Tuesday, May 23, 2017

म्राट दाहालसँग विवाह गर्नु मेरो भुल थियो : मनीषा कोइराला

मुम्बइ । नेपाली मूलकी बलिउड नायिका मनीषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयप्रति पश्चाताप गरेकी छिन् । उनले राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् । मनीषालाई विवाह गरेको कुरामा पछुतो भएको छ । तर, यसको जिम्मेवार आफूलाई उनले ठान्छिन् । आफ्नो कमब्याक फिल्म ‘डियर माया’को प्रोमोसनमा लागिपरेकी मनीषा कोइरालाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोँच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ । म यसबारे योभन्दा बढी केही पनि भन्न सक्दिनँ ।’ मनीषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्षपछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो । मनीषा कोराला भन्छिन्, ‘हेर्नुहोस्, आजकालका पिढिका किशोरीहरूसँग म निकै प्रभावित छु । आजकालका किशोरीहरु निकै बोल्ड छन् । उनीहरूले आफूलाई निकै राम्रोसँग चिनेका छन्, उद्देश्य लिन्छन् र आफ्नो गोल आफैं सेट गर्छन् । मलाई आजको पीढिका किशोरीहरु निकै राम्रा लाग्छन् । महिला यस्तै हुनुपर्छ किनभने हामीले एउटै जिन्दगी पाउँछौं ।’ नयाँ महिला निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार मनीषाको फिल्म ‘डियर माया’ जून २ तारिखमा रिलिज हुँदैछ । यो फिल्मपछि मनीषाका साथै राज कुमार हिरानीको निर्देशनमा बनिरहेको संजय दत्तको बायोपिकमा नरगिस दत्तको भूमिकामा देखिनेछन् । – एजेन्सी

No comments:

Post a Comment