Tuesday, May 23, 2017

घुर्ने समस्याबाट छुटकारा पाउने अचुक घरेलु उपचार

काठमाडौं । यदि तपाईलाई निद्राको बेलामा घुर्ने समस्याले सताएको छ भने यसले कुनै–कुनै बेला एकदमै लज्जित बनाइदिन्छ । घुर्ने समस्याबाट बच्न पहिले नै सतर्कता अपनाउनु आवश्यक छ । त्यसका लागि राम्रो चिकित्सकसँग सल्लाह पनि लिनुपर्छ । खासगरी घुर्ने समस्या निद्राको समयमा अक्सिजन स्वासनलीबाट बराबर रुपमा परिचालन नभएको कारणले हुन्छ । औषधिको साइडइफेक्ट र अल्कोहल आदिको प्रयोगले पनि घुर्ने समस्या हुन्छ । यसबाट छुटकारा पाउनका लागि घरमै बसेर घरेलु उपाय अपानाउन सकिन्छ । जसको कुनै साइडइफेक्ट पनि हुँदैन र सजिलै उपलब्ध हुन सक्छ । हल्का तातो गरेको मख्खन (नौनी) दुई थोपा नाकमा हाल्ने । सधैँ सुन्तुभन्दा अगाडि र उठेपश्चिात यो प्रक्रिया अपनाउँदा फाइदा हुन्छ । एक गिलास तातो पानीमा आधा चम्चा इलाइची पाउडर हालेर राति सुत्नुभन्दा अगाडि पिएमा घुर्ने समस्याबाट बिस्तारै मुक्त हुन सकिन्छ । दूधमा बेसार मिलाएर दैनिक रुपमा पिउने गर्दा पनि घुर्ने समस्यालाई निको पार्न सकिने आयुर्वेद चिकित्सकहरूको सल्लाह छ । 96 Shares

ब प्रेमिकाले बन्दुक देखाएर विहे मण्डपबाट दुलाहा उठाएर लगिन्…

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित हमीरपुरमा एक युवतीले दुलाहा बनेर मण्डपमा बसेका आफ्ना प्रेमीलाई उठाएर लगेपछि हंगामा मच्चिएको छ । घटना सोमबार रातिको हो । दुलाहा र दुलहीबीच माला र औठी लगाउने कार्य सम्पन्न भई मण्डपमा पुजासहित अन्य कार्यको तयारी चलिरहेका बेला अचानक ३ जनासँग स्र्कापियो कारमा सवारी भएर आएकी दुलाहाकी प्रेमिकाले बन्दुक देखाउँदै पाहुनाले भरिएको विहे मण्डपबाट आफ्नो प्रेमी (दुलाहा) अशोक यादवलाई जबरजस्ती उठाएर लगिन् । दुलाहाकी प्रेमिकाको यो फिल्मी स्टाइलको दृश्यबाट हेर्दा हेर्दै पुरै विहे मण्डपमा दौडधुप र भागाभागसहित हंगामा मच्चियो । यो आपतका बीच बारात पनि फिर्ता भयो । र, दुलही पनि हातमा लगाएको मेहन्दी लगाएको मात्रै हेरिरहिन । भारतीय सञ्चारमाध्यमका अनुसार दुलाहा र उनकी प्रेमिका बान्दाको एक निजी अस्पतालमा सँगै काम गर्थे । त्यहीबाट उनीहरुको प्रेम कहानी सुरु भएको थियो । तर, जब प्रेमिकालाई छोडेर अर्कैसँग विहे गर्न थालेपछि तब प्रेमिकाले आफ्नो तागत दबंग स्टाइलमा देखाउँदै उनलाई विहेको मण्डपबाटै उठाएर लगिन् । सार्वजनिक रुपमै दबंग प्रेमिकाको हिम्मतको यो खबर अहिले सबै ठाउँमा चर्चाको विषय बनेको छ । यद्यपी प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुलाहाका भाईसहित कैयौ मानिसलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

म्राट दाहालसँग विवाह गर्नु मेरो भुल थियो : मनीषा कोइराला

मुम्बइ । नेपाली मूलकी बलिउड नायिका मनीषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयप्रति पश्चाताप गरेकी छिन् । उनले राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् । मनीषालाई विवाह गरेको कुरामा पछुतो भएको छ । तर, यसको जिम्मेवार आफूलाई उनले ठान्छिन् । आफ्नो कमब्याक फिल्म ‘डियर माया’को प्रोमोसनमा लागिपरेकी मनीषा कोइरालाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोँच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ । म यसबारे योभन्दा बढी केही पनि भन्न सक्दिनँ ।’ मनीषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्षपछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो । मनीषा कोराला भन्छिन्, ‘हेर्नुहोस्, आजकालका पिढिका किशोरीहरूसँग म निकै प्रभावित छु । आजकालका किशोरीहरु निकै बोल्ड छन् । उनीहरूले आफूलाई निकै राम्रोसँग चिनेका छन्, उद्देश्य लिन्छन् र आफ्नो गोल आफैं सेट गर्छन् । मलाई आजको पीढिका किशोरीहरु निकै राम्रा लाग्छन् । महिला यस्तै हुनुपर्छ किनभने हामीले एउटै जिन्दगी पाउँछौं ।’ नयाँ महिला निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार मनीषाको फिल्म ‘डियर माया’ जून २ तारिखमा रिलिज हुँदैछ । यो फिल्मपछि मनीषाका साथै राज कुमार हिरानीको निर्देशनमा बनिरहेको संजय दत्तको बायोपिकमा नरगिस दत्तको भूमिकामा देखिनेछन् । – एजेन्सी

शेरबहादुर देउवादेखि मधेशी नेतासम्म किन पुगे भारतीय दूतावास ?

काठमाडौँ, ७ जेठ । स्थानीय निकायको पहिलोचरणको मतपरिणाम आइरहँदा भारतीय दूतावासले फेरि सक्रियता बढाएको छ । भारतीय राजदूत मन्जिभ सिंह पुरीले काँग्रेस, माओवादी र मधेशी मोर्चाका नेताहरुसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको हो । एकल र छुट्टाछुट्टै भएको भेटवार्तामा काँग्रेस सभापति शेरबहादुर देउवादेखि मधेशी मोर्चाका नेताहरुसँग सहभागी रहेको बताइएको छ। स्रोतका अनुसार, शुक्रबारदेखि भारतीय दुतावासले यति सक्रियता बढाएको छ, एकापछि अर्को नेतालाई भेटिरहेको छ । शुक्रबार काँग्रेस नेताहरुलाई भेट्नुअघि भारतीय दूतावासका विजय चौधरी लगायतको टोलीले बिहान १० बजेदेखि ११ बजेसम्म बालुवाटारमा सभामुख ओन्सरी घर्तीसहितको टोलीसँग भेटेको थियो । त्यसलगत्तै भारतीय राजदुतले काँग्रेस सभापति देउवा, गृहमन्त्री विमलेन्द्र निधि, मन्त्री बालकृष्ण खाँड र मधेशी नेता अनिल झासँग भेटवार्ता गरेका थिए । बिहान १० बजेदेखि ३ बजेसम्म भारतीय दूतावासमै भएको भोजनसहितको बैठकमा पहिलोचरणको चुनावी समिक्षा, दोस्रो चरणको निर्वाचन, नयाँ सरकार गठन लगायतका विषयमा छलफल भएको स्रोतले बतायो । शेरबहादुर देउवा र विमलेन्द्रसँगको भेटलगत्तै दिउँसो ३ बजेर २० मिनेटमा काँग्रेसका अमरेशकुमार सिंह, बालकृष्ण खाँड र माओवादीका जनार्दन शर्मासँग भारतीय राजदूतले भेटेका थिए । तर, यी सबै भेटवार्तालाई अति नै गोप्य राखिएको भारतीय दूतावास स्रोतले जनायो । काँग्रेस, माओवादी र मधेशी नेताहरुलाई एकपछि अर्को गर्दै भेटेर भारतले आखिर नेपालमा के पकाउन खोज्दैछ ? प्रतिक्षाको विषय बनेको छ ।

महन्थ ठाकुरको चेतावनी, ‘एमाले मधेसमा कसरी आउँदो रहेछ हेरौँला ?’

काठमाडौं, ८ जेठ । संघीय गठबन्धनका संयोजक तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमालेका नेताहरूले तराईमा खुट्टा राख्न नसक्ने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष ठाकुरले भने, ‘एमाले र एमालेका नेताहरूले तराईमा खुट्ट राख्न पनि सक्दैनन् । उनीहरूलाई मधेसी जनताले देखाइ दिने छन् । पहिला तराईमा किन जान सकेनन् एमाले ? अब कसरी आउँदा रहेछन् ? हेरौँला !’ मधसी जनताको अधिकारका लागि एमाले बाधक बनेको आरोप लगाएका अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन नगरेर निर्वाचन यस्तै अवस्थामा हुन सक्दैन । चुनाव जनताले हुन दिने छैनन् ।’ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीप्रति आक्रमक देखिएका ठाकुरले भने, ‘केपी ओली र शेरबहादुर देउवा बाहिरबाट आएर स्थानीयलाई बाहिरिया भन्ने ?’ उनले झापादेखि कञ्चनपुरसम्मका जनतालाई अधिकार नदिने पक्षमा देउवा र ओली लागेको बताए । एमालेका वरिष्ठ नेता झनाथ खनालले मधेस नेपालमा छैन भन्छन् भनेर दिएको अभिव्यक्तिप्रति ठाकुरले आक्रोश व्यक्त गरे । उनले भने, ‘नेपालमा मधेस छैन भन्ने झलनाथ खनालाई शासन गर्ने अधिकार कहाँबाट आयो ? यसको जवाफ चाहियो ।’ हिन्दी भाषालाई सम्पर्क भाषा बनाउनुपर्ने अध्यक्ष ठाकुरको माग थियो । उनले भने, ‘भारतमा नेपाली भाषालाई मान्यता दिन हुने नेपालमा हिन्दी भाषालाई मान्यता दिन किन नहुने ?’ तपाईको मातृ भाषा हिन्दी हो ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले भने, ‘मेरो मातृ भाषा मैथिली हो । मैथिली भए पनि हिन्दी भाषालाई मान्यता दिनुपर्छ ।’

दोस्रो चरणको चुनावमा पनि सेना परिचालन हुने, राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं, ८ जेठ । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सेना परिचालनको अनुमति पाएको छ । सेना परिचालन सम्बन्धी मन्त्रिपरिषदको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि सरकारलाई सेना परिचालन गर्ने बाटो खुलेको हो । सोमबार राष्ट्रपति भण्डारीले उक्त प्रस्तावमा हस्ताक्षर गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अब जेठ ३१ गते प्रदेश नम्बर १, २ ५ र ७ मा हुने निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन हुनेछ । यसअघि पहिलो चरणको चुनावमा पनि राष्ट्रपतिको स्वीकृत लिएर सेना परिचालन गरिएको थियो । राष्ट्रपति नेपाली सेनाका परमाधिपति भएकाले उनबाट स्वीकृति लिनुपर्दछ ।

देउवामाथि खनिए ओली, सत्ता बाहेक केही नदेखेको आरोप

९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकलाजको ख्याल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरिरहँदा एमाले अध्यक्ष ओलीले असहमति जनाएका हुन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओली कांग्रेस सभापति देउवामाथि खनिएका हुन् । देउवाले प्रधानमन्त्रीलाई भेट्यो कि कहिले छाड्ने भन्दै आतंक मच्चाएको ओलीको आरोप छ । बुधबारको तीन दलको बैठकमा आफूले देउवालाई २०/२२ दिन पर्खिन सुझाएको उनले सुनाए । उनले भने, ‘मलाई देउ भनेर हात थाप्नेलाई मैले भनेको छु, लोकलाज भन्ने हुन्छ कि हुँदैन ? २०/२२ दिन पनि पर्खन नसक्ने ?’ दोस्रो चरणको चुनावका लागि ९ दिनपछि उम्मेदवारी दर्ता गर्नु पर्ने भन्दै ओलीले अहिले सरकार परिर्वतन गर्दा निर्वाचन प्रभावित हुने बताए । देउवाले सत्ता छाड्न दबाव दिएपछि प्रचण्ड आत्तिएको र थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा रहेको ओलीले सुनाए ।

देउवा र ओलीबीच भनाभन, शेरबहादुरले- म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ?

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा छन् । माओवादी र कांग्रेसबीच भएको समझदारी कार्यान्वयन भए । प्रचण्डले छाडेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । तर, एमाले भने कम्तिमा दोस्रो चरणको चुनाव नहुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री देख्न चाहँदैन । चुनावको मुखमा स्थानीय तहको संख्या बढाएपछि आक्रोसित बनेको छ । यसलाई नै देखाएर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु अघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । मंगलबार संसद भवन बानेश्वरमा भेट्नासाथ देउवा र ओलीबीच भनाभन भएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्‍यो भनेपछि देउवा आक्रोसित बनेको स्रोतले जनाएको छ । देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ? भन्दै प्रश्न गरेका थिए । मंगलबार विहान बालुवाटारमा भएको तीन दलको बैठकमा पनि ओलीले देउवाको आलोचना गरेका थिए । दिउँसो एमालेले गरेको पत्रकार भेटघाटमा पनि एमाले अध्यक्ष ओलीले देउवाको चर्को आलोचना गरेका थिए ।