Saturday, September 1, 2018

भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य

नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्ः चीनः चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ ।ष्ट्रेलियाः अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छन् । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ । बेलायतः बेलायतमा सन् १८२४ मै भिख माग्न नपाइने कानून बनेको थियो । सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैरकानूनी ठहर गरी कारवाही गरिन्छ । डेनमार्कः डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा १९७ का अनुसार गैरकानूनी हुन्छ । त्यसरी भिख माग्नेलाई ६ महिनासम्मको जेल सजाय हुन्छ । फ्रान्सः सन् १९९४ मा लागू भएको नयाँ कानूनी व्यवस्थाले फ्रान्समा भिख माग्ने कामलाई गैरकानूनी कामको सूचीबाट हटाएको थियो । तर बालबालिकालाई भिख माग्न लगाउनु तथा भिख माग्ने कामका लागि जनावरको प्रयोग गर्नु अहिले पनि फ्रान्समा गैरकानूनी छ । फिनल्याण्डः सन् २००३ को सार्वजनिक शान्ति सुव्यवस्था ऐनले फिनल्याण्डमा भिख माग्न कार्यलाई गैरकानूनी घोषित गरेको थियो । एजेन्सी

यी महिला, जसले आफ्नै स्तनको ४ सय ७० लिटर दुध दान गरिन्

भनिन्छ रक्तदान जीवनदान हो । तर रक्तदान भन्दा महान दानचाहिँ आमाको स्तनको दुध रहेछ । नयाँ आमाहरुका लागि आफ्नो बच्चालाई स्तनपान गराउनु साँच्चीकै चुनौतिपूर्ण कुरा हो । कतिपय सुत्केरी महिलाहरुको दुध नै नआउने वा बच्चालाई पुग्ने जति नआउने समस्या हुन्छ । जसका कराण बच्चाले पर्याप्त स्तनपान गर्न नपाउने र पेट भर्नका लागि अनेक खाले खानेकुराको सहारा लिनुपर्ने हुन्छ । तर कहीँ महिला यस्ता हुन्छन् जसले आमा बनेको बेला आफ्नो बच्चालाई मनग्गे पुग्ने मात्र होइन अरुलाई दान दिन समेत पुग्दछ ।अमेरिकाको क्यालिफोर्नियामा बस्ने ताबिथा फ्रस्ट नामकी ती महिलाले अहिलेसम्म आफ्नो स्तनबाट निकालेको ४ सय ७० लिटर दुध दान गरिसकेकी छिन् । तीन बच्चाकी आमा फ्रस्टले बच्चा जन्माएको वर्षदिनसम्म हरेक दिन ३ लिटर भन्दा बढि दुध उत्पादन गर्दछिन् । जुन उनको बच्चालाई चाहिने भन्दा धेरै हो । त्यो धेरै हुने दुध उनले दुध चुस्न नपाएका अरु बच्चाका लागि दान गर्दछिन् । फ्रस्टका अनुसार उनले हरेक दिन आफ्नो दुध दुहिन्छिन् । चाहे यात्रामा होस् वा विरामी भएको बेला होस् उनका लागि दुध दुहिने काम फूल टाइम जागिर सरह छ । वैज्ञानिकका अनुसार महिलाको स्तनमा यतिधेरै दुध उत्पादन हुनु वास्तवमा एउटा रोग नै हो । यसलाई हाइपरल्याक्टेसन सिन्ड्रोम भनिन्छ । यसका कारण महिलाको स्तनमा औषतमा भन्दा तिन गुणा धेरै दुध उत्पादन हुन्छ । कहिलेकाहीँ प्रोल्याक्टिन हर्मोनको स्तर धेरै हुँदा पनि यस्तो हुन्छ । यसलाई हाइपरल्याक्टोमिया पनि भनिन्छ । कतिपय अवस्थामा ब्रेन ट्युमर हुँदापनि यस्तो हुने वैज्ञानिकहरु बताउँछन् ।

श्रीमती सुन्दर भएको भन्दै श्रीमानले गरे यस्तो हर्कत

श्रीमती धेरै सुन्दर हुँदा पनि कतिपय लोग्नेहरुलाई औडाहा हुँदो रहेछ । भारतमा एकजना युवकले आफ्नी पत्नी धेरै राम्रो भएको भन्दै उनीमाथि निकै घिनलाग्दो हर्कत गरेका छन् । आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्ला कि भन्ने डरले सताएपछि ती युवकले पत्तीविरुद्ध डरलाग्दो कर्तूत गरे ।भारतको मुम्बइको घटना हो यो । आरोपीको नाम राज रायकवार हो । उनीमाथि बलात्कार तथा यौनउत्पीडनको आरोप लागेको छ । अभियुक्त बलिउड फिल्म उद्योगमा काम गर्दछन् । उनी मुम्बईमा बस्दछन् भने उनको परिवार जबलपुरमा बस्ने गरेका छन् । राजले १२ वर्षअघि बिहे गरेका थिए र उनका २ बच्चा छन् । राजकी पत्नी निकै सुन्दर छिन् । जसका कारण राजलाई डर थियो कि पत्नीमाथि सहरका पुरुषहरुको गिद्दे नजर पर्नेछ । मनमा जरा गाडेको सोही डरका कारण उनले पत्नीको अनुहारमा आक्रमण गरे । त्यसका लागि उनले लामखुट्टे भगाउने क्वाइल राख्ने फलामको तिखो स्टाण्डले पत्नीको अनुहारमा प्रहार गरेर सख्त घाइते बनाए । राज विरुद्ध उनकी पत्नीले प्रताडना तथा दाइजोको मुद्दा दर्ता गराएकी छिन् । त्यसको दुईदिन अघिमात्र नाबालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिसकेको थियो । एजेन्सी

मान्छेको मासु खाने र लाससँग एकान्तमा बस्ने क्रुर तानाशाह !

युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए । एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए ।उनले आफ्नो ८ वर्षको शासनकालमा उनले क्रुरताको यति धेरै विभत्स उदाहरणहरु प्रस्तुत गरे जसले उनलाई आधुनिक इतिहासकै एक क्रुर तानाशाहको रुपमा चिनायो । एसियालीहरुलाई देश निकाला सन् १९७२ को अगस्ट ४ मा बिबिसीको दैनिक बुलेटिनमा अचानक एउटा स्तब्ध बनाउने समाचार सुनियो । समाचार भनिएको थियो युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएका छन् । अमिनले देश छोड्नको लागि उनीहरुलाई ९० दिनको समय दिइने पनि बताएका थिए । अमिनका अनुसार उनले सन् १९७२ को अगस्ट ४ मा अचानक एक सपना देखेका थिए । त्यसपछि उनले युगाण्डाको टोरोरोमा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै सपनामा अल्लाहले उनलाई सबै एसियालीहरुलाई आफ्नो देशबाट तुरुन्त बाहिर निकाल्न भनेका बताउँदै यस्तो आदेश दिए । अमिनले भनेका थिए, ‘एसियालीहरु आफै युगाण्डावासीहरुसँग अलग भएका छन् र उनीहरुले युगाण्डाबासीसँग घुलमिलहुने कुनै कोसिस गरेका छैनन् । उनीहरुको स्वार्थ नै युगाण्डालाई लुट्ने हो । उनीहरुले गाइ दुहुन्छन् तर त्यसलाई घाँस खुवाउने काम गर्दैनन् ।’ कर्णेल गद्दाफीको सल्लाहमा एसियालीहरुलाई निकालेका थिए सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक लिएनन । उनीहरुले सुरुमा अमिनले सनकको भरमा यो घोषणा गरेको सोचे तर केही दिनपछि नै उनीहरुलाई अमिनले साँच्चै देशनिकाला गर्न खोजेको थाहा भयो । अमिनले उनलाई यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । तर, अमिनको शासनमा बहुचर्चित पुस्तक ‘घोस्ट अफ कम्पाला’ का लेखक जर्ज इभान स्मिथले लेखेका छन्, ‘यसको प्रेरणा उनलाई लिबियाको तानाशाह कर्णेल गद्दाफीबाट मिलेको थियो ।’ स्मिथका अनुसार गद्दाफीले उनलाई देशको अर्थ व्यवस्थामा पुरै नियन्त्रण भएमात्रै उनको सत्ता बलियो हुने बताएका थिए । उनले जसरी आफ्नो देशमा इटालियनलाई पछाडि हटाए त्यसैगरि अमिनले पनि आफ्नो देशबाट एसियालीहरुलाई हटाउन पर्ने सल्लाह दिएका थिए । मानिसहरुले चउरमा आफ्नो सुन गाडेअमिनको घोषणा पछि बेलायतले अमिनलाई भेटेर उनको निर्णय फिर्ता गर्न मनाउने आशामा आफ्ना मन्त्री जियोफ्रिरिपनलाई कम्पाला पठायो । तर, जब रिपन त्यहाँ पुगे त्यसपछि अमिनले आफू धेरै व्यस्त भएको कारण पाँचदिन सम्म भेट्न नपाउने बताउँदै भेट्न मानेनन् । रिपनले लण्डन फर्किने निर्णय गरे, त्यसपछि अधिकारीहरुले सम्झाएपछि मात्रै चौंथो दिनमा अमिन रिपनसँग भेट्न तयार भए तर उक्त भेटको कुनै फाइदा भएन् । अमिन आफ्नो निर्णयमा अडिग रहे । भारत सरकारले पनि स्थितीलाई सजिलो बनाउनको लागि भारतीय विदेश सेवाका एक अधिकारी निरञ्जन देसाईलाई कम्पाला पठाएको थियो । भारतले पठाएका निरञ्जन देशाई सम्झिन्छन्, ‘हरेक व्यक्तिलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड र २५० किलो सामान मात्रै लैजाने इजाजत दिइएको थियो । अझै कम्पाला भन्दा बाहिरका एसियालीहरुलाई त यो नियमबारे पनि थाहा थिएन् ।’ अमिनको यो निर्णय यति अचानक आएको थियो कि युगाण्डा सरकार आफै यसलाई लागु गर्नको लागि तयार नै थिएन । केही धनी एसियालीहरुले आफ्नो धन खर्च गर्ने नयाँ तरिका निकालेका थिए । धेरैले यदि आफ्नो पैसा बाहिर लैजान सकिँदैन भने त्यसलाई विलासी तरिकाले उडाउने हो भन्ने हिसाबले सोचेका थिए । उनीहरुले विमानको बिजनेश क्लासको टिकट बुक गराए भने विदेश भ्रमणको लागि महंगा होटलहरु पनि बुक गराए । केही बाठा मानिसहरुले विभिन्न तरिका लगाएर आफ्नो पैसा बाहिर लैजान सफल भए । यस्तै केहीले भने पछि फर्केर आउन सक्ने आशामा आफ्नो घरको बगैंचामुनि सुन गाडेका थिए । औंलाबाट औठी काटेर समेत निकालियो हाल लण्डनमा रहेकी गीता वाट्स अहिले पनि त्यो दिन सम्झिन्छिन् जब उनी लण्डन जानको लागि एनतेबे विमानस्थलमा पुगेकी थिइन् । गीता भन्छिन्, ‘हामी मानिसहरुलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड लैजान दिइएको थियो । विमानस्थलमा मानिसहरुको सुटकेश खोलेर जाँचिएको थियो । उनीहरुको हरेक चीज बाहिर निकालेर फ्याँकिन्थ्यो ताकी उनीहरुले त्यसमा पैसा त लुकाइएको छ कि छैन् देख्न सकुन् ।’ ‘मलाई मेरो आमाबुबाले एउटा सुनको औठी लगाइदिएका थिए । विमानस्थलमा उनीहरुले औठीहरु खोल्न भने तर, औठी यति कसिलो थियो कि मेरो औलाबाट निस्किएन’ गीताले भावुक हुँदै भनिन्, ‘त्यसपछि उनीहरुले औंठीलाई मेरो औंलाबाट अलग गरिदिए । सबैभन्दा खतरनाक कुरा त जब औंठी काटिरहेका थिए अटोमेटिक हतियार लिएका सैनिकले हामीलाई घेरेका थिए ।’ धेरैजसो एसियालीहरुलाई युगाण्डाबाट निकालिएपछि बेलायतले शरण दियो । एसियालीहरुलाई निकालिएपछि युगाण्डाको पुरै अर्थव्यवस्था तहसनहस भयो । यस्तो छ अमीनको क्रुरता र बर्बरता एसियालीहरुलाई निकालिएको घटनाले अमिनको छवि पुरै विश्वमा एक सनकी तानाशाहको रुपमा फैलियो । उनको क्रुरता र कहानीहरु दुनियाँलाई थाहा भयो । अमीनको समयमा स्वास्थ्य मन्त्री रहेका हेनरी केयेंबाले ‘अ स्टेट अफ ब्लडः द इन्साइड स्टोरी अफ इदी अमिन’ नामक पुस्तकमा अमीनको क्रुरताको यस्तो किस्साहरु दुनिँयालाई बताए जसबाट पुरै दुनियाँ स्तब्ध भयो । केयेंबाले लेखेका छन्, ‘अमिनले आफ्नो दुश्मनहरुलाई मारेनन् मात्रै उनीहरुलाई मारेपछि उनीहरुको शवको साथमा पनि बर्बरतापूर्ण व्यवहार गरे ।’ ‘युगाण्डाको मेडिकल समुदायको बीचमा मुर्दाघरमा राखिएको धेरै लाशहरुलाई चलाइएको कुरा आम थियो र उनीहरुको मिर्गोला, कलेजो, नाक, ओठ र गुप्तांग गायब हुन्थ्यो ।’ केयेंबाले लेखेका छन्, ‘सन् १९७४ मा विदेश सेवाका अधिकारी गोडफ्रिकिगालालाई गोली हानेर मारेपछि उनको आँखा निकालिलएको थियो र उनीको लाश कम्पालाको बाहिर जंगलमा फ्याँकिएको थियो ।’ केयेंबाका अनुसार अमिनले कैयौंपटक मारिएका शवहरुको साथमा केही समय एक्लै बिताउ चाहेको बताउँथे । जब मार्च १९७४ मा कार्यबाहक सेनाध्यक्ष बि्रगेडियर चाल्र्स अरुबेको हत्या भयो त्यतिखेर अमिन उनको लासलाई हेर्न अस्पतालको मुर्दाघरमा आए । उनले डाक्टरसँग लासको साथमा एकछिन एक्लै बस्ने इच्छा गरे । लाससँग एक्लै भएपछि अमिनले के गरे भन्ने त कसैले देखेनन् । तर, धेरै युगाण्डाबासीले उनले आफ्नो दुश्मनको रगत पिउने गरेको विश्वास गर्छन् । यस्तो प्रचलन काकवा जनजातीमा छ र अमिन पनि काकवा जनजातीबाट आएका थिए । मान्छेको मासु खाएको आरोप केयेंबा लेख्छन्, ‘कैयौं पटक राष्ट्रपति र अन्य मानिसले उनीहरुले मान्छेको मासु खाएको बताएका थिए । मलाई याद छ अगस्ट १९७५ मा जब अमिन केही वरिष्ठ अधिकारीहरुलाई आफ्नो जाएरे यात्राको बारेमा बताइरहेका थिए उनले भनेका थिए-मलाई बाँदरको मासु दिइएको थियो त्यो मानिसको मासु जस्तो मिठो थिएन ।’ यस्तै अमिनले लडाईको समयमा अक्सर आफ्नो साथी घाइते हुन्छ यस्तोमा उनीहरुलाई मारेर खानाले तपाई भोकमरीबाट बँच्नसकिने बताएको पनि केयेंबाले लेखेका छन् । यस्तै अमिनले एकपटक युगाण्डाको एक डाक्टरलाई मानवको मासु चितुवाको मासुभन्दा नुनिलो हुने बताएका थिए । अमिनको पि|mजमा थियो मानिसको काटिएको टाउको अमिनको एक पुरानो नोकर अलोगाले भागेर किनिया आएपछि यसबारेमा बताएका थिए । अमिनको शासनकालमा युगाण्डामा भारतका उच्चायुक्त रहेका मदनजीत सिंहले आफ्नो किताब ‘कल्चर अफ सेपल्कर’मा अलोगालाई उद्धृत गर्दै लेखेका छन्, ‘अमिनको पुरानो घर कमाण्डपोस्टमा एक कोठा सँधै बन्द रहन्थ्यो । मलाई मात्रै त्यसभित्र पस्ने अनुमति थियो र त्यो पनि सफा गर्नको लागि ।’ ‘अमिनकी पाँचौ पत्नी सारा क्योलाबालाई यो कोठाको बारेमा जान्ने धेरै उत्सुकता थियो । उनले मसँग त्यो कोठा खोल्न भनिन् म थोरै झस्किँए किनभने अमिनले मलाई उक्त कोठामा कसैलाई जान नदिन आदेश दिएका थिए ।’ ‘तर, साराले धेरै जिद्दी गरेपछि मैले उनलाई कोठाको चाबी दिँए कोठा भित्र रेफ्रिजिरेटर थियो । जब उनले रेफ्रिजिरेटर खोलिन् त्यसपछि उनी चिच्याएर बेहोस भइन । त्यसमा उनका एक पूर्व प्रेमी जिज गिटाको काटिएको शिर राखिएको थियो ।’ आफूले चाहेको महिलालाई पाउन यतिसम्म गर्थे साराको प्रेमी जस्तै अमिनले कैयौं अन्य महिलाहरुको प्रेमीहरुको शिर काटेका थिए । जब अमिनलको रुची माइकल कबालीकी प्रेमिका हेलेन ओगवांगमा लाग्यो तब अमिनका बडिगार्डले कबालीलाई कम्पाला इन्टरनेशनल होटेलको स्विमिङ पुलबाट उठाएर गोली हानिदिए । पछि हेलेनलाई पेरिसमा युगाण्डाको दुतावासमा पोस्टिङ गरियो र उनी त्यहाँबाट भागेकी थिइन् । अमिन मेकरेरे विश्वविद्यालयका प्रोफेसर भिसेन्ट एमिरु र तोरोरोको रक होटलका म्यानेजर शेकानबोका पत्नीहरुसँग पनि शारीरिक सम्बन्ध राख्न चाहन्थे । त्यसैले उनले दुवैलाई अनेक योजना बनाएर मारे । अमिनको यति धेरै प्रेम सम्बन्ध थियो कि त्यसबारेमा स्पष्ट गणना गर्न मुस्किल छ । भनिन्छ, एकै समयमा उनका कम्तीमा ३० महिलाहरुसँग सम्बन्ध थियो । यी महिलाहरु धेरैजसो होटल कार्यालय र अस्पतालहरुमा नर्सको रुपमा काम गर्थे । अमिनकी चौंथी पत्नी मेदिना पनि एकपटक उनको हातबाट झण्डै मरेकी थिइन् । सन् १९७५ फेब्रुअरीमा अमिनको कारमा कम्पाला नजिकै गोलीप्रहार भयो । मेदिनाले हत्याराहरुलाई आफ्नो कारको बारेमा जानकारी दिएको अमिनले शंका गरे । अमिनले मेदिनालाई धेरै नराम्रोसँग पिटे यसक्रममा उनको आफ्नै हात भाँच्चिएको थियो ।

के तपाई सेक्स भन्दा बढी खानेकुराको बारेमा सोच्नुहुन्छ ?

अहिलेका युवती के कुरामा बढी सोचमग्न हुन्छन् होला ? खानेकुराका लागि ? किनमेलका लागि ? करियरका लागि ? फेसनका लागि ? तपाईंको अनुमान आशिंक मात्रामा मिल्न सक्छ । हो, उनीहरु आफ्नो फिगर एवं सौन्दर्यमा बढी सोचमग्न हुने गर्छन् । आफुलाई कसरी आकर्षक देखाउने भनेर उनीहरु व्यायाम गर्छन् । योगा गर्छन् । धुलो र घामको सोझो सम्पर्कबाट टाढा रहन्छन् । पर्याप्त पानी पिउँछन् । खानपानमा विशेष सर्तकता अपनाउँछन् । के देखिएको छ भने, युवतीहरु खाना खान बस्दा पनि क्यालोरीलाई लिएर सँधै सतर्क हुन्छन् र क्यालोरी हिसाब गरेर मात्रै खाना खान्छन् । यस्तो लाग्छ, महिलाहरुमा फिट र सुन्दर रहने भोक आवश्यकता भन्दा धेरै छ । डाइटिङको कनेक्सन दाम्पत्यमा ? हुनपनि अहिलेका महिलाहरुले आफ्नो वैवाहिक सम्बन्धलाई सम्हाल्न वा सुमधुर बनाउन भन्दा कैयौं गुणा धेरै मेहनत डाइटिङमा गर्छन् । बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि यस्तै तथ्य अगाडि आएको छ । सर्वेक्षणमा बेलायतका एक हजार दुई सय ९० यस्ता महिलाले भाग लिएका थिए, जो डाइटिङ गरिरहेका थिए । सर्वेक्षणबाट डाइटिङले उनीहरुको दाम्पत्य सम्बन्धलाई कसरी प्रभावित गरिरहेको भन्ने कुरा पनि देखियो । यसको नतिजा आश्चर्यचकित बनाउने थियो । सर्वेक्षणमा लगभग ५४ प्रतिशत महिलाहरुले उनीहरु आफ्नो वैहाहिक सम्बन्धलाई उचित तरिकाले निभाउनभन्दा पनि धेरै मेहनत डाइटिङको लागि गरिरहेको स्विकारेका थिए । लगभग १० प्रतिशत महिलाहरुले त यो पनि मानेका छन् कि यदी उनीहरुलाई आफ्नो पति वाा पार्टनरले धोका दिएपनि उनीहरुलाई त्यति दुख हुँदैन जति कि आफ्नो डाइटिङबाट विचलित हुँदा हुन्छ । नेपाली महिलाहरु नेपाली परिदृश्यमा यो कुरा कति सत्य छ वा यहाँको परिस्थिती कस्तो छ त ? महिलाहरु फेरी चाहे नेपाली हुन् वा अर्को कुनै देशका अक्सर आफूलाई यहि दृष्टिकोणबाट हेर्छन् । उनीहरु पुरुष र अरु महिलाहरुले आफ्नो शारीरिक बनावटको बारेमा के विचार राख्छन् भन्नेमा धेरै ध्यान दिन्छन् । हरेक प्रेमी वा पतिले उनीहरुको श्रीमति वा प्रेमीकाले आफ्नो शरीरको ध्यान दिनमा अल्छी नगरुन भन्ने चाहन्छन् । यदी महिलाहरु आफ्नो शरीरको राम्रो तरिकाले ध्यान राखेनन् उनीहरुलाई डिप्रेशन र स्वास्थ्यसँग जोडिएका स्वास्थ्य समस्याहरु हुन सक्छन् । फेरि पनि यदि हामी कोही अरुले हामीलाई मन पराउन् भन्ने चाहन्छौं भने त्यो भन्दा पहिले हामीले आँफैलाई मनपराउन सिक्नुपर्छ । हाम्रो देशमा धेरै महिलाहरु आफ्नो परिवारका सदस्यहरुलाई आफ्नै हातले खाना बनाएर खुवाउँछन् । उनीहरु दिनभने घरका काम र खाना पकाउनमा व्यस्त हुन्छन् । यस्तोमा उनीहरुको दिमागमा भोजन बाहेक अरु कुराहरु कसरी आउन सक्छ । यो अध्ययनमा त यस्ता महिलाहरुलाई लिइएको छ जो डाइटिङमा थिए । डाइटिङ गर्ने जो-कोहीले आफूलाई आफ्नो मनपर्ने भोजनबाट बञ्चित राख्छन् । तर, यस्तो दमन पछि हुनसक्ने विष्फोटको संकेत हुन सक्छ । यस्तोमा मानिसले हरेक पटक भोजनको बारेमा नै सोच्ने गर्छन् अझै महिलाहरुले धेरै सोच्छन् । मनपर्ने खाना खानुहोस्, प्रेम गर्नुहोस् धेरैले भन्ने गर्छन्, ‘भोजनले आराम दिन्छ र सेक्सले मुक्ति ।’ जब हामी कुनै एक चीजप्रती पागल हुन्छौं यस्तोमा मानिसले त्यसै विषयमा मात्रै पनि लगातार सोच्न सक्छ । यदि हामी भोको छौं भने भोको हुन्जेलसम्म भोजनको बारेमा मात्रै सोच्छौं यसैगरि यदि हाम्रो मन आफ्नो प्रेमी प्रेमीकाको नजिकै जाने वा उनीहरुसँग प्रेममय कुरा गर्ने छ भने हामी त्यसै बारेमा सोच्ने गर्छौं । भोजन र सेक्सलाई धेरैले एक आपसमा जोडेर पनि हेर्ने गर्छन् । यसैले धेरैले भन्छन्, ‘सेक्स पछि मानिसलाई भोक लाग्छ र भोजन गरेपछि फेरि सेक्सको चाहना बढ्छ ।’ आम रुपमा मानिस सेक्सपछि भोजनको बारेमा सोच्छन् अनि फेरि भोजन गरेपछि मानिसहरु सेक्सको बारेमा नै सोच्न थाल्छन् ।

पुरुषको तुलनामा किन महिलामा मदिराको मात बढी लाग्छ ?

सबैले देखेको, सुनेको, भोगेको अनौठो प्रवृत्ति छ, मदिरा सम्बन्धी । लाग्छ, यो पेय पुरुषको पेवा हो । किनभने मदिरा पिउने भनेपछि त्यसमा पुरुषको बढी गणना हुन्छ । तपाईंको घरमा हेर्नुहोस्, महिलाको तुलनामा पुरुषहरु मदिरा पिउन माहिर होलान् । धेरैजसो महिलाले मदिरा पिउँदैनन् । मोटामोटी आंकडा के गरिएको छ भने, महिलाहरुको तुलनामा पुरुषले दुईगुणा मदिरा पिउँछन् ।तर जमाना बद्लियो तर, यी कुराहरु अब पुरानो हुँदैछन् किनभने सन् १९९१ देखि २००० को बीचमा जन्मिएका महिलाहरुले त्यति नै मदिरा पिइरहेका छन् जति उनीहरुको पुरुष साथीले पिउँछन् । यति मात्रै होइन पिउने रफ्तारमा यो पिँढीले पुरुषहरुलाई पनि पछाडि छाडिरहेका छन् । जसको नराम्रा असर पनि महिलाहरुमा पर्न थालेको छ । अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् २००० देखि २०१५ बीचमा ४५ देखि ६४ वर्षका उमेरका महिलाहरुमा सिसोसिसबाट मृत्यु हुनेको संख्या ५७ प्रतिशत वृद्धि भएको देख्न सकिन्छ । जबकी यो वर्गमा २१ प्रतिशत मात्रै पुरुष सिसोसिसको चपेटामा आएर मरेका छन् । त्यस्तै २५ देखि ४४ वर्षको उमेरका महिलाहरुको सिरोसिसबाट मृत्युको मामिलामा १८ प्रतिशतको वृद्धि देखिएको छ । ओभरडोजले अस्पतालको इमर्जेन्सीमा को ? तर, यो वर्गका पुरुषहरुमा सिरोसिसबाट मृत्युको संख्यामा १० प्रतिशतको कमी देखिएको छ । यतिमात्रै होइन मदिराको ओभरडोजको कारणले अस्पतालको इमर्जेन्सीमा पुग्ने महिलाहरुको संख्या पनि बढीरहेको छ । तर, समस्या यति मात्रै होइन कि महिलाहरु धेरै मदिरा पिइरहेका छन् । खासमा महिलाहरुमा पुरुषको तुलनामा फरक रुपमा मदिराको असर देखा परिरहेको छ । वैज्ञानिकहरुका अनुसार महिलाहरुको शरीरबाट एकदम थोरै मात्रामा अल्कोहल डिहाइड्रोगेनेज इन्जाइम निस्कन्छ । यो कलेजोबाट निस्कन्छ र शरीरमा भएको अल्कोहललाई निष्कृय बनाउने काम गर्छ । किन यस्तो भएको होला ? शरीरको बोसोले अल्कोहललाई बचाँइराख्न सहयोग गर्छ तर शरीरमा हुने पानीले भने त्यसको असर कम गर्छ । यस्तोमा प्राकृतिक रुपमा शरीरमा धेरै बोसो र कम पानीको कारण महिलाहरुमा अल्कोहलको नाटकिय देखा पर्छ । हावार्ड मेडिकल स्कूलका मनोविज्ञानका प्रोफेसर र म्याकलिन हस्पिटल म्यासाचुएट्सका एडिक्सन साइकोलोजिस्ट डन सुगरम्यानका अनुसार महिलाहरुमा मदिराको असरको आशंका त धेरै हुन्छ नै साथै मदिरा पिउने महिलाहरुमा पुरुषको तुलनामा धेरै स्वास्थ्य समस्या देखिन सक्छ । मदिरामा लिप्त महिला यसकारण जोखिममा जो महिलाहरु धेरै मदिरा पिउँछन् उनीहरुमा पुरुषको तुलनामा मदिराको लत र मेडिकल समस्याहरु धेरै उत्पन्न हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ । अर्थात महिलाहरु पुरुषको तुलनामा धेरै पछि मदिरा पिउन सुरु गर्छन् तर छिटै त्यसको लतको चपेटामा आउँछन् । यतिमात्रै होइन महिलाहरुमा कलेजो र मुटुसम्बन्धी रोगको चपेटामा आउने जोखिम पनि धेरै हुन्छ । मदिराले पुरुषको तुलनामा महिलाहरुमा गर्ने यस्तो कुनै असरको बारेमा एक दशक पहिलेसम्म कुनै जानकारी उपलब्ध थिएन । किनभने पहिले यस्तो अध्ययन केवल मदिरा पिउने पुरुषहरुमा हुन्थ्यो । सन् १९९० पछि परिस्थिती बदलियो जब अमेरिकाको नेशनल इन्स्टिच्युटअफ हेल्थले क्लिनिकल रिसर्चमा महिलाहरुलाई समावेश गर्न सुरु गर्यो । यी अध्ययनहरुबाट प्राप्त तथ्य अनुसार मदिराको नशाको लत लागिसकेका महिलाहरुको उपचार त्यतिबेला मात्रै राम्रो वा प्रभावकारी हुन पाउँछ जतिखेर उनीहरुको उपचार केवल महिलाको समूहमा हुन्छ । बिबिसी हिन्दीबाट

छोटो कपडामा सेल्फी, कति सही कति गलत

नेपालीमा एउटा उखान छ, ‘बाँदरलाई भर्‍याङ ।’ अहिले डिजिटल पुस्तालाई स्मार्टफोन र त्यसले उपलब्ध गराएको फिचर ‘सेल्फी’ बाँदरलाई भर्‍याङ भएको छ । जब स्मार्टफोन हातमा हुन्छ, खासगरी तन्नेरीहरु ओंठ चुच्चो बनाएर सेल्फी पोजमा तैनाथ भइहाल्छन् । उनीहरुमाझ सेल्फीको क्रेज कतिसम्म छ भने, यसकै लागि उनीहरु आफुलाई जस्तोसुकै गेटअपमा उतार्न पछि पर्दैनन् । अझ भनौ सेल्फीलाई लिएर उनीहरुबीच एक किसिमको जुहारी नै चल्छ ।सेल्फी खिच्नु वैशालु उमेरको लहड मान्न सकिएला । त्यसलाई नराम्रो भन्ने वा बन्देज गर्ने कुरा आउँदैन । तर, सेल्फी खिच्ने नाममा शरीर देखिने छोटो कपडा पहिरिनु भने पक्कैपनि जटिल विषय हो । किनकी युवतीहरुले आफूले खिचेको यस्ता सेल्फी फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड नगरेसम्म उनीहरुलाई चित्त बुझ्दैन । साथै, त्यसमा लाइक तथा कमेन्ट्स नआउञ्जेल पनि उनीहरुलाई धर हुँदैन । उनीहरु सोच्छन्, यस्ता फोटोमा लाइक तथा कमेन्टस् आउनु भनेको साथीभाई बीच चर्चित हुनु हो । तर साथीभाईबीच चर्चा कमाउने नाममा यस्ता सेल्फीहरु सामाजिक सञ्जालमा अपलोड हुदाँ यसले बेलाबेलामा युवतीमाझ जोखिम पनि निम्त्याउने गर्छ । विशेषगरी, पछिल्लो समय छोटो लुगाामा खिचिएको सेल्फीकै कारण समाजमा विभिन्न अपराधका घटनाहरु समेत बढ्दै गएका छन् । कतिपय अवस्थामा त यस्ता सेल्फीकै कारण वैवाहिक सम्बन्धमा समेत फाटो आएको छ भने हुन लागेको विवाह समेत टुटेको छ । अझ भनौ , कयौ युवतीहरुका लागि यस्ता सेल्फी पछि गएर गलाको पासो बनेको उदाहरण समेत हामीमाझ प्रशस्तै छन् । सेल्फी लिदा विशेष कुरामा ध्यान दिने छोटो कपडा नलगाउने सेल्फी खिच्दा धेरै युवती छोटो कपडा लगाउन रुचाउँछन् । जबकी कतिपय अवस्थामा छोटो कपडा नै महिलाहरुको लागि गलाको पासो बन्न सक्छ । त्यसैले, सेल्फी खिच्दा यस्तो लुगाको प्रयोग गर्नु गर्छ, जुन हेर्दा सिम्पल हुनुका साथै शरीर ढाकिने किसिमको होस् । जुन शरीर सुहाउदो होस् । एकान्तमा सेल्फी लिदाँ विशेष ध्यान दिने धेरैजसो महिलाहरु सेल्फी लिन भनेपछि मरिहत्ते गर्छन् । सेल्फी लिने क्रममा उनीहरु यो समेत विर्सन्छन् , कि, म कोसित सेल्फी लिदै छु ? त्यसैले, हरेक पल्ट सेल्फी लिदा म कोसित सेल्फी खिच्दैछु र कहाँ बसेर सेल्फी खिच्दैछु भन्ने कुरा जान्न आवश्यक छ । अन्यथा, एकान्तमा, त्यो पनि छोटो लुगा ब्इफ्रेण्डसित सेल्फी खिच्दा कुन बेला कस्तो अवस्था आईपर्छ थाहा नहुन सक्छ । आवश्यक्ता भन्दा विश्वास, हुनसक्छ घातक प्रायगरी युवतीहरु आफ्नो वायफ्रेण्ड प्रति आवश्यक्ता भन्दा बढी विश्वास गर्छन् । र, व्याइफ्रेण्डका हरेक कुरा उनीहरुलाई सत्य लाग्ने गर्छ । त्यसैले त, आजकलका युवतीहरु आफ्नो व्याईफ्रण्डसित अंकमल गरेर, चिप्किएर विभिन्न पोजमा फोटो खिच्ने गर्छन् । जबकी आˆनो प्रेमिकासित मिठोमिठो कुरा गर्ने सबै युवक जिम्मेवार तथा सिरियस नहुन सक्छन् । र, उनीहरुले कुनै पनि बेला तपाईलाई धोका दिन सक्छन् । त्यसैले, व्याईफ्रेण्ड भन्दैमा उसलाई आफ्नो सर्वस्व दिनु उचित नहुनसक्छ । आपनो फोनबाट मात्रै सेल्फी लिने सेल्फी लिदाँ जहिलेपनि आˆनै फोनको मात्र प्रयोग गरौ । व्याईफ्रेण्डको मोबाइलबाट कदापी सेल्फी नखिचौ । साथै, वायफ्रेण्डलाई आफ्नो सेल्फी ह्वाट्एप पनि नगरौ । किनकी कहिलेकाही आवेग तथा व्यक्तिगत रिसइविईका कारण त्यस्ता सेल्फी भाइरल हुनसक्दछ । जसका कारण समाजमा तपाईको प्रतिष्ठामा आँच पुग्न सक्छ । आफूभन्दा ठूलासित कुरा नलुकाउने तपाई के गर्दै हुनुहुन्छ? कहाँ जादै हुनुहुन्छ ? कोसित जाँदै हुनुहुन्छ ? तथा कोसित सेल्फी खिच्दै हुनुहुन्छ भन्ने कुरा आˆना अभिभावकलाई बताउन जरुरी छ । ता कि उनीहरुले तपाई सही सुझाव दिन सकुन । किनकी तपाईको बारेमा तपाईलाई भन्दा तपाईको अभिभावकलाई धेरै कुरा थाहा हुन्छ । उनीहरुले नै तपाईको लागि के सही हो र के गलत हो भन्ने कुरा छुट्याउन सक्छन् । र, सल्लाह, सुझाव पनि त्यसै अनुसार दिनुका साथै आवश्यक परेको खण्डमा जटिल भन्दा जटिल समस्याबाट पनि उनीहरुले नै तपाईलाई बाहिर निकाल्न सक्छन् ।

इलेक्ट्रिक बसको ‘युग’ प्रारम्भ गर्न होडबाजी

भदौ, काठमाडौं । नेपालमा हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् ।शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । तर, अहिले विद्युतीय बसमा भने अन्य कम्पनी साझालाई उछिन्ने योजनाका साथ तयारीमा छन्, केही निजी कम्पनी । साझाले विद्युतीय बस भित्र्याउन सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालेको लामै समय भयो । तर, अहिलेसम्म साझाले विद्युतीय बस कहिलेसम्म ल्याउँछ भन्ने टुंगो लागेको छैन । साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधरका अनुसार चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट विद्युतीय बस ल्याएर सञ्चालन गर्नेबारे छलफल भएको छ । सन् २०१८भित्र इलेक्टि्रक बस ल्याउने योजना भएपनि लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या भएको छ । सरकारले तत्परता देखाए छिट्टै इलेक्ट्रिक बस ल्याएर चलाउन सकिने विश्वास साझाको छ । साझाले तयारी गर्दैगर्दा निजी क्षेत्र पनि अब विद्युतीय बसका किन्नकै लागि अघि बढेका छन् । पछिल्लोपटक सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याउने बताएको छ । केही महिनाभित्र तीनवटा इलेक्ट्रिक बस ल्याएर सेवा थाल्ने योजनामा कम्पनी छ । पछि बस थपेर सेवा विस्तार गर्ने भनिएको छ । विद्युतीय बसका लागि चीनको सिचुवान गोहाङ अटोमोबाइलसँग सम्झौता भइसकेको कम्पनी बताउँछ । यस्तै गोर्खा इकोले पनि विद्युतीय बस ल्याउन प्रक्रिया थालिसकेको बताएको छ । तीन महिनाभित्र नै सेवा थाल्ने योजना कम्पनीको छ । कम्पनीले पहिलो चरणमा दुई वटा बस ल्याएर परीक्षण सञ्चालन गर्ने गृहकार्य भएको छ । गोर्खाले पनि चिनियाँ ब्राण्डकै बस ल्याउन लागेको छ । आउन लागेका बसहरु काठमाडौंभित्रै चलाउने योजना छ । यस्तै विद्युतीय बस ल्याउने लाइनमा मयुर यातायात पनि छ । पछिल्लो समयमा ठूला बसहरु ल्याएर सेवा दिइरहेको मयुरले विद्युतीय बस किन्न पनि प्रक्रिया अघि बढाइएको बताएको छ । मयुरले तत्कालै ४० वटा विद्युतीय बस ल्याउन गृहकार्य गरेको छ । त्यसका लागि बजेट छुट्याइसकेको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । दुई महिनाभित्रै सय वटा सार्वजनिक विद्युतीय बस ल्याइसक्ने श्रेष्ठ बताउँछन् । सबै कम्पनीले ल्याउन लागेका विद्युतीय बस ठूला आकारमा हुन् । ३५ देखि ४० सिट क्षमताका यि बसहरुभित्र आधुनिक प्रविधिबाट सुसज्जित गर्ने योजनामा कम्पनीहरु छन् । एलईडी टिभी, वाइफाई, जीपीएस लगायतका सुविधा राखेर यात्रुलाई सहज यात्रा गराउने दावी कम्पनीहरुको छ ।कम्पनीहरु आफैंले विद्युतीय बसका लागि चार्जिङ स्टेशनहरु बनाउदैछन् । कतिपयले हालै जग्गाको बन्दोबस्त गरेका छन् भने कतिपयले काम नै थालेका छन् । कम्पनीहरुले मात्रै हैन, लुम्बिनी विकास कोषले समेत पर्यटको प्रयोजनका लागि इलेक्ट्रोनिक्स बस भित्राउन प्रक्रिया अघि बढाएको छ । वातावरणीय दृष्टिले इलेक्टि्रक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् । प्रदुषणरहित शहरी वातावरणका लागि विद्युतीय बसलाई प्रोत्साहन काठमाडौं र ललितपुर महानगरको पनि योजना छ । यसका लागि साझालाई आवश्यक रकम दिन महानगरहरु तयार नै छन् । प्रदुषण करवापत सरकारले हाल इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ । त्यसवापत कबिर पाँच अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा भइसकेको छ । खर्च भने हुन सकेको छैन । उक्त रकमलाई सरकारले नगरपालिकामार्फत् लगानी गरेर विद्युतीय बस खरिदमा प्रोत्साहन गर्न सकिने साझा यातायातको सुझाव छ । अहिले भीआईपी सुविधासहितको विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्छ । सुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् तुलाधर बताउँछन् । ‘ब्याट्रीमा १२ वर्षसम्मको ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म यो बसमा ठूलो खर्च लगाएर मर्मत नै गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’ विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ । र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ । यसका लागि विद्युतीय बस बरदान सावित हुने विश्वास गरिएको छ । थुप्रै कम्पनी विद्युतीय बस ल्याउने तयारीमा रहेको बताउँदै गर्दा पहिलोपटक सुआत कसले गर्नेछ भन्ने हेर्न बाँकी नै छ ।

दुधौली खोलाको पुल भासियो, चारपांग्रे गाडी चलाउन रोक

१७ भदौ, सिन्धुली । लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । कटारी-दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ । अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ । पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका-८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए । पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरुले डाइभर्सनको व्यवस्था मिलाइ आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । आर्थिक वर्ष २०६२/६३ मा प्रजुना निर्माण सेवाले सो पुल निर्माण गरेको थियो । २० लाख बराबरको लागतमा निर्माण भएको सो पुल २० मिटर लामो छ ।

आज कृष्णजन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा घुइँचो

१७ भदौ, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । पाटन कृष्ण मन्दिरमा दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर जाँदैछिन् । पाटनको प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारको नवनतधाम, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा मेला लागेको छ । श्रद्धालुहरुले आज व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धा भक्तिपूर्वक मनाउँछन् । श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेको धार्मिक कथन छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ । यो हिन्दूहरूको पवित्र धर्मग्रन्थ हो । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

१७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले अनलाइनखबरसँग भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो ।’ उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ । भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

झण्डै १२ घण्टापछि खुल्यो त्रिभुवन विमानस्थल

१७ भदौ, काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएका छन् । त्यसलगत्तै धावनमार्गमा सरसफाइ गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो । सो क्रममा विमानमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन् ।