Saturday, September 1, 2018
यी महिला, जसले आफ्नै स्तनको ४ सय ७० लिटर दुध दान गरिन्
भनिन्छ रक्तदान जीवनदान हो । तर रक्तदान भन्दा महान दानचाहिँ आमाको स्तनको दुध रहेछ ।
नयाँ आमाहरुका लागि आफ्नो बच्चालाई स्तनपान गराउनु साँच्चीकै चुनौतिपूर्ण कुरा हो । कतिपय सुत्केरी महिलाहरुको दुध नै नआउने वा बच्चालाई पुग्ने जति नआउने समस्या हुन्छ । जसका कराण बच्चाले पर्याप्त स्तनपान गर्न नपाउने र पेट भर्नका लागि अनेक खाले खानेकुराको सहारा लिनुपर्ने हुन्छ । तर कहीँ महिला यस्ता हुन्छन् जसले आमा बनेको बेला आफ्नो बच्चालाई मनग्गे पुग्ने मात्र होइन अरुलाई दान दिन समेत पुग्दछ ।अमेरिकाको क्यालिफोर्नियामा बस्ने ताबिथा फ्रस्ट नामकी ती महिलाले अहिलेसम्म आफ्नो स्तनबाट निकालेको ४ सय ७० लिटर दुध दान गरिसकेकी छिन् ।
तीन बच्चाकी आमा फ्रस्टले बच्चा जन्माएको वर्षदिनसम्म हरेक दिन ३ लिटर भन्दा बढि दुध उत्पादन गर्दछिन् । जुन उनको बच्चालाई चाहिने भन्दा धेरै हो । त्यो धेरै हुने दुध उनले दुध चुस्न नपाएका अरु बच्चाका लागि दान गर्दछिन् ।
फ्रस्टका अनुसार उनले हरेक दिन आफ्नो दुध दुहिन्छिन् । चाहे यात्रामा होस् वा विरामी भएको बेला होस् उनका लागि दुध दुहिने काम फूल टाइम जागिर सरह छ ।
वैज्ञानिकका अनुसार महिलाको स्तनमा यतिधेरै दुध उत्पादन हुनु वास्तवमा एउटा रोग नै हो । यसलाई हाइपरल्याक्टेसन सिन्ड्रोम भनिन्छ । यसका कारण महिलाको स्तनमा औषतमा भन्दा तिन गुणा धेरै दुध उत्पादन हुन्छ ।
कहिलेकाहीँ प्रोल्याक्टिन हर्मोनको स्तर धेरै हुँदा पनि यस्तो हुन्छ । यसलाई हाइपरल्याक्टोमिया पनि भनिन्छ । कतिपय अवस्थामा ब्रेन ट्युमर हुँदापनि यस्तो हुने वैज्ञानिकहरु बताउँछन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment