Monday, October 22, 2018

हार्मोन असन्तुलनको कारण पुरुषलाई हुन सक्छन् यस्ता समस्या

मानव शरीरको उचित वृद्धि र विकासमा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । हार्मोनले महिला र पुरुष दुवैको शरीरको वृद्धि विकासलाई मात्रै प्रभावित गर्दैन, यसले शरीरको सबै प्रणालीहरुको गतिविधिहरुलाई पनि नियन्त्रित गर्छ । तर, जब यी हार्मोनहरु असन्तुलित हुन्छन् शरीरको कार्यप्रणालीमा गडबडी आउँछ । समस्या त्यहीबाट सुरु हुन्छ । पुरुषहरुमा हार्मोन असन्तुलत के हो र यसको कसरी रोक्न सकिन्छ ? के हो हार्मोन ? वास्तवमा हार्मोन भनेको कुनै कोष वा ग्रन्थीद्वारा उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सिधा प्रभाव हुन्छ । हाम्रो शरीरमा कुल २३० किसिमका हार्मोन हुन्छन् जसले शरीरका फरक फरक क्रियाहरुलाई नियन्त्रित गर्छन् । कुनै पनि हार्मोनमा हुने थोरै परिवर्तन पनि मेटाबोलिज्मलाई प्रभावित गर्न काफी हुन्छ । यसले एक केमिकल मेसेन्जरले जस्तै एक कोषबाट अर्को कोषसम्म संकेत पुर्‍याउँछ । हार्मोन असन्तुलनको कारण र प्रभाव हार्मोन असन्तुलनको कैयौं कारणहरु हुन सक्छन्, जस्तैः अस्वस्थ जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । गलत खानपार र नियमित व्यायाम नगर्नाले हार्मोन असन्तुलन हुन्छ । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् । जब जीवनशैली र खानपानमा गडबडीको कारण हार्मोनको उत्पादनमा असन्तुलन आउँछ । त्यतिखेर विभिन्न किसिमका बिरामीहरुले घेर्न थाल्छन् । हार्मोन असन्तुलनले केवल महिलाहरुलाई मात्रै प्रभावित गर्दैन यसले पुरुषहरुलाई पनि प्रभावित गर्छ । पुरुषको शरीरमा पनि एस्ट्रोजेन, प्रोजेस्टेरोन र प्रोलेक्टिन हार्मोन उत्पादित हुन्छ । यी मध्ये टेस्टोस्टेरोन पुरुषको शरीरमा भएको सबैभन्दा महत्वपूर्ण हार्मोन मध्ये एक हो । शरीरको समुचित कार्यलाई ठिक राख्ने क्रममा टेस्टोस्टेरोनको स्तर बनाइराख्न आवश्यक छ । हार्मोन असन्तुलनको कारण स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तैः अनुहारमा दागहरु बस्ने, शरीरमा धेरै रौंहरु पलाउने, उमेर धेरै भएको लक्षण नजर आउने र सेक्सप्रति अनिच्छा जस्ता समस्याहरुको सामना गर्नुपर्छ । विशेषगरि जब पुरुषमा हार्मोन असन्तुलन हुन्छ त्यतिखेर उनीहरुमा चिडचिडाहट, विर्य कम उत्पादन हुन्छ र यौनइच्छा कम हुन्छ तर हार्मोनलाई सन्तुलित गर्न कैयौं तरिकाहरु अपनाउन सकिन्छ, जस्तैः औषधिहरु, योग, व्यायाम र पौष्टिक आहारको सेवन गर्ने आदि । जीवनशैलीमा परिवर्तन जीवनशैलीमा सामान्य परिवर्तन गरेर एक पुरुषले आफ्नो शरीरमा हुने हार्मोन असन्तुलनलाई नियन्त्रित गर्न सक्छन् । जस्तै ताजा सब्जीहरु र फलफूल को नियमित सेवन र क्याफिनयुक्त पेयमा कटौती आदी । सोयाबिनयुक्त खानेकुराको सेवन कम गर्ने सोयाबिन र सोयामा आधारित उत्पादनको सेवन कम गर्नुहोस् । किनभने पुरुषहरुलाई अतिरिक्त एस्ट्रोजनको मात्राको आवश्यकता हुँदैन । सोयाबीन फाइटो स्ट्रेजिन्सको राम्रो स्रोतमध्ये एक हो । एस्ट्रोजन र फाइटोस्ट्रोजिन्सको सेलुलर संरचना समान हुन्छ । यसैले पुरुषहरुलाई अतिरिक्त मात्रामा यो प्रोटिन लिन हुँदैन । बरु, यसको सट्टा तपाईं अण्डाको सफा भाग र कम बोसोयुक्त डेरी उत्पादनमा जोड दिन सक्नुहुन्छ । पर्याप्त निन्द्रा लिनुहोस् रातमा पर्याप्त निन्द्रा शरीरको समग्र स्वास्थ्यको लागि आवश्यक हुन्छ । दैनिक पर्याप्त निन्द्रा लिनाले मस्तिस्क र एडि्रनल ग्रन्थीको माध्यमले हार्मोन सन्तुलित हुन्छ । हार्मोन असन्तुलनको कारण देखिने विभिन्न स्वास्थ्य समस्याहरुलाई कम गर्नको लागि प्रतिदिन आठघन्टा सुत्ने लक्ष्य बनाउनुहोस् । व्यायाम गर्नुहोस् शरीरमा अतिरिक्त मांसपेसीहरु पलाउने र शारीरिक उच्च शक्तिको सम्बन्ध शरीरमा टेस्टोस्टेरोनको हार्मोनको उच्च स्तरको कारणले हुन्छ । यसैले तपाईं मांसपेसीहरु दुखाई वा शरीरलाई कमजोर महसुस गरिरहनुभएको छ भने व्यायाम गरेर यो समस्याबाट मुक्त हुन सकिन्छ । यसैले हप्तामा कम्तीमा पनि चार दिन जमेर व्यायाम गर्नुहोस् । कस्ता र के आहार लिने ? -नरिवलको तेल खानुहोस् । यसको प्रयोगले शरीरमा हार्मोन ब्यालेन्स हुन्छ । -पानी पिउनुहोस् यसले शरीर हाइड्रेट हुन्छ र त्यसको स्ट्रेस लेभल पनि कम हुन्छ । -ड्राइ फ्रुट्समा धेरै प्रोटिन हुन्छ । प्रोटिन डाइट हार्मोनको गडबडीले ग्रस्त पुरुष र महिला दुवैको लागि राम्रो हुन्छ । -साथै हरिया सागसब्जी र गेडागुडी र लसुन खानुहोस् । यीनीहरुमा धेरै कार्बोहाइड्रेट र फाइबर हुन्छ जसले हार्मोन असन्तुलनलाई ठिक गर्छ । -मांसाहारी हुनुहुन्छ भने माछा खानुहोस् । आफ्नो आहारमा सिफुड पनि समावेश गर्नुहोस् । टुना फिसमा धेरै ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले शरीरमा हार्मोनलाई सन्तुलित गर्छ ।

ग्रीन टि कति, कसरी पिउँदा स्लिम, तन्दुरुस्त र निरोगी भइन्छ ?

ग्रीन टि सेवन गर्न सुरु गरेकाहरु भन्छन्, ‘खै मेरो त तौल घट्दै घटेन ?’ कतिले भन्छन्, ‘ग्रीन टि पिएको पिएकै छु, खै केही प्रभाव पर्दैन त ?’ कतिले भन्छन्, ‘ग्रीन टि पिएको मेरो त रोग नै निको भएन ।’ यी सवै प्रश्नको एउटै जवाफ हो, ‘ग्रीन टि त्यस्तो कुनै चमत्कारिक ओखती होइन, जसले क्षणभरमै प्रभाव पार्छ ।’ न टिबारे अहिले धेरैलाई जानकारी भएपनि यसले कसरी काम गर्छ वा यसको प्रभाव के हुन्छ भन्नेबारे थाहा नहुन सक्छ । ग्रीन टि सामन्यत अन्य चिया जस्तै हो, खासगरी अर्थोडक्स चिया । हामीले दुधसँग सेवन गर्ने सिटिसी चिया (दानादार) भन्दा चाहि धेरै फरक हो । ग्रीन टि पहाडी क्षेत्रका चिया बगानको उत्पादन हुन्, जसलाई तयार गर्ने प्रक्रिया केही फरक हुन्छ । हरियो चिया पत्ती कारखानामा ल्याइसकेपछि त्यसलाई ओइलाउने, माड्ने र सुकाउने प्रक्रिया अरुभन्दा केही भिन्न हुन्छ । साथै, ग्रीन टि एउकै गुणस्तर, एकै स्वाद वा एकै रुपको पनि हुँदैन । थरीथरीका ग्रीन टि बन्छ । तर, ति सबैमा पाइने पोषक तत्वमा एकरुपता हुन्छ ।ग्रीन मूलतः एन्टिअक्सिडेन्टको स्रोत हो, जो हाम्रो शरीरका लागि अति आवश्यक पोषक तत्वमा पर्छ । एन्टिअक्सिडेन्ट अन्य खानेकुरा पनि पाइन सकिन्छ, तर ग्रीन टि त्यसमध्ये उत्कृष्ट स्रोत हो । यसमा एपिगलोकेटेशिन-३ गलेट जस्ता तत्व हुन्छ, जसले शरीरमा क्यान्सरको कोशिका बढ्न दिदैन । अध्ययनहरुले भन्छ, ग्रीन टिको समूचित सेवनले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम हुन्छ । यस्ता थुप्रै तत्वहरु हुन्छन्, जसले शरीरमा प्रत्यक्ष फाइदा गर्छ । जस्तो कि, ग्रीन टिले उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा सघाउँ पुर्‍याउँछ । तर, यो उच्च रक्तचाप र मधुमेहको औषधी होइन, जो सेवन गर्नसाथ तुरुन्तै समस्या ठिक हुन्छ । त्यस्तै ग्रीन टिले कोलेस्टोर नियन्त्रण गर्छ, हड्डी बलियो बनाउँछ, छालामा चमक ल्याउँछ, शरीरको वोसोपन घटाउँछ । यावत् गुणहरुले गर्दा ग्रीन टिलाई गुणी पेय मानिन्छ । ग्रीन टि कुनैपनि रोग तत्काल निर्मूल बनाउने औषधी होइन । बरु यसको नियमित सेवनले ति रोगहरु लाग्ने संभावनालाई कम गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ग्रीन टिले मोटोपन घटाउँछ, उच्च रक्तचाप नियन्त्रण गर्छ, छालामा चमक ल्याउँछ । यी विभिन्न अध्ययनबाट पुष्टि भइसकेका वैज्ञानिक आधार हुन् । तर, आज ग्रीन टि पिउन सुरु गर्‍यो, भोलि नै त्यसको नतिजा खोज्नु हुँदैन । किनभने ग्रीन टि भनेको आयुर्वेदिक महत्वको पेय हो, जसले प्राकृतिक रुपमा विस्तारै तर दीगो रुपमा हामीलाई रोगमुक्त गराउँछ । ग्रीन टि पिएर त्यसबाट लाभ लिनका लागि पिउने विधी, समय सबैकुरा थाहा हुनुपर्छ । जथाभावी सेवन गर्दा त्यसको प्रभावकारीता उस्तै रहँदैन । त्यसैले ग्रीन टि कसरी, कति र कुन समयमा पिउने भन्ने हेक्का राख्नुपर्छ । कसरी पिउने ग्रीन टि ? बजारमा थरीथरीका ग्रीन टि पाइन्छ । अहिले धेरैजसो त टि ब्यागमा पनि उपलब्ध छन् । तर, ग्रीन टि खुला -टि ब्यागमा नराखिएको)बढी प्रभावकारी हुने बताइन्छ । त्यस्तै ग्रीन टि खरिद गरिरहँदा त्यो कुन बगान वा कुन स्थानको हो भनेर पनि जानकारी लिनुभयो भने राम्रो हुन्छ । किनभने यहाँ खपत हुने ग्रीन टि हाम्रै उत्पादन हुन् । खासगरी पूर्वी पहाडका थुप्रै जिल्लामा ग्रीन टि तयार हुन्छ । त्यसमध्ये पनि उच्च भेगको, अग्र्यानिक उत्पादन राम्रो हुन्छ । ग्रीन टिको बारेमा जानकारी लिइरहँदा त्यसको प्रयोग विधी जान्नैपर्छ । यदी सही ढंगले प्रयोग गरिएन भने साइड इफेक्ट पनि हुनसक्छ । १. ग्रीन टिलाई त्यसको भाँडो (ग्रीन टिकै लागि विशेष किसिमले तयार गरिएको)मा तयार गर्न सकिन्छ वा छुटै मग वा गिलासमा पनि तयार गर्न सकिन्छ । ग्रीन टि राखिसकेपछि त्यसमा तातो पानी हालेर उक्त पानी फ्याक्नुपर्छ । यसले गर्दा ग्रीन टिमा रहेका धुलो पखालिन्छ । त्यसपछि पुन तातो पानी राख्नुपर्छ । – ग्रीन टि ताजा पिउनुपर्छ । लामो समय राखेको ग्रीन टि पिउनु त्यती प्रभावकारी हुँदैन । लामो समयसम्म ग्रीन टि भिजाएर राख्दा त्यसमा रहेको भिटामिन र एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । त्यही कारण यसको पुरा लाभ उठाउन सकिदैन । – विहान, बेलुकी, दिउसो जुनसुकै समयमा ग्रीन टि पिउन सकिन्छ । तर, विहान उठ्नसाथ खाली पेटमा ग्रीन टि पिउनु हुँदैन । खाना खानसाथ वा खाना खानुअघि पनि ग्रीन टि पिउनु त्यती राम्रो होइन । खाना खानुभन्दा अघि वा पछि आधा घण्टाको ग्याप राखेर पिउनुपर्छ । – विहान ब्रेकफास्टका साथमा ग्रीन टि पिउनु प्रभावकारी हुन्छ । – दिनमा तीन वा चार कप ग्रीन टि पिउनुपर्छ । त्यसभन्दा धेरै वा थोरै ग्रीन टि पिउनु उति प्रभावकारी मानिदैन । – अत्याधिक मात्रामा ग्रीन टि सेवन गर्दा त्यसमा एन्टिअक्सिडेन्ट र फ्लवोनोइडस अधिक मात्रामा हुने भएकाले कलेजोमा असर गर्न सक्छ । – ग्रीन टिमा चिनी, दुध मिश्रण गर्नै हुँदैन । बरु महसँग मिश्रण गरेर सेवन गर्दा दोब्बर फाइदा हुन्छ । – ग्रीन टिमा मह मिसाएर सेवन गर्दा फ्याट बर्न एकदमै राम्ररी हुन्छ । यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ । – ग्रीन टि कुनैपनि औषधीसँग सेवन नगरौं । – न्युन रक्तचाप भएकाहरु, गर्भवती वा कुनै गंभिर शारीरिक समस्या झेलिरहेकाहरुले चिकित्सकको सल्लाहमा मात्र ग्रीन टि सेवन गरौं ।

यसरी गरौं जाडोको स्वागतः के गर्ने, के नगर्ने ?

दशैंको रौनक सेलाउँदै जाँदा हामीलाई चिसो अनुभव हुन थालेको छ । हो त, मौसमी तापमान ओह्रालो लाग्दैछ । वायुमण्डलमा चिसो हावा चल्न थालेको छ । जब-जब जाडो बढ्दै जान्छ, हाम्रो आङमा लुगा थपिदै जान्छ । शरीरले न्यानो, बाग्लो लुगा खोज्न थाल्छ । जाडोसँग सन्तुलन मिलाउनका लागि न्यानो लुगा लगाउनैपर्छ । तर, यतिले मात्र समस्याको हल हुँदैन । किनभने जाडोले अरु पनि केही चुनौती एवं समस्या थपेर आउँछ । जाडोको समस्या जाडोमा स्वास्थ्य सम्बन्धी समस्या बढ्छ, सौन्दर्य सम्बन्धी समस्या बढ्छ । मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ । त्यस्तै दमका रोगीलाई पनि जाडो यामले बढी सताउँछ । थाइराइडका समस्याले ग्रस्तहरुका लागि पनि यतिबेला थप कष्टकर बन्न पुग्छ । जाडो मौसममा सबैभन्दा बढी त रोगी, बुढापाका, बालबालिका, सुत्केरीलाई गाह्रो हुन्छ । बुढापाकाहरु चिसोले कक्रिन्छन् । जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ । त्यसबाहेक हाटखुट्टा, ओंठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ । के नगर्ने जाडोमा ? मौसमी तापमान घट्दै गएपछि हामीले आफ्नो शरीरको तापमानलाई भने सन्तुलित राख्नुपर्छ । यसका लागि न्यानो कपडा नै उपयुक्त हुन्छ । तर, शरीरलाई न्यानो कपडाले ढाक्दैमा शरीर तातो हुन्छ भन्ने होइन । के गर्ने ? प्राकृतिक न्यानोपनका लागि शारीरिक सक्रियता महत्वपूर्ण हुन्छ । यसका लागि हिँडडुल गरिरहने, व्यायाम गर्ने वा शारीरिक श्रममा जोड दिने गर्नुपर्छ । शारीरिक श्रम गर्दा सबै अंग प्रत्यांग सक्रिय हुन्छ । रक्तप्रवाह सुचारु हुन्छ । शरीर स्वतः न्यानो हुन्छ । के नगर्ने ? जाडो भगाउने वाहनामा धेरैले मदिरापान गर्छन् । चुरोट सेवन गर्छन् । मदिरापान गर्दा, चुरोट पिउँदा न्यानो हुन्छ भन्ने कतिलाई भ्रम छ । कतिले चिया, कफी खाएर पनि जाडो भगाउने मेलोमेसो गर्छन् । तर, यसले शरीर न्यानो हुने होइन । बरु थप रोग निम्त्याउँछ । के गर्ने ? तात्तातो खानेकुरा खासगरी झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । मौसमी फलफूल खानुपर्छ । यसबेला मौसम सुख्ख हुने भएकाले शरीरमा पानीको अभाव हुन्छ, त्यसैले पर्याप्त पानी पिउनुपर्छ । के नगर्ने ? जाडोमा हामी हिटर ताप्छौं । कोइला बालेर ताप्छौं । अँगेनामा आगो ताप्छौं । बेलाबखत यसरी शरीरलाई तताउन ठिक हुन्छ । तर, जाडो कटाउनका लागि यसको प्रयोगलाई जोड दिनु राम्रो हुँदैन । के गर्ने ? हिटर होस् वा कोइला बालेर ताप्दा, धेरै लामो समय बस्नु हुँदैन । साथै धेरै नजिक पनि बस्नु उपयुक्त हुँदैन । राती सुत्नेबेला कतिले कोइला बालेर कोठा न्यानो बनाउने प्रयास गर्छन् । यो पनि राम्रो तरिका होइन । अझ झ्यालढोका थुनेर कोइला बाल्दा नराम्रो नतिजा पनि झेल्नुपर्ने हुनसक्छ । त्यसैले यस्ता कुरामा सर्तक हुनुपर्छ ।

यस्ता साथी-संगतले तपाई हुनुहुनेछ निरोगी

यतिबेला सिनेमाघरमा खगेन्द्र लामिछाने स्टारर ‘जय भोले’ प्रदर्शनमा आएको छ, जसको मुलकथा भनेको मित्रता हो । अर्थात फिल्मले साथीको सम्बन्धबारे कथा भन्छ । साथी अर्थात मित्रताको सम्बन्धमा हाम्रो समाज निकै उदार छ । समाजले यस्तै मित्रतालाई बलियो बनाउन मितेरी प्रथाको विकास गरेका थिए । साथी वा मित्रताबारे विभिन्न कथाहरु रचना गरिए । कृष्णजी र सुदमाको आदर्श कथाले पनि मित्रताको महत्व दर्शाउँछ ।साथीको अर्थ आफैमा वृहत, आयमिक छ । साथी, जो आवश्यक्ता परेको बखत हामीलाई साथ दिन्छ । सुखमा साथ दिन्छ, दुखमा हात दिन्छ । एकपटक सोच्नुहोस् त, तपाईंसँग यस्ता साथी कति छन् ? अथवा तपाईंको साथी सर्कलमा यस्ता साथीहरु को को छन् ? साथी त धेरै होलन् । कार्यलयका साथी होलान् । विद्यालयका साथी होलान् । टोलका साथी होलान् । व्यवसायका साथी होलान् । तर, यी साथीहरुसँग हामी कुनै न कुनै स्वार्थले जोडिएका हौ । किनभने निस्वार्थ जोडिएका साथीहरु हामीसँग एकाध मात्र होलान् । भनिन्छ, तपाईंसँग जति धेरै साथीहरु छन्, उत्तिनै जीवन सहज हुन्छ । सुखमय हुन्छ । कतिसम्म भने, चिन्ता, तनाव वा डिप्रेसनजस्तो समस्याबाट टाढा रहनका लागि पनि साथीको खाँचो हुन्छ । अर्को महत्वपूर्ण कुरा, तपाईंसँग कति धेरै साथी छन् ? यसले तपाईंको जीवनमा खास अर्थ राख्दैन । बरु तपाईंसँग कस्ता साथी छन् ? यसले तपाईंको जीवनमा विशेष अर्थ राख्छ । साथीको अर्थ र महत्वभनिन्छ, आवश्यक परेको बेला काम लाग्ने साथी नै असल साथी हो । नहोस् पनि किन ? आखिर त्यो साथी नै त हो, जोसित हामी सुखदुखका कुरा गर्छौ । हाम्रो मनको व्यथा सुनाउछौ । हँसीमजाक गर्छौ । रुन्छौ , हास्छौ । आफ्नो मनको पिडा बिसाउँछौ । त्यसैले त , समाजमा पनि साथीभाईको विशेष स्थान रहेको हुन्छ । साथीको संगत र हाम्रो स्वास्थ्य साथीभाईका सम्बन्धमा हालै अमेरिकामा गरिएको एक शोध अनुसार पारिवारिक वातावरण, असल घरछिमेक तथा साथीभाईबीच रहने व्यक्तिहरुमा स्वस्थ रहने सम्भावना ५० प्रतिशतसम्म बढ्ने गरेको पाइएको थियो । नतिजा अनुसार कम साथी हुनु भनेको स्वास्थ्यका लागि त्यत्ति नै हानीकारक हो जति की रक्सीले मातिनु वा दिनमा १५ वटा सम्म चुरोट पिउनु । बिघ्रम योङ युर्निभसिटीको टिमले १५० अलग अलग अध्ययनको आकडा निकालेर यो निष्कर्षमा पुगेको थियो । अध्ययन सोशल नेटवर्क र मानिसको बाच्ने आधारसित सम्बन्धित थियो ।सामाजिक पृष्टभूमी भएकाहरुको लामो आयु यो शोधमा सात वर्षको अवधीमा विभिन्न महादीपका विभिन्न पृष्ठभुमि तथा उमेरका करिब तीन लाख मानिसमाथि अध्ययन गरिएको थियो । यसमा सामाजिक पृष्ठभूमि राम्रो हुने व्यक्ति स्वास्थ्य एवं आयु लामो भएको पाइएको थियो । त्यस्तै, एक्लै बस्ने मानिसको तुलनामा साथीभाई तथा घरपरिवारका साथ समय विताउने मानिसमा जिउँदो रहने सम्भावना डेढ गुणासम्म बढी रहेको पाइएको थियो । शोधकर्ता जुलियन टिमथीका अनुसार साथी, सहकर्मी तथा परिवारले हाम्रो स्वास्थ्य तथा जीवनमा विभिन्न तरीकाले सकारात्मक प्रभाव पार्छ । ‘जब हामी अन्य मानिससित सम्बन्धित हुन्छौ , र उनीहरुप्रति जिम्मेवारीबोध गर्छौ , तब यही भावनाले हामीलाई आˆनो ख्याल राख्न अभिप्रेरित गर्छ र हामी जीवनमा कम जोखिम मोल्न तयार हुन्छौ’, जुलियन भन्छिन् । आधुनिक जीवनशैलीका कारण मानिसहरु के सम्म पनि सोच्छन् भने अहिलेको युगमा मानिसलाई आमने सामने बसेर कुराकानी गर्न पनि खासै जरुरी छैन । जबकी सामाजिक समन्यजस्यता कम हुदाँ मोटोपनाका कारण आयु कम हुने जस्तै मानिसको बाँच्ने आधार पनि कम हुने शोधकर्ताहरुको भनाई छ । उनीहरु भन्छन्, आजकलको आधुनिक जीवनशैलीका कारण सामाजिकीकरण हराउँदै गएको छ र मानिस एक्लै हुँदै गइरहेको छ । मानिसलाई करियर, परिवार तथा कामको बीचमा तालमेल मिलाउन समस्या भईरहेको छ । जसले गर्दा उनीहरुको आयु समेत कम हुँदै गएको छ’ ।

ईयरफोन बनिरहेको छ मृत्युको कारण, यसो गरे कसो होला ?

गाडीमा यात्रा गरिरहेकाहरु होस् वा मर्निङ वाक गरिरहेकाहरु, कुनै कामधन्दामा लागिरहेकाहरु होस् वा कलेज धाइरहेकाहरु । धेरैजसो कानमा ईयरफोन ठोसेर एकसूरमा केही सुनिरहेका हुन्छन् । कतिपय त ईयरफोन लगाएर सवारीसाधन पनि हाँकिरहेका हुन्छन् । यसको कारणले दिनप्रतिदिन दुर्घटना भइरहेका छन् ।सवारी चलाउँदा ईयरफोनको प्रयोग गर्नेहरु आफुमात्र दुर्घटनाको जोखिममा छैन, उनीहरुको कारण अरुले यात्रु, बटुवा वा सवारी चालकले समेत ज्यान गुमाउनुपर्ने अवस्था छ । यस्ता दुर्घटनाहरुलाई हामी आफैले निमन्त्रणा दिइरहेका छौं । ईयरफोनको प्रयोग गर्दा हामी सचेत हुनुपर्छ । यस्तो अवस्थामा ईयरफोनको प्रगोग गर्दै नगर्ने त ? कि यसको अरु कुनै विकल्प होला ? हामीले केही सावधानी अपनाएमा संभावित दुर्घटनाहरुलाई सजिलै टार्न सक्छौं । त्यसैले यी कुराहरुलाई सँधै ध्यान दिनुहोस् । १. सडकमा हिँड्दा हामी एक जिम्मेवार नागरिकको भूमिकामा हुन्छौ । संगीत सुन्ने वा फोनमा कुरा गर्ने हाम्रो व्यक्तिगत मामिला हो तर सवारी हाँक्दा यसको प्रयोग गरेर अरुको ज्यानसँग खेल्ने कुनै हक हामीलाई छैन । यो गैरकानुनी, गैरजिम्मेवार र असंयमित काम हो । २.सडकमा सवारी चलाउँदै गर्दा वा हिँड्दै गर्दा कुनै यस्ता ईयरफोन लगाएर सवारी चलाइरहेको वा बाटोकाट्दै गरेको व्यक्तिलाई देख्नुभयो भने तुरुन्त रोकेर उसलाई त्यसो नगर्न भन्नुहोस् र सामाजिक जिम्मेवारीको महसुस गराउनुहोस् । ३. हाम्रो एउटा सानो भुल वा जीवनशैली कसैको लागि मृत्युको कारण बन्न सक्छ । त्यसैले सडकमा आफूसँगै अन्य नागरिकहरुको सुरक्षाको पनि ध्यान राख्नुपर्छ । ४. ईयरफोन र हेडफोनमासानो ध्वनी पनि ठूलो र स्पष्ट सुनिन्छ किनभने कानको धेरै नजिक हुनाले यो ठूलो भोलुममा लगाँउदा हाम्रो हियरिङ लस हुन सक्छ । ईयरफोन लगाउनै परेमा कम आवाजमा त्यसलाई राख्न सकिन्छ । त्यस्तै घर भन्दा बाहिर सडकमा हिँड्दा इयरफोन प्रयोग नगरेकै वेश । ५. इयरफोनको ध्वनीले वरिपरिको होहल्लाबाट ध्यान हटाउँछ । ईयरफोनबाट आएको भन्दा अर्को ध्वनी हामीले सुन्न सक्दैनौं । यस्तोमा वरिपरिको खतरा, विशेषगरि हर्नको आवाज, नजिकै आइरहेको गाडी वा अरु मानिसहरुको चेतावनी जस्ता आवाजहरु या त कानसम्म पुग्दैन वा त यति विस्तारै महसुस हुन्छ जसले हाम्रो ध्यान खिच्न सक्दैन । नतिजा, सडक दुर्घटना हुन्छन् । ६. संगीत सुन्ने सौख छ र अक्सर गीतसंगीत सुन्नको लागि ईयरफोनको प्रयोग गरिन्छ भने २ घन्टाभन्दा धेरै समयसम्म तिव्र आवाजलाई नसुनौ । यसले कानमा धेरै क्षति पुर्याउन सक्छ । ७. आफ्नो ईयरफोन अरुलाई प्रयोग गर्न दिनु हुँदैन र अरुको ईयरफोन पनि आफूले प्रयोग नगरौं । यसले कानमा ब्याक्टेरियल इन्फेक्सन वा अन्य समस्याको जोखिमलाई कम गर्छ । ८. इएनटी विशेषज्ञहरुका अनुसार कानले अनावश्यक आवाजलाई पर्दासँग ठोक्काएर फिर्ता पठाइदिन्छ । तर ईयरफोन प्रयोग गर्दा मल्टिपल फ्रिक्वेन्सीका आवाज कानको पर्दासँग ठोकिन्छ तर पनि फेरि फिर्ता कान भित्र नै घुमिरहन्छ जसले हाम्रो कानको नसा कमजोर हुन्छ । ९. लामो समयसम्म इयरफोनको प्रयोग गर्नुहुन्छ भने यसले कानको नशालाई असर गर्छ । यो नशाले इलेक्ट्रिक इम्पल्सको आधारमा काम गर्छ र र धेरै समयसम्म ईयरफोनको प्रयोग गर्नाले नशाले काम गर्छ छोड्छ । १०. ईयरफोनको अत्याधिक प्रयोगको कारण धेरै युवाहरुमा हियरिङ लस अर्थात कान नसुन्ने समस्या देखिन थालेको छ । अडियोमेट्रीको माध्यमले गरिएको परिक्षणमा ईयरफोनको धेरै प्रयोग गर्ने २५ देखि ३० प्रतिशतलाई यो समस्या भएको पाइएको छ । कानको मुख्य नशा ड्यामेज हुने कारणले यसको उपचार सम्भव छैन ।

Saturday, September 1, 2018

भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य

नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्ः चीनः चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ ।ष्ट्रेलियाः अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छन् । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ । बेलायतः बेलायतमा सन् १८२४ मै भिख माग्न नपाइने कानून बनेको थियो । सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैरकानूनी ठहर गरी कारवाही गरिन्छ । डेनमार्कः डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा १९७ का अनुसार गैरकानूनी हुन्छ । त्यसरी भिख माग्नेलाई ६ महिनासम्मको जेल सजाय हुन्छ । फ्रान्सः सन् १९९४ मा लागू भएको नयाँ कानूनी व्यवस्थाले फ्रान्समा भिख माग्ने कामलाई गैरकानूनी कामको सूचीबाट हटाएको थियो । तर बालबालिकालाई भिख माग्न लगाउनु तथा भिख माग्ने कामका लागि जनावरको प्रयोग गर्नु अहिले पनि फ्रान्समा गैरकानूनी छ । फिनल्याण्डः सन् २००३ को सार्वजनिक शान्ति सुव्यवस्था ऐनले फिनल्याण्डमा भिख माग्न कार्यलाई गैरकानूनी घोषित गरेको थियो । एजेन्सी

यी महिला, जसले आफ्नै स्तनको ४ सय ७० लिटर दुध दान गरिन्

भनिन्छ रक्तदान जीवनदान हो । तर रक्तदान भन्दा महान दानचाहिँ आमाको स्तनको दुध रहेछ । नयाँ आमाहरुका लागि आफ्नो बच्चालाई स्तनपान गराउनु साँच्चीकै चुनौतिपूर्ण कुरा हो । कतिपय सुत्केरी महिलाहरुको दुध नै नआउने वा बच्चालाई पुग्ने जति नआउने समस्या हुन्छ । जसका कराण बच्चाले पर्याप्त स्तनपान गर्न नपाउने र पेट भर्नका लागि अनेक खाले खानेकुराको सहारा लिनुपर्ने हुन्छ । तर कहीँ महिला यस्ता हुन्छन् जसले आमा बनेको बेला आफ्नो बच्चालाई मनग्गे पुग्ने मात्र होइन अरुलाई दान दिन समेत पुग्दछ ।अमेरिकाको क्यालिफोर्नियामा बस्ने ताबिथा फ्रस्ट नामकी ती महिलाले अहिलेसम्म आफ्नो स्तनबाट निकालेको ४ सय ७० लिटर दुध दान गरिसकेकी छिन् । तीन बच्चाकी आमा फ्रस्टले बच्चा जन्माएको वर्षदिनसम्म हरेक दिन ३ लिटर भन्दा बढि दुध उत्पादन गर्दछिन् । जुन उनको बच्चालाई चाहिने भन्दा धेरै हो । त्यो धेरै हुने दुध उनले दुध चुस्न नपाएका अरु बच्चाका लागि दान गर्दछिन् । फ्रस्टका अनुसार उनले हरेक दिन आफ्नो दुध दुहिन्छिन् । चाहे यात्रामा होस् वा विरामी भएको बेला होस् उनका लागि दुध दुहिने काम फूल टाइम जागिर सरह छ । वैज्ञानिकका अनुसार महिलाको स्तनमा यतिधेरै दुध उत्पादन हुनु वास्तवमा एउटा रोग नै हो । यसलाई हाइपरल्याक्टेसन सिन्ड्रोम भनिन्छ । यसका कारण महिलाको स्तनमा औषतमा भन्दा तिन गुणा धेरै दुध उत्पादन हुन्छ । कहिलेकाहीँ प्रोल्याक्टिन हर्मोनको स्तर धेरै हुँदा पनि यस्तो हुन्छ । यसलाई हाइपरल्याक्टोमिया पनि भनिन्छ । कतिपय अवस्थामा ब्रेन ट्युमर हुँदापनि यस्तो हुने वैज्ञानिकहरु बताउँछन् ।

श्रीमती सुन्दर भएको भन्दै श्रीमानले गरे यस्तो हर्कत

श्रीमती धेरै सुन्दर हुँदा पनि कतिपय लोग्नेहरुलाई औडाहा हुँदो रहेछ । भारतमा एकजना युवकले आफ्नी पत्नी धेरै राम्रो भएको भन्दै उनीमाथि निकै घिनलाग्दो हर्कत गरेका छन् । आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्ला कि भन्ने डरले सताएपछि ती युवकले पत्तीविरुद्ध डरलाग्दो कर्तूत गरे ।भारतको मुम्बइको घटना हो यो । आरोपीको नाम राज रायकवार हो । उनीमाथि बलात्कार तथा यौनउत्पीडनको आरोप लागेको छ । अभियुक्त बलिउड फिल्म उद्योगमा काम गर्दछन् । उनी मुम्बईमा बस्दछन् भने उनको परिवार जबलपुरमा बस्ने गरेका छन् । राजले १२ वर्षअघि बिहे गरेका थिए र उनका २ बच्चा छन् । राजकी पत्नी निकै सुन्दर छिन् । जसका कारण राजलाई डर थियो कि पत्नीमाथि सहरका पुरुषहरुको गिद्दे नजर पर्नेछ । मनमा जरा गाडेको सोही डरका कारण उनले पत्नीको अनुहारमा आक्रमण गरे । त्यसका लागि उनले लामखुट्टे भगाउने क्वाइल राख्ने फलामको तिखो स्टाण्डले पत्नीको अनुहारमा प्रहार गरेर सख्त घाइते बनाए । राज विरुद्ध उनकी पत्नीले प्रताडना तथा दाइजोको मुद्दा दर्ता गराएकी छिन् । त्यसको दुईदिन अघिमात्र नाबालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिसकेको थियो । एजेन्सी

मान्छेको मासु खाने र लाससँग एकान्तमा बस्ने क्रुर तानाशाह !

युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए । एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए ।उनले आफ्नो ८ वर्षको शासनकालमा उनले क्रुरताको यति धेरै विभत्स उदाहरणहरु प्रस्तुत गरे जसले उनलाई आधुनिक इतिहासकै एक क्रुर तानाशाहको रुपमा चिनायो । एसियालीहरुलाई देश निकाला सन् १९७२ को अगस्ट ४ मा बिबिसीको दैनिक बुलेटिनमा अचानक एउटा स्तब्ध बनाउने समाचार सुनियो । समाचार भनिएको थियो युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएका छन् । अमिनले देश छोड्नको लागि उनीहरुलाई ९० दिनको समय दिइने पनि बताएका थिए । अमिनका अनुसार उनले सन् १९७२ को अगस्ट ४ मा अचानक एक सपना देखेका थिए । त्यसपछि उनले युगाण्डाको टोरोरोमा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै सपनामा अल्लाहले उनलाई सबै एसियालीहरुलाई आफ्नो देशबाट तुरुन्त बाहिर निकाल्न भनेका बताउँदै यस्तो आदेश दिए । अमिनले भनेका थिए, ‘एसियालीहरु आफै युगाण्डावासीहरुसँग अलग भएका छन् र उनीहरुले युगाण्डाबासीसँग घुलमिलहुने कुनै कोसिस गरेका छैनन् । उनीहरुको स्वार्थ नै युगाण्डालाई लुट्ने हो । उनीहरुले गाइ दुहुन्छन् तर त्यसलाई घाँस खुवाउने काम गर्दैनन् ।’ कर्णेल गद्दाफीको सल्लाहमा एसियालीहरुलाई निकालेका थिए सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक लिएनन । उनीहरुले सुरुमा अमिनले सनकको भरमा यो घोषणा गरेको सोचे तर केही दिनपछि नै उनीहरुलाई अमिनले साँच्चै देशनिकाला गर्न खोजेको थाहा भयो । अमिनले उनलाई यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । तर, अमिनको शासनमा बहुचर्चित पुस्तक ‘घोस्ट अफ कम्पाला’ का लेखक जर्ज इभान स्मिथले लेखेका छन्, ‘यसको प्रेरणा उनलाई लिबियाको तानाशाह कर्णेल गद्दाफीबाट मिलेको थियो ।’ स्मिथका अनुसार गद्दाफीले उनलाई देशको अर्थ व्यवस्थामा पुरै नियन्त्रण भएमात्रै उनको सत्ता बलियो हुने बताएका थिए । उनले जसरी आफ्नो देशमा इटालियनलाई पछाडि हटाए त्यसैगरि अमिनले पनि आफ्नो देशबाट एसियालीहरुलाई हटाउन पर्ने सल्लाह दिएका थिए । मानिसहरुले चउरमा आफ्नो सुन गाडेअमिनको घोषणा पछि बेलायतले अमिनलाई भेटेर उनको निर्णय फिर्ता गर्न मनाउने आशामा आफ्ना मन्त्री जियोफ्रिरिपनलाई कम्पाला पठायो । तर, जब रिपन त्यहाँ पुगे त्यसपछि अमिनले आफू धेरै व्यस्त भएको कारण पाँचदिन सम्म भेट्न नपाउने बताउँदै भेट्न मानेनन् । रिपनले लण्डन फर्किने निर्णय गरे, त्यसपछि अधिकारीहरुले सम्झाएपछि मात्रै चौंथो दिनमा अमिन रिपनसँग भेट्न तयार भए तर उक्त भेटको कुनै फाइदा भएन् । अमिन आफ्नो निर्णयमा अडिग रहे । भारत सरकारले पनि स्थितीलाई सजिलो बनाउनको लागि भारतीय विदेश सेवाका एक अधिकारी निरञ्जन देसाईलाई कम्पाला पठाएको थियो । भारतले पठाएका निरञ्जन देशाई सम्झिन्छन्, ‘हरेक व्यक्तिलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड र २५० किलो सामान मात्रै लैजाने इजाजत दिइएको थियो । अझै कम्पाला भन्दा बाहिरका एसियालीहरुलाई त यो नियमबारे पनि थाहा थिएन् ।’ अमिनको यो निर्णय यति अचानक आएको थियो कि युगाण्डा सरकार आफै यसलाई लागु गर्नको लागि तयार नै थिएन । केही धनी एसियालीहरुले आफ्नो धन खर्च गर्ने नयाँ तरिका निकालेका थिए । धेरैले यदि आफ्नो पैसा बाहिर लैजान सकिँदैन भने त्यसलाई विलासी तरिकाले उडाउने हो भन्ने हिसाबले सोचेका थिए । उनीहरुले विमानको बिजनेश क्लासको टिकट बुक गराए भने विदेश भ्रमणको लागि महंगा होटलहरु पनि बुक गराए । केही बाठा मानिसहरुले विभिन्न तरिका लगाएर आफ्नो पैसा बाहिर लैजान सफल भए । यस्तै केहीले भने पछि फर्केर आउन सक्ने आशामा आफ्नो घरको बगैंचामुनि सुन गाडेका थिए । औंलाबाट औठी काटेर समेत निकालियो हाल लण्डनमा रहेकी गीता वाट्स अहिले पनि त्यो दिन सम्झिन्छिन् जब उनी लण्डन जानको लागि एनतेबे विमानस्थलमा पुगेकी थिइन् । गीता भन्छिन्, ‘हामी मानिसहरुलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड लैजान दिइएको थियो । विमानस्थलमा मानिसहरुको सुटकेश खोलेर जाँचिएको थियो । उनीहरुको हरेक चीज बाहिर निकालेर फ्याँकिन्थ्यो ताकी उनीहरुले त्यसमा पैसा त लुकाइएको छ कि छैन् देख्न सकुन् ।’ ‘मलाई मेरो आमाबुबाले एउटा सुनको औठी लगाइदिएका थिए । विमानस्थलमा उनीहरुले औठीहरु खोल्न भने तर, औठी यति कसिलो थियो कि मेरो औलाबाट निस्किएन’ गीताले भावुक हुँदै भनिन्, ‘त्यसपछि उनीहरुले औंठीलाई मेरो औंलाबाट अलग गरिदिए । सबैभन्दा खतरनाक कुरा त जब औंठी काटिरहेका थिए अटोमेटिक हतियार लिएका सैनिकले हामीलाई घेरेका थिए ।’ धेरैजसो एसियालीहरुलाई युगाण्डाबाट निकालिएपछि बेलायतले शरण दियो । एसियालीहरुलाई निकालिएपछि युगाण्डाको पुरै अर्थव्यवस्था तहसनहस भयो । यस्तो छ अमीनको क्रुरता र बर्बरता एसियालीहरुलाई निकालिएको घटनाले अमिनको छवि पुरै विश्वमा एक सनकी तानाशाहको रुपमा फैलियो । उनको क्रुरता र कहानीहरु दुनियाँलाई थाहा भयो । अमीनको समयमा स्वास्थ्य मन्त्री रहेका हेनरी केयेंबाले ‘अ स्टेट अफ ब्लडः द इन्साइड स्टोरी अफ इदी अमिन’ नामक पुस्तकमा अमीनको क्रुरताको यस्तो किस्साहरु दुनिँयालाई बताए जसबाट पुरै दुनियाँ स्तब्ध भयो । केयेंबाले लेखेका छन्, ‘अमिनले आफ्नो दुश्मनहरुलाई मारेनन् मात्रै उनीहरुलाई मारेपछि उनीहरुको शवको साथमा पनि बर्बरतापूर्ण व्यवहार गरे ।’ ‘युगाण्डाको मेडिकल समुदायको बीचमा मुर्दाघरमा राखिएको धेरै लाशहरुलाई चलाइएको कुरा आम थियो र उनीहरुको मिर्गोला, कलेजो, नाक, ओठ र गुप्तांग गायब हुन्थ्यो ।’ केयेंबाले लेखेका छन्, ‘सन् १९७४ मा विदेश सेवाका अधिकारी गोडफ्रिकिगालालाई गोली हानेर मारेपछि उनको आँखा निकालिलएको थियो र उनीको लाश कम्पालाको बाहिर जंगलमा फ्याँकिएको थियो ।’ केयेंबाका अनुसार अमिनले कैयौंपटक मारिएका शवहरुको साथमा केही समय एक्लै बिताउ चाहेको बताउँथे । जब मार्च १९७४ मा कार्यबाहक सेनाध्यक्ष बि्रगेडियर चाल्र्स अरुबेको हत्या भयो त्यतिखेर अमिन उनको लासलाई हेर्न अस्पतालको मुर्दाघरमा आए । उनले डाक्टरसँग लासको साथमा एकछिन एक्लै बस्ने इच्छा गरे । लाससँग एक्लै भएपछि अमिनले के गरे भन्ने त कसैले देखेनन् । तर, धेरै युगाण्डाबासीले उनले आफ्नो दुश्मनको रगत पिउने गरेको विश्वास गर्छन् । यस्तो प्रचलन काकवा जनजातीमा छ र अमिन पनि काकवा जनजातीबाट आएका थिए । मान्छेको मासु खाएको आरोप केयेंबा लेख्छन्, ‘कैयौं पटक राष्ट्रपति र अन्य मानिसले उनीहरुले मान्छेको मासु खाएको बताएका थिए । मलाई याद छ अगस्ट १९७५ मा जब अमिन केही वरिष्ठ अधिकारीहरुलाई आफ्नो जाएरे यात्राको बारेमा बताइरहेका थिए उनले भनेका थिए-मलाई बाँदरको मासु दिइएको थियो त्यो मानिसको मासु जस्तो मिठो थिएन ।’ यस्तै अमिनले लडाईको समयमा अक्सर आफ्नो साथी घाइते हुन्छ यस्तोमा उनीहरुलाई मारेर खानाले तपाई भोकमरीबाट बँच्नसकिने बताएको पनि केयेंबाले लेखेका छन् । यस्तै अमिनले एकपटक युगाण्डाको एक डाक्टरलाई मानवको मासु चितुवाको मासुभन्दा नुनिलो हुने बताएका थिए । अमिनको पि|mजमा थियो मानिसको काटिएको टाउको अमिनको एक पुरानो नोकर अलोगाले भागेर किनिया आएपछि यसबारेमा बताएका थिए । अमिनको शासनकालमा युगाण्डामा भारतका उच्चायुक्त रहेका मदनजीत सिंहले आफ्नो किताब ‘कल्चर अफ सेपल्कर’मा अलोगालाई उद्धृत गर्दै लेखेका छन्, ‘अमिनको पुरानो घर कमाण्डपोस्टमा एक कोठा सँधै बन्द रहन्थ्यो । मलाई मात्रै त्यसभित्र पस्ने अनुमति थियो र त्यो पनि सफा गर्नको लागि ।’ ‘अमिनकी पाँचौ पत्नी सारा क्योलाबालाई यो कोठाको बारेमा जान्ने धेरै उत्सुकता थियो । उनले मसँग त्यो कोठा खोल्न भनिन् म थोरै झस्किँए किनभने अमिनले मलाई उक्त कोठामा कसैलाई जान नदिन आदेश दिएका थिए ।’ ‘तर, साराले धेरै जिद्दी गरेपछि मैले उनलाई कोठाको चाबी दिँए कोठा भित्र रेफ्रिजिरेटर थियो । जब उनले रेफ्रिजिरेटर खोलिन् त्यसपछि उनी चिच्याएर बेहोस भइन । त्यसमा उनका एक पूर्व प्रेमी जिज गिटाको काटिएको शिर राखिएको थियो ।’ आफूले चाहेको महिलालाई पाउन यतिसम्म गर्थे साराको प्रेमी जस्तै अमिनले कैयौं अन्य महिलाहरुको प्रेमीहरुको शिर काटेका थिए । जब अमिनलको रुची माइकल कबालीकी प्रेमिका हेलेन ओगवांगमा लाग्यो तब अमिनका बडिगार्डले कबालीलाई कम्पाला इन्टरनेशनल होटेलको स्विमिङ पुलबाट उठाएर गोली हानिदिए । पछि हेलेनलाई पेरिसमा युगाण्डाको दुतावासमा पोस्टिङ गरियो र उनी त्यहाँबाट भागेकी थिइन् । अमिन मेकरेरे विश्वविद्यालयका प्रोफेसर भिसेन्ट एमिरु र तोरोरोको रक होटलका म्यानेजर शेकानबोका पत्नीहरुसँग पनि शारीरिक सम्बन्ध राख्न चाहन्थे । त्यसैले उनले दुवैलाई अनेक योजना बनाएर मारे । अमिनको यति धेरै प्रेम सम्बन्ध थियो कि त्यसबारेमा स्पष्ट गणना गर्न मुस्किल छ । भनिन्छ, एकै समयमा उनका कम्तीमा ३० महिलाहरुसँग सम्बन्ध थियो । यी महिलाहरु धेरैजसो होटल कार्यालय र अस्पतालहरुमा नर्सको रुपमा काम गर्थे । अमिनकी चौंथी पत्नी मेदिना पनि एकपटक उनको हातबाट झण्डै मरेकी थिइन् । सन् १९७५ फेब्रुअरीमा अमिनको कारमा कम्पाला नजिकै गोलीप्रहार भयो । मेदिनाले हत्याराहरुलाई आफ्नो कारको बारेमा जानकारी दिएको अमिनले शंका गरे । अमिनले मेदिनालाई धेरै नराम्रोसँग पिटे यसक्रममा उनको आफ्नै हात भाँच्चिएको थियो ।

के तपाई सेक्स भन्दा बढी खानेकुराको बारेमा सोच्नुहुन्छ ?

अहिलेका युवती के कुरामा बढी सोचमग्न हुन्छन् होला ? खानेकुराका लागि ? किनमेलका लागि ? करियरका लागि ? फेसनका लागि ? तपाईंको अनुमान आशिंक मात्रामा मिल्न सक्छ । हो, उनीहरु आफ्नो फिगर एवं सौन्दर्यमा बढी सोचमग्न हुने गर्छन् । आफुलाई कसरी आकर्षक देखाउने भनेर उनीहरु व्यायाम गर्छन् । योगा गर्छन् । धुलो र घामको सोझो सम्पर्कबाट टाढा रहन्छन् । पर्याप्त पानी पिउँछन् । खानपानमा विशेष सर्तकता अपनाउँछन् । के देखिएको छ भने, युवतीहरु खाना खान बस्दा पनि क्यालोरीलाई लिएर सँधै सतर्क हुन्छन् र क्यालोरी हिसाब गरेर मात्रै खाना खान्छन् । यस्तो लाग्छ, महिलाहरुमा फिट र सुन्दर रहने भोक आवश्यकता भन्दा धेरै छ । डाइटिङको कनेक्सन दाम्पत्यमा ? हुनपनि अहिलेका महिलाहरुले आफ्नो वैवाहिक सम्बन्धलाई सम्हाल्न वा सुमधुर बनाउन भन्दा कैयौं गुणा धेरै मेहनत डाइटिङमा गर्छन् । बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि यस्तै तथ्य अगाडि आएको छ । सर्वेक्षणमा बेलायतका एक हजार दुई सय ९० यस्ता महिलाले भाग लिएका थिए, जो डाइटिङ गरिरहेका थिए । सर्वेक्षणबाट डाइटिङले उनीहरुको दाम्पत्य सम्बन्धलाई कसरी प्रभावित गरिरहेको भन्ने कुरा पनि देखियो । यसको नतिजा आश्चर्यचकित बनाउने थियो । सर्वेक्षणमा लगभग ५४ प्रतिशत महिलाहरुले उनीहरु आफ्नो वैहाहिक सम्बन्धलाई उचित तरिकाले निभाउनभन्दा पनि धेरै मेहनत डाइटिङको लागि गरिरहेको स्विकारेका थिए । लगभग १० प्रतिशत महिलाहरुले त यो पनि मानेका छन् कि यदी उनीहरुलाई आफ्नो पति वाा पार्टनरले धोका दिएपनि उनीहरुलाई त्यति दुख हुँदैन जति कि आफ्नो डाइटिङबाट विचलित हुँदा हुन्छ । नेपाली महिलाहरु नेपाली परिदृश्यमा यो कुरा कति सत्य छ वा यहाँको परिस्थिती कस्तो छ त ? महिलाहरु फेरी चाहे नेपाली हुन् वा अर्को कुनै देशका अक्सर आफूलाई यहि दृष्टिकोणबाट हेर्छन् । उनीहरु पुरुष र अरु महिलाहरुले आफ्नो शारीरिक बनावटको बारेमा के विचार राख्छन् भन्नेमा धेरै ध्यान दिन्छन् । हरेक प्रेमी वा पतिले उनीहरुको श्रीमति वा प्रेमीकाले आफ्नो शरीरको ध्यान दिनमा अल्छी नगरुन भन्ने चाहन्छन् । यदी महिलाहरु आफ्नो शरीरको राम्रो तरिकाले ध्यान राखेनन् उनीहरुलाई डिप्रेशन र स्वास्थ्यसँग जोडिएका स्वास्थ्य समस्याहरु हुन सक्छन् । फेरि पनि यदि हामी कोही अरुले हामीलाई मन पराउन् भन्ने चाहन्छौं भने त्यो भन्दा पहिले हामीले आँफैलाई मनपराउन सिक्नुपर्छ । हाम्रो देशमा धेरै महिलाहरु आफ्नो परिवारका सदस्यहरुलाई आफ्नै हातले खाना बनाएर खुवाउँछन् । उनीहरु दिनभने घरका काम र खाना पकाउनमा व्यस्त हुन्छन् । यस्तोमा उनीहरुको दिमागमा भोजन बाहेक अरु कुराहरु कसरी आउन सक्छ । यो अध्ययनमा त यस्ता महिलाहरुलाई लिइएको छ जो डाइटिङमा थिए । डाइटिङ गर्ने जो-कोहीले आफूलाई आफ्नो मनपर्ने भोजनबाट बञ्चित राख्छन् । तर, यस्तो दमन पछि हुनसक्ने विष्फोटको संकेत हुन सक्छ । यस्तोमा मानिसले हरेक पटक भोजनको बारेमा नै सोच्ने गर्छन् अझै महिलाहरुले धेरै सोच्छन् । मनपर्ने खाना खानुहोस्, प्रेम गर्नुहोस् धेरैले भन्ने गर्छन्, ‘भोजनले आराम दिन्छ र सेक्सले मुक्ति ।’ जब हामी कुनै एक चीजप्रती पागल हुन्छौं यस्तोमा मानिसले त्यसै विषयमा मात्रै पनि लगातार सोच्न सक्छ । यदि हामी भोको छौं भने भोको हुन्जेलसम्म भोजनको बारेमा मात्रै सोच्छौं यसैगरि यदि हाम्रो मन आफ्नो प्रेमी प्रेमीकाको नजिकै जाने वा उनीहरुसँग प्रेममय कुरा गर्ने छ भने हामी त्यसै बारेमा सोच्ने गर्छौं । भोजन र सेक्सलाई धेरैले एक आपसमा जोडेर पनि हेर्ने गर्छन् । यसैले धेरैले भन्छन्, ‘सेक्स पछि मानिसलाई भोक लाग्छ र भोजन गरेपछि फेरि सेक्सको चाहना बढ्छ ।’ आम रुपमा मानिस सेक्सपछि भोजनको बारेमा सोच्छन् अनि फेरि भोजन गरेपछि मानिसहरु सेक्सको बारेमा नै सोच्न थाल्छन् ।

पुरुषको तुलनामा किन महिलामा मदिराको मात बढी लाग्छ ?

सबैले देखेको, सुनेको, भोगेको अनौठो प्रवृत्ति छ, मदिरा सम्बन्धी । लाग्छ, यो पेय पुरुषको पेवा हो । किनभने मदिरा पिउने भनेपछि त्यसमा पुरुषको बढी गणना हुन्छ । तपाईंको घरमा हेर्नुहोस्, महिलाको तुलनामा पुरुषहरु मदिरा पिउन माहिर होलान् । धेरैजसो महिलाले मदिरा पिउँदैनन् । मोटामोटी आंकडा के गरिएको छ भने, महिलाहरुको तुलनामा पुरुषले दुईगुणा मदिरा पिउँछन् ।तर जमाना बद्लियो तर, यी कुराहरु अब पुरानो हुँदैछन् किनभने सन् १९९१ देखि २००० को बीचमा जन्मिएका महिलाहरुले त्यति नै मदिरा पिइरहेका छन् जति उनीहरुको पुरुष साथीले पिउँछन् । यति मात्रै होइन पिउने रफ्तारमा यो पिँढीले पुरुषहरुलाई पनि पछाडि छाडिरहेका छन् । जसको नराम्रा असर पनि महिलाहरुमा पर्न थालेको छ । अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् २००० देखि २०१५ बीचमा ४५ देखि ६४ वर्षका उमेरका महिलाहरुमा सिसोसिसबाट मृत्यु हुनेको संख्या ५७ प्रतिशत वृद्धि भएको देख्न सकिन्छ । जबकी यो वर्गमा २१ प्रतिशत मात्रै पुरुष सिसोसिसको चपेटामा आएर मरेका छन् । त्यस्तै २५ देखि ४४ वर्षको उमेरका महिलाहरुको सिरोसिसबाट मृत्युको मामिलामा १८ प्रतिशतको वृद्धि देखिएको छ । ओभरडोजले अस्पतालको इमर्जेन्सीमा को ? तर, यो वर्गका पुरुषहरुमा सिरोसिसबाट मृत्युको संख्यामा १० प्रतिशतको कमी देखिएको छ । यतिमात्रै होइन मदिराको ओभरडोजको कारणले अस्पतालको इमर्जेन्सीमा पुग्ने महिलाहरुको संख्या पनि बढीरहेको छ । तर, समस्या यति मात्रै होइन कि महिलाहरु धेरै मदिरा पिइरहेका छन् । खासमा महिलाहरुमा पुरुषको तुलनामा फरक रुपमा मदिराको असर देखा परिरहेको छ । वैज्ञानिकहरुका अनुसार महिलाहरुको शरीरबाट एकदम थोरै मात्रामा अल्कोहल डिहाइड्रोगेनेज इन्जाइम निस्कन्छ । यो कलेजोबाट निस्कन्छ र शरीरमा भएको अल्कोहललाई निष्कृय बनाउने काम गर्छ । किन यस्तो भएको होला ? शरीरको बोसोले अल्कोहललाई बचाँइराख्न सहयोग गर्छ तर शरीरमा हुने पानीले भने त्यसको असर कम गर्छ । यस्तोमा प्राकृतिक रुपमा शरीरमा धेरै बोसो र कम पानीको कारण महिलाहरुमा अल्कोहलको नाटकिय देखा पर्छ । हावार्ड मेडिकल स्कूलका मनोविज्ञानका प्रोफेसर र म्याकलिन हस्पिटल म्यासाचुएट्सका एडिक्सन साइकोलोजिस्ट डन सुगरम्यानका अनुसार महिलाहरुमा मदिराको असरको आशंका त धेरै हुन्छ नै साथै मदिरा पिउने महिलाहरुमा पुरुषको तुलनामा धेरै स्वास्थ्य समस्या देखिन सक्छ । मदिरामा लिप्त महिला यसकारण जोखिममा जो महिलाहरु धेरै मदिरा पिउँछन् उनीहरुमा पुरुषको तुलनामा मदिराको लत र मेडिकल समस्याहरु धेरै उत्पन्न हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ । अर्थात महिलाहरु पुरुषको तुलनामा धेरै पछि मदिरा पिउन सुरु गर्छन् तर छिटै त्यसको लतको चपेटामा आउँछन् । यतिमात्रै होइन महिलाहरुमा कलेजो र मुटुसम्बन्धी रोगको चपेटामा आउने जोखिम पनि धेरै हुन्छ । मदिराले पुरुषको तुलनामा महिलाहरुमा गर्ने यस्तो कुनै असरको बारेमा एक दशक पहिलेसम्म कुनै जानकारी उपलब्ध थिएन । किनभने पहिले यस्तो अध्ययन केवल मदिरा पिउने पुरुषहरुमा हुन्थ्यो । सन् १९९० पछि परिस्थिती बदलियो जब अमेरिकाको नेशनल इन्स्टिच्युटअफ हेल्थले क्लिनिकल रिसर्चमा महिलाहरुलाई समावेश गर्न सुरु गर्यो । यी अध्ययनहरुबाट प्राप्त तथ्य अनुसार मदिराको नशाको लत लागिसकेका महिलाहरुको उपचार त्यतिबेला मात्रै राम्रो वा प्रभावकारी हुन पाउँछ जतिखेर उनीहरुको उपचार केवल महिलाको समूहमा हुन्छ । बिबिसी हिन्दीबाट

छोटो कपडामा सेल्फी, कति सही कति गलत

नेपालीमा एउटा उखान छ, ‘बाँदरलाई भर्‍याङ ।’ अहिले डिजिटल पुस्तालाई स्मार्टफोन र त्यसले उपलब्ध गराएको फिचर ‘सेल्फी’ बाँदरलाई भर्‍याङ भएको छ । जब स्मार्टफोन हातमा हुन्छ, खासगरी तन्नेरीहरु ओंठ चुच्चो बनाएर सेल्फी पोजमा तैनाथ भइहाल्छन् । उनीहरुमाझ सेल्फीको क्रेज कतिसम्म छ भने, यसकै लागि उनीहरु आफुलाई जस्तोसुकै गेटअपमा उतार्न पछि पर्दैनन् । अझ भनौ सेल्फीलाई लिएर उनीहरुबीच एक किसिमको जुहारी नै चल्छ ।सेल्फी खिच्नु वैशालु उमेरको लहड मान्न सकिएला । त्यसलाई नराम्रो भन्ने वा बन्देज गर्ने कुरा आउँदैन । तर, सेल्फी खिच्ने नाममा शरीर देखिने छोटो कपडा पहिरिनु भने पक्कैपनि जटिल विषय हो । किनकी युवतीहरुले आफूले खिचेको यस्ता सेल्फी फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड नगरेसम्म उनीहरुलाई चित्त बुझ्दैन । साथै, त्यसमा लाइक तथा कमेन्ट्स नआउञ्जेल पनि उनीहरुलाई धर हुँदैन । उनीहरु सोच्छन्, यस्ता फोटोमा लाइक तथा कमेन्टस् आउनु भनेको साथीभाई बीच चर्चित हुनु हो । तर साथीभाईबीच चर्चा कमाउने नाममा यस्ता सेल्फीहरु सामाजिक सञ्जालमा अपलोड हुदाँ यसले बेलाबेलामा युवतीमाझ जोखिम पनि निम्त्याउने गर्छ । विशेषगरी, पछिल्लो समय छोटो लुगाामा खिचिएको सेल्फीकै कारण समाजमा विभिन्न अपराधका घटनाहरु समेत बढ्दै गएका छन् । कतिपय अवस्थामा त यस्ता सेल्फीकै कारण वैवाहिक सम्बन्धमा समेत फाटो आएको छ भने हुन लागेको विवाह समेत टुटेको छ । अझ भनौ , कयौ युवतीहरुका लागि यस्ता सेल्फी पछि गएर गलाको पासो बनेको उदाहरण समेत हामीमाझ प्रशस्तै छन् । सेल्फी लिदा विशेष कुरामा ध्यान दिने छोटो कपडा नलगाउने सेल्फी खिच्दा धेरै युवती छोटो कपडा लगाउन रुचाउँछन् । जबकी कतिपय अवस्थामा छोटो कपडा नै महिलाहरुको लागि गलाको पासो बन्न सक्छ । त्यसैले, सेल्फी खिच्दा यस्तो लुगाको प्रयोग गर्नु गर्छ, जुन हेर्दा सिम्पल हुनुका साथै शरीर ढाकिने किसिमको होस् । जुन शरीर सुहाउदो होस् । एकान्तमा सेल्फी लिदाँ विशेष ध्यान दिने धेरैजसो महिलाहरु सेल्फी लिन भनेपछि मरिहत्ते गर्छन् । सेल्फी लिने क्रममा उनीहरु यो समेत विर्सन्छन् , कि, म कोसित सेल्फी लिदै छु ? त्यसैले, हरेक पल्ट सेल्फी लिदा म कोसित सेल्फी खिच्दैछु र कहाँ बसेर सेल्फी खिच्दैछु भन्ने कुरा जान्न आवश्यक छ । अन्यथा, एकान्तमा, त्यो पनि छोटो लुगा ब्इफ्रेण्डसित सेल्फी खिच्दा कुन बेला कस्तो अवस्था आईपर्छ थाहा नहुन सक्छ । आवश्यक्ता भन्दा विश्वास, हुनसक्छ घातक प्रायगरी युवतीहरु आफ्नो वायफ्रेण्ड प्रति आवश्यक्ता भन्दा बढी विश्वास गर्छन् । र, व्याइफ्रेण्डका हरेक कुरा उनीहरुलाई सत्य लाग्ने गर्छ । त्यसैले त, आजकलका युवतीहरु आफ्नो व्याईफ्रण्डसित अंकमल गरेर, चिप्किएर विभिन्न पोजमा फोटो खिच्ने गर्छन् । जबकी आˆनो प्रेमिकासित मिठोमिठो कुरा गर्ने सबै युवक जिम्मेवार तथा सिरियस नहुन सक्छन् । र, उनीहरुले कुनै पनि बेला तपाईलाई धोका दिन सक्छन् । त्यसैले, व्याईफ्रेण्ड भन्दैमा उसलाई आफ्नो सर्वस्व दिनु उचित नहुनसक्छ । आपनो फोनबाट मात्रै सेल्फी लिने सेल्फी लिदाँ जहिलेपनि आˆनै फोनको मात्र प्रयोग गरौ । व्याईफ्रेण्डको मोबाइलबाट कदापी सेल्फी नखिचौ । साथै, वायफ्रेण्डलाई आफ्नो सेल्फी ह्वाट्एप पनि नगरौ । किनकी कहिलेकाही आवेग तथा व्यक्तिगत रिसइविईका कारण त्यस्ता सेल्फी भाइरल हुनसक्दछ । जसका कारण समाजमा तपाईको प्रतिष्ठामा आँच पुग्न सक्छ । आफूभन्दा ठूलासित कुरा नलुकाउने तपाई के गर्दै हुनुहुन्छ? कहाँ जादै हुनुहुन्छ ? कोसित जाँदै हुनुहुन्छ ? तथा कोसित सेल्फी खिच्दै हुनुहुन्छ भन्ने कुरा आˆना अभिभावकलाई बताउन जरुरी छ । ता कि उनीहरुले तपाई सही सुझाव दिन सकुन । किनकी तपाईको बारेमा तपाईलाई भन्दा तपाईको अभिभावकलाई धेरै कुरा थाहा हुन्छ । उनीहरुले नै तपाईको लागि के सही हो र के गलत हो भन्ने कुरा छुट्याउन सक्छन् । र, सल्लाह, सुझाव पनि त्यसै अनुसार दिनुका साथै आवश्यक परेको खण्डमा जटिल भन्दा जटिल समस्याबाट पनि उनीहरुले नै तपाईलाई बाहिर निकाल्न सक्छन् ।

इलेक्ट्रिक बसको ‘युग’ प्रारम्भ गर्न होडबाजी

भदौ, काठमाडौं । नेपालमा हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् ।शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । तर, अहिले विद्युतीय बसमा भने अन्य कम्पनी साझालाई उछिन्ने योजनाका साथ तयारीमा छन्, केही निजी कम्पनी । साझाले विद्युतीय बस भित्र्याउन सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालेको लामै समय भयो । तर, अहिलेसम्म साझाले विद्युतीय बस कहिलेसम्म ल्याउँछ भन्ने टुंगो लागेको छैन । साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधरका अनुसार चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट विद्युतीय बस ल्याएर सञ्चालन गर्नेबारे छलफल भएको छ । सन् २०१८भित्र इलेक्टि्रक बस ल्याउने योजना भएपनि लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या भएको छ । सरकारले तत्परता देखाए छिट्टै इलेक्ट्रिक बस ल्याएर चलाउन सकिने विश्वास साझाको छ । साझाले तयारी गर्दैगर्दा निजी क्षेत्र पनि अब विद्युतीय बसका किन्नकै लागि अघि बढेका छन् । पछिल्लोपटक सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याउने बताएको छ । केही महिनाभित्र तीनवटा इलेक्ट्रिक बस ल्याएर सेवा थाल्ने योजनामा कम्पनी छ । पछि बस थपेर सेवा विस्तार गर्ने भनिएको छ । विद्युतीय बसका लागि चीनको सिचुवान गोहाङ अटोमोबाइलसँग सम्झौता भइसकेको कम्पनी बताउँछ । यस्तै गोर्खा इकोले पनि विद्युतीय बस ल्याउन प्रक्रिया थालिसकेको बताएको छ । तीन महिनाभित्र नै सेवा थाल्ने योजना कम्पनीको छ । कम्पनीले पहिलो चरणमा दुई वटा बस ल्याएर परीक्षण सञ्चालन गर्ने गृहकार्य भएको छ । गोर्खाले पनि चिनियाँ ब्राण्डकै बस ल्याउन लागेको छ । आउन लागेका बसहरु काठमाडौंभित्रै चलाउने योजना छ । यस्तै विद्युतीय बस ल्याउने लाइनमा मयुर यातायात पनि छ । पछिल्लो समयमा ठूला बसहरु ल्याएर सेवा दिइरहेको मयुरले विद्युतीय बस किन्न पनि प्रक्रिया अघि बढाइएको बताएको छ । मयुरले तत्कालै ४० वटा विद्युतीय बस ल्याउन गृहकार्य गरेको छ । त्यसका लागि बजेट छुट्याइसकेको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । दुई महिनाभित्रै सय वटा सार्वजनिक विद्युतीय बस ल्याइसक्ने श्रेष्ठ बताउँछन् । सबै कम्पनीले ल्याउन लागेका विद्युतीय बस ठूला आकारमा हुन् । ३५ देखि ४० सिट क्षमताका यि बसहरुभित्र आधुनिक प्रविधिबाट सुसज्जित गर्ने योजनामा कम्पनीहरु छन् । एलईडी टिभी, वाइफाई, जीपीएस लगायतका सुविधा राखेर यात्रुलाई सहज यात्रा गराउने दावी कम्पनीहरुको छ ।कम्पनीहरु आफैंले विद्युतीय बसका लागि चार्जिङ स्टेशनहरु बनाउदैछन् । कतिपयले हालै जग्गाको बन्दोबस्त गरेका छन् भने कतिपयले काम नै थालेका छन् । कम्पनीहरुले मात्रै हैन, लुम्बिनी विकास कोषले समेत पर्यटको प्रयोजनका लागि इलेक्ट्रोनिक्स बस भित्राउन प्रक्रिया अघि बढाएको छ । वातावरणीय दृष्टिले इलेक्टि्रक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् । प्रदुषणरहित शहरी वातावरणका लागि विद्युतीय बसलाई प्रोत्साहन काठमाडौं र ललितपुर महानगरको पनि योजना छ । यसका लागि साझालाई आवश्यक रकम दिन महानगरहरु तयार नै छन् । प्रदुषण करवापत सरकारले हाल इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ । त्यसवापत कबिर पाँच अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा भइसकेको छ । खर्च भने हुन सकेको छैन । उक्त रकमलाई सरकारले नगरपालिकामार्फत् लगानी गरेर विद्युतीय बस खरिदमा प्रोत्साहन गर्न सकिने साझा यातायातको सुझाव छ । अहिले भीआईपी सुविधासहितको विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्छ । सुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् तुलाधर बताउँछन् । ‘ब्याट्रीमा १२ वर्षसम्मको ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म यो बसमा ठूलो खर्च लगाएर मर्मत नै गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’ विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ । र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ । यसका लागि विद्युतीय बस बरदान सावित हुने विश्वास गरिएको छ । थुप्रै कम्पनी विद्युतीय बस ल्याउने तयारीमा रहेको बताउँदै गर्दा पहिलोपटक सुआत कसले गर्नेछ भन्ने हेर्न बाँकी नै छ ।

दुधौली खोलाको पुल भासियो, चारपांग्रे गाडी चलाउन रोक

१७ भदौ, सिन्धुली । लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । कटारी-दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ । अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ । पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका-८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए । पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरुले डाइभर्सनको व्यवस्था मिलाइ आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । आर्थिक वर्ष २०६२/६३ मा प्रजुना निर्माण सेवाले सो पुल निर्माण गरेको थियो । २० लाख बराबरको लागतमा निर्माण भएको सो पुल २० मिटर लामो छ ।

आज कृष्णजन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा घुइँचो

१७ भदौ, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । पाटन कृष्ण मन्दिरमा दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर जाँदैछिन् । पाटनको प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारको नवनतधाम, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा मेला लागेको छ । श्रद्धालुहरुले आज व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धा भक्तिपूर्वक मनाउँछन् । श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेको धार्मिक कथन छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ । यो हिन्दूहरूको पवित्र धर्मग्रन्थ हो । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

१७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले अनलाइनखबरसँग भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो ।’ उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ । भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

झण्डै १२ घण्टापछि खुल्यो त्रिभुवन विमानस्थल

१७ भदौ, काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएका छन् । त्यसलगत्तै धावनमार्गमा सरसफाइ गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो । सो क्रममा विमानमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन् ।

Friday, August 31, 2018

एउटा यस्तो चमत्कारिक घर जहाँको भित्ताबाट तेल र खरानी बग्छ, महिलालाई गर्भवती बनाउँछ

अडिटी सेन्ट्रल पश्चिमी सिड्नीस्थित एउटा तीनवटा बेडरुम भएको सामान्य घरले एकाएक ‘चमत्कारिक घर’ को उपमा पाएको छ । उक्त घरको भित्ताबाट बग्ने तेल र खरानीलाई विज्ञानले समेत पुष्टि गर्न नसकेको बताइएको छ । घर मालिक जर्ज र टिना तानाउसले उनीहरुको घरमा भगवानको कृपा परेको बताएका छन् । साथै, उक्त घर औषधीय गुणले भरिपूर्ण भएको दाबी गरेका छन् । उक्त जोडीका अनुसार उनीहरुको घरमा निःसन्तान दम्पत्तीलाई गर्भवती बनाउने अचम्मको शक्ति छ । मेडिकल परिक्षणमा गर्भवती बन्नै नसक्ने भनेका महिला पनि गर्भवती भएको घटनाबारे उक्त जोडीले जानकारी दिएका छन् । साथै, उक्त घरले एउटी महिलाको क्यान्सरसमेत निको पारिदिएको दाबी गरेका छन् । सन् २००८ मा जर्ज र लिनाको १७ वर्षे छोरा माइकको कार दुर्घटनामा मृत्यु भएपछि पहिलो पटक उक्त घरको भित्ताबाट तेल बगेको थियो । उक्त तेल उनीहरुको छोराको आत्मा भएको ती जोडीको दाबी छ । उक्त तेलले छोराको जन्म मिति र क्रिस्चियनका विभिन्न धार्मिक प्रतिक पनि बनेको जर्ज र लिनाले दाबी गरेका छन् ।‘मेरो छोराको आत्मा यो घरमा छ । उनी भगवान र जिससलाई माया गर्थे । उनी हाम्रो घरमा फर्किएका छन् र यो तेल उनको आत्मा हो,’ लिनाले भनिन् । ‘छोरा निकै धार्मिक थियो । उनको पिठ्युँमा क्रस ट्याटु थियो । उनी मानिसहरुको जीवन बचाउन चाहन्थे र आफ्नो मृत्यु पछि पनि छोराले यस्तै गरिरहेको छ ।’ सन् २००८ देखि तेल निष्कासनबारे विभिन्न अनुसन्धान गरिए पनि त्यो कहाँबाट आइरहेको छ भन्ने बारे सटिक जानकारी उपलब्ध छैन । अनुसन्धानले उक्त तेलमा पानी, सुन र युरोनियम भएको बताएको छ ।डाक्टरले गर्भवती हुनै नसक्ने बताएकी एक महिलालाई उक्त घरले तेस्रो पटक गर्भधारण गर्न सहयोग गरेको घर मालिक जोडीले बताएका छन् । उक्त घर हेर्न संसारका विभिन्न स्थानबाट हज्जारौं मानिस उपस्थित हुन्छन् । उक्त घरको फेसबुक पेजसमेत छ । यहाँ मानिसहरुले उक्त घरको अवलोकन गर्दा भोगेका अनुभवबारे साझा गर्छन् । एक प्रयोगकर्ताले उक्त पेजमा लेखेका छन्, ‘मेरो एक साथी पाँच वर्ष अघि न्यूरोब्लास्टोमा क्यान्सरबाट पीडित आफ्ना साढे दुई वर्षको छोराको उद्धारका लागि उक्त घर गएका थिए । अहिले उनको छोरा साढे आठ वर्ष पुगेका छन् पूर्ण रुपमा क्यान्सरमुक्त भएका छन् ।’ मानिसहरु घरबाट निस्कने उक्त तेल आफ्नो छालामा पनि लगाउने गर्छन्, स्वास्थ्य समस्या निको हुने आशामा । ‘हामी तेललाई कपासमा जम्मा गर्ने गर्छौं र मानिसहरुलाई दल्न दिन्छौं । यसले साँच्चै नै मानिसहरुको रोग निदान गरेको छ, ’ लिना भन्छिन् । ‘हामी यसका लागि पैसा लिँदैनौं, कुनै दानपत्र छैन । हामीले हप्ताको पाँच दिन आगन्तुकका लागि घर खुल्ला गरेका छौं ।’ स्रोतका अनुसार ती दम्पत्तीले उक्त चमत्कारिक घर नाफाका लागि र मानिसहरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न प्रयोग गरेका होइनन् । उनीहरु अन्तर्वार्ता दिन पनि अस्विकार गर्छन् ।

यी धनाढ्य जसले आफ्नो खाली समय शहरको फोहोर टिपेर बिताउँछन्

अडिटी सेन्ट्रल चीनको चोङ्किनाका एक सफल व्यवसायी झोंग कंगरोग आफ्नो खाली समयमा शहरको फोहोर टिप्ने गर्छन् । ‘करोडपती फोहोर संकलक’ भनेर चिनिने उनले बिगत तीन वर्षदेखि शहरका फोहोर टिपिरहेका छन् । ५२ वर्षे यी व्यवसायीले तीन वर्ष अघि चीनियाँ नयाँ वर्ष मनाउन चीनका हैनान प्रान्त जाँदा एक अवकाशप्राप्त प्राध्यापकले फोहोर टिपिरहेको देखेका थिए । विश्वविद्यालयका ती प्राध्यापकले चार वर्ष अघिदेखि स्थानीय समुन्द्री तटका फोहोर संकलन गरिरहेको थाहा पाएपछि उनको त्यस्तो बानी आफूले पनि अनुशरण गर्ने सोच बनाएको र त्यतिबेलादेखि नै शहरका फोहोर संकलन गरिरहेको जानकारी दिए ।

महिलाका लागि धनाढ्य प्रेमी खोज्न सकेन डेटिङ एजेन्सी, २३ लाख जरिवाना तिर्नुपर्यो

लण्डनकी एक सम्बन्धविच्छेद भइसकेकी महिला निकै अघिदेखि धनाढ्य प्रेमीको खोजीमा थिइन् । यसका लागि महिलाले एक चर्चित डेटिङ कम्पनी सेभेन्टी थर्टीको महँगो सदस्यता लिइन् । धेरै समय कुरिसकेपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले हाइकोर्टमा मुद्दा दर्ता गरेर क्षतीपूर्ती पाएकी छिन् । गत बुधबार अदालतले उक्त डेटिङ कम्पनीलाई धोका दिएको र सही जानकारी नदिएको भन्दै १८ हजार एक सय यूरो अर्थात् २३ लाख रुपैयाँ क्षतीपूर्ती दिन निर्देशन दिएको छ । चेल्सीमा बस्ने टेरेजा बुर्की, ४७, तीन सन्तानकी आमा हुन् । उनले सन् २०१३ मा नाइटब्रिज (सेन्ट्रल लण्डन) स्थित डेटिङ कम्पनी सेवेन्टी–थर्टीको प्रिमियर सदस्यता लिएकी थिइन् । यसका लागि उनले १२ हजार ६ सय युरो लगभग साढे १४ लाख कम्पनीलाई दिइन् । टेरेजाले धनाढ्य र विदेशको यात्रा गर्न रुचाउनेलाई पार्टनरको रुपमा छान्नका लागि कम्पनीलाई जानकारी दिएकी थिइन् । साथै, चौथो सन्तानको योजना बनाएको बारे पनि जानकारी दिइन् । एजेन्सीको दाबी गलत निस्कियोः हाइकोर्टका अनुसार एजेन्सीका तत्कालीन प्रबन्ध निर्देशक लेमार्क थोमसले आफ्नो वेबसाइटमा असिमित म्याच मेकिङ र धेरै पुरुषको सक्रियता भएको दाबी गरेका थिए जुन गलत साबित भयो । ‘वास्तवमा यस्तो थिएन । वेबसाइटमा सयवटा मात्र प्रोफाइल थिए जुन टेरेजाले सोचेजस्ता थिएनन् । सयवटा प्रोफाइललाई असिमित भन्न मिल्दैन ’ न्यायाधिसले भने । पीडितले मागिन् क्षतीपूर्तीः टेरेजाले सदस्यता दर्ताको पूरा रकम फिर्ता मागेकी छिन् । यसका साथै डेटिङ कम्पनीका कारण उनले विभिन्न मानसिक समस्या झेलेको भन्दै यसको क्षतीपूर्ती माग गरेकी छिन् । एजेन्सीकी संस्थापक र निर्देशक सूसी एम्ब्रोसले महिलाको माग सपनाजस्तै भएको बताउँदै त्यसलाई पूरा गर्न महिलालाई कतिवटा प्रोफाइल देखाउनु पर्दथ्यो भनेर प्रतिप्रश्न गरेकी छिन् । अदालतले महिलाको सदस्यताका लागि १२ हजार ६ सय यूरो र क्षतीपूर्ती सहित पाँच सय यूरो उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको छ ।

नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति, विश्व रेकर्ड कायम

टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् । यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।

मोदीलाई प्रधानमन्त्री ओलीको लुम्बिनी भ्रमणको निम्तो

काठमाडौँ । भारतको सहयोगमा निर्माण भएको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । धर्मशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पवित्र पावन बागमतीको किनारमा रहेको पशुपति हिन्दुहरुको आस्था र सम्मान प्रकट गर्ने स्थल भएको बताए । उनले नेपाल र भारतबीच सभ्यता र इतिहास, जोडिएको भन्दै भारत र नेपालको मित्रतालाई जोड्ने पुलको रुपमा पशुपतिनाथ मन्दिरले काम गरेको बताए । लाखौँ भारतीय तिर्थयात्री हरेक बर्ष पशुपतिमा आउने गरेको र त्यसमा पौराणिकता र धार्मिक कारण रहेको भन्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथलाई पवित्र धार्मिकस्थलका रुपमा विकास गर्ने योजनामा भारतको सहयोग रहने विश्वास व्यक्त गरे । ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्धिजमकोे मुहान हो भनेर भारतबाट हामीले समर्थन र सहकार्यको अवस्था पाउने विश्वास लिएको छु’ प्रधानमन्त्रीले बताए । उनले त्यस क्रममा भारतीय प्रधानमन्त्रीलाई लुम्बिनी भ्रमणको निम्तो समेत दिए । उनले आगामी दिनमा नेपाल भारत मैत्रिसम्बन्ध अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने पनि बताए । उनले बागमतीमा स्नान गरेर पशुपतिको दर्शन गर्ने व्यवस्था मिलाउन सरकार प्रयासरत रहेको जानकारी गराए । ज्ञान र सभ्यताको उद्गमस्थल मानिएको नेपाललाई ज्ञानभुमि, तपोभुमि र देवभुमि भनिएको बताए । ‘सर्वे भवन्तु सुखिनम्, सर्वे सन्तु निरामय’ भन्ने पुर्वजहरुले छोडेर गएका ज्ञानलाई अघि बढाउन पुर्नजागरण गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालभारत सम्बनध सयौ बर्षपुरानो भएको भन्दै नेपाल हिन्दु र बौद्धधर्मालम्बीको संगमस्थल रहेको पनि बताए । उनले नेपालका धार्मिकस्थल पशुपति, मुक्तिनाथ, लुम्बिनी सगरमाथा लगायतको महत्व उच्च रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए । भारतको २२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानी गरेर निर्माण भएको उक्त धर्मशालामा तीन सय ९७ जना बस्न मिल्ने ८८ वटा कोठाहरु छन् । करिब पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त धर्मशाला निर्माण कार्य नाकाबन्दीका बेला रोकिएको थियो ।

बिमस्टेक सम्मेलनमा के–के भयो सहमति (१८ बुँदे घोषणापत्रसहित)



काठमाडौं । हामी बिमस्टेकका सदस्य राष्ट्रका प्रतिनिधि २०१८ अगस्ट ३०–३१ मा काठमाडौंमा भेट्यौं । 
यस भेटमा हामीले 
–१९९७ बैंकक घोषणापत्रमा उल्लेखित सिद्धान्त र उद्देश्यहरुप्रति बलियो प्रतिबद्धता पुनःजाहेर गर्दै ।
–तेस्रो बिमस्टेक सम्मेलन घोषणापत्र तथा गोवामा भएको बिमस्टेक नेताहरुको ‘रिट्रिट आउटकम डकुमेन्ट’को पुनःस्मरण गर्दै ।
–भौगोलिक निरन्तरता, प्रचुर प्राकृतिक तथा मानवीय स्रोतको उपलब्धता, सम्वृद्ध ऐतिहासिक सम्बन्ध तथा साँस्कृतिक धरोहरको उपस्थितिले गहिरो सहकार्यको प्रवद्र्धन गर्नको लागि ठूलो सम्भावना प्रस्तुत गरेको सहमत हुँदै । 
–दिगो विकासको लागि एजेण्डा २०३० को कार्यन्वयन तथा विकास लक्ष्य हासिल गर्नको लागि गरिबी निवारण सबैभन्दा ठूलो चुनौती हो भन्ने पहिचान गरि ।
–बिमस्टेक सदस्य राष्ट्रको अर्थतन्त्र तथा समाजभित्र अन्तरसम्पर्क तथा अन्तरनिर्भरताको वृद्धिले क्षेत्रीय सहकार्यलाई वृद्धि गर्छ भन्ने स्विकार्दै ।
–बहुक्षेत्रिय सम्बन्धको महत्वमा जोड दिँदै । 
–व्यापार र लगानीले यो क्षेत्रमा व्यापारिक तथा सामाजिक विकासको लागि मुख्य योगदान पु¥याउँछ भन्ने कुरा मनन गर्दै ।
–अति कम विकसित राष्ट्र तथा भू–परिवेष्ठित राष्ट्रको विशेष आवश्यकता स्वीकार्दै ।
–आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराधले ठूलो खतरा पु¥याइरहेको पहिचान गर्दै ।
–शान्तिपूर्ण, सम्बृद्ध तथा दिगो बङ्गाल खाडी क्षेत्र प्रवद्र्धनको लागि एक गतिशिल, प्रभावशाली र परिणाममुखी क्षेत्रीय संगठन निर्माण गर्ने बलियो प्रतिबद्धता पुनः दोहो¥याउँदै ।
–स्वच्छ, न्यायपूर्ण, समान र पारदर्शी अन्तर्राष्ट्रिय व्यवस्थाको आवश्यकतालाई जोड दिँदै ।
–बिमस्टेक अन्तर्गत क्षेत्रीय सहकार्यको प्रक्रिया प्रभावकारी अघि बढाउन बलियो संरचनागत प्रबन्धको महत्वमा जोड दिँदै । 
–पछि निर्वाचित भएर आउने सरकारले समर्थन गर्ने गरि भुटानको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको सम्मेलनको निर्णयमा सहभागिता तथा सहमति ख्याल गर्दै ।
देहाएका कुरा घोषणा गर्दछौं :–
१.१९९७ बैंकक घोषणापत्रमा लिपिबद्ध सिद्धान्तहरु स्मरण गर्छौं र बिमस्टेकभित्रको सहकार्य सार्वभौम समानता, क्षेत्रगत अखण्डता, राजनैतिक स्वतन्त्रता, आन्तरिक मामलामा अहस्तक्षेप, शान्तिपूर्ण सह–अस्तित्व तथा आपसी फाइदामा आधारित हुने कुरा पुनःजोड दिन्छौं ।
२.१९९७ बैंकक घोषणामा सम्मिलित विमस्टेकको लक्ष्य तथा उद्देश्यहरु प्राप्तिको लागि हाम्रो प्रयासहरु घनिभूत गराउन सहमत हुन्छौं । साथमा बङ्गालको खाडीको शान्तिपूर्ण, सम्वृद्ध तथा दिगोपनको लागि बिमस्टेकलाई बलियो, बढी प्रभावकारी र परिणाममुखी संगठन बनाउन सामूहिक रुपमा काम गर्ने बाचा दोहा¥याउछौं ।
३.बिमस्टेक दक्षिण एशिया र दक्षिणपूर्वी एशियाबीचको पुल रहेको विशिष्ट अवस्थितिलाई बढावा दिने र त्यसलाई कार्यान्वयन गर्ने प्रण गर्छौं ।
४.बिमस्टेक राष्ट्रहरुसमेत विश्वको जुनसुकै कुनामा भएको आतकंवादी हमलाको भत्र्सना गर्छौं । आतकंवाद विरोधी लडाईमा आतकंवादी,संगठन तथा सञ्जाललाई मात्र होइन तिनलाई प्रोत्साहित गर्ने, समर्थन गर्ने, लगानी गर्ने र तिनलाई शरण दिने राष्ट्र वा गैरराष्ट्रिय तत्वको पनि पहिचान गर्ने उत्तरदायी बनाउने कुरा दृढतापूर्वक व्यक्त गछौंं । आतंकवादसँग लड्न कडा प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौं ।
५.संयुक्त राष्ट्र संघको चार्टरको सिद्दान्त तथा उद्देश्यमा निःशन्देह आफ्नो विश्वास व्यक्त गर्दै बहुपक्षिय प्रणालीलाई बलियो बनाउन प्रयास गर्नेछौं ।
६.बिमस्टेकको सचिवालयलाई संगठनको प्रारम्भीक चार्टर तयार गर्न कार्यभार दिने निर्णय गरेका छौं ।
७.बिमस्टेक स्थायी कार्यसम्पादन कमिटि स्थापना गर्ने निर्णय गर्छौं । यसले सचिवालयको प्रशासनिक तथा वित्तिय मामिला सम्हाल्नेछ ।
८.बिमस्टेक विकास कोष स्थापना गर्ने सम्भावना अन्वेषण गर्न हाम्रा सम्बन्धित सरकारको उपयुक्त मन्त्रालय वा राष्ट्रिय एजेन्सीहरु परिचालन गर्नेछौं । यसलाई बिमस्टेकभित्र अनुसन्धान तथा योजना, सदस्य राष्ट्रहरुले सहमत जनाएको परियोजना, कार्यक्रम तथा अन्य गतिविधिहरुमा लगानी गर्न उपभोग गरिनेछ । 
९.बिमस्टेक सचिवायलको संरचनागत क्षमता वृद्धि गर्न सहमति जनाउँछौ ।
१०.अन्तर्राष्ट्रिय मञ्चमा बिमस्टेकको उपस्थितिको प्रचार–प्रसारको महत्व स्विकार्छौं ।
११.सहकार्यको मूल क्षेत्रहरुको प्रगति तीब्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं । साथै वर्तमान बिमस्टेकको सहकार्य क्षेत्रहरुको पुनः मुल्याकंन, पुनः संरचना तथा औचित्य स्थापित गर्नको लागि जोड दिन्छौं ।
१२.आन्तरिक अनुमोदन प्रक्रियामा अड्किरहेका कानुनी कागजात तथा अन्य साधनहरुलाई प्राथमिकता अनुरुप निश्कर्षमा पु¥याउने तथा प्रमाणिकरण गर्नेछौं ।
१३.सम्बन्धित क्षेत्रहरुमा भएको प्रगतिका लागि तिनलाई नेतृत्व गर्ने राष्ट्रहरुको भूमिकालाई सरहाना गर्दछौं र थप प्रगति गर्नको लागि उनीहरुलाई आफ्नो प्रयास बढाउन प्रोत्साहित गर्दछौं । 
१४.पूर्व–महासचिव सुमिथ नकान्डालाले आफ्नो कार्यकालमा बिमस्टेकको कामकारबाहीहरु अघि बढाउन पु¥याएको बहुमुल्य योगदानको लागि आभार व्यक्त गर्दछौं । साथै बङ्लादेशबाट बिमस्टेकको लागि नयाँ महासचिव नियुक्त भएका एम.शहिदुल इस्लामलाई स्वागत गर्दछौं ।
१५.सन् २०१४ मार्चदेखि बिमस्टेकको नेतृत्व गरिरहेको नेपालप्रति मनैदेखि आभार व्यक्त गर्दै श्रीलङ्कालाई बिमस्टेकको नयाँ अध्यक्षको रुपमा स्वागत गर्दछौं । 
१६.क्षेत्रीय सहकार्यको प्रक्रियालाई घनिभूत बनाउन बिमस्टेक सम्मेलन र अन्य बैठकहरु समयमै आयोजना गर्ने प्रतिबद्धता पुन दोहा¥याउँछौ ।
१७. क्षेत्रगत मुल्याकंनमा हाम्रो अडानको निर्देशिका, प्रतिबद्धता तथा बयानहरु बनाउन सहमत हुन्छौं । यो कुरा यस घोषणापत्रको पूरकमा राखेका छौं ।
१८.न्यायो आतिथ्यताको तथा सम्मेलनको उत्कृष्ट प्रबन्धको लागि नेपाल सरकारप्रति इमान्दारीपूर्ण आभार व्यक्त गर्छौं । 

नेपालको लुम्बिनीले गौतम जन्मायो, भारतको बोधगयाले बुद्ध जन्मायोः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लुम्बिनीले गौतम दिएको र भारतको बोधगयाले बुद्ध दिएको बताएका छन् । शुक्रबार काठमाडौको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले काठमाडौं पशुपतिनाथको शहर भएपनि बौद्धका अनेक स्थानबाट घेरिएको र एकदमै अन्योन्याश्रित सम्बन्ध विकास भएकोप्रति खुसी समेत व्यक्त गरे । प्रधानमन्त्री मोदीले भने, ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोधगयाले बुद्ध दियो । पशुपतिनाथको यो शहर वौद्धको अनेक स्थानबाट घेरिएका छन् । यो एकदम जोडिएको छ, अन्यौन्याश्रित रहेको छ ।’ प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच समय, दूरी र कठिन मार्गले पनि सम्बन्धमा बाधा पार्न नसकेको बताउँदै यो सम्बन्ध दिर्घकालीन रुपमा रहनुपर्ने बताए । उनले भने– ‘कन्यापुरी र काठमाण्डौको दुरी हजारौ किमी रहेको छ तर तमिलनाडुमा अहिले पनि पशुपतिको मन्दिरको स्थान रहेको छ । काशी र काठमाण्डौलाई बाबा विश्वनाथ र पशुपतिनाथले जोड्छ, म त सोमनाथको भूमिमा जन्मेको हुँ, अब सोमनाथबाट विश्वनाथ तथा पशुपतिनाथलाई शिवले जोडेको छ ।’ प्रधानमन्त्री मोदीले अयोध्यालाई जनकपुरले जोडेको समेत बताए । उनले काठमाडौं र दिल्लीबीच मात्र सम्बन्ध राम्रो भएर नहुने जनता–जनताबीचको सम्बन्ध समेत राम्रो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीहरुबीच सदियौं पुरानो सम्बन्ध छ । तर दुनियाँको कुनैपनि मुलुकहरुबीचको सम्बन्ध तबसम्म दिर्घकालीन हुँदैन जबसम्म जनता–जनता बीचको सम्बन्ध राम्रो हुँदैन, काठमाण्डौं र दिल्ली बीचमात्र सम्बन्ध राम्रो भएर केही हुँदैन ।’ उनले जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न आउनैपर्ने बताउँदै शिवभक्तको मनमा सँधै त्यो इच्छा रहिरहने समेत बताए । त्यसैले पनि आफुले केही समयअघि नेपालका तीन धार्मिकस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर पुगेको दाबी गरे । उनले भारतको विकासमा नेपालीहरुको ठूलो भूमिका रहेको समेत दाबी गर्दै भने, ‘त्यसैले हरेक भारतीयहरुलाई नेपालमा राजनीतिक स्थीरता रहेकोमा खुसी लागेको छ । मित्रको रुपमा भारतको सदभावना र सहयोग सधैं तपाईहरुसँग रहनेछ ।’ उनले भारत नेपाल मैत्री धर्माशाला एक भवन र कुनै यात्रीहरुको लागि निवासस्थल मात्र नभई दुबै देशका जनताको मनमा नेपाल र भारतबीचको मित्रता गुन्जिने स्थान भएको बताए । उनले भने–‘यहाँबाट जो घर फर्किन्छ त्यो मनमा गुन्जिरहन्छ ।’ प्रधानमन्त्री मोदीले धार्मिक पर्यटनको विकास गर्न सके यसले आर्थिक विकासमा टेवा पुर्याउने बताए ।

‘फेक रेस्क्यू ’प्रकरणले पर्यटन क्षेत्रमा तरंग, व्यवसायी भन्छन्– सरकारले त्रास फैलायो

उद्धारमा लागेको वायुसेवा कम्पनी वा हेलिकप्टरले प्रत्येक पर्यटकीय सिजन सकिएको १५ दिनभित्र उद्धार उडानको विवरण दिनुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ । स्वास्थ्य संस्थाले उपचार गरेको पर्यटक डिस्चार्ज भएको १५ दिनभित्र उपचार लागत विवरण पर्यटन विभागमा पेश गर्नुपर्नेछ । खोज, उद्धार तथा उपचारमा लागेको लागतको सक्कल बिजक एजेन्सी समक्ष पेश गर्नुपर्ने छ । ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी बनाउने र उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्को रकम असुली गरी ठगी गर्ने क्रम बढेको भन्दै पर्यटन मन्त्रालयले बनाएको छानबिन समितिले १७ संस्थालाई दोषी ठहर्याउँदै पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सिफारिस गरेको थियो ।

अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई, यस्तो छ नियम

काठमाडौं । अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रले नै पाएको छ । सरकारले पर्यटक उद्दारको जिम्मा प्रहरीलाई दिने तयारी गरेपनि निजी क्षेत्रको चर्को दबाबपछि खोज तथा उद्दारको जिम्मा निजी क्षेत्रले नै पाउने भएको हो । गत साउन १५ गते पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको थियो । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही अघि बढाउन र उद्धारको जिम्मा प्रहरीलाई दिन भन्दै पर्यटनले गृहलाई फाइल पठाएको थियो । शुक्रबार ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनगमन सम्बन्धी कार्यवधि २०७५’ जारी गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागको अनुमति विना साहसिक पर्यटनको क्रियाकलाप गर्न गराउन नपाइने नियम ल्याएको छ । सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्‍याफ्टिङ एजेन्सीलाई नै दिने भएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको हो । पर्यटन विभागले बनाएको कार्यविधिमा खोज तथा उद्धारका लागि सहयोगी व्यक्ति, सङ्घ–संस्था, एजेन्सी, वायु सेवा वा हेलिकप्टर कम्पनीहरुको सहयोगको लागि अनुरोध गर्दा उद्धार गर्नुपर्ने पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर, पहिचान हुन सक्ने अन्य कुनै परिचय खुल्ने कागजात, खोज तथा उद्धार गर्न जाने स्थान वा क्षेत्रको यकिन विवरण खुलाउनु पर्ने उल्लेख गरिएको छ । यस्तै खोज तथा उद्धार गर्नुपरेको अवस्थामा सम्बन्धित एजेन्सीले सोको सूचना पर्यटक प्रहरी तथा पर्यटन विभागलाई अनिवार्य रुपमा दिनुपर्ने, पर्यटक उद्धार गरिएको साधान, उद्धार लागत, उद्धार गरी उपचारका लागि लगिएको अस्पताल वा स्वास्थ्य संस्था र पर्यटकको अवस्थाको जानकारी यथाशीघ्र पर्यटक प्रहरी तथा पर्यटन विभागलाई दिनुपर्ने छ ।

काठमाडौं-रक्सौल रेलमार्गको समझदारी

काठमाडौं - नेपाल-भारतबीच काठमाडौं-रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको द्विपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो । प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा यससम्बन्धी सहमति भएको थियो । समझदारीपत्रमा एक वर्षभित्र प्रतिवेदन दिने गरी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडलाई सर्भे गर्ने जिम्मा दिइएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । शुक्रबारै प्रधानमन्त्री ओली र मोदीले भारतद्वारा निर्मित पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरे । चार सय शैया भएको धर्मशाला २२ करोड नेपाली रुपैयाँमा निर्माण भएको हो । पशुपति मन्दिरमा अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सांस्कृतिक पुनर्जागरण सुरु भएको बताए ।

पप्पु कन्स्ट्रक्सन : काम नगर्ने, ठेक्का पाइरहने

काठमाडौं - कामै नगर्ने । गरे पनि आंशिक र गुणस्तरहीन । तैपनि संघीय संसदका सांसदसमेत रहेका ठेकेदार हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले भटाभट ठूला ठेक्का हात पारेको तथ्यहरू फेला परेको समाचार आजको कान्तिपुरमा छापिएको छ । पप्पु कन्स्ट्रक्सनले ८ वर्षसम्म अलपत्र छाडेको हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमामा पर्ने बलान खोलाको पुल । कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार ९दायाँ० । तस्बिर स् भरत जर्घामगर राजनीतिक आडमा रौनियारले तराईरमधेसका मात्र होइन, राजधानी काठमाडौं र अन्यत्र पनि ठूला आकारका ठेक्का लिई काम अड्काउने र भुक्तानी भने लिन भ्याएको देखिन्छ । सुरुमा कांग्रेसको राजनीति गरेका उनी पछिल्लो समय संघीय समाजवादी फोरमबाट केन्द्रमा प्रत्यक्ष निर्वाचित भएका हुन् । तीनकुनेस्थित वागमती नदीमाथिको पुल गत असारमै बनिसक्नुपर्ने हो तर अहिलेसम्म २० प्रतिशत काम भएको छैन । पप्पुले २०७१ पुसमा ठेक्का लिएको थियो । नेपालकै नमुनाको पुल बनाउने गरी डिजाइन गरेको पुलको काम त्यसै अलपत्र छ । ‘नेटवर्क आर्च ब्रिज भएकाले डिजाइन गर्नै समय लाग्यो,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘पुल ८५ मिटर लामो छ । एउटै ठेक्कामा तलमाथि गरेर दुईवटा पुल बनाउनुपर्ने हुन्छ ।’ उक्त पुलको लागत २१ करोड रुपैयाँ हो । पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक पत्र पठाएर समयमै काम सक्न र निर्माणक्रममा देखिएका समस्या समाधान गर्न आयोजनाले आग्रह गरेको छ । ‘उल्टै समस्या देखाएर पत्र फर्काउने गरेको छ । पप्पुमार्फत निर्माण थालिएका उपत्यकाबाहिरका योजनाको हालत पनि उस्तै छ,’ पुलका आयोजना प्रमुख दीपक केसीले भने । पुल महाशाखालाई बोधार्थ दिएर पठाइएका पत्रको कार्यालयमा चाङै लागेको छ । महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पप्पुका संयुक्त र एकल ठेक्का गरी ३१ वटा छन् । तिनमा कतै विवाद आएर रोकिएको त कतै अवधि सकिँदासमेत पूरा भएको छैन

प्रधानमन्त्री ओली र मोदीद्वारा पशुपतिनाथमा धर्मशाला उद्घाटन

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् । धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए । बाग्मती क्षेत्रको चौतर्फी विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको भन्दै ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताए । ‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो’ उनले भने ‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताए । नेपाल भारत मैत्री धर्मशालाले नेपालको पर्यटन विकास र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने ओलीले बताए । भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत मैत्री धर्मशाला नेपाल र भारतबीचको मित्रताको स्तम्भ भएको पनि बताए । पशुपतिनाथको पाउमा बिमस्टेक सम्मेलन भएको भन्दै मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा बिमस्टेक सदस्य देशहरु सुख शान्तिको दिशामा गति लिने विश्वास व्यक्त गरे । ‘यति महत्वपूर्ण जिम्मेवारी ओलीजीले पाउनुभयो, उहाँलाई धेरै धेरै बधाइ छ’ मोदीले भने । कस्तो छ धर्मशाला ? भारत सरकारको २२ करोड रुपैयाँ अनुदानमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् । त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ । सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कोषले नै पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा राख्ने व्यवस्था गर्नेछ ।

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौं - बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।

गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै

काठमाडौं - हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ । तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ । जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् । आगम्छे जीर्णोद्धार गर्न जापानले अनुदान समेत दिइसकेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ । जापानले २ मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेका लागि १३ करोड र पाटनको देगु तलेजुका लागि २० करोड रुपैयाँ छुट्याइएको छ ।

विवादमा प्रदेश प्रहरी ऐन

हेटौंडा - प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको 'संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी' विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए । 'संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिने' उनले भने, 'केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।' संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए । प्रदेश प्रहरी ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टकराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दाबी गरे ।

विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् 'गोल्डस्टार'

काठमाडौं - नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । आजको नयाँ पत्रित्रकामा समाचार छ । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ ।
चाउचाउ
वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ ।
गोल्डस्टार
नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै ८० प्रतिशत भारत प्रतिशत निर्यात हुन्छ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गरेको छ । 
सुन्दा आश्चर्य लाग्न सक्छ, भुटानी सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता लगाउँछन् ।

हिमालयन जाभा
कफी पिउने पश्चिमा संस्कृति हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास गर्यो । दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभा आक्रामक आउटलेट विस्तारमा लागिपरेको छ । देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलिसकेका छन् । रमाइलो पक्ष के भने पश्चिमा संस्कृति भित्र्याउने जाभा अहिले धमाधम पश्चिमा मुलुकमै फैलिरहेको छ ।
खुकुरी रम
विदेशी रक्सी रुचाउने नेपालीको संख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा लोकप्रिय छ । विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत दर्जन मुलुकमा पुग्छ । 
बाजेको सेकुवा
सन् १९७६ मा दीनानाथ भण्डारीले पाँचसय लगानीमा एयरपोर्टअगाडि खुल्ला चौरमा सेकुवा पोलेर ब्यबसाय सुरु गरेका थिए । त्यही व्यवसाय बाजेको सेकुवामा परिणत भयो, अहिले १४ वटा आउटलेट खोलिसकेको छ । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा पनि खुलेको छ । 

सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी

बर्दिया - सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्‍यो । क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन । यस्तै राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका छ ।

कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कृत

कञ्चनपुर - १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । आजको नयाँ पत्रिकामा समाचार छ । युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् । बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् । फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए । एसपी कडायतले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको बताए । किशोरीको अवस्था जटिल नरहेको उनले बताए । किशोरीले बताएको आधारमा पहिचान भएका दुईजनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । दोषी भाग्ने भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन । किशोरीका बाबु भन्छन् ‘बिहेको बहाना बनाएर इज्जत लुट्यो’ राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर हामीले खाना खाइसकेका थियौँ । घर र छरछिमेकका स–साना नानीहरू बुफर लगाएर आँगनमा नाच्दै थिए । छोरीको मोबाइलमा एक्कासि फोन आयो । उनी फोन उठाउँदै सडकतिर गएको केटाकेटीले पनि देखेका रहेछन् । केटाकेटीले मोटरसाइकलमा राखेर लगेको बताएपछि हामी एकैछिनमा त्यतातिर लाग्यौँ । मेरो घरभन्दा झन्डै एक किलोमिटर पर सडकको छेउमै बलात्कार गरेर भागेछन् । छोरीले दुई केटाहरूलाई चिनेकी रहिछ । विवाह गर्छु भन्दै बोलाएको रहेछ । तर, इज्जत लुट्यो ।