Friday, August 31, 2018
मोदीलाई प्रधानमन्त्री ओलीको लुम्बिनी भ्रमणको निम्तो
काठमाडौँ । भारतको सहयोगमा निर्माण भएको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
धर्मशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पवित्र पावन बागमतीको किनारमा रहेको पशुपति हिन्दुहरुको आस्था र सम्मान प्रकट गर्ने स्थल भएको बताए । उनले नेपाल र भारतबीच सभ्यता र इतिहास, जोडिएको भन्दै भारत र नेपालको मित्रतालाई जोड्ने पुलको रुपमा पशुपतिनाथ मन्दिरले काम गरेको बताए ।
लाखौँ भारतीय तिर्थयात्री हरेक बर्ष पशुपतिमा आउने गरेको र त्यसमा पौराणिकता र धार्मिक कारण रहेको भन्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथलाई पवित्र धार्मिकस्थलका रुपमा विकास गर्ने योजनामा भारतको सहयोग रहने विश्वास व्यक्त गरे ।
‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्धिजमकोे मुहान हो भनेर भारतबाट हामीले समर्थन र सहकार्यको अवस्था पाउने विश्वास लिएको छु’ प्रधानमन्त्रीले बताए ।
उनले त्यस क्रममा भारतीय प्रधानमन्त्रीलाई लुम्बिनी भ्रमणको निम्तो समेत दिए ।
उनले आगामी दिनमा नेपाल भारत मैत्रिसम्बन्ध अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने पनि बताए ।
उनले बागमतीमा स्नान गरेर पशुपतिको दर्शन गर्ने व्यवस्था मिलाउन सरकार प्रयासरत रहेको जानकारी गराए । ज्ञान र सभ्यताको उद्गमस्थल मानिएको नेपाललाई ज्ञानभुमि, तपोभुमि र देवभुमि भनिएको बताए । ‘सर्वे भवन्तु सुखिनम्, सर्वे सन्तु निरामय’ भन्ने पुर्वजहरुले छोडेर गएका ज्ञानलाई अघि बढाउन पुर्नजागरण गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालभारत सम्बनध सयौ बर्षपुरानो भएको भन्दै नेपाल हिन्दु र बौद्धधर्मालम्बीको संगमस्थल रहेको पनि बताए । उनले नेपालका धार्मिकस्थल पशुपति, मुक्तिनाथ, लुम्बिनी सगरमाथा लगायतको महत्व उच्च रहेको बताए ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए ।
भारतको २२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानी गरेर निर्माण भएको उक्त धर्मशालामा तीन सय ९७ जना बस्न मिल्ने ८८ वटा कोठाहरु छन् ।
करिब पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त धर्मशाला निर्माण कार्य नाकाबन्दीका बेला रोकिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment