Monday, June 6, 2016
आधा अर्ब रुपैयाँ तिरेर धनाढ्यले किने कारको नम्बर प्लेट
संयुक्त अरब इमिरेट्स, युएइका एक धनाढ्य व्यवसायीले झण्डै आधा अर्ब रुपैयाँ खर्च गरी आफ्नो नयाँ कारमा नम्बर प्लेट हालेका छन् । एक विशेष नम्बर प्लेटका लागि उनले ५० लाख डलर भुक्तान गरेका हुन् ।
विशेष नम्बर प्लेट भन्ने बित्तिकै त्यो कतै हिराजडित वा सुन जस्तो महंगो धातुबाट बनेको पो थियो की भन्नुहोला । तर होइन । नम्बर प्लेट विशेष हुनुको कारण के भने उक्त नम्बर प्लेटमा केवल एउटा अंक छ । त्यो हो एक । उक्त नम्बर प्लेट लिलामी गर्ने कार्यालयले सोँचेभन्दा बिस गुणा बढि मूल्यमा नम्बर प्लेटको लिलामी भएको हो ।
कार भन्दा कैयौँ गुणा बढि मूल्य तिरेर नम्बर प्लेट खरीद गर्ने धनाढ्य आरिफ अहमद अल जरौनीले आफ्नो महत्वाकांक्षा सधै नम्बर वान बनिरहने रहेको बताएका छन् ।
यसभन्दा पहिले सन् २००८ मा नम्बर एक वाला कार प्लेट झण्डै दुइ करोड ३० लाख रुपैयाँमा बिकेको थियो ।
गत शनिवार युएइमा भएको लिलामीमा सो सँगै अन्य ६० वटा लोकपि्रय नम्ब प्लेट राखिएको थियो । जसमा १२, २२, ५०, १००, ३३३, ७७७, १०००, २०१६, २०२०, ९९९९९ जस्ता नम्बर प्लेट थिए । सबै नम्बर प्लेटको लिलामीबाट एक करोड ३६ लाख डलर रकम प्राप्त भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment