोषसम्म संकेत पुर्याउँछ ।
हार्मोन असन्तुलनको कारण र प्रभाव
हार्मोन असन्तुलनको कैयौं कारणहरु हुन सक्छन्, जस्तैः अस्वस्थ जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । गलत खानपार र नियमित व्यायाम नगर्नाले हार्मोन असन्तुलन हुन्छ । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् ।
जब जीवनशैली र खानपानमा गडबडीको कारण हार्मोनको उत्पादनमा असन्तुलन आउँछ । त्यतिखेर विभिन्न किसिमका बिरामीहरुले घेर्न थाल्छन् । हार्मोन असन्तुलनले केवल महिलाहरुलाई मात्रै प्रभावित गर्दैन यसले पुरुषहरुलाई पनि प्रभावित गर्छ ।
पुरुषको शरीरमा पनि एस्ट्रोजेन, प्रोजेस्टेरोन र प्रोलेक्टिन हार्मोन उत्पादित हुन्छ । यी मध्ये टेस्टोस्टेरोन पुरुषको शरीरमा भएको सबैभन्दा महत्वपूर्ण हार्मोन मध्ये एक हो ।
शरीरको समुचित कार्यलाई ठिक राख्ने क्रममा टेस्टोस्टेरोनको स्तर बनाइराख्न आवश्यक छ ।
हार्मोन असन्तुलनको कारण स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तैः अनुहारमा दागहरु बस्ने, शरीरमा धेरै रौंहरु पलाउने, उमेर धेरै भएको लक्षण नजर आउने र सेक्सप्रति अनिच्छा जस्ता समस्याहरुको सामना गर्नुपर्छ ।
विशेषगरि जब पुरुषमा हार्मोन असन्तुलन हुन्छ त्यतिखेर उनीहरुमा चिडचिडाहट, विर्य कम उत्पादन हुन्छ र यौनइच्छा कम हुन्छ तर हार्मोनलाई सन्तुलित गर्न कैयौं तरिकाहरु अपनाउन सकिन्छ, जस्तैः औषधिहरु, योग, व्यायाम र पौष्टिक आहारको सेवन गर्ने आदि ।
जीवनशैलीमा परिवर्तन
जीवनशैलीमा सामान्य परिवर्तन गरेर एक पुरुषले आफ्नो शरीरमा हुने हार्मोन असन्तुलनलाई नियन्त्रित गर्न सक्छन् । जस्तै ताजा सब्जीहरु र फलफूल को नियमित सेवन र क्याफिनयुक्त पेयमा कटौती आदी ।
सोयाबिनयुक्त खानेकुराको सेवन कम गर्ने
सोयाबिन र सोयामा आधारित उत्पादनको सेवन कम गर्नुहोस् । किनभने पुरुषहरुलाई अतिरिक्त एस्ट्रोजनको मात्राको आवश्यकता हुँदैन ।
सोयाबीन फाइटो स्ट्रेजिन्सको राम्रो स्रोतमध्ये एक हो । एस्ट्रोजन र फाइटोस्ट्रोजिन्सको सेलुलर संरचना समान हुन्छ । यसैले पुरुषहरुलाई अतिरिक्त मात्रामा यो प्रोटिन लिन हुँदैन । बरु, यसको सट्टा तपाईं अण्डाको सफा भाग र कम बोसोयुक्त डेरी उत्पादनमा जोड दिन सक्नुहुन्छ ।
पर्याप्त निन्द्रा लिनुहोस्
रातमा पर्याप्त निन्द्रा शरीरको समग्र स्वास्थ्यको लागि आवश्यक हुन्छ । दैनिक पर्याप्त निन्द्रा लिनाले मस्तिस्क र एडि्रनल ग्रन्थीको माध्यमले हार्मोन सन्तुलित हुन्छ । हार्मोन असन्तुलनको कारण देखिने विभिन्न स्वास्थ्य समस्याहरुलाई कम गर्नको लागि प्रतिदिन आठघन्टा सुत्ने लक्ष्य बनाउनुहोस् ।
व्यायाम गर्नुहोस्
शरीरमा अतिरिक्त मांसपेसीहरु पलाउने र शारीरिक उच्च शक्तिको सम्बन्ध शरीरमा टेस्टोस्टेरोनको हार्मोनको उच्च स्तरको कारणले हुन्छ । यसैले तपाईं मांसपेसीहरु दुखाई वा शरीरलाई कमजोर महसुस गरिरहनुभएको छ भने व्यायाम गरेर यो समस्याबाट मुक्त हुन सकिन्छ । यसैले हप्तामा कम्तीमा पनि चार दिन जमेर व्यायाम गर्नुहोस् ।
कस्ता र के आहार लिने ?
-नरिवलको तेल खानुहोस् । यसको प्रयोगले शरीरमा हार्मोन ब्यालेन्स हुन्छ ।
-पानी पिउनुहोस् यसले शरीर हाइड्रेट हुन्छ र त्यसको स्ट्रेस लेभल पनि कम हुन्छ ।
-ड्राइ फ्रुट्समा धेरै प्रोटिन हुन्छ । प्रोटिन डाइट हार्मोनको गडबडीले ग्रस्त पुरुष र महिला दुवैको लागि राम्रो हुन्छ ।
-साथै हरिया सागसब्जी र गेडागुडी र लसुन खानुहोस् । यीनीहरुमा धेरै कार्बोहाइड्रेट र फाइबर हुन्छ जसले हार्मोन असन्तुलनलाई ठिक गर्छ ।
-मांसाहारी हुनुहुन्छ भने माछा खानुहोस् । आफ्नो आहारमा सिफुड पनि समावेश गर्नुहोस् । टुना फिसमा धेरै ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले शरीरमा हार्मोनलाई सन्तुलित गर्छ ।
ग्रीन टि कति, कसरी पिउँदा स्लिम, तन्दुरुस्त र निरोगी भइन्छ ?
ग्रीन टि सेवन गर्न सुरु गरेकाहरु भन्छन्, ‘खै मेरो त तौल घट्दै घटेन ?’ कतिले भन्छन्, ‘ग्रीन टि पिएको पिएकै छु, खै केही प्रभाव पर्दैन त ?’ कतिले भन्छन्, ‘ग्रीन टि पिएको मेरो त रोग नै निको भएन ।’
यी सवै प्रश्नको एउटै जवाफ हो, ‘ग्रीन टि त्यस्तो कुनै चमत्कारिक ओखती होइन, जसले क्षणभरमै प्रभाव पार्छ ।’
न टिबारे अहिले धेरैलाई जानकारी भएपनि यसले कसरी काम गर्छ वा यसको प्रभाव के हुन्छ भन्नेबारे थाहा नहुन सक्छ । ग्रीन टि सामन्यत अन्य चिया जस्तै हो, खासगरी अर्थोडक्स चिया । हामीले दुधसँग सेवन गर्ने सिटिसी चिया (दानादार) भन्दा चाहि धेरै फरक हो ।
ग्रीन टि पहाडी क्षेत्रका चिया बगानको उत्पादन हुन्, जसलाई तयार गर्ने प्रक्रिया केही फरक हुन्छ । हरियो चिया पत्ती कारखानामा ल्याइसकेपछि त्यसलाई ओइलाउने, माड्ने र सुकाउने प्रक्रिया अरुभन्दा केही भिन्न हुन्छ । साथै, ग्रीन टि एउकै गुणस्तर, एकै स्वाद वा एकै रुपको पनि हुँदैन । थरीथरीका ग्रीन टि बन्छ । तर, ति सबैमा पाइने पोषक तत्वमा एकरुपता हुन्छ ।ग्रीन मूलतः एन्टिअक्सिडेन्टको स्रोत हो, जो हाम्रो शरीरका लागि अति आवश्यक पोषक तत्वमा पर्छ । एन्टिअक्सिडेन्ट अन्य खानेकुरा पनि पाइन सकिन्छ, तर ग्रीन टि त्यसमध्ये उत्कृष्ट स्रोत हो ।
यसमा एपिगलोकेटेशिन-३ गलेट जस्ता तत्व हुन्छ, जसले शरीरमा क्यान्सरको कोशिका बढ्न दिदैन । अध्ययनहरुले भन्छ, ग्रीन टिको समूचित सेवनले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम हुन्छ । यस्ता थुप्रै तत्वहरु हुन्छन्, जसले शरीरमा प्रत्यक्ष फाइदा गर्छ ।
जस्तो कि, ग्रीन टिले उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा सघाउँ पुर्याउँछ । तर, यो उच्च रक्तचाप र मधुमेहको औषधी होइन, जो सेवन गर्नसाथ तुरुन्तै समस्या ठिक हुन्छ ।
त्यस्तै ग्रीन टिले कोलेस्टोर नियन्त्रण गर्छ, हड्डी बलियो बनाउँछ, छालामा चमक ल्याउँछ, शरीरको वोसोपन घटाउँछ । यावत् गुणहरुले गर्दा ग्रीन टिलाई गुणी पेय मानिन्छ ।
ग्रीन टि कुनैपनि रोग तत्काल निर्मूल बनाउने औषधी होइन । बरु यसको नियमित सेवनले ति रोगहरु लाग्ने संभावनालाई कम गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
ग्रीन टिले मोटोपन घटाउँछ, उच्च रक्तचाप नियन्त्रण गर्छ, छालामा चमक ल्याउँछ । यी विभिन्न अध्ययनबाट पुष्टि भइसकेका वैज्ञानिक आधार हुन् । तर, आज ग्रीन टि पिउन सुरु गर्यो, भोलि नै त्यसको नतिजा खोज्नु हुँदैन । किनभने ग्रीन टि भनेको आयुर्वेदिक महत्वको पेय हो, जसले प्राकृतिक रुपमा विस्तारै तर दीगो रुपमा हामीलाई रोगमुक्त गराउँछ ।
ग्रीन टि पिएर त्यसबाट लाभ लिनका लागि पिउने विधी, समय सबैकुरा थाहा हुनुपर्छ । जथाभावी सेवन गर्दा त्यसको प्रभावकारीता उस्तै रहँदैन । त्यसैले ग्रीन टि कसरी, कति र कुन समयमा पिउने भन्ने हेक्का राख्नुपर्छ ।
कसरी पिउने ग्रीन टि ?
बजारमा थरीथरीका ग्रीन टि पाइन्छ । अहिले धेरैजसो त टि ब्यागमा पनि उपलब्ध छन् । तर, ग्रीन टि खुला -टि ब्यागमा नराखिएको)बढी प्रभावकारी हुने बताइन्छ । त्यस्तै ग्रीन टि खरिद गरिरहँदा त्यो कुन बगान वा कुन स्थानको हो भनेर पनि जानकारी लिनुभयो भने राम्रो हुन्छ । किनभने यहाँ खपत हुने ग्रीन टि हाम्रै उत्पादन हुन् । खासगरी पूर्वी पहाडका थुप्रै जिल्लामा ग्रीन टि तयार हुन्छ । त्यसमध्ये पनि उच्च भेगको, अग्र्यानिक उत्पादन राम्रो हुन्छ ।
ग्रीन टिको बारेमा जानकारी लिइरहँदा त्यसको प्रयोग विधी जान्नैपर्छ । यदी सही ढंगले प्रयोग गरिएन भने साइड इफेक्ट पनि हुनसक्छ ।
१. ग्रीन टिलाई त्यसको भाँडो (ग्रीन टिकै लागि विशेष किसिमले तयार गरिएको)मा तयार गर्न सकिन्छ वा छुटै मग वा गिलासमा पनि तयार गर्न सकिन्छ । ग्रीन टि राखिसकेपछि त्यसमा तातो पानी हालेर उक्त पानी फ्याक्नुपर्छ । यसले गर्दा ग्रीन टिमा रहेका धुलो पखालिन्छ । त्यसपछि पुन तातो पानी राख्नुपर्छ ।
– ग्रीन टि ताजा पिउनुपर्छ । लामो समय राखेको ग्रीन टि पिउनु त्यती प्रभावकारी हुँदैन । लामो समयसम्म ग्रीन टि भिजाएर राख्दा त्यसमा रहेको भिटामिन र एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । त्यही कारण यसको पुरा लाभ उठाउन सकिदैन ।
– विहान, बेलुकी, दिउसो जुनसुकै समयमा ग्रीन टि पिउन सकिन्छ । तर, विहान उठ्नसाथ खाली पेटमा ग्रीन टि पिउनु हुँदैन । खाना खानसाथ वा खाना खानुअघि पनि ग्रीन टि पिउनु त्यती राम्रो होइन । खाना खानुभन्दा अघि वा पछि आधा घण्टाको ग्याप राखेर पिउनुपर्छ ।
– विहान ब्रेकफास्टका साथमा ग्रीन टि पिउनु प्रभावकारी हुन्छ ।
– दिनमा तीन वा चार कप ग्रीन टि पिउनुपर्छ । त्यसभन्दा धेरै वा थोरै ग्रीन टि पिउनु उति प्रभावकारी मानिदैन ।
– अत्याधिक मात्रामा ग्रीन टि सेवन गर्दा त्यसमा एन्टिअक्सिडेन्ट र फ्लवोनोइडस अधिक मात्रामा हुने भएकाले कलेजोमा असर गर्न सक्छ ।
– ग्रीन टिमा चिनी, दुध मिश्रण गर्नै हुँदैन । बरु महसँग मिश्रण गरेर सेवन गर्दा दोब्बर फाइदा हुन्छ ।
– ग्रीन टिमा मह मिसाएर सेवन गर्दा फ्याट बर्न एकदमै राम्ररी हुन्छ । यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ ।
– ग्रीन टि कुनैपनि औषधीसँग सेवन नगरौं ।
– न्युन रक्तचाप भएकाहरु, गर्भवती वा कुनै गंभिर शारीरिक समस्या झेलिरहेकाहरुले चिकित्सकको सल्लाहमा मात्र ग्रीन टि सेवन गरौं ।
यसरी गरौं जाडोको स्वागतः के गर्ने, के नगर्ने ?
दशैंको रौनक सेलाउँदै जाँदा हामीलाई चिसो अनुभव हुन थालेको छ । हो त, मौसमी तापमान ओह्रालो लाग्दैछ । वायुमण्डलमा चिसो हावा चल्न थालेको छ ।
जब-जब जाडो बढ्दै जान्छ, हाम्रो आङमा लुगा थपिदै जान्छ । शरीरले न्यानो, बाग्लो लुगा खोज्न थाल्छ । जाडोसँग सन्तुलन मिलाउनका लागि न्यानो लुगा लगाउनैपर्छ । तर, यतिले मात्र समस्याको हल हुँदैन । किनभने जाडोले अरु पनि केही चुनौती एवं समस्या थपेर आउँछ ।
जाडोको समस्या
जाडोमा स्वास्थ्य सम्बन्धी समस्या बढ्छ, सौन्दर्य सम्बन्धी समस्या बढ्छ । मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ ।
त्यस्तै दमका रोगीलाई पनि जाडो यामले बढी सताउँछ । थाइराइडका समस्याले ग्रस्तहरुका लागि पनि यतिबेला थप कष्टकर बन्न पुग्छ ।
जाडो मौसममा सबैभन्दा बढी त रोगी, बुढापाका, बालबालिका, सुत्केरीलाई गाह्रो हुन्छ । बुढापाकाहरु चिसोले कक्रिन्छन् । जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ ।
त्यसबाहेक हाटखुट्टा, ओंठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ ।
के नगर्ने जाडोमा ?
मौसमी तापमान घट्दै गएपछि हामीले आफ्नो शरीरको तापमानलाई भने सन्तुलित राख्नुपर्छ । यसका लागि न्यानो कपडा नै उपयुक्त हुन्छ । तर, शरीरलाई न्यानो कपडाले ढाक्दैमा शरीर तातो हुन्छ भन्ने होइन ।
के गर्ने ?
प्राकृतिक न्यानोपनका लागि शारीरिक सक्रियता महत्वपूर्ण हुन्छ । यसका लागि हिँडडुल गरिरहने, व्यायाम गर्ने वा शारीरिक श्रममा जोड दिने गर्नुपर्छ । शारीरिक श्रम गर्दा सबै अंग प्रत्यांग सक्रिय हुन्छ । रक्तप्रवाह सुचारु हुन्छ । शरीर स्वतः न्यानो हुन्छ ।
के नगर्ने ?
जाडो भगाउने वाहनामा धेरैले मदिरापान गर्छन् । चुरोट सेवन गर्छन् । मदिरापान गर्दा, चुरोट पिउँदा न्यानो हुन्छ भन्ने कतिलाई भ्रम छ । कतिले चिया, कफी खाएर पनि जाडो भगाउने मेलोमेसो गर्छन् । तर, यसले शरीर न्यानो हुने होइन । बरु थप रोग निम्त्याउँछ ।
के गर्ने ?
तात्तातो खानेकुरा खासगरी झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । मौसमी फलफूल खानुपर्छ । यसबेला मौसम सुख्ख हुने भएकाले शरीरमा पानीको अभाव हुन्छ, त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।
के नगर्ने ?
जाडोमा हामी हिटर ताप्छौं । कोइला बालेर ताप्छौं । अँगेनामा आगो ताप्छौं । बेलाबखत यसरी शरीरलाई तताउन ठिक हुन्छ । तर, जाडो कटाउनका लागि यसको प्रयोगलाई जोड दिनु राम्रो हुँदैन ।
के गर्ने ?
हिटर होस् वा कोइला बालेर ताप्दा, धेरै लामो समय बस्नु हुँदैन । साथै धेरै नजिक पनि बस्नु उपयुक्त हुँदैन । राती सुत्नेबेला कतिले कोइला बालेर कोठा न्यानो बनाउने प्रयास गर्छन् । यो पनि राम्रो तरिका होइन । अझ झ्यालढोका थुनेर कोइला बाल्दा नराम्रो नतिजा पनि झेल्नुपर्ने हुनसक्छ । त्यसैले यस्ता कुरामा सर्तक हुनुपर्छ ।
यस्ता साथी-संगतले तपाई हुनुहुनेछ निरोगी
यतिबेला सिनेमाघरमा खगेन्द्र लामिछाने स्टारर ‘जय भोले’ प्रदर्शनमा आएको छ, जसको मुलकथा भनेको मित्रता हो । अर्थात फिल्मले साथीको सम्बन्धबारे कथा भन्छ ।
साथी अर्थात मित्रताको सम्बन्धमा हाम्रो समाज निकै उदार छ । समाजले यस्तै मित्रतालाई बलियो बनाउन मितेरी प्रथाको विकास गरेका थिए । साथी वा मित्रताबारे विभिन्न कथाहरु रचना गरिए । कृष्णजी र सुदमाको आदर्श कथाले पनि मित्रताको महत्व दर्शाउँछ ।साथीको अर्थ आफैमा वृहत, आयमिक छ । साथी, जो आवश्यक्ता परेको बखत हामीलाई साथ दिन्छ । सुखमा साथ दिन्छ, दुखमा हात दिन्छ । एकपटक सोच्नुहोस् त, तपाईंसँग यस्ता साथी कति छन् ? अथवा तपाईंको साथी सर्कलमा यस्ता साथीहरु को को छन् ?
साथी त धेरै होलन् । कार्यलयका साथी होलान् । विद्यालयका साथी होलान् । टोलका साथी होलान् । व्यवसायका साथी होलान् । तर, यी साथीहरुसँग हामी कुनै न कुनै स्वार्थले जोडिएका हौ । किनभने निस्वार्थ जोडिएका साथीहरु हामीसँग एकाध मात्र होलान् ।
भनिन्छ, तपाईंसँग जति धेरै साथीहरु छन्, उत्तिनै जीवन सहज हुन्छ । सुखमय हुन्छ ।
कतिसम्म भने, चिन्ता, तनाव वा डिप्रेसनजस्तो समस्याबाट टाढा रहनका लागि पनि साथीको खाँचो हुन्छ । अर्को महत्वपूर्ण कुरा, तपाईंसँग कति धेरै साथी छन् ? यसले तपाईंको जीवनमा खास अर्थ राख्दैन । बरु तपाईंसँग कस्ता साथी छन् ? यसले तपाईंको जीवनमा विशेष अर्थ राख्छ ।
साथीको अर्थ र महत्वभनिन्छ, आवश्यक परेको बेला काम लाग्ने साथी नै असल साथी हो । नहोस् पनि किन ? आखिर त्यो साथी नै त हो, जोसित हामी सुखदुखका कुरा गर्छौ । हाम्रो मनको व्यथा सुनाउछौ । हँसीमजाक गर्छौ । रुन्छौ , हास्छौ । आफ्नो मनको पिडा बिसाउँछौ ।
त्यसैले त , समाजमा पनि साथीभाईको विशेष स्थान रहेको हुन्छ ।
साथीको संगत र हाम्रो स्वास्थ्य
साथीभाईका सम्बन्धमा हालै अमेरिकामा गरिएको एक शोध अनुसार पारिवारिक वातावरण, असल घरछिमेक तथा साथीभाईबीच रहने व्यक्तिहरुमा स्वस्थ रहने सम्भावना ५० प्रतिशतसम्म बढ्ने गरेको पाइएको थियो ।
नतिजा अनुसार कम साथी हुनु भनेको स्वास्थ्यका लागि त्यत्ति नै हानीकारक हो जति की रक्सीले मातिनु वा दिनमा १५ वटा सम्म चुरोट पिउनु ।
बिघ्रम योङ युर्निभसिटीको टिमले १५० अलग अलग अध्ययनको आकडा निकालेर यो निष्कर्षमा पुगेको थियो । अध्ययन सोशल नेटवर्क र मानिसको बाच्ने आधारसित सम्बन्धित थियो ।सामाजिक पृष्टभूमी भएकाहरुको लामो आयु
यो शोधमा सात वर्षको अवधीमा विभिन्न महादीपका विभिन्न पृष्ठभुमि तथा उमेरका करिब तीन लाख मानिसमाथि अध्ययन गरिएको थियो । यसमा सामाजिक पृष्ठभूमि राम्रो हुने व्यक्ति स्वास्थ्य एवं आयु लामो भएको पाइएको थियो ।
त्यस्तै, एक्लै बस्ने मानिसको तुलनामा साथीभाई तथा घरपरिवारका साथ समय विताउने मानिसमा जिउँदो रहने सम्भावना डेढ गुणासम्म बढी रहेको पाइएको थियो ।
शोधकर्ता जुलियन टिमथीका अनुसार साथी, सहकर्मी तथा परिवारले हाम्रो स्वास्थ्य तथा जीवनमा विभिन्न तरीकाले सकारात्मक प्रभाव पार्छ ।
‘जब हामी अन्य मानिससित सम्बन्धित हुन्छौ , र उनीहरुप्रति जिम्मेवारीबोध गर्छौ , तब यही भावनाले हामीलाई आˆनो ख्याल राख्न अभिप्रेरित गर्छ र हामी जीवनमा कम जोखिम मोल्न तयार हुन्छौ’, जुलियन भन्छिन् ।
आधुनिक जीवनशैलीका कारण मानिसहरु के सम्म पनि सोच्छन् भने अहिलेको युगमा मानिसलाई आमने सामने बसेर कुराकानी गर्न पनि खासै जरुरी छैन । जबकी सामाजिक समन्यजस्यता कम हुदाँ मोटोपनाका कारण आयु कम हुने जस्तै मानिसको बाँच्ने आधार पनि कम हुने शोधकर्ताहरुको भनाई छ ।
उनीहरु भन्छन्, आजकलको आधुनिक जीवनशैलीका कारण सामाजिकीकरण हराउँदै गएको छ र मानिस एक्लै हुँदै गइरहेको छ । मानिसलाई करियर, परिवार तथा कामको बीचमा तालमेल मिलाउन समस्या भईरहेको छ । जसले गर्दा उनीहरुको आयु समेत कम हुँदै गएको छ’ ।
ईयरफोन बनिरहेको छ मृत्युको कारण, यसो गरे कसो होला ?
गाडीमा यात्रा गरिरहेकाहरु होस् वा मर्निङ वाक गरिरहेकाहरु, कुनै कामधन्दामा लागिरहेकाहरु होस् वा कलेज धाइरहेकाहरु । धेरैजसो कानमा ईयरफोन ठोसेर एकसूरमा केही सुनिरहेका हुन्छन् ।
कतिपय त ईयरफोन लगाएर सवारीसाधन पनि हाँकिरहेका हुन्छन् । यसको कारणले दिनप्रतिदिन दुर्घटना भइरहेका छन् ।सवारी चलाउँदा ईयरफोनको प्रयोग गर्नेहरु आफुमात्र दुर्घटनाको जोखिममा छैन, उनीहरुको कारण अरुले यात्रु, बटुवा वा सवारी चालकले समेत ज्यान गुमाउनुपर्ने अवस्था छ ।
यस्ता दुर्घटनाहरुलाई हामी आफैले निमन्त्रणा दिइरहेका छौं । ईयरफोनको प्रयोग गर्दा हामी सचेत हुनुपर्छ । यस्तो अवस्थामा ईयरफोनको प्रगोग गर्दै नगर्ने त ? कि यसको अरु कुनै विकल्प होला ?
हामीले केही सावधानी अपनाएमा संभावित दुर्घटनाहरुलाई सजिलै टार्न सक्छौं । त्यसैले यी कुराहरुलाई सँधै ध्यान दिनुहोस् ।
१. सडकमा हिँड्दा हामी एक जिम्मेवार नागरिकको भूमिकामा हुन्छौ । संगीत सुन्ने वा फोनमा कुरा गर्ने हाम्रो व्यक्तिगत मामिला हो तर सवारी हाँक्दा यसको प्रयोग गरेर अरुको ज्यानसँग खेल्ने कुनै हक हामीलाई छैन । यो गैरकानुनी, गैरजिम्मेवार र असंयमित काम हो ।
२.सडकमा सवारी चलाउँदै गर्दा वा हिँड्दै गर्दा कुनै यस्ता ईयरफोन लगाएर सवारी चलाइरहेको वा बाटोकाट्दै गरेको व्यक्तिलाई देख्नुभयो भने तुरुन्त रोकेर उसलाई त्यसो नगर्न भन्नुहोस् र सामाजिक जिम्मेवारीको महसुस गराउनुहोस् ।
३. हाम्रो एउटा सानो भुल वा जीवनशैली कसैको लागि मृत्युको कारण बन्न सक्छ । त्यसैले सडकमा आफूसँगै अन्य नागरिकहरुको सुरक्षाको पनि ध्यान राख्नुपर्छ ।
४. ईयरफोन र हेडफोनमासानो ध्वनी पनि ठूलो र स्पष्ट सुनिन्छ किनभने कानको धेरै नजिक हुनाले यो ठूलो भोलुममा लगाँउदा हाम्रो हियरिङ लस हुन सक्छ । ईयरफोन लगाउनै परेमा कम आवाजमा त्यसलाई राख्न सकिन्छ । त्यस्तै घर भन्दा बाहिर सडकमा हिँड्दा इयरफोन प्रयोग नगरेकै वेश ।
५. इयरफोनको ध्वनीले वरिपरिको होहल्लाबाट ध्यान हटाउँछ । ईयरफोनबाट आएको भन्दा अर्को ध्वनी हामीले सुन्न सक्दैनौं । यस्तोमा वरिपरिको खतरा, विशेषगरि हर्नको आवाज, नजिकै आइरहेको गाडी वा अरु मानिसहरुको चेतावनी जस्ता आवाजहरु या त कानसम्म पुग्दैन वा त यति विस्तारै महसुस हुन्छ जसले हाम्रो ध्यान खिच्न सक्दैन । नतिजा, सडक दुर्घटना हुन्छन् ।
६. संगीत सुन्ने सौख छ र अक्सर गीतसंगीत सुन्नको लागि ईयरफोनको प्रयोग गरिन्छ भने २ घन्टाभन्दा धेरै समयसम्म तिव्र आवाजलाई नसुनौ । यसले कानमा धेरै क्षति पुर्याउन सक्छ ।
७. आफ्नो ईयरफोन अरुलाई प्रयोग गर्न दिनु हुँदैन र अरुको ईयरफोन पनि आफूले प्रयोग नगरौं । यसले कानमा ब्याक्टेरियल इन्फेक्सन वा अन्य समस्याको जोखिमलाई कम गर्छ ।
८. इएनटी विशेषज्ञहरुका अनुसार कानले अनावश्यक आवाजलाई पर्दासँग ठोक्काएर फिर्ता पठाइदिन्छ । तर ईयरफोन प्रयोग गर्दा मल्टिपल फ्रिक्वेन्सीका आवाज कानको पर्दासँग ठोकिन्छ तर पनि फेरि फिर्ता कान भित्र नै घुमिरहन्छ जसले हाम्रो कानको नसा कमजोर हुन्छ ।
९. लामो समयसम्म इयरफोनको प्रयोग गर्नुहुन्छ भने यसले कानको नशालाई असर गर्छ । यो नशाले इलेक्ट्रिक इम्पल्सको आधारमा काम गर्छ र र धेरै समयसम्म ईयरफोनको प्रयोग गर्नाले नशाले काम गर्छ छोड्छ ।
१०. ईयरफोनको अत्याधिक प्रयोगको कारण धेरै युवाहरुमा हियरिङ लस अर्थात कान नसुन्ने समस्या देखिन थालेको छ । अडियोमेट्रीको माध्यमले गरिएको परिक्षणमा ईयरफोनको धेरै प्रयोग गर्ने २५ देखि ३० प्रतिशतलाई यो समस्या भएको पाइएको छ । कानको मुख्य नशा ड्यामेज हुने कारणले यसको उपचार सम्भव छैन ।
Subscribe to:
Posts (Atom)