Thursday, December 3, 2015

भारतीय मिडियाको दाबी : सेना–प्रहरीको गोलीबाट सर्लाहीमा १८ जना मारिए

काठमाडौं – सर्लाहीमा बिहिबार मधेशी मोर्चा र चुरे भावरबीच भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा १८ जनाको मृत्यु भएको भारतीय मिडियाले गलत प्रचार गरेको छ । भारतीय मिडिया न्युज २४ का अनुसार प्रहरी र सेनाले मधेसी आन्दोनकारीमाथि गोली चलाउँदा १८ जना मृत्यु भएको र १ सयभन्दा बढी घाइते भएको दाबी गरेको हो । ‘आन्दोलनको १ सय १० औं दिन नेपालको सर्लाहीमा हजारौं मधेसी मोर्चाको कार्यकर्ता रणनीति तय गर्न बसिरहँदा सुरक्षाकर्मीले उनीहरुमाथि फायरिङ गरेको थियो । दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ताको बिहारको सीतामढी जिल्लामा उपचार भइरहेको छ । प्रहरीले घर–घरमा छिरेर अन्धधुन्द गोली प्रहार गरे,’ समाचारमा उल्लेख गरिएको छ ।
के भएको थियो सर्लाहीमा ? सर्लाहीको नवलपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध सभा आयोजना गरेको थियो । जसमा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय थियो । तर, चुरेभावर राष्ट्रिय एकता पार्टीले उक्त कार्यक्रम बिथोल्ने पूर्व तयारी गरेको थियो । सम्भावित झडपलाई रोक्न बिहिबार स्थानीय प्रशासनले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । महतोले बोल्ने बित्तिकै मोर्चाको कार्यक्रममा झडप, गोली चल्दा ५ जना घाइते सर्लाही जिल्ला प्रहरीका अनुसार बिहिबार उक्त कार्यक्रममा मोर्चाका करिब १० हजार कार्यकर्ता थिए भने चुरेभावरका ३ हजार कार्यकर्ता कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा नेताहरुले बोल्ने क्रममा चुरेभावरका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेपछि झडप शुरु भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस तथा गोली प्रहार गरेको थियो । प्रहरीका अनुसार हिजोको घटनामा १८ जना घाइते भएको र एक जनाको मृत्यु भएको बताएको छ । यद्यपि, मृत्यु हुनेको पनि झडपमा नभएर अन्य कारणले नै मृत्यु भएको प्रहरीले बताएको छ । यता, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले पनि भारतीय मिडियाको दाबी गलत भएको बताउँदै उक्त घटनामा एक महिलाको मृत्यु भएको र घाइते मध्ये दुई जनाको अवस्था गम्भिर भएको बताए । मृत्यु हुने महिलाको पनि अत्तालिएर मृत्यु भएको खबर आएको उनले बताए । बीरगञ्ज घटनाबारे पनि आफ्नै दाबी त्यस्तै, बिहिबार बिहान वीरगञ्जमा भारतीय नागरिक र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा पनि सादा पोशाकको प्रहरी परिचालन भएको भारतीय मिडियाले दाबी गरेको छ । वीरगञ्जमा भारतीय गाडी नेपालबाट भारत लैजाने क्रममा मोर्चाका कार्यकर्ता र भारतीय नागरिकबीच झडप भएको थियो ।

No comments:

Post a Comment