Friday, August 31, 2018
एउटा यस्तो चमत्कारिक घर जहाँको भित्ताबाट तेल र खरानी बग्छ, महिलालाई गर्भवती बनाउँछ
अडिटी सेन्ट्रल
पश्चिमी सिड्नीस्थित एउटा तीनवटा बेडरुम भएको सामान्य घरले एकाएक ‘चमत्कारिक घर’ को उपमा पाएको छ । उक्त घरको भित्ताबाट बग्ने तेल र खरानीलाई विज्ञानले समेत पुष्टि गर्न नसकेको बताइएको छ । घर मालिक जर्ज र टिना तानाउसले उनीहरुको घरमा भगवानको कृपा परेको बताएका छन् । साथै, उक्त घर औषधीय गुणले भरिपूर्ण भएको दाबी गरेका छन् ।
उक्त जोडीका अनुसार उनीहरुको घरमा निःसन्तान दम्पत्तीलाई गर्भवती बनाउने अचम्मको शक्ति छ । मेडिकल परिक्षणमा गर्भवती बन्नै नसक्ने भनेका महिला पनि गर्भवती भएको घटनाबारे उक्त जोडीले जानकारी दिएका छन् । साथै, उक्त घरले एउटी महिलाको क्यान्सरसमेत निको पारिदिएको दाबी गरेका छन् ।
सन् २००८ मा जर्ज र लिनाको १७ वर्षे छोरा माइकको कार दुर्घटनामा मृत्यु भएपछि पहिलो पटक उक्त घरको भित्ताबाट तेल बगेको थियो । उक्त तेल उनीहरुको छोराको आत्मा भएको ती जोडीको दाबी छ । उक्त तेलले छोराको जन्म मिति र क्रिस्चियनका विभिन्न धार्मिक प्रतिक पनि बनेको जर्ज र लिनाले दाबी गरेका छन् ।‘मेरो छोराको आत्मा यो घरमा छ । उनी भगवान र जिससलाई माया गर्थे । उनी हाम्रो घरमा फर्किएका छन् र यो तेल उनको आत्मा हो,’ लिनाले भनिन् । ‘छोरा निकै धार्मिक थियो । उनको पिठ्युँमा क्रस ट्याटु थियो । उनी मानिसहरुको जीवन बचाउन चाहन्थे र आफ्नो मृत्यु पछि पनि छोराले यस्तै गरिरहेको छ ।’
सन् २००८ देखि तेल निष्कासनबारे विभिन्न अनुसन्धान गरिए पनि त्यो कहाँबाट आइरहेको छ भन्ने बारे सटिक जानकारी उपलब्ध छैन । अनुसन्धानले उक्त तेलमा पानी, सुन र युरोनियम भएको बताएको छ ।डाक्टरले गर्भवती हुनै नसक्ने बताएकी एक महिलालाई उक्त घरले तेस्रो पटक गर्भधारण गर्न सहयोग गरेको घर मालिक जोडीले बताएका छन् ।
उक्त घर हेर्न संसारका विभिन्न स्थानबाट हज्जारौं मानिस उपस्थित हुन्छन् । उक्त घरको फेसबुक पेजसमेत छ । यहाँ मानिसहरुले उक्त घरको अवलोकन गर्दा भोगेका अनुभवबारे साझा गर्छन् । एक प्रयोगकर्ताले उक्त पेजमा लेखेका छन्, ‘मेरो एक साथी पाँच वर्ष अघि न्यूरोब्लास्टोमा क्यान्सरबाट पीडित आफ्ना साढे दुई वर्षको छोराको उद्धारका लागि उक्त घर गएका थिए । अहिले उनको छोरा साढे आठ वर्ष पुगेका छन् पूर्ण रुपमा क्यान्सरमुक्त भएका छन् ।’
मानिसहरु घरबाट निस्कने उक्त तेल आफ्नो छालामा पनि लगाउने गर्छन्, स्वास्थ्य समस्या निको हुने आशामा ।
‘हामी तेललाई कपासमा जम्मा गर्ने गर्छौं र मानिसहरुलाई दल्न दिन्छौं । यसले साँच्चै नै मानिसहरुको रोग निदान गरेको छ, ’ लिना भन्छिन् । ‘हामी यसका लागि पैसा लिँदैनौं, कुनै दानपत्र छैन । हामीले हप्ताको पाँच दिन आगन्तुकका लागि घर खुल्ला गरेका छौं ।’
स्रोतका अनुसार ती दम्पत्तीले उक्त चमत्कारिक घर नाफाका लागि र मानिसहरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न प्रयोग गरेका होइनन् । उनीहरु अन्तर्वार्ता दिन पनि अस्विकार गर्छन् ।
यी धनाढ्य जसले आफ्नो खाली समय शहरको फोहोर टिपेर बिताउँछन्
अडिटी सेन्ट्रल
चीनको चोङ्किनाका एक सफल व्यवसायी झोंग कंगरोग आफ्नो खाली समयमा शहरको फोहोर टिप्ने गर्छन् । ‘करोडपती फोहोर संकलक’ भनेर चिनिने उनले बिगत तीन वर्षदेखि शहरका फोहोर टिपिरहेका छन् ।
५२ वर्षे यी व्यवसायीले तीन वर्ष अघि चीनियाँ नयाँ वर्ष मनाउन चीनका हैनान प्रान्त जाँदा एक अवकाशप्राप्त प्राध्यापकले फोहोर टिपिरहेको देखेका थिए । विश्वविद्यालयका ती प्राध्यापकले चार वर्ष अघिदेखि स्थानीय समुन्द्री तटका फोहोर संकलन गरिरहेको थाहा पाएपछि उनको त्यस्तो बानी आफूले पनि अनुशरण गर्ने सोच बनाएको र त्यतिबेलादेखि नै शहरका फोहोर संकलन गरिरहेको जानकारी दिए ।
महिलाका लागि धनाढ्य प्रेमी खोज्न सकेन डेटिङ एजेन्सी, २३ लाख जरिवाना तिर्नुपर्यो
लण्डनकी एक सम्बन्धविच्छेद भइसकेकी महिला निकै अघिदेखि धनाढ्य प्रेमीको खोजीमा थिइन् । यसका लागि महिलाले एक चर्चित डेटिङ कम्पनी सेभेन्टी थर्टीको महँगो सदस्यता लिइन् । धेरै समय कुरिसकेपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले हाइकोर्टमा मुद्दा दर्ता गरेर क्षतीपूर्ती पाएकी छिन् । गत बुधबार अदालतले उक्त डेटिङ कम्पनीलाई धोका दिएको र सही जानकारी नदिएको भन्दै १८ हजार एक सय यूरो अर्थात् २३ लाख रुपैयाँ क्षतीपूर्ती दिन निर्देशन दिएको छ ।
चेल्सीमा बस्ने टेरेजा बुर्की, ४७, तीन सन्तानकी आमा हुन् । उनले सन् २०१३ मा नाइटब्रिज (सेन्ट्रल लण्डन) स्थित डेटिङ कम्पनी सेवेन्टी–थर्टीको प्रिमियर सदस्यता लिएकी थिइन् । यसका लागि उनले १२ हजार ६ सय युरो लगभग साढे १४ लाख कम्पनीलाई दिइन् । टेरेजाले धनाढ्य र विदेशको यात्रा गर्न रुचाउनेलाई पार्टनरको रुपमा छान्नका लागि कम्पनीलाई जानकारी दिएकी थिइन् । साथै, चौथो सन्तानको योजना बनाएको बारे पनि जानकारी दिइन् ।
एजेन्सीको दाबी गलत निस्कियोः
हाइकोर्टका अनुसार एजेन्सीका तत्कालीन प्रबन्ध निर्देशक लेमार्क थोमसले आफ्नो वेबसाइटमा असिमित म्याच मेकिङ र धेरै पुरुषको सक्रियता भएको दाबी गरेका थिए जुन गलत साबित भयो ।
‘वास्तवमा यस्तो थिएन । वेबसाइटमा सयवटा मात्र प्रोफाइल थिए जुन टेरेजाले सोचेजस्ता थिएनन् । सयवटा प्रोफाइललाई असिमित भन्न मिल्दैन ’ न्यायाधिसले भने ।
पीडितले मागिन् क्षतीपूर्तीः
टेरेजाले सदस्यता दर्ताको पूरा रकम फिर्ता मागेकी छिन् । यसका साथै डेटिङ कम्पनीका कारण उनले विभिन्न मानसिक समस्या झेलेको भन्दै यसको क्षतीपूर्ती माग गरेकी छिन् ।
एजेन्सीकी संस्थापक र निर्देशक सूसी एम्ब्रोसले महिलाको माग सपनाजस्तै भएको बताउँदै त्यसलाई पूरा गर्न महिलालाई कतिवटा प्रोफाइल देखाउनु पर्दथ्यो भनेर प्रतिप्रश्न गरेकी छिन् ।
अदालतले महिलाको सदस्यताका लागि १२ हजार ६ सय यूरो र क्षतीपूर्ती सहित पाँच सय यूरो उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको छ ।
नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति, विश्व रेकर्ड कायम
टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ ।
चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् ।
यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।
मोदीलाई प्रधानमन्त्री ओलीको लुम्बिनी भ्रमणको निम्तो
काठमाडौँ । भारतको सहयोगमा निर्माण भएको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
धर्मशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पवित्र पावन बागमतीको किनारमा रहेको पशुपति हिन्दुहरुको आस्था र सम्मान प्रकट गर्ने स्थल भएको बताए । उनले नेपाल र भारतबीच सभ्यता र इतिहास, जोडिएको भन्दै भारत र नेपालको मित्रतालाई जोड्ने पुलको रुपमा पशुपतिनाथ मन्दिरले काम गरेको बताए ।
लाखौँ भारतीय तिर्थयात्री हरेक बर्ष पशुपतिमा आउने गरेको र त्यसमा पौराणिकता र धार्मिक कारण रहेको भन्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथलाई पवित्र धार्मिकस्थलका रुपमा विकास गर्ने योजनामा भारतको सहयोग रहने विश्वास व्यक्त गरे ।
‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्धिजमकोे मुहान हो भनेर भारतबाट हामीले समर्थन र सहकार्यको अवस्था पाउने विश्वास लिएको छु’ प्रधानमन्त्रीले बताए ।
उनले त्यस क्रममा भारतीय प्रधानमन्त्रीलाई लुम्बिनी भ्रमणको निम्तो समेत दिए ।
उनले आगामी दिनमा नेपाल भारत मैत्रिसम्बन्ध अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने पनि बताए ।
उनले बागमतीमा स्नान गरेर पशुपतिको दर्शन गर्ने व्यवस्था मिलाउन सरकार प्रयासरत रहेको जानकारी गराए । ज्ञान र सभ्यताको उद्गमस्थल मानिएको नेपाललाई ज्ञानभुमि, तपोभुमि र देवभुमि भनिएको बताए । ‘सर्वे भवन्तु सुखिनम्, सर्वे सन्तु निरामय’ भन्ने पुर्वजहरुले छोडेर गएका ज्ञानलाई अघि बढाउन पुर्नजागरण गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालभारत सम्बनध सयौ बर्षपुरानो भएको भन्दै नेपाल हिन्दु र बौद्धधर्मालम्बीको संगमस्थल रहेको पनि बताए । उनले नेपालका धार्मिकस्थल पशुपति, मुक्तिनाथ, लुम्बिनी सगरमाथा लगायतको महत्व उच्च रहेको बताए ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए ।
भारतको २२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानी गरेर निर्माण भएको उक्त धर्मशालामा तीन सय ९७ जना बस्न मिल्ने ८८ वटा कोठाहरु छन् ।
करिब पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त धर्मशाला निर्माण कार्य नाकाबन्दीका बेला रोकिएको थियो ।
बिमस्टेक सम्मेलनमा के–के भयो सहमति (१८ बुँदे घोषणापत्रसहित)
काठमाडौं । हामी बिमस्टेकका सदस्य राष्ट्रका प्रतिनिधि २०१८ अगस्ट ३०–३१ मा काठमाडौंमा भेट्यौं ।
यस भेटमा हामीले
–१९९७ बैंकक घोषणापत्रमा उल्लेखित सिद्धान्त र उद्देश्यहरुप्रति बलियो प्रतिबद्धता पुनःजाहेर गर्दै ।
–तेस्रो बिमस्टेक सम्मेलन घोषणापत्र तथा गोवामा भएको बिमस्टेक नेताहरुको ‘रिट्रिट आउटकम डकुमेन्ट’को पुनःस्मरण गर्दै ।
–भौगोलिक निरन्तरता, प्रचुर प्राकृतिक तथा मानवीय स्रोतको उपलब्धता, सम्वृद्ध ऐतिहासिक सम्बन्ध तथा साँस्कृतिक धरोहरको उपस्थितिले गहिरो सहकार्यको प्रवद्र्धन गर्नको लागि ठूलो सम्भावना प्रस्तुत गरेको सहमत हुँदै ।
–दिगो विकासको लागि एजेण्डा २०३० को कार्यन्वयन तथा विकास लक्ष्य हासिल गर्नको लागि गरिबी निवारण सबैभन्दा ठूलो चुनौती हो भन्ने पहिचान गरि ।
–बिमस्टेक सदस्य राष्ट्रको अर्थतन्त्र तथा समाजभित्र अन्तरसम्पर्क तथा अन्तरनिर्भरताको वृद्धिले क्षेत्रीय सहकार्यलाई वृद्धि गर्छ भन्ने स्विकार्दै ।
–बहुक्षेत्रिय सम्बन्धको महत्वमा जोड दिँदै ।
–व्यापार र लगानीले यो क्षेत्रमा व्यापारिक तथा सामाजिक विकासको लागि मुख्य योगदान पु¥याउँछ भन्ने कुरा मनन गर्दै ।
–अति कम विकसित राष्ट्र तथा भू–परिवेष्ठित राष्ट्रको विशेष आवश्यकता स्वीकार्दै ।
–आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराधले ठूलो खतरा पु¥याइरहेको पहिचान गर्दै ।
–शान्तिपूर्ण, सम्बृद्ध तथा दिगो बङ्गाल खाडी क्षेत्र प्रवद्र्धनको लागि एक गतिशिल, प्रभावशाली र परिणाममुखी क्षेत्रीय संगठन निर्माण गर्ने बलियो प्रतिबद्धता पुनः दोहो¥याउँदै ।
–स्वच्छ, न्यायपूर्ण, समान र पारदर्शी अन्तर्राष्ट्रिय व्यवस्थाको आवश्यकतालाई जोड दिँदै ।
–बिमस्टेक अन्तर्गत क्षेत्रीय सहकार्यको प्रक्रिया प्रभावकारी अघि बढाउन बलियो संरचनागत प्रबन्धको महत्वमा जोड दिँदै ।
–पछि निर्वाचित भएर आउने सरकारले समर्थन गर्ने गरि भुटानको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको सम्मेलनको निर्णयमा सहभागिता तथा सहमति ख्याल गर्दै ।
देहाएका कुरा घोषणा गर्दछौं :–
१.१९९७ बैंकक घोषणापत्रमा लिपिबद्ध सिद्धान्तहरु स्मरण गर्छौं र बिमस्टेकभित्रको सहकार्य सार्वभौम समानता, क्षेत्रगत अखण्डता, राजनैतिक स्वतन्त्रता, आन्तरिक मामलामा अहस्तक्षेप, शान्तिपूर्ण सह–अस्तित्व तथा आपसी फाइदामा आधारित हुने कुरा पुनःजोड दिन्छौं ।
२.१९९७ बैंकक घोषणामा सम्मिलित विमस्टेकको लक्ष्य तथा उद्देश्यहरु प्राप्तिको लागि हाम्रो प्रयासहरु घनिभूत गराउन सहमत हुन्छौं । साथमा बङ्गालको खाडीको शान्तिपूर्ण, सम्वृद्ध तथा दिगोपनको लागि बिमस्टेकलाई बलियो, बढी प्रभावकारी र परिणाममुखी संगठन बनाउन सामूहिक रुपमा काम गर्ने बाचा दोहा¥याउछौं ।
३.बिमस्टेक दक्षिण एशिया र दक्षिणपूर्वी एशियाबीचको पुल रहेको विशिष्ट अवस्थितिलाई बढावा दिने र त्यसलाई कार्यान्वयन गर्ने प्रण गर्छौं ।
४.बिमस्टेक राष्ट्रहरुसमेत विश्वको जुनसुकै कुनामा भएको आतकंवादी हमलाको भत्र्सना गर्छौं । आतकंवाद विरोधी लडाईमा आतकंवादी,संगठन तथा सञ्जाललाई मात्र होइन तिनलाई प्रोत्साहित गर्ने, समर्थन गर्ने, लगानी गर्ने र तिनलाई शरण दिने राष्ट्र वा गैरराष्ट्रिय तत्वको पनि पहिचान गर्ने उत्तरदायी बनाउने कुरा दृढतापूर्वक व्यक्त गछौंं । आतंकवादसँग लड्न कडा प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौं ।
५.संयुक्त राष्ट्र संघको चार्टरको सिद्दान्त तथा उद्देश्यमा निःशन्देह आफ्नो विश्वास व्यक्त गर्दै बहुपक्षिय प्रणालीलाई बलियो बनाउन प्रयास गर्नेछौं ।
६.बिमस्टेकको सचिवालयलाई संगठनको प्रारम्भीक चार्टर तयार गर्न कार्यभार दिने निर्णय गरेका छौं ।
७.बिमस्टेक स्थायी कार्यसम्पादन कमिटि स्थापना गर्ने निर्णय गर्छौं । यसले सचिवालयको प्रशासनिक तथा वित्तिय मामिला सम्हाल्नेछ ।
८.बिमस्टेक विकास कोष स्थापना गर्ने सम्भावना अन्वेषण गर्न हाम्रा सम्बन्धित सरकारको उपयुक्त मन्त्रालय वा राष्ट्रिय एजेन्सीहरु परिचालन गर्नेछौं । यसलाई बिमस्टेकभित्र अनुसन्धान तथा योजना, सदस्य राष्ट्रहरुले सहमत जनाएको परियोजना, कार्यक्रम तथा अन्य गतिविधिहरुमा लगानी गर्न उपभोग गरिनेछ ।
९.बिमस्टेक सचिवायलको संरचनागत क्षमता वृद्धि गर्न सहमति जनाउँछौ ।
१०.अन्तर्राष्ट्रिय मञ्चमा बिमस्टेकको उपस्थितिको प्रचार–प्रसारको महत्व स्विकार्छौं ।
११.सहकार्यको मूल क्षेत्रहरुको प्रगति तीब्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं । साथै वर्तमान बिमस्टेकको सहकार्य क्षेत्रहरुको पुनः मुल्याकंन, पुनः संरचना तथा औचित्य स्थापित गर्नको लागि जोड दिन्छौं ।
१२.आन्तरिक अनुमोदन प्रक्रियामा अड्किरहेका कानुनी कागजात तथा अन्य साधनहरुलाई प्राथमिकता अनुरुप निश्कर्षमा पु¥याउने तथा प्रमाणिकरण गर्नेछौं ।
१३.सम्बन्धित क्षेत्रहरुमा भएको प्रगतिका लागि तिनलाई नेतृत्व गर्ने राष्ट्रहरुको भूमिकालाई सरहाना गर्दछौं र थप प्रगति गर्नको लागि उनीहरुलाई आफ्नो प्रयास बढाउन प्रोत्साहित गर्दछौं ।
१४.पूर्व–महासचिव सुमिथ नकान्डालाले आफ्नो कार्यकालमा बिमस्टेकको कामकारबाहीहरु अघि बढाउन पु¥याएको बहुमुल्य योगदानको लागि आभार व्यक्त गर्दछौं । साथै बङ्लादेशबाट बिमस्टेकको लागि नयाँ महासचिव नियुक्त भएका एम.शहिदुल इस्लामलाई स्वागत गर्दछौं ।
१५.सन् २०१४ मार्चदेखि बिमस्टेकको नेतृत्व गरिरहेको नेपालप्रति मनैदेखि आभार व्यक्त गर्दै श्रीलङ्कालाई बिमस्टेकको नयाँ अध्यक्षको रुपमा स्वागत गर्दछौं ।
१६.क्षेत्रीय सहकार्यको प्रक्रियालाई घनिभूत बनाउन बिमस्टेक सम्मेलन र अन्य बैठकहरु समयमै आयोजना गर्ने प्रतिबद्धता पुन दोहा¥याउँछौ ।
१७. क्षेत्रगत मुल्याकंनमा हाम्रो अडानको निर्देशिका, प्रतिबद्धता तथा बयानहरु बनाउन सहमत हुन्छौं । यो कुरा यस घोषणापत्रको पूरकमा राखेका छौं ।
१८.न्यायो आतिथ्यताको तथा सम्मेलनको उत्कृष्ट प्रबन्धको लागि नेपाल सरकारप्रति इमान्दारीपूर्ण आभार व्यक्त गर्छौं ।
नेपालको लुम्बिनीले गौतम जन्मायो, भारतको बोधगयाले बुद्ध जन्मायोः भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लुम्बिनीले गौतम दिएको र भारतको बोधगयाले बुद्ध दिएको बताएका छन् । शुक्रबार काठमाडौको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री मोदीले काठमाडौं पशुपतिनाथको शहर भएपनि बौद्धका अनेक स्थानबाट घेरिएको र एकदमै अन्योन्याश्रित सम्बन्ध विकास भएकोप्रति खुसी समेत व्यक्त गरे । प्रधानमन्त्री मोदीले भने, ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोधगयाले बुद्ध दियो । पशुपतिनाथको यो शहर वौद्धको अनेक स्थानबाट घेरिएका छन् । यो एकदम जोडिएको छ, अन्यौन्याश्रित रहेको छ ।’
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच समय, दूरी र कठिन मार्गले पनि सम्बन्धमा बाधा पार्न नसकेको बताउँदै यो सम्बन्ध दिर्घकालीन रुपमा रहनुपर्ने बताए । उनले भने– ‘कन्यापुरी र काठमाण्डौको दुरी हजारौ किमी रहेको छ तर तमिलनाडुमा अहिले पनि पशुपतिको मन्दिरको स्थान रहेको छ । काशी र काठमाण्डौलाई बाबा विश्वनाथ र पशुपतिनाथले जोड्छ, म त सोमनाथको भूमिमा जन्मेको हुँ, अब सोमनाथबाट विश्वनाथ तथा पशुपतिनाथलाई शिवले जोडेको छ ।’ प्रधानमन्त्री मोदीले अयोध्यालाई जनकपुरले जोडेको समेत बताए ।
उनले काठमाडौं र दिल्लीबीच मात्र सम्बन्ध राम्रो भएर नहुने जनता–जनताबीचको सम्बन्ध समेत राम्रो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीहरुबीच सदियौं पुरानो सम्बन्ध छ । तर दुनियाँको कुनैपनि मुलुकहरुबीचको सम्बन्ध तबसम्म दिर्घकालीन हुँदैन जबसम्म जनता–जनता बीचको सम्बन्ध राम्रो हुँदैन, काठमाण्डौं र दिल्ली बीचमात्र सम्बन्ध राम्रो भएर केही हुँदैन ।’
उनले जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न आउनैपर्ने बताउँदै शिवभक्तको मनमा सँधै त्यो इच्छा रहिरहने समेत बताए । त्यसैले पनि आफुले केही समयअघि नेपालका तीन धार्मिकस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर पुगेको दाबी गरे । उनले भारतको विकासमा नेपालीहरुको ठूलो भूमिका रहेको समेत दाबी गर्दै भने, ‘त्यसैले हरेक भारतीयहरुलाई नेपालमा राजनीतिक स्थीरता रहेकोमा खुसी लागेको छ । मित्रको रुपमा भारतको सदभावना र सहयोग सधैं तपाईहरुसँग रहनेछ ।’
उनले भारत नेपाल मैत्री धर्माशाला एक भवन र कुनै यात्रीहरुको लागि निवासस्थल मात्र नभई दुबै देशका जनताको मनमा नेपाल र भारतबीचको मित्रता गुन्जिने स्थान भएको बताए । उनले भने–‘यहाँबाट जो घर फर्किन्छ त्यो मनमा गुन्जिरहन्छ ।’
प्रधानमन्त्री मोदीले धार्मिक पर्यटनको विकास गर्न सके यसले आर्थिक विकासमा टेवा पुर्याउने बताए ।
‘फेक रेस्क्यू ’प्रकरणले पर्यटन क्षेत्रमा तरंग, व्यवसायी भन्छन्– सरकारले त्रास फैलायो
उद्धारमा लागेको वायुसेवा कम्पनी वा हेलिकप्टरले प्रत्येक पर्यटकीय सिजन सकिएको १५ दिनभित्र उद्धार उडानको विवरण दिनुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ ।
स्वास्थ्य संस्थाले उपचार गरेको पर्यटक डिस्चार्ज भएको १५ दिनभित्र उपचार लागत विवरण पर्यटन विभागमा पेश गर्नुपर्नेछ । खोज, उद्धार तथा उपचारमा लागेको लागतको सक्कल बिजक एजेन्सी समक्ष पेश गर्नुपर्ने छ ।
ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी बनाउने र उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्को रकम असुली गरी ठगी गर्ने क्रम बढेको भन्दै पर्यटन मन्त्रालयले बनाएको छानबिन समितिले १७ संस्थालाई दोषी ठहर्याउँदै पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सिफारिस गरेको थियो ।
अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई, यस्तो छ नियम
काठमाडौं । अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रले नै पाएको छ । सरकारले पर्यटक उद्दारको जिम्मा प्रहरीलाई दिने तयारी गरेपनि निजी क्षेत्रको चर्को दबाबपछि खोज तथा उद्दारको जिम्मा निजी क्षेत्रले नै पाउने भएको हो ।
गत साउन १५ गते पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको थियो । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही अघि बढाउन र उद्धारको जिम्मा प्रहरीलाई दिन भन्दै पर्यटनले गृहलाई फाइल पठाएको थियो ।
शुक्रबार ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनगमन सम्बन्धी कार्यवधि २०७५’ जारी गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागको अनुमति विना साहसिक पर्यटनको क्रियाकलाप गर्न गराउन नपाइने नियम ल्याएको छ ।
सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्याफ्टिङ एजेन्सीलाई नै दिने भएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको हो ।
पर्यटन विभागले बनाएको कार्यविधिमा खोज तथा उद्धारका लागि सहयोगी व्यक्ति, सङ्घ–संस्था, एजेन्सी, वायु सेवा वा हेलिकप्टर कम्पनीहरुको सहयोगको लागि अनुरोध गर्दा उद्धार गर्नुपर्ने पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर, पहिचान हुन सक्ने अन्य कुनै परिचय खुल्ने कागजात, खोज तथा उद्धार गर्न जाने स्थान वा क्षेत्रको यकिन विवरण खुलाउनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै खोज तथा उद्धार गर्नुपरेको अवस्थामा सम्बन्धित एजेन्सीले सोको सूचना पर्यटक प्रहरी तथा पर्यटन विभागलाई अनिवार्य रुपमा दिनुपर्ने, पर्यटक उद्धार गरिएको साधान, उद्धार लागत, उद्धार गरी उपचारका लागि लगिएको अस्पताल वा स्वास्थ्य संस्था र पर्यटकको अवस्थाको जानकारी यथाशीघ्र पर्यटक प्रहरी तथा पर्यटन विभागलाई दिनुपर्ने छ ।
काठमाडौं-रक्सौल रेलमार्गको समझदारी
काठमाडौं - नेपाल-भारतबीच काठमाडौं-रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको द्विपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो ।
प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा यससम्बन्धी सहमति भएको थियो । समझदारीपत्रमा एक वर्षभित्र प्रतिवेदन दिने गरी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडलाई सर्भे गर्ने जिम्मा दिइएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
शुक्रबारै प्रधानमन्त्री ओली र मोदीले भारतद्वारा निर्मित पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरे । चार सय शैया भएको धर्मशाला २२ करोड नेपाली रुपैयाँमा निर्माण भएको हो । पशुपति मन्दिरमा अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सांस्कृतिक पुनर्जागरण सुरु भएको बताए ।
पप्पु कन्स्ट्रक्सन : काम नगर्ने, ठेक्का पाइरहने
काठमाडौं - कामै नगर्ने । गरे पनि आंशिक र गुणस्तरहीन । तैपनि संघीय संसदका सांसदसमेत रहेका ठेकेदार हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले भटाभट ठूला ठेक्का हात पारेको तथ्यहरू फेला परेको समाचार आजको कान्तिपुरमा छापिएको छ ।
पप्पु कन्स्ट्रक्सनले ८ वर्षसम्म अलपत्र छाडेको हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमामा पर्ने बलान खोलाको पुल । कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार ९दायाँ० । तस्बिर स् भरत जर्घामगर
राजनीतिक आडमा रौनियारले तराईरमधेसका मात्र होइन, राजधानी काठमाडौं र अन्यत्र पनि ठूला आकारका ठेक्का लिई काम अड्काउने र भुक्तानी भने लिन भ्याएको देखिन्छ । सुरुमा कांग्रेसको राजनीति गरेका उनी पछिल्लो समय संघीय समाजवादी फोरमबाट केन्द्रमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।
तीनकुनेस्थित वागमती नदीमाथिको पुल गत असारमै बनिसक्नुपर्ने हो तर अहिलेसम्म २० प्रतिशत काम भएको छैन । पप्पुले २०७१ पुसमा ठेक्का लिएको थियो । नेपालकै नमुनाको पुल बनाउने गरी डिजाइन गरेको पुलको काम त्यसै अलपत्र छ । ‘नेटवर्क आर्च ब्रिज भएकाले डिजाइन गर्नै समय लाग्यो,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘पुल ८५ मिटर लामो छ । एउटै ठेक्कामा तलमाथि गरेर दुईवटा पुल बनाउनुपर्ने हुन्छ ।’ उक्त पुलको लागत २१ करोड रुपैयाँ हो ।
पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक पत्र पठाएर समयमै काम सक्न र निर्माणक्रममा देखिएका समस्या समाधान गर्न आयोजनाले आग्रह गरेको छ । ‘उल्टै समस्या देखाएर पत्र फर्काउने गरेको छ । पप्पुमार्फत निर्माण थालिएका उपत्यकाबाहिरका योजनाको हालत पनि उस्तै छ,’ पुलका आयोजना प्रमुख दीपक केसीले भने ।
पुल महाशाखालाई बोधार्थ दिएर पठाइएका पत्रको कार्यालयमा चाङै लागेको छ । महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पप्पुका संयुक्त र एकल ठेक्का गरी ३१ वटा छन् । तिनमा कतै विवाद आएर रोकिएको त कतै अवधि सकिँदासमेत पूरा भएको छैन
प्रधानमन्त्री ओली र मोदीद्वारा पशुपतिनाथमा धर्मशाला उद्घाटन
भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् ।
धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए ।
बाग्मती क्षेत्रको चौतर्फी विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको भन्दै ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताए ।
‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो’ उनले भने ‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताए । नेपाल भारत मैत्री धर्मशालाले नेपालको पर्यटन विकास र आर्थिक गतिविधिमा सहयोग पुर्याउने ओलीले बताए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत मैत्री धर्मशाला नेपाल र भारतबीचको मित्रताको स्तम्भ भएको पनि बताए । पशुपतिनाथको पाउमा बिमस्टेक सम्मेलन भएको भन्दै मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा बिमस्टेक सदस्य देशहरु सुख शान्तिको दिशामा गति लिने विश्वास व्यक्त गरे । ‘यति महत्वपूर्ण जिम्मेवारी ओलीजीले पाउनुभयो, उहाँलाई धेरै धेरै बधाइ छ’ मोदीले भने ।
कस्तो छ धर्मशाला ?
भारत सरकारको २२ करोड रुपैयाँ अनुदानमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् ।
त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ ।
सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कोषले नै पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा राख्ने व्यवस्था गर्नेछ ।
काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए
काठमाडौं - बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् ।
आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।
चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।
गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै
काठमाडौं - हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ ।
तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।
जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् ।
आगम्छे जीर्णोद्धार गर्न जापानले अनुदान समेत दिइसकेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।
जापानले २ मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेका लागि १३ करोड र पाटनको देगु तलेजुका लागि २० करोड रुपैयाँ छुट्याइएको छ ।
विवादमा प्रदेश प्रहरी ऐन
हेटौंडा - प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।
प्रदेश मामिला समितिले हेटौंडामा गरेको 'संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी' विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।
'संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिने' उनले भने, 'केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।'
संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए ।
प्रदेश प्रहरी ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टकराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दाबी गरे ।
विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् 'गोल्डस्टार'
काठमाडौं - नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । आजको नयाँ पत्रित्रकामा समाचार छ । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ ।
चाउचाउ
वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ ।
गोल्डस्टार
नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै ८० प्रतिशत भारत प्रतिशत निर्यात हुन्छ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गरेको छ ।
सुन्दा आश्चर्य लाग्न सक्छ, भुटानी सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता लगाउँछन् ।
हिमालयन जाभा
कफी पिउने पश्चिमा संस्कृति हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास गर्यो । दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभा आक्रामक आउटलेट विस्तारमा लागिपरेको छ । देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलिसकेका छन् । रमाइलो पक्ष के भने पश्चिमा संस्कृति भित्र्याउने जाभा अहिले धमाधम पश्चिमा मुलुकमै फैलिरहेको छ ।
खुकुरी रम
विदेशी रक्सी रुचाउने नेपालीको संख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा लोकप्रिय छ । विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत दर्जन मुलुकमा पुग्छ ।
बाजेको सेकुवा
सन् १९७६ मा दीनानाथ भण्डारीले पाँचसय लगानीमा एयरपोर्टअगाडि खुल्ला चौरमा सेकुवा पोलेर ब्यबसाय सुरु गरेका थिए । त्यही व्यवसाय बाजेको सेकुवामा परिणत भयो, अहिले १४ वटा आउटलेट खोलिसकेको छ । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा पनि खुलेको छ ।
सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी
बर्दिया - सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ ।
सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।
भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्यो ।
क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन ।
यस्तै राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका छ ।
कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कृत
कञ्चनपुर - १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।
युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् । बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् । फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए ।
एसपी कडायतले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको बताए । किशोरीको अवस्था जटिल नरहेको उनले बताए । किशोरीले बताएको आधारमा पहिचान भएका दुईजनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । दोषी भाग्ने भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
किशोरीका बाबु भन्छन् ‘बिहेको बहाना बनाएर इज्जत लुट्यो’
राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर हामीले खाना खाइसकेका थियौँ । घर र छरछिमेकका स–साना नानीहरू बुफर लगाएर आँगनमा नाच्दै थिए । छोरीको मोबाइलमा एक्कासि फोन आयो । उनी फोन उठाउँदै सडकतिर गएको केटाकेटीले पनि देखेका रहेछन् । केटाकेटीले मोटरसाइकलमा राखेर लगेको बताएपछि हामी एकैछिनमा त्यतातिर लाग्यौँ । मेरो घरभन्दा झन्डै एक किलोमिटर पर सडकको छेउमै बलात्कार गरेर भागेछन् । छोरीले दुई केटाहरूलाई चिनेकी रहिछ । विवाह गर्छु भन्दै बोलाएको रहेछ । तर, इज्जत लुट्यो ।
Subscribe to:
Comments (Atom)