Saturday, September 1, 2018
भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य
नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्ः
चीनः चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ ।ष्ट्रेलियाः अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छन् । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ ।
बेलायतः बेलायतमा सन् १८२४ मै भिख माग्न नपाइने कानून बनेको थियो । सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैरकानूनी ठहर गरी कारवाही गरिन्छ ।
डेनमार्कः डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा १९७ का अनुसार गैरकानूनी हुन्छ । त्यसरी भिख माग्नेलाई ६ महिनासम्मको जेल सजाय हुन्छ ।
फ्रान्सः सन् १९९४ मा लागू भएको नयाँ कानूनी व्यवस्थाले फ्रान्समा भिख माग्ने कामलाई गैरकानूनी कामको सूचीबाट हटाएको थियो । तर बालबालिकालाई भिख माग्न लगाउनु तथा भिख माग्ने कामका लागि जनावरको प्रयोग गर्नु अहिले पनि फ्रान्समा गैरकानूनी छ ।
फिनल्याण्डः सन् २००३ को सार्वजनिक शान्ति सुव्यवस्था ऐनले फिनल्याण्डमा भिख माग्न कार्यलाई गैरकानूनी घोषित गरेको थियो ।
एजेन्सी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment