Thursday, June 30, 2016

मसानघाटमा आपत आएपछि मलामीको भागाभाग

एक व्यक्तिको अन्तिम दाहसंस्कारका लागि मसानघाट लिएर जाने मलामी नै ज्यान बचाएर भाग्न परेको छ । यस्तो घटनामा २४ व्यक्ति त घायल नै भएका छन् घटना भारतको हिमाचल प्रदेशको उना जिल्लाको हो । यहाँ गाँउका मानिस शव लिएर मसानघाट गएका थिए, त्यहाँ उनीहरुलाई मौरीले अचानक हमला गरे । मौरीको टोकाइबाट दुई दर्जन व्यक्ति गंभीर घाइते भएका छन् । घटनाका बेला मानिसहरु आत्तिएका थिए । कतिपय मानिस ज्यान बचाउन जमिनमै सुतेका थिए । घाइतेको उपचारका लागि अस्पताल भर्ना गरिएको छ । डंगाहखास गाँउका पूर्वप्रधाज पदम जयसवालका भाइ राजेन्द्रको अन्तिम संस्कारका लागि गाँउलेहर मसानघाट भएका थिए । यो शुक्रवारको घटना हो । हिमालको प्रर्यटन विभागबाट सेवानिवृत राजेन्द्र समाजसेवी थिए । त्यहीँ कारण उनको दाहसंस्कारमा धेरै मानिस गएका थिए । मानिसहरु मसानघाटमा दाउरा जम्मा गरेर दागवत्ती दिने तयारी गर्दै थिए । त्यही बेला एक बादरले नजिकको रुखमा उत्पात मच्चायो । रुखमा माहुरीको गोलो थियो । जव बादरले रुख हल्लायो, रिसाएका माहुरीले मसानघाटमा जम्मा भएका मानिसहरुमाथि टोक्न शुरु गरे । घटनामा भाजपाका प्रदेश कार्यकारीणी सदस्य पनि थिए ।

कतिपय केटी सधै कुमारी रहन्छन्, किन ? जान्नुहोस्

यस्तो के कारण छ, कतिपय केटीलाई कुनै पनि पुरुष मन पर्दैनन् । ती केटीहरु पुरुषलाई लायक नै सम्झदैनन् । कारण जान्नुहोस्, किन केटीहरु एक्लै बस्न मन पराउँछन्, विवाह भन्दा ? प्रेम र रिलेशनसीपको झन्झटबाट आफुलाई टाढा राख्छन् कतिपय केटी । यस्ता केटी वा केटीहरु मान्छन् कि व्यायफ्रेन्डलाई दिनहुँ मनाएर राख्न भन्दा जरुरी अरु धेरै काम पनि हुन्छन् । यस्ता केटीहरु आफ्नै तालका हुन्छन्, जसलाई कसैले प्रेमको प्रस्ताव गर्न पनि सक्दैनन् । यी केटीहरु अरुको कुरा सुन्दैनन्, बरु आफुलाई लागेको गर्छन । यस्तो विश्वास भएका केटीहरु पुरुषसँगको सम्बन्धलाई त्यति महत्व दिदैनन् । यी केटीलाई प्रेमी भन्दा साथीको समूह मन पर्छ । आफनो साथीको समूहसँग यस्ता केटी बहुतै रमाउँछन्, जसले उनीहरुलाई प्रेमीको अभाव पनि हुँदैन । यस्ता केटीको यस्तो व्यत्तित्व हुन्छ, धेरैले उनीहरुलाई भित्रबाट चिन्नै सक्दैनन् । जसका कारण उनीहरु एक्लै रहन्छन् । आफ्नो अलग विचार र सोचका कारण यी केटीलाई बुभ्mन पनि कठिन हुन्छ । यस्ता केटी आफुलाई पुरा स्वतन्त्र मान्छन् । उनीहरु आफुलाई पूर्ण हुन कसैको आबश्यक ठान्दैनन् । कैयौपटक आफ्नो करियरलाई यिनीहरुले प्रेम र सेक्सभन्दा धेरै गंभीरताका साथ लिन्छन् । यस्ता महिलाहरु आफुले राम्रो केटा खोज्ने भन्दा पनि राम्रो केटो आफैलाई खोज्दै आओस भन्ने चाहन्छन् ।

यो भान्सामा हरेक दिन एक लाख मानिसले निःशुल्क खाना खान्छन्

एजेन्सी– संसारको यति ठूलो भान्सा छ, जहाँ एक घण्टामा २५ हजार रोटी बन्छन् । हरेक दिन लाखौ मानिस खाना खान्छन् । यति ठूलो भान्सा भारतको अमृतशहरस्थित वल्र्ड फेमस गुरुद्धारामा छ । गरु रामदास लंगरमा अहिले दैनिक ७० हजारदेखि एक लाख मानिसले निशुल्क खाना खान्छन् । विदाका दिन यो सख्या अझ धेरै हुन्छ । खानाका स्वाद पनि फरक फरक हुन्छ यहाँ । यहाँको लंगरमा अटोमेटिक मेसिनले रोटी बनाउँछ । घण्टामा २५ हजार रोटी तयार हुन्छन् मेसिनबाट । हरेक दिन ७० क्वटीन्टर पिठो, २० क्वीन्टल दाल, १२ क्वीन्टर चामल खपत हुन्छ । पाच सय किलो घिउ, एक सय सिलिन्डर ग्यास र पाँच सय किलो दाउरा पनि खपत हुन्छ । यहाँ २४ घण्टा नै खाना खान पाइन्छ । शुद्ध शाहकारी भोजन बनाउने गरिन्छ । यहाँ कर्मचारी छैनन्, बरु स्यमसेवक छन् । लाइनमा बसालेर त्यहाँ खाना दिइन्छ । यो गुरुद्धाराका म्यानेजरको भनाई छ कि खानामा के के पाक्छ पहिला नै तय हुन्छ । मानिसहरु लाइनमा बसे लगत्तै खाना दिइन्छ । मेसिनले नै त्यहाँको सरसफाइ गरिन्छ । एउटा टोली उठे लगत्तै अर्को टोली बसेर खाने व्यवस्था छ ।

यो हो सच्चा प्रेम : मृत गर्लफ्रेन्डसँग विवाह

शेपिल्ड–इंग्लैडमा एक दुखी प्रेमीले गर्लफ्रेन्डको मृत्यपछि विवाह गरेर औठी लगाइएको तस्वीर फेसवुकमा राखेका छन् । एक अग्रेजी पत्रिकाका अनुसार १८ बर्षकी एबिगेल हाँलको मृत्यु उनका ब्याइफ्रेन्ड जोश थामसनसँग व्रेकअफ भएको एक सातापछि भएको थियो । ती युवती यस्तो व्रेकअफबाट निकै दुखी थिइन । गत वुधवार शेपिल्ड विश्वविद्यालयमा उनको मृत्य भएको थियो । २२ बर्षका जोश टेनिसका कोच थिए । जव जोशके धरवेटीले उनलाई इसारामा मृत्यको खवर गरे, उनी तुरुन्त मृत गर्लफ्रेन्डको घरमा गए । उनले त्यहाँ गर्लफ्रेन्डक एविगेलको लाश देखे । जोशले आफुलाई सम्माल्न सकेनन् । केहीबेर पछि उनले आफुले लगाएको औठी मृत गर्लफ्रेन्डलाई लगाईदिए । फोटो खिँचे र फेसवुकमा अपलोड गरे गर्लफ्रेन्डको मृत्युपछि जोशले लेखका थिए कि, एबिगेल हाल र म अव पति पत्नी हौँ । उनी मेरो जिन्दगी हुन् । उनले अगाडि लेखेका थिए, ‘एविगेलको प्रेमको म शब्दमा भन्न सक्दिनँ । मेरो र उनी एक अर्कालाई चाहेका थियौँ । उनको हासो भन्दा ठूलो मेरा लागि अरु केही थिएन । मैले अर्को बर्ष उनलाई प्रपोज गर्न चाहेको थिएँ । तर, उनी पहिला नै मलाई छाडेर गइन । जोशले बताएका छन कि, उनले गर्लफ्रेन्डको मृत्यु भन्दा एक दिन अगाडि मात्र औठी खरिद गरेका थिए । ‘मैले योजना बनाएको थिएँ कि, उनको कलेजमा एक बर्ष पूरा भएको अबसरमा औठी पठाउँ । उनका साथ विताएका मेरा हरेक पल स्मरणयोग्य छन् । उनी हामीलाई छाडेर जानुपर्ने कुनै कारण छैन ।’ साउथ यार्कशायरका एविगेल नै केही समय अगाडि शेफिल्ड विश्वविद्यालमा भर्ना लिएकी थिइन । उनी त्यहाँ बायोमेडिकलकी विद्यार्थी थिइन । तर, बुधवार उनका साथीले उनलाई मृत अबस्थामा भेटे । प्रहरीलाई लाशको नजिक कुनै संदिग्ध बस्तु फेला परेन । एविगेलका साथीहरुका अनुसार जोश टाढा भएकोमा एविगेल दुखी थिइन । त्यहाँको स्थानीय प्रहरीले मृत्युको कारण यही नै हो भन्ने ठोस प्रमाण केही भेटिएको छैन ।

पोर्न उद्योगमा जबर्जस्ती !

पोर्न उद्योगमा समेत यौनकार्यका लागि जबर्जस्ती हुन्छ भन्ने सुन्दा अचम्म लाग्दछ । पोर्न फिल्मका स्टारहरु आफ्नै राजिखुसीले विभिन्न खाले पोर्न गतिविधिमा संलग्न हुँदाहुन् भन्ने अनुमान गरिन्छ । तर होइन रहेछ । जापानको पोर्न उद्योगमा जबर्जस्ती हुने गरेको खुलासा भएको छ । जापानको पोर्न उद्योगको एक संस्थाले ऊमाथि लागेको गम्भीर आरोपका बारेमा माफी माग्दै गल्ती सच्याउने बाचा गरेको छ । पोर्न उद्योगमा काम गर्ने एक महिलाले आफुले नचाहेको यौनकार्यमा संलग्न गराएको गुनासो गरेपछि जापानी पोर्न उद्योगको आलोचना भएको थियो । जापानको एडल्ट सेक्स उद्योगमाथि मानव अधिकार हननको आरोप लाग्ने गरेको छ । बौद्धिक सम्पदा संवर्द्धन संगठनले पोर्न उद्योगहरुलाई निर्देशन दिँदै महिला पोर्न कलाकारहरुको इच्छा विपरितका यौन कार्यमा सहभागी नगराउन भन्दै यदि त्यस्तो गरेको पाइएमा जरिवाना गरिने चेतावनी दिएको छ । यो महिलाको सुरुमा एक पोर्न कलाकारले पोर्न फिल्म खिच्ने क्रममा आफुमाथि क्यामरा अगाडि लगातार बलात्कार भएको गुनासो गरेसँगै ट्यालेन्ट एजेन्सी माक्र्स नामक पोर्न फिल्म निर्माता कम्पनीका अध्यक्ष र अन्य दुइ कर्मचारीलाई गिरफ्तार गरेको थियो । ती महिलालाई जागिरबाट निकाल्ने धम्की दिँदै लगातार बलात्कार गरिएकेा उनको गुनासो थियो ।

यस्तो पुल, जहाँ पैदल हिँड्दा पुलिसले पक्राउ गर्छ

के तपाइँले यस्तो पुलका बारेमा सुन्नुभएको छ जहाँ कोही पनि मानिस पैदल हिँड्न सक्दैन ? यदि कोही मानिस त्यहाँ पैदल हिँड्यो भने पुलिसले रोक्नेछ । यदि रोक्दारोक्दै पनि अटेरी गरेर हिँड्यो भने पुलिसले पक्रनेछ । हो, भारतको राजस्थानस्थित धौलपुरमा यस्तो पुल छ जसमा पैदलयात्रा गर्न पाइँदैन । उक्त पुलमा पैदल हिँड्न नपाउनुको खास कारण छ । वास्तवमा पैदलयात्रीको सुरक्षाकै लागि त्यस्तो नियम बनाइएको रहेछ । जुन नदिमा पुल छ त्यो नदि निकै गहिरो हुनुका साथै त्यसमा खतरनाक गोहीहरु पनि छन् । पुल होँचो भएको र विगतमा धेरै मानिसहरुले उक्त पुलबाट हाम फालेर गोहीलाई ज्यान खुवाएर आत्महत्या गर्ने गरेको कारणले हाल उक्त पुलमा पैदल यात्रा गर्न प्रतिबन्धित गरिएको हो । खतरनाक गोही भएको नदिमा हाम फालेपछि गोहीले मानिसलाई खाइहाल्ने र लास समेत फेला नपर्ने सम्भावना हुन्छ । त्यसैले मानिसहरुले नदिमा हाम फालेर आत्महत्या गरी गोहीले खाइसकेपछि पनि लास भेटिने आशामा गोहीको बीचमा गएर लास खोज्नु नपरोस् भन्ने पनि पुलिसको चाहना हुनसक्छ ।

बिरालोले आफ्नै मालिकलाई बनायो बन्धक, पुलिसले गर्नुपर्यो उद्धार

घरमा पालेको बिरालोले आफ्नै घरमालिकलाई बन्धक बनाउँछ भन्ने कुरा कल्पना पनि गर्न नसकिने कुरा हो । तर अमेरिकामा भने यस्तै भएको छ । हालै विस्कन्सिनमा बस्ने एक दम्पत्तिले पुलिसमा फोन गरे र घरपालुवा विरालोले आफुहरुलाई घरभित्र बन्धक बनाएको उजुरी गरे । बिरालो पागल भएको र नियन्त्रणभन्दा बाहिर गएको र आफ्नो पतिमाथि हमला गर्न थालेको पुलिसलार्य फोन गर्ने महिलाको भनाई थियो । जसका कारण आफु र लोग्ने घरभित्र बन्धक बनेको र बिरालोबाट कसरी उम्किने भन्ने केहीँ सोच्न नसकेर उद्धारका लागि पुलिससँग गुहार मागेको उनको भनाई थियो । बिरालोको आक्रमणबाट बच्नका लागि आफुहरु एउटा कोठाभित्र ढोका बन्द गरी बसिरहेकेा र बाहिर निस्किन नसकेको उनले बताइन् । ती महिलाको गुनासोपछि पुलिसको एक टोली घटनास्थल पुग्यो । निकै दौडादौड पछि बल्ल पुलिसले बन्धककारी बिरालोलाई समात्यो र कोठाभित्र थुनिएका दम्पति पनि बल्ल राहतको सास फेर्दै बाहिर निस्किए । उक्त आक्रमणकारी तथा बन्धककारी बिरालोाई जनावर नियन्त्रण विभागमा बुझाइएको छ ।

गाईको पिसाबमा सुन भेटियो, अब किसानलाई मालामाल

गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गाइको पिसाबमा सुन भेटिएको दाबी गरेका छन् । उनले आफ्नो एक शोधबाट यो प्रमाणित गरेका छन् की गाईले दुधमात्र होइन सुन पनि दिने गर्छ । विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकियो आफ्नो ४ वर्षे शोधका दौरान गिर नश्लका ३ सय भन्दा बढि गाईको पिसाबको निरन्तर परीक्षण गरे । गौमुत्रको परीक्षण पश्चात उने यो पत्ता लगाए की गाईको १ लिटर गहुँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ । टाइम्स अफ इण्डियामा छापिएको खबर अनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए । शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो । साथै शोधकर्ताहरुले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ ।

चरम लापरवाहीको नमूना, १ सय पूर्णांकमा दिइयो ५ सय २५ अंक

सायद यस्तो लापरवाही दुनियामा कहीँ हुन्छ भने हाम्रै छिमेकमा हुन्छ । भारतको मध्यप्रदेशस्थित रिवामा रहेको अवधेश प्रताप सिंह विश्वविद्यालय अन्तरगतको एक कलेजकी एक छात्राले अर्थशास्त्र विषयमा १ सयपूर्णांकमा ५२५ अंक प्राप्त गरेकी छिन् । कथा यत्तिमा मात्र कहाँ सकिन्छ र ? यी छात्राले कुल साढे ४ सय पूर्णांकको परीक्षामा ७ सय २७ नम्बर प्राप्त गरेपछि ठूलै चर्चा बटुलेकी छिन् । बिए प्रथम वर्षको परीक्षामापूर्णांक भन्दा झण्डै दोब्बर अंक प्राप्त गर्न सफल यी किर्तिमानी छात्राको नाम हो गिता त्रिपाठी । विश्वविद्यालय अन्तरगतको रामपुर बघेलानस्थित सरकारी कलेजकी छात्रा हुन् उनी । उनले साढे ४ सय पूर्णांकमा ७२७ अंक प्राप्त गर्दा समेत उनलाई आफु पास भएको हो वा फेल भएको हो एकीन गर्न सकेकी छैनिन् । विश्वविद्यालयको लापरवाहीका कारण यस्तो भएको भन्दै गिताले यस्तो लापरवाही धेरै हुने गरेको बताइन् । यो घटनाको छानविन गर्न विश्वविद्यालयले एक जाँच समिति गठन गरेको छ । स्मरण रहोस् उक्त विश्वविद्यालयमा यस्तो लापरवाहीजन्य घटना पहिलो होइन । यसअघि पनि त्यहाँ विद्यार्थीको प्राप्तांकमा गडबडी, प्रश्नपत्र हराउने, अनुपस्थित देखाउने जस्ता अनेक घटना भैरहने गरेका छन् ।

आँपमा प्रतिबन्धित कार्बाइडको अत्यधिक प्रयोग

असार, कञ्चनपुर । कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ । भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पुर्याइ रहँदा समेत कारबाही हुन सकेको छैन् । कार्बाइड हालेर पकाएका आँप भारतीय बजार खटिमा, बनवसा र बरेलीलगायतका ठाउँबाट व्यापारीले ट्रकमा राखेर सोझै महेन्द्रनगर, सुडा, दैजी, झलारी, गुलरिया र कैलालीको अत्तरियासम्म बिक्रीका लागि पुर्याउने गरेका छन् । भारतबाट दैनिक दुई ट्रक आँप पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने गरेको महेन्द्रनगर मण्डीका व्यवसायी विशाल सोनारले बताए । आँप पाक्ने समयमा पनि बजारमा कार्बाइड हालेर पकाएको आँपको कारोबार निकै उच्च रहेको छ । उपभोक्तामा हानिकारक रसाइन प्रयोग गरिएको आँप खानु हुँदैन भन्ने जनचेतना नभएकै कारण खरिद गरेर लग्ने गरेको झलारीका स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताए । मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने हानिकारक रसाइनको प्रयोग गरिएका आँप बिक्री भइरहँदासमेत स्थानीय प्रशासनले नियन्त्रणको प्रयास नगरेको उनले बताए । “बजार अनुगमनको कार्य नहुँदासमेत व्यापारीले प्रतिबन्धित रसाइन प्रयोग गरेका आँपको कारोबार गर्दै आएका छन्” उनले भने । प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ । रसाइन प्रयोग गरी पकाएका आँपको परीक्षण गर्ने उपकरणको अभाव र हेरेको आधारमा आँपको परीक्षण गर्नुपर्दा कुन आँप रसाइन प्रयोग गरेको र नगरेको छुट्याउन गाह्रो रहेको क्वारेन्टाइनका कर्मचारीले बताएका छन् । प्रचलित खाद्य ऐन २०२३ (हाल सम्म संशोधनसहित) ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐनअनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई रु १० हजारदेखि २५ हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

धेरै तातो पेय पदार्थले अन्न नलीमा क्यान्सर हुनसक्छः डब्लुएचओ

धेरै तातो खानेकुराको सेवनले जिभ्रोमा घाउ हुन सक्ने कुरा त सबैलाई थाहा छ । तर अधिक तातो पानी, चिया, कफी लगायतका पेय पदार्थको सेवनले अन्न नलीमै घाउ हुनसक्ने बारे तपाईहरुलाई कत्तिको जानकारी छ ? हो, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भर्खरै सम्पन्न गरेको एक अध्ययनअनुसार धेरै तातो पेय पदार्थको सेवनले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन सक्ने खतरा देखिएको छ । उक्त अध्ययन अनुसार विशेषगरी ६५ डिग्री सेन्टिगे्रटभन्दा बढी तातो पेय पदार्थको सेवनले अन्न नलीमा क्यान्सर हुनसक्ने देखिएको हो । तर त्यही पदार्थ कोठाको तापक्रम अनुसार सेवन गर्नाले यसले पाठेघर, लिभर तथा ब्रेस्ट क्यान्सरको जोखिम कम गर्न मद्दत डब्लुएचओले जनाएको छ । अध्ययन डब्लुएचओ अन्र्तगतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर -आइएआरसी) ले गरेकोे थियो । तातो पेय पदार्थ सम्बन्धि एक हजारभन्दा बढी लेखको समिक्षा पश्चात आइएआरसीलेे तातो पदार्थले अन्न नलीको क्यान्सर उत्पन्न गर्न सक्ने निष्कर्ष निकालेको हो । ‘यहाँ कुन पदार्थले क्यान्सर गराउने भन्दा त्यसको तापक्रम कति छ भन्ने कुरा महत्वपुर्ण हो’, संसारकै सबैभन्दा धेरै रुचाइएको पेय पदार्थको समिक्षामा भाग लिएकी इपिडेमोलोजिस्ट डाना लोमिसले भनिन् । आइएआरसीले अध्ययनका लागि विभिन्न लेख तथा पत्रपत्रिकाको अध्ययन गरेको थियो । जसमा कफी तथा मेट -दक्षिणी अमेरिकन हर्बल इन्फ्युजन, जुन पश्चिम एसियामा निकै लोकपि्रय छ) कुनै प्रकारका क्यान्सरसित सम्बन्धित छ कि छैन भनेर अध्ययन गरिएको थियो । सन् १९९१ मा गरिएको पछिल्लो अध्ययनले यी दुवैलाई क्सान्सर गराउन सने तत्वमा वर्गीकृत गरेको थियो । क्यान्सिरोजेनिक तत्व भन्नाले मानिसको शरीरमा क्यान्सर गराउने तत्व भन्ने बुभिन्छ । ‘त्यसबेलाको प्रमाणले कुनै पनि पेय पदार्थले क्यान्सरको जोखिम उच्च गराउने जनाएको थिएन’, आइएआरसीले भन्यो । ‘विशेषगरी चीन, इरान, टर्की लगायतका ठाउँमा जहाँ यसको अध्ययन गरिएको थियो । त्यहाँ धेरै तातो चिया, कफी, मेट लगायतका पेय पदार्थको सेवन गर्नेहरुमा अन्ननलीको क्यान्सर उनीहरुले सेवन गर्ने तापक्रम अनुसार बढी भएको पाइयो,’ ड्ब्लुएचओले भनेको छ । डब्लुुएचओकै एक तथ्यांक अनुसार अन्ननलीको क्यान्सरकै कारण विश्वमा वर्षेनी चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

मधुमेहबाट जोगिन पर्याप्त निद्रा आवश्यक

वर्तमानको अति व्यस्त जिवनशैली तथा असन्तुलित तथा अस्वस्थकर खानपानका कारण धेरै मानिसहरु मधुमेह जस्ता जटिल रोगहरुको सिकार भईरहेका छन् । यदि तपाइँ पनि आफुमा मधुमेहको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो निद्रामा पूरा ध्यान दिनु निकै आवश्यक हुन्छ । हो, पर्याप्त तथा भरपूर निद्रा मानिसमा मधुमेहको खतरा कम गर्नमा सहयोगी हुन्छ । हालै गरिएको एक शोध अनुसार पर्याप्त निद्रा लिने मानिसमा टाइप टू मधुमेह हुने खतरा निकै कम हुन्छ । अमेरिकाको लस एन्जल्स बायोमेडिकल रिचर्स इन्स्टिच्युट शोधकर्ताहरुका अनुसार हप्तामा ३ रातको मिठो निद्राले पनि धेरै हदसम्म सरीरमा इन्सुलिनको सक्रियता बढाइदिन्छ । इन्सुलिनको कमीका कारण मधुमेहको लक्षण देखा पर्ने हुँदा पर्याप्त निद्राले इन्सुलिनको मात्रा बढाइदिने भएकाले मधुमेहको जोखिम कम हुन्छ । प्रमुख शोधकर्ता डाक्टर पिटर लिउका अनुसार मानिसले निद्राको घण्टामा वृद्धि गर्दा सरीरको इन्सुलिनको प्रयोग गर्ने क्षमता बढ्दछ र पाका मानिसहरुमा टाइप टू मधुमेहको जोखिम कम हुन्छ । इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न जिम्मेवारी निर्वाह गर्दछ । त्यसैले अधिक कामका कारण पर्याप्त निद्रा लिन नपाई मधुमेहको जोखिममा परेका मानिसहरुले सुत्ने घण्टामा वृद्धि गर्ने हो भने मधुमेहको जोखिम घट्ने लिउको भनाई छ ।

यी हुन् कफी पिउने जागिर खाएकी भारतकै पहिलो महिला

खान पनि पाउनु र उल्टै खाइदिए बापत पैसा पनि कमाउनु । सायद दुनियामा यो भन्दा ठूलो मज्जा के होला ? दुनियामा कोही मानिसले फगत कफी पिएर चाख्ने जागिर पाउँछ भन्ने सुन्दा विश्वास नलाग्न सक्छ । तर यो संसारमा केही यस्ता भाग्यमानी पनि हुँदा रहेछन् जसले कफी पिउने जागिर खान्छन् । सुनलिनी मेनन भारतकी पहिलो यस्ती महिला हुन् जसले भारतीय कफी बोर्डमा कफी चाख्ने जागिर गरिन् । उनले अरु केही काम गर्नु परेन, मात्र बोर्डले उत्पादन गरेको कफी पिएर चाख्ने र त्यसको गुणवत्ता तथा स्वादको परीक्षण गरी हाकिमसमक्ष जस्ताको तस्तै प्रस्तुत गरिन् । भारतीय कफी बोर्डमा जागिर गर्दाको दौरान उने लैंगिक भेदभावको विरुद्धमा संघर्ष गर्नुपरेको थियो । कफी बोर्डमा सहायक स्वादकर्ता अर्थात् कफी चाखेर स्वाद बताउने जागिर खाँदा उनीसँग प्रतिस्पर्धामा भिड्ने अन्य पाँचै जना पुरुष थिए । अहिले चालिस वर्षपछि पनि उनको जिब्रोेले निकै शानदार तरिकाले स्वाद चखाईको काम गर्नसक्छ । हाल उनी विदेश निर्यात गर्ने पि्रमियम कफी उत्पादन गर्छिन् । कफी ल्याब लिमिटेडमा उनले मुख्य कार्यकारीको रुपमा अहिले काम गर्छिन्, जुन संस्था १९९६ मा स्थापना भएको थियो । कफी बोर्डबाट स्वेच्छाले राजिनामा दिएसँगै उनी कफी ल्याबसँग आबद्ध भएकी थिइन् । वर्षौँसम्मको कफी चखाइको अनुभवपछि उनी कफीको पहिलो चुस्कीबाटै कफीको बारेमा धेरै कुरा बताउन सक्ने भईसकेकी छिन् । कफीको सुगन्धले नै आफुलाई यसको प्रकार तथा गुणस्तरका बारेमा महत्वपूर्ण जानकारी दिने उनी बताउँछिन् । आफुले कफी सुँघेरै त्यसको बिउका बारेमा थाहा पाउने तर त्यसलाई एकिन गर्नका लागि अलिकति चाख्नुपर्ने बताउँछिन् । कफीँ चाख्ने जागिर खान चाहनेहरुका लागि उनको सुझाव छ । यस्तो जागिर गर्न चाहनेहरुले चुरोट, रक्सी पिउनु हुँदैन । सुर्ति चपाउने तथा पिरो मसलेदार खानेकुरा पनि खानु हुँदैन भने रुघाखोकी र एलर्जीबाट बच्नुपर्छ । बीबीसी

आँप छान्दा अलमल भयो ? यी कुरामा विचार पुर्‍याउनुस्

१५ असार, काठमाडौं । अहिले आँपको मौसम हो । बजारमा जताततै आँप किन्न पाइन्छ । पाकेको आँप खान नरुचाउने मानिस विरलै भेटिन्छन् ।
Mangoखान स्वादिलो हुनुका साथै आँपमा प्रशस्त प्रोटिन, भिटामिन, कार्वोहाइड्रेट पाइन्छ । यसका अतिरिक्त आँपमा हुने एन्टी अक्सिडेन्ट तत्वले छालालाई नरम तथा आकर्षक बनाउन मद्दत गर्छ । यो पोषिलो तथा गुनिलो भएकै कारणले यसलाई फलफुलको राजा पनि भन्ने गरिन्छ ।
विशाक्त बन्यो आँप 
आँप हाम्रो शरीरका लागि निकै लाभदायक हुँदाहुँदै पनि यसमा प्रयोग हुने विषाक्त तत्वप्रति उपभोक्ता सचेत हुनुपर्छ । खासगरी आँप पकाउनका लागि ‘कार्वाइड’ नामक रसायनको अधिक प्रयोगका कारण यो स्वास्थ्यका लागि हानीकारक मानिएको हो ।
कार्वाइड मा आर्सनिक तथा फोस्फोरसको मात्रा बढी हुन्छ । यसले शरीरमा अल्पकालीन तथा दिर्घकालीन असर पुर्‍याउँछ । अल्पकालीन समस्यामा वान्ता हुने, झाडापखाला, पेटको जलन, अनिद्रा आदी पर्दछन् । त्यसैगरी दीर्घकालीन समस्यामा पेटको अल्सर, बिर्सने समस्या, क्यान्सर, घाँटीको समस्या इत्यादी पर्दछन् ।
आँप कसरी छान्ने ?
यस्ता समस्याका कारण हिजोआज आँप पारखीहरुले आँप छान्दा होस पुर्‍याउनुपर्ने देखिन्छ । अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ ।
कालो-कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । उनका अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ । रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।
जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो-कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै-कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।
अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको आँप हरियो हुँदै किन्दा समेत किनेको एक/दुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता आँपको गन्ध पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्न थाल्छ । विभिन्न लक्षणका बाबजुद यस्ता आँप खानाले घाँटी चिलाउने, कोक्याउने लगायतका समस्या देखा पर्छन् ।
बजारका आँप कसरी खाने ?
यसबाट बच्न सर्वप्रथम त त्यस्ता आप नकिन्नु नै बुद्धिमानी हुन्छ । किनिहालेको खण्डमा त्यसलाई रातभरी भिजाएर खाएमा त्यसमा रहेका विषाक्त नष्ट हुन्छ । त्यस्तै भेनेगर, कागति अथवा चुक जस्ता अमिलो पदार्थमा २/३ घण्टासम्म डुवाएर खाएमा पनि त्यसमा भएका विष नष्ट हुन्छ ।
त्यसैगरी अन्य फलफुल तथा तरकारीलाई पनि यसैगरी जाँचेर खाएमा त्यसमा भएका विषाक्त तत्व नष्ट हुन्छ । कुनै पनि फलफुललाई रातभरी पानीमा भिजाउँदा त्यसमा भएका भिटामिन, प्रोटिन लगायतका पोषणयुक्त तत्व नष्ट हुनसक्ने आशंका धेरैमा हुन सक्छ । तर, कुनै पनि फलफुललाई भिजाउँदा वा पानीमा केही समयका लागि डुवाउँदा पोषकतत्व नष्ट हुदैन ।
सिंगै फलफुल तथा तरकारी भएमा त्यसलाई रातभरी पानीमा डुबाएर खानु उपयुक्त हुन्छ भने काटेको फलफुल तथा तरकारीलाई २/३ घण्टा पानीमा डुवाएर खाँदा फाइदाजनक हुन्छ ।
(प्रस्तुत सामग्री खाद्यविज्ञ इन्द्रप्रसाद सिटौलासितको कुराकानीमा आधारित छ । उनी हालसालै गठन भएको न्युट्रिसन तथा डाइटिसियन एशोसियन अफ नेपालका अध्यक्ष पनि हुन् ।)

बेलारुसका मानिसहरु किन अर्धनग्न भएर काम गरिरहेका छन् ?

बेलारुसका राष्ट्रपति अलेक्शान्द्र लुकाशेले जब देशका नागरिकलाई ‘कपडा खोलेर पसिना आउने गरी’ काम गर्न भावुक अपील गरे । यसो भन्नुका पछाडि कारण पनि थियो । देश आर्थिक संकटबाट गुज्रिरहेको थियो । रुबलको मुल्य घटिरहेको थियो । बेरोजगारी बढिरहेको थियो । यस्तोमा मानिसहरुले मेहनत नगरे त के गर्ने ? राष्ट्रपतिको अपीललाई केही मानिसले पछ्याए र वास्तवमै कपडा खोलेर काम गर्न थालेका छन् । मानिसहरुले कार्यस्थलबाट अर्धनंग तस्वीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गर्न थालेका छन् ।
उनीहरुले हृयासट्याट #getnakedandwork सँगै कार्यस्थलको आफ्नो तस्वीर पोष्ट गरेका हुन् । तर, कुरा तस्वीर पोष्टमा मात्र रोकिएन । कम कपडा लगाएका केही मानिसले राष्ट्रपतिको अपीललाई लिएर ब्यांग्य गीत पनि रेकर्ड गरेका छन् । हृयासट्यागले बेलारुसको सीमा पार गर्‍यो र रुस, युक्रेन र अन्य छिमेकी देशका मानिसहरुले पनि आफ्नो कार्यस्थलबाट अर्धनग्न तस्वीरहरु पोष्ट गरेका छन् ।

Sunday, June 12, 2016

मध्यरातमा बेनीमा बाढी, एक सयभन्दा बढी घर तथा पसलमा क्षति

३० जेठ, म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राति आएको बाढीले एक सयभन्दा बढी घर तथा पसलमा क्षति पुर्याएको छ । बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मङ्गलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरमा पसेको हो । बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन् । मङ्गलाघाटको साइबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोबाइल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाँले बताउनुभयो । बाढी नियन्त्रण र व्यवस्थापनमा प्रहरी, सेना र स्थानीयवासी खटेका थिए । बाढीको त्रासका कारण बेनी बजारका बासिन्दा रातभर जाग्राम बसेका छन् । ‘सुत्ने तर्खर गरिरहेका बजारवासीहरु एक्कासि ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए’ क्याम्पसचोकस्थित माछापुच्छ्रे बैंकका सुरक्षा गार्ड कविराम सुनारले बताए। घर अगाडिको सडकमा करिब डेढ मिटर माथिसम्म पानी बगीरहेको छ । राति करिब दुई घन्टा लगातार परेको भीषण वर्षासँगै आएको बाढीले पुर्याएको क्षति विवरण आइतबार बिहानदेखि सङ्कलन गरिने प्रहरी निरीक्षक लोकन्द्रसिङ गुरुले बताए । बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मङ्गलाघाट बाढीको चपेटामा परेको स्थानीय बासिन्दा मुकुन छन्त्यालले बताए ।

लमजुङमा रहेको एनसेलको टावरमा आक्रमण

३० जेठ, लमजुङ । जिल्लाको हिलेटक्सार गाविस माझगाउँस्थित एनसेलको टावरमा अज्ञात समूहले आक्रमण गरी टावरलाई क्षति पुर्याएको छ । शनिबार दिउँसो ३ बजेतिर पाँच / सातजनाको अपरिचित युवाको समूहले टावरमा आगजनी गरेका थिए । उनीहरूले टावरनजिकै रहेको सानो घर र त्यहाँ रहेको जेनेरेटर पूर्णरुपमा क्षति बनाएको भएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र पोखरेलले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अवरोध हटाउन मुग्लिन नारायणगढ सडकमा अब सुरक्षा फोर्स

३० जेठ, चितवन । दैनिकजसो जामहुने मुग्लिन नारायणगढ सडकमा संयुक्त सुरक्षा फोर्स परिचालन हुने भएको छ । लामो समयदेखि जारी सडक विस्तारका कारण अबरोध र बाढी पहिरोको जोखिम बढेकाले जिल्ला सुरक्षा समिति मार्फत संयुक्त सुरक्षा फोर्स स्थापना गरी सडकमा हुने सबैखाले अबरोध हटाईन लागेको हो । जिल्लास्थित जनपद प्रहरी र सशस्त्र सीमा सुरक्षा बल आँपटारीको संयुक्त सुरक्षा फोर्स परिचालन गरी अबरोध हटाउने कार्य सुरु हुन लागेको जिल्ला सुरक्षा समिति चितवनले जनाएको छ । ‘पटकपटक सडकजाम, बाढी पहिरोले गर्दा यो सडकमा यात्रुहरुले समस्या खेप्दै आएका थिए’ चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले अनलाइनखवरसँग भने, ‘अब तत्कालै त्यस्ता अबरोध हटाई पूर्णरुपमा सडक सुचारु गर्न संयुक्त सुरक्षा फोर्स सुरक्षा समितिको निर्णय अनुसार स्थापना गर्न लागिएको हो ।’ आगामी २ महिनासम्म सो क्षेत्रमा रहने संयुक्त सुरक्षा फोर्समा जनपद प्रहरीका ११ जना र सशस्त्रका १३ जना प्रहरीहरु खटिने कुँवरले बताए । सशस्त्र प्रहरीको प्रहरी नायव निरीक्षकको नेतृत्वमा र जनपद प्रहरीको प्रहरी सहायक निरीक्षक कमल विकको नेतृत्वमा टोली खटाइने समितिले जनाएको छ । सबैभन्दा अबरोध हुने सडक खण्डको सिमलतालमा स्थापना हुने फोर्सको लागि जनपद प्रहरीका प्रहरी सहायक निरीक्षक कमल विकको नेतृत्वमा आजनै ११ जनाको टोली सो क्षेत्रमा खटिएको कुँवरले बताए । जनताले सहज रुपमा यात्रा गर्न पाउने अधिकारलाई स्थापित गर्न जनपद र सशस्त्रप्रहरी मिलेर संयुक्त फोर्सले यात्रुलाई सहज हुने सीमा सुरक्षा कार्यालय चितवनका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले बताए । यस अघि यहि असार १ गतेदेखि भने उक्त सडक बन्द नहुने बताउदै आइएको छ । अहिले दिउँसो ११ बजेदेखि ३ बजेसम्म यातायात पूर्ण बन्द गरेर काम हुँदै आएको छ ।

Monday, June 6, 2016

आधा अर्ब रुपैयाँ तिरेर धनाढ्यले किने कारको नम्बर प्लेट

संयुक्त अरब इमिरेट्स, युएइका एक धनाढ्य व्यवसायीले झण्डै आधा अर्ब रुपैयाँ खर्च गरी आफ्नो नयाँ कारमा नम्बर प्लेट हालेका छन् । एक विशेष नम्बर प्लेटका लागि उनले ५० लाख डलर भुक्तान गरेका हुन् । विशेष नम्बर प्लेट भन्ने बित्तिकै त्यो कतै हिराजडित वा सुन जस्तो महंगो धातुबाट बनेको पो थियो की भन्नुहोला । तर होइन । नम्बर प्लेट विशेष हुनुको कारण के भने उक्त नम्बर प्लेटमा केवल एउटा अंक छ । त्यो हो एक । उक्त नम्बर प्लेट लिलामी गर्ने कार्यालयले सोँचेभन्दा बिस गुणा बढि मूल्यमा नम्बर प्लेटको लिलामी भएको हो । कार भन्दा कैयौँ गुणा बढि मूल्य तिरेर नम्बर प्लेट खरीद गर्ने धनाढ्य आरिफ अहमद अल जरौनीले आफ्नो महत्वाकांक्षा सधै नम्बर वान बनिरहने रहेको बताएका छन् । यसभन्दा पहिले सन् २००८ मा नम्बर एक वाला कार प्लेट झण्डै दुइ करोड ३० लाख रुपैयाँमा बिकेको थियो । गत शनिवार युएइमा भएको लिलामीमा सो सँगै अन्य ६० वटा लोकपि्रय नम्ब प्लेट राखिएको थियो । जसमा १२, २२, ५०, १००, ३३३, ७७७, १०००, २०१६, २०२०, ९९९९९ जस्ता नम्बर प्लेट थिए । सबै नम्बर प्लेटको लिलामीबाट एक करोड ३६ लाख डलर रकम प्राप्त भएको छ ।

सल्यानको जिप दुर्घटनाका गम्भीर घाइतेमध्ये दुईको मृत्यु

२४ जेठ, दाङ । दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग१ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको गएराति मुत्यु भएको छ । उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएका सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सो दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका मालिक सल्यान गर्पाका ३३ वर्षीय भीम राना, रोल्पा झेनामका–९ की ३५ वर्षीया मनकली घर्ती, सोही स्थानका ४८ वर्षीया विरमती घर्ती, २८ वर्षीया सीता बगरी, २ वर्षीया जमनी घर्ती, ६ वर्षीया जमनी बगरी र रोल्पा झेनाम–३ का १८ वर्षीय भीम घर्ती रहेका छन् । त्यसैगरी रोल्पा झेनाम–९ की ६० वर्षीया जुनी परियार, नुवागाउँ–२ का ५० वर्षीय हरिप्रसाद थापा र रोल्पा–८ बुढागाउँकी २३ वर्षीय सुकबहादुर कामी रहेका छन् । बाँके कुसुमका १५ वर्षीय मानवहादुर पुन, सोही स्थानका ५२ वर्षीया मुगी बुढाथोकी, २४ वर्षीया वसन्ती बराल, सल्यान गर्पा–७ का ७२ वर्षीय नोवबहादुर घर्ती, सल्यान धनवाङ–७ की २८ वर्षीया दीपेन्द्र बूढा, पुष्पा रोका सोही ठाउँका ११ वर्षीय सन्तोष रोका र रिमा थापा रहेका छन् । घाइते सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै शिक्षण अस्पताल कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी लोड र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीको अनुमान छ । घटनालगत्तै फरार रहेका जिप चालकलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको छ ।

डिभोर्सको प्रतिशोध पोर्नसाइटबाट !

२४ जेठ, काठमाडौं । करिब सात वर्षअघि अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए । अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे । करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे । आफैँले भिडियो खिचेर प्रतिशोध पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो । त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे । सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए । उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे । फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो । त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् । तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए । पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए । त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो । प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्‍यो । प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ । साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखामा यससम्बन्धी दैनिक १० वटा उजुरी पर्छन् । ‘९० प्रतिशत फेसबुकसम्बन्धी उजुरी हुन्छन्,’ साइबर सेलका डिएसपी पशुपति रायले भने, ‘कतिपयले नजानेर तर कतिपयले अरूलाई दु:ख दिने नियतले यस्तो अपराध गरेको देखिन्छ ।’ धेरैजसो साइबर क्राइम प्रेमसम्बन्धसँग विवादबाट जन्मिने गरेको पाइएको छ । कतिपयले ब्लाकमेलिङका लागि समेत सामाजिक सञ्जालको दुरुपयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

Sunday, June 5, 2016

अब बेरोजगारलाई भत्ता, एक वर्षमा चार महिनाको पाइने

२४ जेठ, काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको आजको राजधानी दैनिकमा समाचार छ । एेन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका प्रावधानमाथि छलफल थालेको छ । ऐनको प्रतावित मस्यौदामा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका बेरोजगार व्यक्तिलाई भत्ता दिने प्रावधान राखिएको छ । तर, यस्तो भत्ता अध्ययनरत व्यक्तिले भने पाउनेछैनन् । रोजगारी गर्न चाहेको तर विविध कारणले असफल भएका व्यक्तिलाई बेरोजगार परिचयपत्र दिने र सोही आधारमा राज्यले भत्ताको प्रवन्ध गर्ने विधेयकमा उल्लेख छ । यस्तो भत्ता एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मका लािग प्रदान गगरिनेछ । बेरोजगार परिचायपत्र पाएको मितिदेखि व्यक्तिले भत्ता पाउँनेछन् । तर, यस्तो भत्ता सरकारले तोकेको न्यूनतम पारिश्रमिक को २५ प्रतिशत मात्र हुनेछ । ऐन मस्यौदाको प्रावधानअनुसार सरकारले १० हजार न्यूनतम पारिश्रमिक तोकेको क्षेत्रमा काम गर्ने योग्यता पुगेको व्यक्तिले चार महिनासम्म २ हजार ५ सय रुपैयाँ बेरोजगार भत्ताबापत पाउनेछन् ।

ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी !

२४ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको आजको राजधानी दैनिकमा समाचार छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् । स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए ।